• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस २७, २०८२ Sun, Jan 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
‘नयाँ’ एमाले–५

महाधिवेशनपछि कसरी होला माओवादी छाडेर आएका नेताहरूको व्यवस्थापन? 

64x64
वीरेन्द्र ओली शुक्रबार, कात्तिक २६, २०७८  १९:५३
1140x725

काठमाडौं– तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई सर्वोच्च अदालतको २०७७ फागुन २३ को फैसलाले वैधता नदिएसँगै साविकका एमाले र माओवादी केन्द्र ब्युँतिएपछि सारभूत रुपले नेकपा तीन टुक्रामा विभाजित भयो। अहिले नेकपाको एक हिस्साको रुपमा केपी शर्मा ओलीले एमालेको रुपमा नेतृत्व गरिरहेका छन्। अर्को हिस्साका रुपमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रको नेतृत्व गर्दै छन्। अनि, नेकपाकै अर्को हिस्साको रुपमा रहेका माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ पार्टी, नेकपा एकीकृत समाजवादी गठन गरेका छन्।

हुन त वामदेव गौतमले पनि आफू यीमध्ये कतैतिर नजोडिएर ‘नेकपा एकता राष्ट्रिय अभियान’ पनि चलाइरहेका छन्। यीमध्ये, नेकपाको सबभन्दा ठूलो हिस्साका रुपमा रहेको एमालेले आउँदो मंसिर १० गते चितवनको नारायणी नदी किनारमा १०औं महआधिवेशन उद्घाटन गर्दै छ। तामझामपूर्ण उद्घाटन समारोहमा करिब पाँच लाख कार्यकर्ता उतार्ने एमालेको तयारी छ।

माओवादी केन्द्रले पनि पुस १० गतेदेखि काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने घोषणा गरेको छ। एकीकृत समाजवादीले महाधिवेशन मिति घोषणा नगरेपनि तयारीमा जुटिसकेको छ। तर, सबैभन्दा चर्चामा एमालेकै महाधिवेशन छ। 

एमालेको चितवन महाधिवेशन किन पनि अर्थपूर्ण छ भने अध्यक्ष ओलीले बुटवलमा गर्ने तय भएको महाधिवेशन ‘प्रचण्डलाई देखाइदिने’ उद्देश्यसहित चितवन सार्ने निर्णय गरेका थिए। त्यसका पछाडि आउँदो आम निर्वाचनको जोडघटाउ समेत जोडिन पुगेको छ। भनिराख्नु पर्दैन, प्रचण्डको गृहजिल्ला र गृह निर्वाचन क्षेत्र रहेको चितवनमा महाधिवेशन गरेर ओली निर्वाचनमा उनलाई कमजोर तुल्याउन चाहन्छन्। उस्तै परे निर्वाचन हराउन सकिने आकलनले ओली बुटवलबाट नारायणी किनारमा महाधिवेशन सार्न अग्रसर भएका हुन्। त्यही बुझेरै हुनसक्छ, प्रचण्डले चितवनमा आफ्नो निर्वाचन क्षेत्रमा अहिलेदेखि नै भेटघाट सुरु गरिसकेका छन्। एक हिसाबले भन्दा निर्वाचनको घरदैलो जस्तै गतिविधि उनले अघि बढाएका छन्।

यो पनि पढ्नुहोस्

ओलीलाई सर्वसम्मत अध्यक्ष बन्नबाट कसले रोक्ला?बिहीबार, कात्तिक २५, २०७८

प्रचण्डलाई अप्ठेरोमा पार्नेगरी ओलीले १०औं महाधिवेशन मूल व्यवस्थापन समितिको संयोजक नै प्रचण्ड र उनको दल, माओवादी केन्द्र छाडेर एमालेमा आएका रामबहादुर थापा ‘बादल’लाई बनाएका छन्। यो जोडघटाउ र रस्साकस्सीबीच एउटा अर्को प्रश्न पनि जबर्जस्त छ– एमालेको यो महाधिवेशनपछि माओवादी छाडेर आएका बादललगायत नेताको पदीय हैसियत र वरीयता चाहिँ के होला? 

