complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
'नयाँ' एमाले-३

एक्लै दौडेर विजेता हुने तरखरमा ओली

64x64
कृष्ण पोखरेल शुक्रबार, कात्तिक १९, २०७८  १९:४५
1140x725

एमालेले आउँदा मंसीर १० देखि १२ गतेसम्म चितवनमा तामझामपूर्ण दशौं महाधिवेशन गर्ने तयारी गरिरहेको छ। तर, एमालेले लिने विचार, सिद्धान्त र नीतिका विषयमा असोजमै सम्पन्न विधान महाधिवेशनले टुङ्गो लगाइसकेको छ। त्यसकारण चितवनमा हुने महाधिवेशनमा एमालेका नेतृत्व चयन मात्रै हुने हो। र, यो महाधिवेशनमा केपी ओलीले जे चाहनुहुन्छ, त्यही हुन्छ।

त्यहीकारण अहिले भइरहेका चर्चा मात्र हुन्। महाधिवेशनस्थल चितवन बनाउनुको कारण पनि देखावटी चर्चा गर्न खोजिएको छ। महाधिवेशनमा के–के हुन्छ भन्ने अगाडि नै थाहा भइसकेको छ। 

वडा, पालिका र जिल्ला नेतृत्व चयन सकेसम्म सर्वसम्मतिमा गर्ने भनिसकिएको छ। धेरै ठाउँमा त्यसरी नै नेतृत्वको टुंगो लगाइयो। त्यसलाई लोकतन्त्रको उच्चतम् अभ्यास भनियो। त्यसले अबको महाधिवेशनको संकेत दियो, जहाँ त्यसरी नै नेतृत्व चयन हुनेछ।

कृष्ण पोखरेल

सबै विषय निर्धारित भएपछि लाखौँ खर्च गरेर महाधिवेशन गर्नुको साटो जुमबाटै गरे पनि हुन्थ्यो। तर, ओलीजी अरुलाई देखाउने सोचमा हुनुहुन्छ। उहाँ नै अध्यक्ष हुने हो। फलाना फलानालाई स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटीमा ल्याउने भन्ने पूर्वनिर्धारित छ। अरु केही हुनेवाला छैन।

ओलीजी आठौँ महाधिवेशनमा अध्यक्षमा पराजित हुनुभएको थियो। नवौँ महाधिवेशनमा प्रतिस्पर्धाबाट जित्नुभयो। अब पार्टीमा प्रतिस्पर्धा नहुने उहाँले बताइसक्नु भएको छ। यदि, प्रतिस्पर्धा भए माओवादीबाट एमालेमा आएकाहरु पार्टी कमिटीमा पुग्दैनन्। एमालेमा उनीहरुको जित्ने आधार नै छैन। अर्को महत्वपूर्ण विषय चाहिँ सहमतिको रटान आफूलाई मन नपरेकालाई ‘माइनस’ गर्ने नियत पनि हो। 

पार्टी भएपछि विवाद, मतमतान्तर हुन्छ। त्यो मानव स्वभाव हो। परिवारमा त मत–मतान्तर हुन्छ। बाबुको कुरा छोराछोरी मान्दैनन्, छोराछोरीको कुरा बाबुले मान्ने स्थिति हुँदैन। पार्टीमा बहस र विवाद नहुने कुरै भएन। एमालेले सात लाख पार्टी सदस्य भएको दाबी गरेको छ। उनीहरुको एउटै मत हुने संभावना छैन।

एमालेबाट हिजोका कतिपय मान्छे निस्किए। अब नयाँ गुट पक्का बन्छ। ओलीजीका आसेपासेबीच स्वार्थको टक्कर पक्कै हुन्छ। महासचिव को हुने भन्ने विषयमा तत्काल गुट नहोला। तर, महासचिव बनिसकेपछि गुट पनि बन्छ। राजनीतिक दल गुटरहित, विवादरहित र सोलोडोलो हुने कल्पना गर्नु अवैज्ञानिक कुरा हो। अब एमालेमा नयाँ ढंगले गुटबन्दी हुने निश्चित जस्तै हो।

ओलीजी अहिले एक्लै दौडेर विजेता हुने तरखरमा हुनुहुन्छ। सर्वसम्मतलाई ‘उच्चतम् राजनीतिक अभ्यास’ भनिरहनुभएको छ। उहाँहरुले राजनीतिशास्त्रमा हुँदै नभएको शब्द प्रतिपादन गर्नुभयो। अब सहमतिको नाममा विचार, सिद्धान्त, नीति र नेतृत्वको छलफल हुँदैन। किनकि ललितपुरमा झारा टार्ने काम गरिसक्नु भयो। नेतृत्व चयनमा पनि त्यस्तै झारा टराइ हुनेछ।

Ncell 2
Ncell 2
nimb
nimb

कांग्रेसको वडा, पालिका र जिल्ला अधिवेशनमा नेतृत्व चयनका लागि मतदान भयो। त्यसैले चर्चा पनि धेरै भयो। तर, एमालेमा मतदान नै भएन। सामसुम कोठे भेला गरेर नेतृत्व छाने। नेतृत्वको विषयमा आमजनतालाई थाहा नै भएन। मिडियाले पनि उनीहरुले पकाएर तयार गरेको परिकार मात्र बाहिर ल्याए।

