• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी

64x64
वीरेन्द्र ओली शनिबार, चैत ५, २०७८  २०:४६
1140x725

काठमाडौं– स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा सत्ता गठबन्धनमा सहभागी दलहरुबीच चुनावी तालमेललाई लिएर फरक–फरक मत देखापर्न थालेको छ। गठबन्धनमा सहभागी नेपाली कांग्रेसभित्र चुनावी तालमेल गर्न नहुने मत बलियो हुँदै गएपछि नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले पनि दबाब बढाउन थालेका हुन्।

नेपाली कांग्रेस भित्रको नेता शेखर कोइराला पक्षबाट महामन्त्री बनेका गगन थापा, उपसभापति धनराज गुरुङलगायत नेताहरुले तालमेल गर्नै नहुने अभिव्यक्ति दिइरहेपछि गठबन्धनमा समस्या भएको हो। ती नेताहरुले कांग्रेस एक्लै प्रतिस्पर्धा गर्न समक्ष भएको भन्दै तालमेल विरोधी अभिव्यक्ति दिन थालेपछि माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका नेताहरु चिढिएका हुन्। अर्कोतिर, उनीहरु कांग्रेसलाई फकाउने प्रयत्न पनि गरिरहेका छन्।

कोइराला पक्षका नेताहरु कांग्रेसलाई चुनावी तालमेलभन्दा बाहिर पुर्‍याएर आफूहरु पार्टीभित्र प्रभावशाली रहेको सन्देश दिने रणनीतिमा छन्। त्यसले पार्टीभित्र देउवाले भनेको र चाहेको मात्रै हुँदैन भन्ने त स्थापित गर्छ नै, पार्टीभित्र दीर्घकालीन शक्ति सन्तुलनमा पनि प्रभाव पार्छ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले चुनावी तालमेलका विषयमा आफूलाई जानकारी नै नभएको प्रक्रिया दिए। ‘सत्ता गठबन्धनमा सहभागी बैठकहरुमा म सहभागी हुने गरेको छैन। के–कस्ता घटनाक्रम विकास भएका छन्, थाहा छैन’, नेपाल लाइभसँग कुरा गर्दै उनले भने।

कांग्रेस भित्रको किचलोले सत्ता गठबन्धन समेत धरमराउन थालेपछि गत बिहीबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवुकमार नेपालले भेटघाट गरेका थिए। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा देउवाले चुनावी तालमेलका विषयमा आफू सकारात्मक भए पनि पार्टीमा समस्या भएको अवगत गराएका थिए। भेटमा कांग्रेस नेता रामचन्द्र पौडेल पनि थिए। उनले चुनावी तालमेल गराउने विषयमा गम्भीर छलफल भएको बताए।

देउवासँगको भेटमा चिढिएका प्रचण्ड र नेपालले कांग्रेससँग तालमेल नभए विकल्प खोज्न सकिने चेतावनी दिएका थिए। चुनावी तालमेलमा कांग्रेस आफैं बाधक भएको निष्कर्ष निकाल्दै प्रचण्ड, नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव असन्तुष्ट छन्।

‘हामीले आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गरी प्रतिगमनको बाटोमा हिँडेपछि विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनायौं। त्यो गुण देउवाजीले बिर्सिन मिल्दैन’, माओवादी केन्द्रका एक प्रभावशाली नेताले भने,‘यदि कांग्रेसले आफूलाई लगाएको गुण बिर्सिन्छ भने त्यसको मूल्य भोलि बेहोर्नुपर्ने हुन्छ।’

कांग्रेस चुनावी तालमेल गर्न तयार नभए आफूहरु एकल रुपमा चुनाव लड्न तयार भएको प्रचण्डनिकट केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ बताउँछन्। ‘चुनावी तालमेल दुवै पक्षलाई आवश्यकता भएपछि र दुवैलाई चित्त बुझेपछि मात्रै गरिन्छ’, उनले भने, ‘यदि कांग्रेसलाई तालमेल गर्न आवश्यक छैन र गर्दैन भने हामी एक्लै पनि चुनाव लड्न तयार छौं।’

Ncell 2
Ncell 2
nimb
nimb

चुनावी तालमेल माओवादीलाई मात्रै नचाहिएको बताउँदै सापकोटाले कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपा लगायत दललाई पनि उत्तिकै आवश्यक भएको दाबी गरे। ‘एमाले, कांग्रेस, माओवादी लगायत सबै दललाई तालमेल चाहिएको छ। एक दलका विरुद्ध दुई दल मिल्छन् कि भन्ने सबैलाई डर छ’, सापकोटाले भने, ‘अहिले कांग्रेस, समाजवादी र जसपा लगायत दल मिलेर आफूलाई गाह्रो बनाउँछन कि भन्ने भएपछि एमालेलाई पनि तालमेल चाहिएको छ। नभन्नु अर्कै कुरा भयो।’

