complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
‘नयाँ’ एमाले–५

महाधिवेशनपछि कसरी होला माओवादी छाडेर आएका नेताहरूको व्यवस्थापन? 

64x64
वीरेन्द्र ओली शुक्रबार, कात्तिक २६, २०७८  १९:५३
1140x725

काठमाडौं– तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई सर्वोच्च अदालतको २०७७ फागुन २३ को फैसलाले वैधता नदिएसँगै साविकका एमाले र माओवादी केन्द्र ब्युँतिएपछि सारभूत रुपले नेकपा तीन टुक्रामा विभाजित भयो। अहिले नेकपाको एक हिस्साको रुपमा केपी शर्मा ओलीले एमालेको रुपमा नेतृत्व गरिरहेका छन्। अर्को हिस्साका रुपमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रको नेतृत्व गर्दै छन्। अनि, नेकपाकै अर्को हिस्साको रुपमा रहेका माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ पार्टी, नेकपा एकीकृत समाजवादी गठन गरेका छन्।

हुन त वामदेव गौतमले पनि आफू यीमध्ये कतैतिर नजोडिएर ‘नेकपा एकता राष्ट्रिय अभियान’ पनि चलाइरहेका छन्। यीमध्ये, नेकपाको सबभन्दा ठूलो हिस्साका रुपमा रहेको एमालेले आउँदो मंसिर १० गते चितवनको नारायणी नदी किनारमा १०औं महआधिवेशन उद्घाटन गर्दै छ। तामझामपूर्ण उद्घाटन समारोहमा करिब पाँच लाख कार्यकर्ता उतार्ने एमालेको तयारी छ।

माओवादी केन्द्रले पनि पुस १० गतेदेखि काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने घोषणा गरेको छ। एकीकृत समाजवादीले महाधिवेशन मिति घोषणा नगरेपनि तयारीमा जुटिसकेको छ। तर, सबैभन्दा चर्चामा एमालेकै महाधिवेशन छ। 

एमालेको चितवन महाधिवेशन किन पनि अर्थपूर्ण छ भने अध्यक्ष ओलीले बुटवलमा गर्ने तय भएको महाधिवेशन ‘प्रचण्डलाई देखाइदिने’ उद्देश्यसहित चितवन सार्ने निर्णय गरेका थिए। त्यसका पछाडि आउँदो आम निर्वाचनको जोडघटाउ समेत जोडिन पुगेको छ। भनिराख्नु पर्दैन, प्रचण्डको गृहजिल्ला र गृह निर्वाचन क्षेत्र रहेको चितवनमा महाधिवेशन गरेर ओली निर्वाचनमा उनलाई कमजोर तुल्याउन चाहन्छन्। उस्तै परे निर्वाचन हराउन सकिने आकलनले ओली बुटवलबाट नारायणी किनारमा महाधिवेशन सार्न अग्रसर भएका हुन्। त्यही बुझेरै हुनसक्छ, प्रचण्डले चितवनमा आफ्नो निर्वाचन क्षेत्रमा अहिलेदेखि नै भेटघाट सुरु गरिसकेका छन्। एक हिसाबले भन्दा निर्वाचनको घरदैलो जस्तै गतिविधि उनले अघि बढाएका छन्।

यो पनि पढ्नुहोस्

ओलीलाई सर्वसम्मत अध्यक्ष बन्नबाट कसले रोक्ला?बिहीबार, कात्तिक २५, २०७८

प्रचण्डलाई अप्ठेरोमा पार्नेगरी ओलीले १०औं महाधिवेशन मूल व्यवस्थापन समितिको संयोजक नै प्रचण्ड र उनको दल, माओवादी केन्द्र छाडेर एमालेमा आएका रामबहादुर थापा ‘बादल’लाई बनाएका छन्। यो जोडघटाउ र रस्साकस्सीबीच एउटा अर्को प्रश्न पनि जबर्जस्त छ– एमालेको यो महाधिवेशनपछि माओवादी छाडेर आएका बादललगायत नेताको पदीय हैसियत र वरीयता चाहिँ के होला? 

