• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर ८, २०८२ Mon, Nov 24, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
'नयाँ' एमाले-३

एक्लै दौडेर विजेता हुने तरखरमा ओली

64x64
कृष्ण पोखरेल शुक्रबार, कात्तिक १९, २०७८  १९:४५
1140x725

एमालेले आउँदा मंसीर १० देखि १२ गतेसम्म चितवनमा तामझामपूर्ण दशौं महाधिवेशन गर्ने तयारी गरिरहेको छ। तर, एमालेले लिने विचार, सिद्धान्त र नीतिका विषयमा असोजमै सम्पन्न विधान महाधिवेशनले टुङ्गो लगाइसकेको छ। त्यसकारण चितवनमा हुने महाधिवेशनमा एमालेका नेतृत्व चयन मात्रै हुने हो। र, यो महाधिवेशनमा केपी ओलीले जे चाहनुहुन्छ, त्यही हुन्छ।

त्यहीकारण अहिले भइरहेका चर्चा मात्र हुन्। महाधिवेशनस्थल चितवन बनाउनुको कारण पनि देखावटी चर्चा गर्न खोजिएको छ। महाधिवेशनमा के–के हुन्छ भन्ने अगाडि नै थाहा भइसकेको छ। 

वडा, पालिका र जिल्ला नेतृत्व चयन सकेसम्म सर्वसम्मतिमा गर्ने भनिसकिएको छ। धेरै ठाउँमा त्यसरी नै नेतृत्वको टुंगो लगाइयो। त्यसलाई लोकतन्त्रको उच्चतम् अभ्यास भनियो। त्यसले अबको महाधिवेशनको संकेत दियो, जहाँ त्यसरी नै नेतृत्व चयन हुनेछ।

कृष्ण पोखरेल

सबै विषय निर्धारित भएपछि लाखौँ खर्च गरेर महाधिवेशन गर्नुको साटो जुमबाटै गरे पनि हुन्थ्यो। तर, ओलीजी अरुलाई देखाउने सोचमा हुनुहुन्छ। उहाँ नै अध्यक्ष हुने हो। फलाना फलानालाई स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटीमा ल्याउने भन्ने पूर्वनिर्धारित छ। अरु केही हुनेवाला छैन।

ओलीजी आठौँ महाधिवेशनमा अध्यक्षमा पराजित हुनुभएको थियो। नवौँ महाधिवेशनमा प्रतिस्पर्धाबाट जित्नुभयो। अब पार्टीमा प्रतिस्पर्धा नहुने उहाँले बताइसक्नु भएको छ। यदि, प्रतिस्पर्धा भए माओवादीबाट एमालेमा आएकाहरु पार्टी कमिटीमा पुग्दैनन्। एमालेमा उनीहरुको जित्ने आधार नै छैन। अर्को महत्वपूर्ण विषय चाहिँ सहमतिको रटान आफूलाई मन नपरेकालाई ‘माइनस’ गर्ने नियत पनि हो। 

पार्टी भएपछि विवाद, मतमतान्तर हुन्छ। त्यो मानव स्वभाव हो। परिवारमा त मत–मतान्तर हुन्छ। बाबुको कुरा छोराछोरी मान्दैनन्, छोराछोरीको कुरा बाबुले मान्ने स्थिति हुँदैन। पार्टीमा बहस र विवाद नहुने कुरै भएन। एमालेले सात लाख पार्टी सदस्य भएको दाबी गरेको छ। उनीहरुको एउटै मत हुने संभावना छैन।

एमालेबाट हिजोका कतिपय मान्छे निस्किए। अब नयाँ गुट पक्का बन्छ। ओलीजीका आसेपासेबीच स्वार्थको टक्कर पक्कै हुन्छ। महासचिव को हुने भन्ने विषयमा तत्काल गुट नहोला। तर, महासचिव बनिसकेपछि गुट पनि बन्छ। राजनीतिक दल गुटरहित, विवादरहित र सोलोडोलो हुने कल्पना गर्नु अवैज्ञानिक कुरा हो। अब एमालेमा नयाँ ढंगले गुटबन्दी हुने निश्चित जस्तै हो।

