complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष
'नयाँ' एमाले-१३

एमाले नेताहरूमा ओलीकै आश, ओलीकै त्रास

64x64
डिबी खड्का आइतबार, मंसिर ५, २०७८  १७:४६
1140x725

काठमाडौं– नेकपा एमालेको १०औं महाधिवेशनबाट केन्द्रीय नेतृत्व (पदाधिकारी तथा केन्द्रीय सदस्य)मा आकांक्षा राख्नेहरु धेरै छन्। आकांक्षीहरुले मुख खोल्न भने सकस परिरहेको छ। उम्मेदवारी घोषणा गरेर मत माग्नुपर्ने उनीहरु महाधिवेशन प्रतिनिधिमाझ घुमाउरो शैलीमा आफूलाई प्रस्तुत गरिरहेका छन्। 

प्रतिनिधिहरुलाई उनीहरु फोन गर्छन् र भन्छन्, ‘बधाइ छ कमरेड। हजुर छानिनु भएछ, खुशी लाग्यो।’ १० औं महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा ‘सर्वसम्मत’ नेतृत्व छान्ने महाधिवेशन भनिएको छ। यही सन्दर्भले आकांक्षीलाई ‘मतदातामाझ’ यसभन्दा अघि बढ्न दिँदैन।

केन्द्रीय नेतृत्वका आकांक्षी प्राय:ले सामाजिक सञ्जालमा आफ्नो तस्बिरसँग डिजाइन गरिएको पोष्टर सार्वजनिक गरेका छन्। त्यहाँ पनि उनीहरुले उल्लेख गरेका छन्, ‘१० औं महाधिवेशनका अवसरमा हार्दिक शुभकामना।’

ओलीको आश

नेकपा एमालेले प्यानलगत प्रतिस्पर्धा रोकिसकेको छ। समूहगत प्रतिस्पर्धा वर्जित भएपछि त्यसको तयारी हुने कुरै भएन। अध्यक्ष ओलीको गुटसँग फरक मत राख्ने समूह पनि तितरबितर भएको छ। त्यसमा पनि आफू उक्त समूहको ह्याङओभरबाट मुक्त भइसकेको दर्शाउने प्रतिस्पर्धामा धेरै नेताहरु लागेका छन्।

त्यसबापत ओलीले अपेक्षित पद 'बक्स' गर्ने उनीहरुको आशा छ। महाधिवेशन आयोजनाका लागि दिइएका जिम्मेवारीमा खरो उत्रिन उनीहरु डटिरहेका छन्। जसले जिम्मेवारी पाएका छैनन्, उनीहरु (भीम रावल र घनश्याम भूसालबाहेक) पनि ओलीकै प्रतापमा मात्र प्रभावशाली हुने विचार प्रवाह गर्न सक्रिय देखिन्छन्। कुनै समय सार्वजनिक रुपमै 'ओली प्रवृत्ति'विरुद्ध आगो ओकल्ने अष्टलक्ष्मी शाक्यसमेत ‘पार्टीभित्रको अन्तरविरोध बाहिर छरपस्ट’ गर्न नहुने बताउन थालेकी छिन्।

नेपाल लाइभको महाधिवेशन विशेष कार्यक्रम ‘अबको एमाले’मा संवाद गर्ने क्रममा उनले भनिन्, ‘अब हामी १० जना मात्रै भनेर हुँदैन। हामी सीमित बसेर मात्रै हुँदैन। छलफललाई अलि फराकिलो बनाउनुपर्छ। एमाले एक ढिक्का होस्, फराकिलो होस्।’

ओलीनिकट रहेकाहरुलाई हालसम्मको बफादारीको पुरस्कार प्राप्त हुने आशा हुनु स्वभाविक हो। यतिबेलाको अवस्था भने बफादारितामै पनि ‘स्कोरिङ’ गर्नुपर्ने बनेको छ। ओलीप्रतिको बफादारितामा पहिलो ग्रेडमा पर्नेहरु ‘सर्वसम्मत नेतृत्व’मा अटाउनेछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसकारण यो महाधिवेशनको संघारमा आफ्नो दक्षता, क्षमता, क्रियाशिलता र नेतृत्व कुशलताको भन्दा बढी अध्यक्ष ओलीको प्रतापका विषयमा उनीहरु व्याख्या गरिरहेका छन्। उनीहरुले ‘एउटा ध्रुवको नेता’, ‘राष्ट्रिय राजनीतिको आवश्यकता’, ‘बा’ र 'एमालेको उद्धारकर्ता'का रुपमा समेत प्रस्तुत गर्न थालेका छन्। किनभने एमालेको आगामी नेतृत्व दाबी गर्नका लागि एउटा महत्त्वपूर्ण मापदण्ड अध्यक्षको ‘प्रिय’ बन्न सक्नु पनि हो। त्यसका लागि केही दिन उच्चतम प्रतिस्पर्धा चल्नेछ।

