काठमाडौं – विराटनगर किङ्सले जनकपुर बोल्टलाई १३६ रनको लक्ष्य दिएको छ।
नेपाल प्रिमियर लिगको आजको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले ७ विकेट गुमाएर १३५ रन बनायो।
विराटनगरका लागिशुभम रन्जनेले सर्वाधिक ३७ रन बनाए भने बसिर अहमदले ३६ रन बनाए। लोकेश बम २८, जर्ज मुन्से १० र मार्टिन गुप्टिलले १३ रन बनाए। नारायण जोशी दुई रन बनाएर आउट भए भने मर्चेन्ट द लेंगेले खाता खोल्न सकेनन्।
प्रतिश जिसी २ रन र कप्तान सन्दीप लामिछाने शुन्य रनमा नटआउट रहे।
विराटनगरका लागि ओपनरद्वयमध्ये लोकेश बमले २८ र जर्ज मुन्सीले १० रन जोडे। मार्टिन गुपटिलले भने ठूलो इनिङ्स खेल्न सकेनन् र १३ रनको मात्र योगदान दिए। विराटनगरको बलरमध्ये संगित कोरीले २६ रनमा दुई तथा रुपेश सिंहले १२ रनमा दुई विकेट लिए। आदित्य महताले १६ रनमा एक विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।