काठमाडौं– समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम यही २० मंसिरदेखि सञ्चालन हुने भएको छ।
२० मंसिरदेखि समानुपातिक निर्वाचनतर्फको कार्यक्रम आयोगबाट अगाडि बढ्ने छ। निर्वाचन आयोगबाट स्वीकृत कार्यक्रमअनुसार २१ मंसिर बिहान १० बजेदेखि २३ मंसिर दिउँसो ४ बजेसम्म समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले निवेदन पेश गर्नेछन्।
दर्ता भएका दलको प्रारम्भिक नामावली मंसिर २४ गते सार्वजनिक गरिने आयोगका सहसचिव तथा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
उनका अनुसार राजनीतिक दलले उम्मेदवारको बन्दसूची पौष १३ र १४ गते बिहान १० देखि अपराह्न ४ सम्म पेश गर्नुपर्नेछ।
आयोगले दर्ता तथा छानबिन प्रक्रियापछि माघ २० गते बिहान १० देखि साँझ ५ बजेसम्म समानुपातिक उम्मेदवारको अन्तिम बन्दसूची सार्वजनिक गर्नेछ।
समानुपातिक प्रणालीतर्फको मनोनयन तालिका सार्वजनिक भएपछि राजनीतिक दल आन्तरिक रूपमा उम्मेदवार छनोट, प्रदेशगत प्रतिनिधित्व, समावेशी कोटा तथा वैधानिक अनिवार्यतासहितको बन्दसूची मिलानमा सक्रिय हुने अनुमान गरिएको छ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म देशभर मतदान हुने कार्यक्रम स्वीकृत गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।