ओलीबाटै त्रास

सर्वसम्मत नेतृत्व चयन गर्ने कार्य केन्द्रीय नेतृत्वले गर्नेछ। माधवकुमार नेपाल र झलनाथ खनालको बहिर्गमनपछि केन्द्रीय नेतृत्व भने पनि, अध्यक्ष भने पनि एकमात्र ओली हुन्। उनले सल्लाह लिने निश्चित नेताहरु छन्। जोसँग सल्लाह लिइरहेका हुन्छन्, ती आफैं पनि यतिबेला उपयुक्त अवसरको खोजीमा छन्।

त्यसैले एमालेका नेताहरुमा एक प्रकारको त्रास समेत देखिन थालेको छ। विशेषगरी नेकपाकालको ओली सरकारको अवस्थालाई सम्झेर एमालेका केही नेताहरुमा त्रास देखिन्छ। आगामी महाधिवेशनबाट पदाधिकारीमा उक्लिने अपेक्षा गरिरहेका एक केन्द्रीय सदस्य भन्छन्, ‘ओलीगुटमा पनि उपगुटहरु छन्। उहाँ (ओली) प्रधानमन्त्री हुँदा एउटा गुटले अर्को गुटलाई बालुवाटार प्रवेश गर्न समेत नदिएको यथार्थ छ। ‘सर्वसम्मत’का नाममा फेरि त्यही गुट हाबी हुन्छ कि भन्ने त्रास केही साथीहरुमा देखिन्छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

ओली प्रधानमन्त्री हुँदा आफ्ना विश्वासपात्रहरुको सचिवालय निर्माण गरिएको थियो। सचिवालयले ओलीका लागि मरिमेट्ने केही नेताहरुलाई बालुवाटार प्रवेशमा रोकदेखि ओलीसँग भेटघाटमा निषेध गरेकोसम्म चर्चा चलेको थियो।

एमाले महाधिवेशन चितवनमा हुँदैछ तर नेताहरुको मनमस्तिष्क बालकोटतर्फ छ।

ओली सरकारमा रहँदा एमाले कार्यकर्तामाझ नै अप्रिय बनेका केही नेताहरु ओलीका भने प्रिय छन्। उनीहरु आमकार्यकर्तामाझ परीक्षण हुने अर्थात् निर्वाचनमा जाने कुरामा रुचि देखाइरहेका छैनन्। आफूले अवसर प्राप्त गर्ने नाममा कार्यकर्तामाझ लोकप्रिय नेताहरु रोक्न उनीहरु सक्रिय हुने आशंका पनि एमालेका केही नेताहरुमा देखिन्छ।

ओलीनिकट एक नेता उदाहरणसहित भन्छन्, ‘सरकारमा हुँदा अध्यक्षले राजनीतिक सल्लाहकार बनाएका विष्णु रिमाल नवौं महाधिवेशनमा उपमहासचिव हार्नुभएको हो। अहिले पनि उहाँ अध्यक्षको निकट हुनुहुन्छ। उहाँबाट धेरैलाई डर छ।’

सकसमा ओली

एमाले अध्यक्ष ओलीले कार्तिक २७ गते प्रतिनिधि चयन भएलगत्तै केन्द्रीय नेतृत्वका लागि परामर्श थाल्ने बताएका थिए। एमाले अन्तरसंघर्षमा माधव नेपालतर्फ लागेका १० नेताहरुसँग पनि छलफल गर्ने बताएका थिए। तर, मंसीर ५ गतेसम्म पनि कुनै छलफल भएको छैन।

ओलीले महाधिवेशन नजिकिदै गर्दा आफूनिकटका आकांक्षीलाई समेत बोलाएर आकांक्षा सुन्ने र त्यही अनुसार व्यवस्थापन गर्ने तयारी गरेका थिए। तर, अहिलेसम्म ओलीसँग नियमित भेटघाटमै रहनेहरु बाहेकले समय पाएका छैनन्।

आगामी महाधिवेशनमा पदाधिकारीमा आकांक्षा रहेका एक नेता भन्छन्, ‘उहाँहरु आफैंले अस्ति (बिहीबार)देखि सामान्य छलफल सुरु गरेको सुनेको छु। तर, हामीलाई बोलाउनु भएको छैन।’