एमालेको यो महाधिवेशनमा ओली नै सर्वेसर्वा बन्ने निश्चित छ। अध्यक्षमा आफैं दोहोरिने घोषणा उनले गरिसकेका छन्। माधवकुमार नेपाल, झलनाथ खनाललगायत प्रभावशाली नेता एमालेमै नरहेकाले अध्यक्षमा ओली निर्विकल्प जस्तै छन्। यहीकारण पनि एमालेमा अध्यक्षसहित सबै पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी सर्वसम्मतरुपमा चयन हुने चर्चा भइरहेको छ।

यो चर्चाका पछाडि माओवादी छाडेर आएका नेता र एमालेको तत्कालीन माधवकुमार नेपालपक्षका नेतालाई पनि समेटेर लैजाने प्रयत्न रहेको दाबी नेताहरुले गर्दै आएका छन्। निर्वाचनबाट पदाधिकारी र अन्य कमिटी चयन हुने अवस्थामा पूर्वमाओवादी समूहका र तत्कालीन नेपाल समूहका नेताहरु निर्वाचित हुन नसक्ने आशंका बलियो छ। 

यो पनि पढ्नुहोस्

कस्तो होला ‘ओली प्राधिकार’ एमाले?मंगलबार, कात्तिक १६, २०७८

अध्यक्ष ओली एमालेमा अहिले सर्वेसर्वा जस्तै रहेकाले उनले ‘चाहेका’ नेता मात्र नेतृत्व तहमा आउने सम्भावना छ। उनले ‘चाहने’ नेतामा पूर्वमाओवादी र तत्कालीन नेपाल समूहका नेता को को पर्लान् भन्नेमा पनि धेरैको चासो छ। तर, ओलीले चाहँदैमा महाधिवेशनबाट सबै पदाधिकारीदेखि केन्द्रीय कमिटी सदस्यसम्म पनि सहजै सर्वसम्मत चयन होलान् त? पूर्वमाओवादी र तत्कालीन माधव नेपालपक्षलाई समेट्न वा ‘चित्त बुझाउन’ यसको विकल्प नभए पनि त्यसो हुँदा ओलीनिकट नेताहरुले नै आफ्नो सम्भावित स्थान गुमाउनुपर्ने अवस्थामा विवाद निम्तिने देखिन्छ। ओलीका निम्ति यही सन्तुलत मिलाउन मुख्य चुनौती बन्ने देखिएको छ। 

Ncell 2
Ncell 2

यसमा पनि एमालेको दशौं महाधिवेशनमा नितान्त फरक पृष्ठभूमिबाट आएका पूर्वमाओवादीका नेताहरुको पदीय व्यवस्थापन कसरी होला भन्नेमा धेरैको चासो छ। अहिलेको अवस्थामा पूर्वमाओवादी नेताहरुले मात्र चाहँदैमा इच्छाएको पद प्राप्त हुने सम्भावना देखिँदैन। त्यसको प्रमुख कारण के हो भने उनीहरुको ‘बार्गेनिङ पावर’ बन्नसक्ने नेता–कार्यकर्ता पूर्वपार्टी, माओवादीमै छन्। त्यहीकारण पनि उनीहरुले ‘सहमतिको महाधिवेशन’ भनेर जोड दिइएको यो महाधिवेशनबाट मिल्ने स्थान स्वीकार्नुको विकल्प नहुने देखिन्छ। 

एमालेको वर्तमान १९६ सदस्यीय केन्द्रीय कमिटीमा पूर्वमाओवादीबाट आएका २५ जना केन्द्रीय कमिटीमा अटाएका छन्। महाधिवेशनपछि एमाले केन्द्रीय कमिटी २२५ सदस्यीय बन्नेछ। नयाँ केन्द्रीय कमिटीमा रामबहादुर थापा ‘बादल’सहित स्थायी कमिटी सदस्यहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा र केन्द्रीय सदस्य प्रभु साहलगायतको स्थान कहाँ होला त? पूर्वमाओवादी नेताहरुले एमालेको ठूलो संगठनमा आफ्नो अस्तित्व संकटमा पर्छ कि भन्ने भन्ने चिन्ता आफूनिकटहरुसँग व्यक्त गर्न थालेका छन्। 