अब एमाले महाधिवेशनमा नारायणी किनारमा भिड जम्मा गर्ने हो। त्यो भिडलाई देखाउने हो। हाम्रो पक्षमा यति धेरै जनता छन् भनेर प्रभाव पार्न खोज्ने हो। 

यसअघि एमालेलाई आन्तरिक लोकतन्त्रको अभ्यास गर्ने पार्टीको रुपमा चिनिन्थ्यो। मूलतः सातौँ महाधिवेशनबाट त्यस्तो अभ्यास भएको हो। ओलीजीकै पालामा पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा रोकिने अवस्था आयो। यो राम्रो संकेत होइन।

कुनै समय हिटलर चुनावबाटै शक्तिमा आएका थिए। उनले चुनाव जितिसकेपछि चुनाव नै हुन छोड्यो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

माधव नेपालले भने जस्तै अन्तिम समयमा उनलाई छोडकाहरुको हरिबिजोग हुने भयो। ओलीजीले जहाँ राख्न चाहनुभयो, त्यहीँ बस्नु पर्ने भयो। आफूले चाहेको पद र कमिटीमा बस्न पाउने अवस्था छैन। 

महाधिवेशनपछि आमनिर्वाचन हुँदै छ। त्यसमा पनि ओलीजीले जसलाई टिकट दिनुहुन्छ, त्यही नेता मात्र उम्मेदवार बन्न पाउने हो। अहिले दुईतिहाइ ल्याउने भाषणबाजी कार्यकर्ताको तुस्टीकरणका लागि मात्रै हो। नेपालको इतिहासमा विभाजित पार्टीले चुनाव जितेकै छैन। यो मिश्रित निर्वाचन प्रणालीमा यति सजिलै बहुमत आउन पनि कठिन छ।

अघिल्लो निर्वाचनमा ओलीजीको धेरै ठूलो इमेज थियो। नाकाबन्दीका बेला ओलीजीले लिएको अडानले राष्ट्रवादी छवि बनेको थियो। त्यो इमेजले त बहुमत नदिने अवस्था बन्यो। बहुमत पुग्दैन भनेरै उहाँले माओवादीसँग तालमेल गर्नुभयो। 

यदि, गठबन्धन नै गर्नु थियो भने स्थानीय निर्वाचनमा किन गर्नुुभएन त? स्थानीय तहको निर्वाचन परिणामले एमाले पहिलो पार्टी हुने र दोस्रो तथा तेस्रो कांग्रेस र माओवादी हुने देखियो। दोस्रो र तेस्रो पार्टी मिलेर सरकार बनाए पहिलो पार्टी सत्ताबाहिर हुन सक्छ। त्यही कारण उहाँले माओवादीसँग ‘इलेभेन्थ आवर’मा चुनावी तालमेल गर्नुभयो। 

आगामी महाधिवेशनमा पार्टीको वरिष्ठ उपाध्यक्षमा लड्न इश्वर पोखरेल अघि सरिसकेका छन्। तर, ओलीपछि शक्ति उनको हातमा रहँदैन। पार्टीमा भन्नलाई ७० वर्षको उमेर हदबन्दी भनियो। त्यसो हुँदा साढे चार वर्ष एमाले अयोग्य नेताको हातमा जाने भयो। ओलीजी त आगामी फागुन ११ गते ७० वर्ष पुगिहाल्नुहुन्छ। विधानअनुसार त त्यसपछि उहाँ नेतृत्व गर्न अवैध भइसक्नुहुन्छ।

महाधिवेशनबाट आफ्नो उत्तराधिकारी विकास गर्न ओलीजीलाई त्यति सहज पनि छैन। चीनमा माओले उत्तराधिकारी बनाउँछु भने पनि बनाउन सकेनन्। त्यो अवस्थामा अर्को पुस्ताका नेताबीच लडाइँ नै हुने हो। अहिले ओली पुस्ताका सबै नेता निस्किसकेका छन्। अब विष्णु पौडेल, शंकर पोखरेललगायत नेता हुने भए। उनीहरुले आफूलाई कसरी विकास गर्छन् भन्ने पनि आगामी महाधिवेशनले निर्धारण गर्नेछ।

(राजनीतिशास्त्रका प्राध्यापक पोखरेलसँगको कुराकानीमा आधारित)

यो पनि पढ्नुहोस्

कस्तो होला ‘ओली प्राधिकार’ एमाले?मंगलबार, कात्तिक १६, २०७८

 

वरिष्ठ उपाध्यक्ष : ईश्वर पोखरेललाई सिर्जना गरिएको पद!बुधबार, कात्तिक १७, २०७८

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७८  १९:४५
  • #एमाले_दशौं_राष्ट्रिय_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कृष्ण पोखरेल
लेखकबाट थप
एक्लै दौडेर विजेता हुने तरखरमा ओली
सम्बन्धित सामग्री
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह बिहीबार, असोज २९, २०८३
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका बिहीबार, असोज २९, २०८३
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो बिहीबार, असोज २९, २०८३
दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली बिहीबार, असोज २९, २०८३
विपद्पछिको पुनरुत्थानमा सहयोग गर्न एडीबीलाई अर्थमन्त्री वाग्लेको आग्रह बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्