एमालेको यो महाधिवेशनमा ओली नै सर्वेसर्वा बन्ने निश्चित छ। अध्यक्षमा आफैं दोहोरिने घोषणा उनले गरिसकेका छन्। माधवकुमार नेपाल, झलनाथ खनाललगायत प्रभावशाली नेता एमालेमै नरहेकाले अध्यक्षमा ओली निर्विकल्प जस्तै छन्। यहीकारण पनि एमालेमा अध्यक्षसहित सबै पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी सर्वसम्मतरुपमा चयन हुने चर्चा भइरहेको छ।

यो चर्चाका पछाडि माओवादी छाडेर आएका नेता र एमालेको तत्कालीन माधवकुमार नेपालपक्षका नेतालाई पनि समेटेर लैजाने प्रयत्न रहेको दाबी नेताहरुले गर्दै आएका छन्। निर्वाचनबाट पदाधिकारी र अन्य कमिटी चयन हुने अवस्थामा पूर्वमाओवादी समूहका र तत्कालीन नेपाल समूहका नेताहरु निर्वाचित हुन नसक्ने आशंका बलियो छ। 

यो पनि पढ्नुहोस्

कस्तो होला ‘ओली प्राधिकार’ एमाले?मंगलबार, कात्तिक १६, २०७८

अध्यक्ष ओली एमालेमा अहिले सर्वेसर्वा जस्तै रहेकाले उनले ‘चाहेका’ नेता मात्र नेतृत्व तहमा आउने सम्भावना छ। उनले ‘चाहने’ नेतामा पूर्वमाओवादी र तत्कालीन नेपाल समूहका नेता को को पर्लान् भन्नेमा पनि धेरैको चासो छ। तर, ओलीले चाहँदैमा महाधिवेशनबाट सबै पदाधिकारीदेखि केन्द्रीय कमिटी सदस्यसम्म पनि सहजै सर्वसम्मत चयन होलान् त? पूर्वमाओवादी र तत्कालीन माधव नेपालपक्षलाई समेट्न वा ‘चित्त बुझाउन’ यसको विकल्प नभए पनि त्यसो हुँदा ओलीनिकट नेताहरुले नै आफ्नो सम्भावित स्थान गुमाउनुपर्ने अवस्थामा विवाद निम्तिने देखिन्छ। ओलीका निम्ति यही सन्तुलत मिलाउन मुख्य चुनौती बन्ने देखिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यसमा पनि एमालेको दशौं महाधिवेशनमा नितान्त फरक पृष्ठभूमिबाट आएका पूर्वमाओवादीका नेताहरुको पदीय व्यवस्थापन कसरी होला भन्नेमा धेरैको चासो छ। अहिलेको अवस्थामा पूर्वमाओवादी नेताहरुले मात्र चाहँदैमा इच्छाएको पद प्राप्त हुने सम्भावना देखिँदैन। त्यसको प्रमुख कारण के हो भने उनीहरुको ‘बार्गेनिङ पावर’ बन्नसक्ने नेता–कार्यकर्ता पूर्वपार्टी, माओवादीमै छन्। त्यहीकारण पनि उनीहरुले ‘सहमतिको महाधिवेशन’ भनेर जोड दिइएको यो महाधिवेशनबाट मिल्ने स्थान स्वीकार्नुको विकल्प नहुने देखिन्छ। 

एमालेको वर्तमान १९६ सदस्यीय केन्द्रीय कमिटीमा पूर्वमाओवादीबाट आएका २५ जना केन्द्रीय कमिटीमा अटाएका छन्। महाधिवेशनपछि एमाले केन्द्रीय कमिटी २२५ सदस्यीय बन्नेछ। नयाँ केन्द्रीय कमिटीमा रामबहादुर थापा ‘बादल’सहित स्थायी कमिटी सदस्यहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा र केन्द्रीय सदस्य प्रभु साहलगायतको स्थान कहाँ होला त? पूर्वमाओवादी नेताहरुले एमालेको ठूलो संगठनमा आफ्नो अस्तित्व संकटमा पर्छ कि भन्ने भन्ने चिन्ता आफूनिकटहरुसँग व्यक्त गर्न थालेका छन्। 

१०औं महाधिवेशनबाट बादललाई एमालेको उपाध्यक्ष बनाउने चर्चा पनि भइरहेको छ। पूर्वमाओवादीबाट आएका एमालेका एक स्थायी कमिटी सदस्यले बादल उपाध्यक्ष बन्ने सम्भावना देखिएको बताए। पार्टीमा वरिष्ठताका हिसाबले समेत बादललाई उपाध्यक्ष बनाउन सकिने उनको भनाइ छ।

त्यस्तै, स्थायी कमिटी सदस्य रायमाझी र भट्टमध्ये एक जना पदाधिकारीमा समेटिन सक्ने आकलन गरिएको छ। ‘१०औं महाधिवेशनलाई सहमतिको महाधिवेशन भनिएको छ। भन्नुको मतलब त्यहाँ कुनै पदमा प्रतिस्पर्धा हुने छैन। सहमतिबाटै सबैजना नेतृत्वमा आउनु हुने छ’, ती स्थायी कमिटी सदस्यले भने, ‘यस्तो हुँदा पूर्वमाओवादीबाट बादलजी उपाध्यक्षमा आउनुहुन्छ होला। टोपबहादुरजी र लेखराजजीमध्ये एक जना पार्टी सचिवमा आउन सक्ने सम्भावना छ।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यो पनि पढ्नुहोस्