प्राप्त गर्दा ओलीको अनुकम्पा र नपाउँदा किनारामा पारिएको महसुस नेताहरुले गर्नेछन्। त्यसकारण पनि सर्वसम्मत नेतृत्व चयन ओलीलाई समेत सहज नभएको एमाले नेताहरुले बुझेका छन्। त्यसमा पनि जम्मा १५ जना पदाधिकारीका लागि ५० भन्दा बढीको दाबी रहने स्पष्ट संकेत देखिइसकेको छ।

बालकोटमा निर्माण हुने सूचीले कति नेताहरुको आकार चितवनका हात्तिजस्तै फुलाउनेछ भने कतिको अवस्था एकसिंगे गैंडा जस्तै एमालेबाट ‘लोपोन्मुख’ बनाउनेछ। 

यो महाधिवेशनलाई ‘एकता’को भनिएको छ। त्यही सन्देश महाधिवेशन पछिसम्म प्रवाह गर्ने हो भने एमालेले तीन गुटको एकता गर्नुपर्ने हुन्छ। पहिलो गुट ओली आफ्नै, दोस्रो माधव नेपाललाई छाडेका र तेस्रो माओवादी केन्द्र छाडेर एमालेमै कायम रहने निर्णय गरेका नेताहरु।

‘एकतालाई अर्थपूर्ण बनाउने हो भने आफूनिकटलाई नभइ माधव नेपाल छाडेका र माओवादी केन्द्रबाट आएका नेताहरुलाई महत्त्वपूर्ण जिम्मेवारी दिनुपर्छ,’ ओलीनिकट एक नेता भन्छन्, ‘त्यसो गर्दा हाम्रै साथीहरुले चित्त नबुझाउलान् भन्ने डर छ।’

एमालेलाई बलियो बनाउन यतिबेला ओलीबाट उदारता जरुरी छ। उनको विगतको स्वभावका कारण त्यसको अपेक्षा भने अन्य गुटका नेताहरुले गरेका छैनन्। एमाले महाधिवेशन चितवनमा हुँदैछ तर, नेताहरुको मनमस्तिष्क बालकोटतर्फ छ। बालकोटमा निर्माण हुने सूचीले कति नेताहरुको आकार चितवनका हात्तीजस्तै फुलाउनेछ भने कतिको अवस्था एकसिंगे गैंडा जस्तै एमालेबाट ‘लोपोन्मुख’ बनाउनेछ। 

यस श‍ृंखलाका अन्य सामग्रीहरू पढ्नुहोस्:

  • एमाले उपाध्यक्षमा जम्मा पद चार, दोब्बरभन्दा बढी दाबेदार
     

  • केपी ओलीका कमजोरी होलान्, तर एमालेको आवश्यकता ओली नै हो : ईश्वर पोखरेल [अन्तर्वार्ता]

  • नेम्वाङका लागि दाहिने फर्किएलान् ओली?

  • एमालेका १० नेताको समूह : महाधिवेशनको मुखमा तितरबितर  

  • एकताकै निरन्तरता भएकाले हाम्रो व्यवस्थापनमा अप्ठ्यारो हुँदैन : लेखराज भट्ट [अन्तर्वार्ता]

  • को बन्ला एमालेको महासचिव?

  • कस्तो होला ‘ओली प्राधिकार’ एमाले?

  • वरिष्ठ उपाध्यक्ष : ईश्वर पोखरेललाई सिर्जना गरिएको पद!

  • एक्लै दौडेर विजेता हुने तरखरमा ओली  

  • ओलीलाई सर्वसम्मत अध्यक्ष बन्नबाट कसले रोक्ला? 

  • महाधिवेशनपछि कसरी होला माओवादी छाडेर आएका नेताहरूको व्यवस्थापन? 

  • जालझेल गरेर कसैलाई थन्क्याउने, कसैलाई हुक लगाएर माथि तान्ने काम नहोस् : ज्ञवाली [अन्तर्वार्ता]

प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  १७:४६
  • #एमाले_दशौं_राष्ट्रिय_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह बिहीबार, असोज २९, २०८३
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका बिहीबार, असोज २९, २०८३
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो बिहीबार, असोज २९, २०८३
दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली बिहीबार, असोज २९, २०८३
विपद्पछिको पुनरुत्थानमा सहयोग गर्न एडीबीलाई अर्थमन्त्री वाग्लेको आग्रह बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्