१०औं महाधिवेशनबाट बादललाई एमालेको उपाध्यक्ष बनाउने चर्चा पनि भइरहेको छ। पूर्वमाओवादीबाट आएका एमालेका एक स्थायी कमिटी सदस्यले बादल उपाध्यक्ष बन्ने सम्भावना देखिएको बताए। पार्टीमा वरिष्ठताका हिसाबले समेत बादललाई उपाध्यक्ष बनाउन सकिने उनको भनाइ छ।

त्यस्तै, स्थायी कमिटी सदस्य रायमाझी र भट्टमध्ये एक जना पदाधिकारीमा समेटिन सक्ने आकलन गरिएको छ। ‘१०औं महाधिवेशनलाई सहमतिको महाधिवेशन भनिएको छ। भन्नुको मतलब त्यहाँ कुनै पदमा प्रतिस्पर्धा हुने छैन। सहमतिबाटै सबैजना नेतृत्वमा आउनु हुने छ’, ती स्थायी कमिटी सदस्यले भने, ‘यस्तो हुँदा पूर्वमाओवादीबाट बादलजी उपाध्यक्षमा आउनुहुन्छ होला। टोपबहादुरजी र लेखराजजीमध्ये एक जना पार्टी सचिवमा आउन सक्ने सम्भावना छ।’ 

यो पनि पढ्नुहोस्

वरिष्ठ उपाध्यक्ष : ईश्वर पोखरेललाई सिर्जना गरिएको पद!बुधबार, कात्तिक १७, २०७८

अहिले प्रभु साह केन्द्रीय कमिटी सदस्य मात्र रहेकाले उनी स्थायी कमिटीमा आउन सक्ने ती नेताले नेपाल लाइभलाई बताए। पदाधिकारी बन्न नसकेको अवस्थामा रायमाझी र भट्ट पनि स्थायी कमिटीमै रहन सक्ने उनको भनाइ छ। यसबाहेक मणि थापा पनि स्थायी कमिटीमा अट्न सक्छन्। पूर्वमाओवादीका अरु २० जना एमालेको नयाँ केन्द्रीय कमिटीमा आउन सक्ने विश्लेषण पूर्वमाओवादी नेताहरुले गरेका छन्।

एमाले अध्यक्ष ओलीनिकट एक नेता पनि पूर्वमाओवादीबाट ठूलो संख्यामा कार्यकर्ताहरु एमालेमा नआएकाले तल्लो तहको अवस्था र जनमतलाई समेत ख्याल गरेर २५ भन्दा धेरैलाई केन्द्रीय कमिटीमा ल्याउने सम्भावना नरहेको बताउँछन्। तर, एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले पूर्वमाओवादी वा माधव नेपालपक्ष जोसुकै भए पनि सहमतिबाटै नेतृत्व तहमा आउने दाबी गरे।

‘अब यो पक्ष वा त्यो पक्ष भन्ने छैन। सबै सर्वसम्मतिले पार्टी कमिटीमा आउनु हुन्छ। त्यसैले जो आए पनि एमालेको पदाधिकारी र पार्टी कमिटीमा आउनु हुनेछ’, तामाङले नेपाल लाइभसँग भने, ‘पार्टीमा यो पक्ष वा त्यो पक्ष भनेर अहिले नै को कहाँ हुन्छ भन्ने अनुमान नगरौं, महाधिवेशनले त्यसको निर्धारण गरिहाल्छ।’ 