वरिष्ठ उपाध्यक्ष : ईश्वर पोखरेललाई सिर्जना गरिएको पद!बुधबार, कात्तिक १७, २०७८

अहिले प्रभु साह केन्द्रीय कमिटी सदस्य मात्र रहेकाले उनी स्थायी कमिटीमा आउन सक्ने ती नेताले नेपाल लाइभलाई बताए। पदाधिकारी बन्न नसकेको अवस्थामा रायमाझी र भट्ट पनि स्थायी कमिटीमै रहन सक्ने उनको भनाइ छ। यसबाहेक मणि थापा पनि स्थायी कमिटीमा अट्न सक्छन्। पूर्वमाओवादीका अरु २० जना एमालेको नयाँ केन्द्रीय कमिटीमा आउन सक्ने विश्लेषण पूर्वमाओवादी नेताहरुले गरेका छन्।

एमाले अध्यक्ष ओलीनिकट एक नेता पनि पूर्वमाओवादीबाट ठूलो संख्यामा कार्यकर्ताहरु एमालेमा नआएकाले तल्लो तहको अवस्था र जनमतलाई समेत ख्याल गरेर २५ भन्दा धेरैलाई केन्द्रीय कमिटीमा ल्याउने सम्भावना नरहेको बताउँछन्। तर, एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले पूर्वमाओवादी वा माधव नेपालपक्ष जोसुकै भए पनि सहमतिबाटै नेतृत्व तहमा आउने दाबी गरे।

‘अब यो पक्ष वा त्यो पक्ष भन्ने छैन। सबै सर्वसम्मतिले पार्टी कमिटीमा आउनु हुन्छ। त्यसैले जो आए पनि एमालेको पदाधिकारी र पार्टी कमिटीमा आउनु हुनेछ’, तामाङले नेपाल लाइभसँग भने, ‘पार्टीमा यो पक्ष वा त्यो पक्ष भनेर अहिले नै को कहाँ हुन्छ भन्ने अनुमान नगरौं, महाधिवेशनले त्यसको निर्धारण गरिहाल्छ।’ 

ओलीको ‘मन जित्न’ प्रचण्डको चर्को विरोध
एमालेमा आफूहरुको भविष्य ओलीको चाहना वा उनले लिने निर्णयमा निर्भर रहेको बुझेका पूर्वमाओवादी, एमाले नेताहरुले पछिल्लो समय ओलीलाई ‘खुशी पार्ने’ अर्को तरिका पनि अवलम्बन गरेका छन्। त्यो हो, आफ्नो पूर्वपार्टी माओवादी केन्द्र र त्यसमा पनि अध्यक्ष प्रचण्डको चर्को आलोचना।

यो पनि पढ्नुहोस्

एक्लै दौडेर विजेता हुने तरखरमा ओलीशुक्रबार, कात्तिक १९, २०७८

हुन पनि प्रचण्डसँग लामो राजनीतिक सहकार्य गरेका बादल, रायमाझी, भट्ट, साहलगायत नेताहरुले पछिल्लो समय सार्वजनिक मञ्चहरुमा प्रचण्डको चर्को विरोध गर्न थालेका छन्। उनीहरुको ध्याउन्न आफ्नै पूर्वअध्यक्षलाई खुइल्याउनेमा केन्द्रित देखिन थालेको छ। माओवादी केन्द्रका एक नेताको टिप्पणी छ, ‘प्रचण्डविरुद्ध विषवमन गर्दै आएका ओलीलाई खुशी पार्न उहाँहरुले अब यही शैलीलाई बढावा दिनुहुन्छ होला।’ 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७८  १९:५३
  • #एमाले_दशौं_राष्ट्रिय_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणबारे पार्टीको केन्द्रीय अनुशासन आयोगलाई लिखित स्प... बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा आयोगका अध्यक्ष रामबहादुर थापामगरले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पे... बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई १८ करोड ४८ लाखभन्दा बढी राहत वितरण स्थानीय तहसँगको समन्वयमा पहिचान भएका बाढीपीडित परिवारलाई दोहोरो राहत नपर्ने गरी एकद्वार प्रणालीमार्फत रकम उपलब्ध गराइएको सरकारले जना... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह बिहीबार, असोज २९, २०८३
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका बिहीबार, असोज २९, २०८३
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो बिहीबार, असोज २९, २०८३
दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली बिहीबार, असोज २९, २०८३
विपद्पछिको पुनरुत्थानमा सहयोग गर्न एडीबीलाई अर्थमन्त्री वाग्लेको आग्रह बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्