ओलीजी अहिले एक्लै दौडेर विजेता हुने तरखरमा हुनुहुन्छ। सर्वसम्मतलाई ‘उच्चतम् राजनीतिक अभ्यास’ भनिरहनुभएको छ। उहाँहरुले राजनीतिशास्त्रमा हुँदै नभएको शब्द प्रतिपादन गर्नुभयो। अब सहमतिको नाममा विचार, सिद्धान्त, नीति र नेतृत्वको छलफल हुँदैन। किनकि ललितपुरमा झारा टार्ने काम गरिसक्नु भयो। नेतृत्व चयनमा पनि त्यस्तै झारा टराइ हुनेछ।

Ncell 2
Ncell 2

कांग्रेसको वडा, पालिका र जिल्ला अधिवेशनमा नेतृत्व चयनका लागि मतदान भयो। त्यसैले चर्चा पनि धेरै भयो। तर, एमालेमा मतदान नै भएन। सामसुम कोठे भेला गरेर नेतृत्व छाने। नेतृत्वको विषयमा आमजनतालाई थाहा नै भएन। मिडियाले पनि उनीहरुले पकाएर तयार गरेको परिकार मात्र बाहिर ल्याए।

अब एमाले महाधिवेशनमा नारायणी किनारमा भिड जम्मा गर्ने हो। त्यो भिडलाई देखाउने हो। हाम्रो पक्षमा यति धेरै जनता छन् भनेर प्रभाव पार्न खोज्ने हो। 

यसअघि एमालेलाई आन्तरिक लोकतन्त्रको अभ्यास गर्ने पार्टीको रुपमा चिनिन्थ्यो। मूलतः सातौँ महाधिवेशनबाट त्यस्तो अभ्यास भएको हो। ओलीजीकै पालामा पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा रोकिने अवस्था आयो। यो राम्रो संकेत होइन।

कुनै समय हिटलर चुनावबाटै शक्तिमा आएका थिए। उनले चुनाव जितिसकेपछि चुनाव नै हुन छोड्यो।

माधव नेपालले भने जस्तै अन्तिम समयमा उनलाई छोडकाहरुको हरिबिजोग हुने भयो। ओलीजीले जहाँ राख्न चाहनुभयो, त्यहीँ बस्नु पर्ने भयो। आफूले चाहेको पद र कमिटीमा बस्न पाउने अवस्था छैन। 

महाधिवेशनपछि आमनिर्वाचन हुँदै छ। त्यसमा पनि ओलीजीले जसलाई टिकट दिनुहुन्छ, त्यही नेता मात्र उम्मेदवार बन्न पाउने हो। अहिले दुईतिहाइ ल्याउने भाषणबाजी कार्यकर्ताको तुस्टीकरणका लागि मात्रै हो। नेपालको इतिहासमा विभाजित पार्टीले चुनाव जितेकै छैन। यो मिश्रित निर्वाचन प्रणालीमा यति सजिलै बहुमत आउन पनि कठिन छ।

अघिल्लो निर्वाचनमा ओलीजीको धेरै ठूलो इमेज थियो। नाकाबन्दीका बेला ओलीजीले लिएको अडानले राष्ट्रवादी छवि बनेको थियो। त्यो इमेजले त बहुमत नदिने अवस्था बन्यो। बहुमत पुग्दैन भनेरै उहाँले माओवादीसँग तालमेल गर्नुभयो। 

यदि, गठबन्धन नै गर्नु थियो भने स्थानीय निर्वाचनमा किन गर्नुुभएन त? स्थानीय तहको निर्वाचन परिणामले एमाले पहिलो पार्टी हुने र दोस्रो तथा तेस्रो कांग्रेस र माओवादी हुने देखियो। दोस्रो र तेस्रो पार्टी मिलेर सरकार बनाए पहिलो पार्टी सत्ताबाहिर हुन सक्छ। त्यही कारण उहाँले माओवादीसँग ‘इलेभेन्थ आवर’मा चुनावी तालमेल गर्नुभयो। 

आगामी महाधिवेशनमा पार्टीको वरिष्ठ उपाध्यक्षमा लड्न इश्वर पोखरेल अघि सरिसकेका छन्। तर, ओलीपछि शक्ति उनको हातमा रहँदैन। पार्टीमा भन्नलाई ७० वर्षको उमेर हदबन्दी भनियो। त्यसो हुँदा साढे चार वर्ष एमाले अयोग्य नेताको हातमा जाने भयो। ओलीजी त आगामी फागुन ११ गते ७० वर्ष पुगिहाल्नुहुन्छ। विधानअनुसार त त्यसपछि उहाँ नेतृत्व गर्न अवैध भइसक्नुहुन्छ।

