• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, फागुन १४, २०८२ Thu, Feb 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी

64x64
वीरेन्द्र ओली शनिबार, चैत ५, २०७८  २०:४६
1140x725

काठमाडौं– स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा सत्ता गठबन्धनमा सहभागी दलहरुबीच चुनावी तालमेललाई लिएर फरक–फरक मत देखापर्न थालेको छ। गठबन्धनमा सहभागी नेपाली कांग्रेसभित्र चुनावी तालमेल गर्न नहुने मत बलियो हुँदै गएपछि नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले पनि दबाब बढाउन थालेका हुन्।

नेपाली कांग्रेस भित्रको नेता शेखर कोइराला पक्षबाट महामन्त्री बनेका गगन थापा, उपसभापति धनराज गुरुङलगायत नेताहरुले तालमेल गर्नै नहुने अभिव्यक्ति दिइरहेपछि गठबन्धनमा समस्या भएको हो। ती नेताहरुले कांग्रेस एक्लै प्रतिस्पर्धा गर्न समक्ष भएको भन्दै तालमेल विरोधी अभिव्यक्ति दिन थालेपछि माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका नेताहरु चिढिएका हुन्। अर्कोतिर, उनीहरु कांग्रेसलाई फकाउने प्रयत्न पनि गरिरहेका छन्।

कोइराला पक्षका नेताहरु कांग्रेसलाई चुनावी तालमेलभन्दा बाहिर पुर्‍याएर आफूहरु पार्टीभित्र प्रभावशाली रहेको सन्देश दिने रणनीतिमा छन्। त्यसले पार्टीभित्र देउवाले भनेको र चाहेको मात्रै हुँदैन भन्ने त स्थापित गर्छ नै, पार्टीभित्र दीर्घकालीन शक्ति सन्तुलनमा पनि प्रभाव पार्छ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले चुनावी तालमेलका विषयमा आफूलाई जानकारी नै नभएको प्रक्रिया दिए। ‘सत्ता गठबन्धनमा सहभागी बैठकहरुमा म सहभागी हुने गरेको छैन। के–कस्ता घटनाक्रम विकास भएका छन्, थाहा छैन’, नेपाल लाइभसँग कुरा गर्दै उनले भने।

कांग्रेस भित्रको किचलोले सत्ता गठबन्धन समेत धरमराउन थालेपछि गत बिहीबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवुकमार नेपालले भेटघाट गरेका थिए। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा देउवाले चुनावी तालमेलका विषयमा आफू सकारात्मक भए पनि पार्टीमा समस्या भएको अवगत गराएका थिए। भेटमा कांग्रेस नेता रामचन्द्र पौडेल पनि थिए। उनले चुनावी तालमेल गराउने विषयमा गम्भीर छलफल भएको बताए।

देउवासँगको भेटमा चिढिएका प्रचण्ड र नेपालले कांग्रेससँग तालमेल नभए विकल्प खोज्न सकिने चेतावनी दिएका थिए। चुनावी तालमेलमा कांग्रेस आफैं बाधक भएको निष्कर्ष निकाल्दै प्रचण्ड, नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव असन्तुष्ट छन्।

‘हामीले आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गरी प्रतिगमनको बाटोमा हिँडेपछि विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनायौं। त्यो गुण देउवाजीले बिर्सिन मिल्दैन’, माओवादी केन्द्रका एक प्रभावशाली नेताले भने,‘यदि कांग्रेसले आफूलाई लगाएको गुण बिर्सिन्छ भने त्यसको मूल्य भोलि बेहोर्नुपर्ने हुन्छ।’

कांग्रेस चुनावी तालमेल गर्न तयार नभए आफूहरु एकल रुपमा चुनाव लड्न तयार भएको प्रचण्डनिकट केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ बताउँछन्। ‘चुनावी तालमेल दुवै पक्षलाई आवश्यकता भएपछि र दुवैलाई चित्त बुझेपछि मात्रै गरिन्छ’, उनले भने, ‘यदि कांग्रेसलाई तालमेल गर्न आवश्यक छैन र गर्दैन भने हामी एक्लै पनि चुनाव लड्न तयार छौं।’

Ncell 2
Ncell 2

चुनावी तालमेल माओवादीलाई मात्रै नचाहिएको बताउँदै सापकोटाले कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपा लगायत दललाई पनि उत्तिकै आवश्यक भएको दाबी गरे। ‘एमाले, कांग्रेस, माओवादी लगायत सबै दललाई तालमेल चाहिएको छ। एक दलका विरुद्ध दुई दल मिल्छन् कि भन्ने सबैलाई डर छ’, सापकोटाले भने, ‘अहिले कांग्रेस, समाजवादी र जसपा लगायत दल मिलेर आफूलाई गाह्रो बनाउँछन कि भन्ने भएपछि एमालेलाई पनि तालमेल चाहिएको छ। नभन्नु अर्कै कुरा भयो।’

कांग्रेस गठबन्धन गर्ने विषयमा एक मत नहुनु र सो पार्टीबाट फरक–फरक मत सार्वजनिक भइरहँदा माओवादी केन्द्र र एकीकृत समाजवादी भने अलमलमा परेको देखिन्छ। त्यसैले आजकाल प्रचण्डले आफ्नो भाषणहरुमा गठबन्धनको भर परेर मात्रै नबस्न कार्यकर्तालाई सचेत गराउन थालेका छन्।

