काठमाडौं – नेपाल प्रिमियर लिग २ अन्तरगत आज दुईवटा म्याचहरू कीर्तिपुर रंगशालामा हुँदैछन् ।
पहिलो म्याचमा जनकपुर बोल्ट्सविरुद्ध बिराटनगर किङ्सले पहिले ब्याटिङ गर्ने भएको छ ।
विराटनगरले टस जितेर ब्याटिङ रोजेको हो । यसअघिका दुई म्याचमा विराटनगरले लगातार जित दर्ता गरिसकेको छ । साविक विजेता जनकपुर भने दोस्रो म्याच खेल्दा पहिलो जितको खोजिमा छ ।
आफ्नो पहिलो म्याचमा जनकपुरले हारको सामना गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।