कांग्रेस गठबन्धन गर्ने विषयमा एक मत नहुनु र सो पार्टीबाट फरक–फरक मत सार्वजनिक भइरहँदा माओवादी केन्द्र र एकीकृत समाजवादी भने अलमलमा परेको देखिन्छ। त्यसैले आजकाल प्रचण्डले आफ्नो भाषणहरुमा गठबन्धनको भर परेर मात्रै नबस्न कार्यकर्तालाई सचेत गराउन थालेका छन्।

'गठबन्धनको भर परेर ढुक्कसँग नसुत्नुहोला। आफैं जित्ने गरी बनाइयो भने मात्रै गठबन्धन पनि कामकाजी हुन्छ। आफूले जित्ने तयारी नगरीकन गठबन्धनको भर गरियो भने भन्न सकिँदैन, भोलि बिहान के हुन्छ? त्यसकारण आफ्नो तयारी राम्रो गरौं। अनि मात्रै गठबन्धन पनि हामीलाई खोज्दै आउँछ', शनिबार सिन्धुलीमा आयोजित कार्यक्रममा उनले भनेका थिए।

गठबन्धन फुटाउने एमाले रणनीति असफल
नेकपा एमालेले पहिल्यैदेखि सत्ता गठबन्धन फुटोस् भन्ने चाहना राख्दै आएको छ। प्रतिनिधि सभाबाट एमसीसी अनुमोदन गराउन गठबन्धन फुट्नुपर्ने शर्त नै राखेको थियो उसले। चुनावमा आफू विरुद्धको गठबन्धन कायमै रहेमा आफूलाई अप्ठ्यारो पर्ने उसले बुझेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पाँच दलका विरुद्ध आफूले निर्वाचन जित्न कठिन हुने निष्कर्ष निकाल्दै एमालेले गठबन्धन फुटाउने प्रयास गर्दै आएको भए पनि सफल भने हुन सकेको छैन। एमाले अध्यक्ष ओलीले गठबन्धनको आलोचना गरिरहँदा गठबन्धन झन् कसिलो बन्ने गरेको अनुभूति पनि गरिरहेका उनको सम्बोधनबाट बुझ्न सकिन्छ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले एमाले पाँच दलीय गठबन्धन विरुद्ध एकल रुपमा लड्न समक्ष भएको जिकिर गरे। ‘कांग्रेसभित्र स–साना दलहरुलाई सिट बाँड्ने विषयमा एक मत छैन। कांग्रेस सभापति देउवालगायतका नेताहरु चुनावमा हारिन्छ कि भनेर हिनताबोधले ग्रसित छन्। प्रचण्ड र माधवलाई कुनै न कुनै शक्तिको आश्रय बिना यो देशको कुनै कुनाबाट चुनाव जित्न सकिँदैन भन्ने लागेको छ। उहाँहरुले कांग्रेसको बैशाखी नटेकी एक पाइला सार्न सक्ने अवस्था छैन’, नेपाल लाइभसँग कुरा गर्दै उनले भने, ‘एमालेको यति धेरै भय र त्रास छ कि कसै न कसैसँग नमिलेर चुनाव जित्न सकिँदैन भन्ने छ। त्यसैले यो गठबन्धन टिक्नुपर्छ। टिकाउनुपर्छ। एमाले एकल रुपमा चुनाव लड्न सक्षम छ।’ 

प्रकाशित मिति: शनिबार, चैत ५, २०७८  २०:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
एनपीएल: विराटनगरले चितवनविरुद्ध पहिले बलिङ गर्दै मंगलबार, कात्तिक १०, २०८३
विज्ञान, प्रविधि तथा नवप्रवर्तन परिषदको ६ सदस्यका लागि सिफारिस आव्हान मंगलबार, कात्तिक १०, २०८३
सरकार परिवर्तनको चर्चा चल्न थाल्नु विडम्बनापूर्ण : बाबुराम मंगलबार, कात्तिक १०, २०८३
गाभीबाट सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड रुपैयाँको खोप सहायता मंगलबार, कात्तिक १०, २०८३
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
एनपीएल–३ : पहिलो पावर प्लेमा सुदूरपश्चिमको चार विकेट पतन, गत फाइनलको झल्को सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्