ओलीको ‘मन जित्न’ प्रचण्डको चर्को विरोध
एमालेमा आफूहरुको भविष्य ओलीको चाहना वा उनले लिने निर्णयमा निर्भर रहेको बुझेका पूर्वमाओवादी, एमाले नेताहरुले पछिल्लो समय ओलीलाई ‘खुशी पार्ने’ अर्को तरिका पनि अवलम्बन गरेका छन्। त्यो हो, आफ्नो पूर्वपार्टी माओवादी केन्द्र र त्यसमा पनि अध्यक्ष प्रचण्डको चर्को आलोचना।

यो पनि पढ्नुहोस्

एक्लै दौडेर विजेता हुने तरखरमा ओलीशुक्रबार, कात्तिक १९, २०७८

हुन पनि प्रचण्डसँग लामो राजनीतिक सहकार्य गरेका बादल, रायमाझी, भट्ट, साहलगायत नेताहरुले पछिल्लो समय सार्वजनिक मञ्चहरुमा प्रचण्डको चर्को विरोध गर्न थालेका छन्। उनीहरुको ध्याउन्न आफ्नै पूर्वअध्यक्षलाई खुइल्याउनेमा केन्द्रित देखिन थालेको छ। माओवादी केन्द्रका एक नेताको टिप्पणी छ, ‘प्रचण्डविरुद्ध विषवमन गर्दै आएका ओलीलाई खुशी पार्न उहाँहरुले अब यही शैलीलाई बढावा दिनुहुन्छ होला।’ 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७८  १९:५३
  • #एमाले_दशौं_राष्ट्रिय_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
रास्वपा सहमहामन्त्री आचार्यले लिए समानुपातिकको सूचीबाट नाम फिर्ता समानुपातिकतर्फ इच्छा जाहेर गर्नेहरूको संख्या बढेपछि पार्टीका विभिन्न गतिविधिमा सक्रिय हुन भन्दै उनले नाम फिर्ता लिएको एक नेताले जानक... आइतबार, पुस २७, २०८२
भृकुटीमण्डपमा कांग्रेसको विशेष महाधिवेशन (लाइभ) आज र भोलि हुने महाधिवेशनको उद्घाटन सत्र केहीबेरमा सुरु हुँदैछ । भोलि बन्दसत्र हुने बताइएको छ । आइतबार, पुस २७, २०८२
शेखरको भिडिओ सन्देश- सभापति हुने कुराले मलाई लोभ्याउँदैन, निकास ननिस्किँदासम्म लागिरहन्छु कोइरालाले आफूलाई मन्त्री वा महामन्त्री हुने लोभले विगतमा कहिल्यै आकर्षित नगरेको र सभापति वा प्रधानमन्त्री हुने कुराले पनि नलोभ्याउने... आइतबार, पुस २७, २०८२
ताजा समाचारसबै
रास्वपा सहमहामन्त्री आचार्यले लिए समानुपातिकको सूचीबाट नाम फिर्ता आइतबार, पुस २७, २०८२
भृकुटीमण्डपमा कांग्रेसको विशेष महाधिवेशन (लाइभ) आइतबार, पुस २७, २०८२
शेखरको भिडिओ सन्देश- सभापति हुने कुराले मलाई लोभ्याउँदैन, निकास ननिस्किँदासम्म लागिरहन्छु आइतबार, पुस २७, २०८२
१८ महिनाअघि त्रिशूलीमा खसेको बसको अवशेष भेटियो, खोतल्ने काम सुरु आइतबार, पुस २७, २०८२
कुलमानसँग एकता भाँडिएपछि रास्वपा समानुपातिक उम्मेदवारको अद्यावधिक सूची आयोगमा बुझाइयो आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान शनिबार, पुस २६, २०८२
रास्वपामा साधारण सदस्य नै बन्छु भनेर ठूलो पद मागेको थिइनँ : कुलमान घिसिङ शनिबार, पुस २६, २०८२
कुलमानसँग एकता भाँडिएपछि रास्वपा समानुपातिक उम्मेदवारको अद्यावधिक सूची आयोगमा बुझाइयो आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्