काठमाडौँ – काठमाडौँको मदनभण्डारी कलेज नजिकै रहेको धोबीखोलमा बिहीबार बिहान एक युवकको शव फेला परेको छ ।
साइकलसहित ती युवक खोलामा डुबेको अवस्थामा मृत फेला परेका हुन् ।
प्रहरीका अनुसार मृत व्यक्तिको नजिकै साइकल पनि लडेको देखिन्छ । मृतकको पहिचान खुल्न बाँकी छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।