'गठबन्धनको भर परेर ढुक्कसँग नसुत्नुहोला। आफैं जित्ने गरी बनाइयो भने मात्रै गठबन्धन पनि कामकाजी हुन्छ। आफूले जित्ने तयारी नगरीकन गठबन्धनको भर गरियो भने भन्न सकिँदैन, भोलि बिहान के हुन्छ? त्यसकारण आफ्नो तयारी राम्रो गरौं। अनि मात्रै गठबन्धन पनि हामीलाई खोज्दै आउँछ', शनिबार सिन्धुलीमा आयोजित कार्यक्रममा उनले भनेका थिए।

गठबन्धन फुटाउने एमाले रणनीति असफल
नेकपा एमालेले पहिल्यैदेखि सत्ता गठबन्धन फुटोस् भन्ने चाहना राख्दै आएको छ। प्रतिनिधि सभाबाट एमसीसी अनुमोदन गराउन गठबन्धन फुट्नुपर्ने शर्त नै राखेको थियो उसले। चुनावमा आफू विरुद्धको गठबन्धन कायमै रहेमा आफूलाई अप्ठ्यारो पर्ने उसले बुझेको छ।

पाँच दलका विरुद्ध आफूले निर्वाचन जित्न कठिन हुने निष्कर्ष निकाल्दै एमालेले गठबन्धन फुटाउने प्रयास गर्दै आएको भए पनि सफल भने हुन सकेको छैन। एमाले अध्यक्ष ओलीले गठबन्धनको आलोचना गरिरहँदा गठबन्धन झन् कसिलो बन्ने गरेको अनुभूति पनि गरिरहेका उनको सम्बोधनबाट बुझ्न सकिन्छ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले एमाले पाँच दलीय गठबन्धन विरुद्ध एकल रुपमा लड्न समक्ष भएको जिकिर गरे। ‘कांग्रेसभित्र स–साना दलहरुलाई सिट बाँड्ने विषयमा एक मत छैन। कांग्रेस सभापति देउवालगायतका नेताहरु चुनावमा हारिन्छ कि भनेर हिनताबोधले ग्रसित छन्। प्रचण्ड र माधवलाई कुनै न कुनै शक्तिको आश्रय बिना यो देशको कुनै कुनाबाट चुनाव जित्न सकिँदैन भन्ने लागेको छ। उहाँहरुले कांग्रेसको बैशाखी नटेकी एक पाइला सार्न सक्ने अवस्था छैन’, नेपाल लाइभसँग कुरा गर्दै उनले भने, ‘एमालेको यति धेरै भय र त्रास छ कि कसै न कसैसँग नमिलेर चुनाव जित्न सकिँदैन भन्ने छ। त्यसैले यो गठबन्धन टिक्नुपर्छ। टिकाउनुपर्छ। एमाले एकल रुपमा चुनाव लड्न सक्षम छ।’ 

प्रकाशित मिति: शनिबार, चैत ५, २०७८  २०:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
टी–२० विश्वकप: जिम्बाब्वेविरुद्ध भारत ७२ रनले विजयी बिहीबार, फागुन १४, २०८२
बीबीसीले सार्वजनिक गरेको भिडियो डकुमेन्ट्री हटाउन निर्वाचन आयोगले लेख्यो प्रेस काउन्सिललाई पत्र बिहीबार, फागुन १४, २०८२
टी–२० विश्वकप इतिहासमा सर्वाधिक स्कोर बनाउनबाट ४ रनले चुक्यो भारत, जिम्बाब्वेलाई २५७ रनको लक्ष्य बिहीबार, फागुन १४, २०८२
१६५ वटै क्षेत्रमा पुर्‍याइयो निर्वाचन सामग्री बिहीबार, फागुन १४, २०८२
बीबीसीको रिपोर्ट– तत्कालीन आईजीपी खापुङले दिएका थिए गोली चलाउने आदेश बिहीबार, फागुन १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बीबीसीको रिपोर्ट– तत्कालीन आईजीपी खापुङले दिएका थिए गोली चलाउने आदेश बिहीबार, फागुन १४, २०८२
निर्वाचनको मुखमा देउवा सिंगापुर पुग्दा आरजु भारतमा बिहीबार, फागुन १४, २०८२
झापा ५ मा नेकपाले ओलीलाई सघाउने हल्लाका बीच रञ्जित तामाङलाई प्रचण्डको फोन : जितेर आउनुस् मन्त्री बनाउँछु बिहीबार, फागुन १४, २०८२
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय बुधबार, फागुन १३, २०८२
पूर्वमुख्यमन्त्री शर्मा सांसदबाट पदमुक्त बुधबार, फागुन १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बीबीसीको रिपोर्ट– तत्कालीन आईजीपी खापुङले दिएका थिए गोली चलाउने आदेश बिहीबार, फागुन १४, २०८२
धादिङ बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, २४ घाइतेलाई काठमाडौं पठाइयो सोमबार, फागुन ११, २०८२
भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो मंगलबार, फागुन १२, २०८२
निर्वाचनको मुखमा देउवा सिंगापुर पुग्दा आरजु भारतमा बिहीबार, फागुन १४, २०८२
झापा ५ मा नेकपाले ओलीलाई सघाउने हल्लाका बीच रञ्जित तामाङलाई प्रचण्डको फोन : जितेर आउनुस् मन्त्री बनाउँछु बिहीबार, फागुन १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्