महाधिवेशनबाट आफ्नो उत्तराधिकारी विकास गर्न ओलीजीलाई त्यति सहज पनि छैन। चीनमा माओले उत्तराधिकारी बनाउँछु भने पनि बनाउन सकेनन्। त्यो अवस्थामा अर्को पुस्ताका नेताबीच लडाइँ नै हुने हो। अहिले ओली पुस्ताका सबै नेता निस्किसकेका छन्। अब विष्णु पौडेल, शंकर पोखरेललगायत नेता हुने भए। उनीहरुले आफूलाई कसरी विकास गर्छन् भन्ने पनि आगामी महाधिवेशनले निर्धारण गर्नेछ।

(राजनीतिशास्त्रका प्राध्यापक पोखरेलसँगको कुराकानीमा आधारित)

यो पनि पढ्नुहोस्

कस्तो होला ‘ओली प्राधिकार’ एमाले?मंगलबार, कात्तिक १६, २०७८

 

वरिष्ठ उपाध्यक्ष : ईश्वर पोखरेललाई सिर्जना गरिएको पद!बुधबार, कात्तिक १७, २०७८

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७८  १९:४५
  • #एमाले_दशौं_राष्ट्रिय_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कृष्ण पोखरेल
लेखकबाट थप
एक्लै दौडेर विजेता हुने तरखरमा ओली
सम्बन्धित सामग्री
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? एक नयाँ अनुसन्धानले देखाएको छ कि यो मजाक कठिन परिस्थितिमा बाँचिरहेका धेरै महिलाहरूका लागि वास्तविकतासँग काफ़ी मिल्दोजुल्दो हुन सक्छ। आइतबार, मंसिर ७, २०८२
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा काठमाडौं महानगरपालिकाका आधारभूत स्वास्थ्य केन्द्रहरूमा ज्येष्ठ नागरिक सेवाका लागि विभाग स्थापना गरिए पनि, सबै स्वास्थ्य संस्थामा यस... शुक्रबार, मंसिर ५, २०८२
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य यद्यपि धेरै माध्यम हुँदाहुँदै विनाशकारी मार्ग रोजिनु उचित थिएन। एकैदिनको उग्र आक्रोशले असह्य परिस्थितिको सिर्जना गर्यो। झन् वास्तविक... बुधबार, मंसिर ३, २०८२
ताजा समाचारसबै
२० मंसिरदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सुरु हुने सोमबार, मंसिर ८, २०८२
खगेन्द्र सुनार नेतृत्वको पार्टीले पायो दल दर्ताको प्रमाणपत्र सोमबार, मंसिर ८, २०८२
विराटनगरले जनकपुरलाई दियो १३६ रनको लक्ष्य सोमबार, मंसिर ८, २०८२
जातीय पृष्ठभूमि मिलेकै आधारमा प्रमुख स्वकीय सचिवलाई अनावश्यक जोडियो : प्रधानमन्त्रीको सचिवालय सोमबार, मंसिर ८, २०८२
एनपीएल : टस जितेर बलिङ गर्दै जनकपुर सोमबार, मंसिर ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
सुदन गुरुङलगायत जेन जेड नामका अराजकता नरोके प्रतिरोध गर्ने नेशनल युथ भोलेन्टियर्सको चेतावनी आइतबार, मंसिर ७, २०८२
रास्वपा काठमाडौँका सभापति प्रदीप विष्टद्वारा पदबाट राजीनामा आइतबार, मंसिर ७, २०८२
दुर्गा प्रसाईंको अभियानले घोषणा गरेको अनिश्चितकालीन नेपाल बन्दको कार्यक्रम फिर्ता आइतबार, मंसिर ७, २०८२
आज तीन नेताको पार्टी एकता हुँदै, घोषणा सभाको अध्यक्षता सन्तोष परियारले गर्ने आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य बुधबार, मंसिर ३, २०८२
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सोमबार, मंसिर १, २०८२
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
सुदन गुरुङलगायत जेन जेड नामका अराजकता नरोके प्रतिरोध गर्ने नेशनल युथ भोलेन्टियर्सको चेतावनी आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्