• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?

64x64
वीरेन्द्र ओली आइतबार, चैत १३, २०७८  २०:५२
1140x725

काठमाडौं– स्थानीय चुनावको मिति नजिकिएसँगै लोकतान्त्रिक समाजवादी पार्टी पनि सरकार र चुनावी गठन्धनमै जोडिने विषय बाहिर आएका छन्। पछिल्लो समय दुई पक्षबीच  छलफल चलिरहेको नेताहरुले सार्वजनिक रुपमै बताइरहेका छन्।

तत्कालीन जसपाको महन्थ ठाकुर पक्ष (अहिलेको लोसपा)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिँदै समर्थन जनाएको थियो। विश्वासको मत लिने दिन देउवाले ठाकुरलाई उनीहरुले उठाउँदै आएका माग र मुद्दा सम्बोधन गर्ने सहमति जनाएपछि उनी पक्षका सांसद्हरुले विश्वासको मत दिएका थिए।

यतिबेला सत्ता गठबन्धनमा आबद्ध दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच चुनावी तालमेलको बहस भइरहेको छ। कांग्रेस बाहेकका तीन दलले आफ्नो हैसियतभन्दा बढी भागबण्डा खोजेकाले कांग्रेस-लोसपाबीच चुनावी तालमेल गरेर जाने विषयमा छलफल चलेको नेताहरुको भनाइ छ।

देउवा र लोसपा अध्यक्ष ठाकुरबीच भइरहेको संवादबारे देउवा पक्षले गुपचुप राखिरहेका छन्। तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत मंगलबार यसलाई सार्वजनिक गरिदिएका थिए।

अनौपचारिक रुपमा लोसपा सरकारमा पनि जाने र चुनावी तालमेलमा पनि जाने विषयमा देउवा  र ठाकुरबीचमा मात्रै संवाद भइरहेको प्रचण्डले बताएका थिए। तर, औपचारिक रुपमा यो विषय अघि नबढेको उनको भनाइ थियो।

उता अध्यक्ष ठाकुरले सरकारमा जाने विषयमा प्रधानमन्त्रीसँग छलफल भइरहेको बताएका छन्। लोसपाले गत मंगलबार नै जनकपुरमा आयोजना गरेको मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा ठाकुरले आफ्ना माग र मुद्दा सम्बोधन भए सरकारमा जान सकिने बताएका हुन्। सरकारमा सहभागिताका लागि आफूहरुले नागरिकता समस्याको समाधान र मधेस आन्दोलनका क्रममा आफ्ना पार्टीका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता लिनुपर्ने विषयलाई प्राथमिकतामा राखेको उनको भनाइ थियो।

ठाकुरले संसद्को आगामी अधिवेशनमा नागरिकतासम्बन्धी विधेयक प्रस्तुत गर्ने कुरा प्रधानमन्त्री देउवासँग भएको जानकारी समेत दिए। उनले सरकारले आफूहरुको मागलाई ठोस रुपमा सम्बोधन गर्ने गरी पहल गरेको अवस्थामा मात्रै सरकारमा सहभागी हुने प्रष्ट पारेका थिए।

यस्तै, लोसपाका कार्यकारिणी सदस्य केशव झाले लोसपाका माग र मुद्दा सम्बोधन भएपछि मात्रै सरकारमा सहभागी हुने बताए। ‘हामीले नागरिकता विधेयक, मधेस आन्दोलनका क्रममा लगाइएका झुटा मुद्दा फिर्तासँगै कार्यकर्ता रिहा र संविधान संशोधनका लागि कार्यदल बनाउनु पर्‍यो भनेका छौँ। ती सबै माग सम्बोधन भए मात्रै सरकारमा जान्छौँ’, उनले भने, ‘यदि लोसपाका माग र मुद्दा सम्बोधन नभए सरकारमा जाने कुनै सम्भावना छैन। चुनावी तालमेलको पनि सम्भावना छैन।’

Ncell 2
Ncell 2
nimb
nimb

उनै झाले बुधबार आयोजित एक कार्यक्रममा चुनावी गठबन्धनका सन्दर्भमा सत्ता पक्षसँग दुई तीन चरणमा छलफल भइसकेको बताएका छन्। एमालेसँग भने कुनै छलफल नभएको उनको भनाइ थियो।

कांग्रेस नेता रामचन्द्र पौडेलले स्थानीय चुनाव अघि लोसपा सरकारमा सहभागी हुने सम्भावना कम भएको बताए। सरकारमा सहभागी भए पनि स्थानीय चुनावपछि मात्रै हुनसक्ने उनको आकलन छ।

चुनावी तालमेलका विषयमा विभिन्न शक्तिसँग छलफल भइरहेकाले कुनै ठोस निर्णय नभएको उनले बताए। सत्ता गठबन्धमा चुनावी तालमेल गर्न बहस र छलफल भइरहेका बेला तीन दलबीच तालमेल नभए लोसपासँग गर्ने विकल्प कांग्रेससँग हुनसक्छ।

माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले महानगरपालिका र उपमहानगरपालिकाको नेतृत्वमा आफ्नो हैसियतभन्दा बढी हिस्सेदारी खोज्न थालेपछि कांग्रेस असन्तुष्ट भएको छ। प्रायः महानगरपालिका र उपमहानगरपालिकामा एमालेसँगको मुख्य प्रतिस्पर्धी कांग्रेस भएकाले आफूलाई सत्ता गठबन्धनका अन्य दलले सघाउनुपर्ने कांग्रेसको छ। तर, उनीहरु तयार छैनन्। यही पृष्ठभूमिमा कांग्रेसले लोसपासँग संवाद अघि बढाएको हो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कांग्रेसकै एउटा पक्ष चुनाव तालमेलको विपक्षमा कडा रुपमा प्रस्तुत भइरहेको छ। यही पृष्ठभूमिमा लोसपासँग संवाद अघि बढाउँदा सत्ता गठबन्धनका दलहरुलाई दबाबमा राख्न सकिने बुझाइ कांग्रेसको छ। कांग्रेस र लोसपाबीच चुनावी तालमेल भएमा अहिलेको सत्ता गठबन्धन आबद्ध दलहरुबीच चुनावी तालमेल हुने सम्भावना भने कम मात्रै छ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भने चुनावी गठबन्धन हुने/नहुने विषयमा सोमबार मात्र निर्णय हुने बताएका छन्। शुक्रबारदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठकमा गठबन्धनका विषयमा मिश्रित धारणा आएको उनले बताए। अधिकांश नेताहरूले स्थानीय आवश्यकताका आधारमा गठबन्धन गर्नुपर्ने धारणा राखेको महतले बताए।

प्रकाशित मिति: आइतबार, चैत १३, २०७८  २०:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? महाधिवेशनमा निर्वाचित उम्मेदवारमध्ये सर्वाधिक मत प्राप्त गर्ने शीर्ष १० जनाको सूचीमा सभापति थापासहित खुला केन्द्रीय सदस्य, महिला केन... शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले व्यक्तिगत कमजोरी वा गलत प्रवृत... शनिबार, असोज ३१, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति सहमति अनुसार श्रेष्ठसम्बन्धी विषय प्रेस काउन्सिल नेपालमा लगिनेछ। त्यस्तै, पन्तले पनि श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमा पोस्ट नगर्ने सह... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्