काठमाडौँ – सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएकाले सडक विस्तार कार्य हाललाई स्थगन गरेको जनाएको छ ।
आइतबार पत्रकार सम्मेलन गर्दै सडक डिभिजन कार्यालयले विस्तारको कार्य स्थगन गरिएको जनाएको हो ।
हेटौंडा उपमहानगरभित्र पर्ने राष्ट्रिय लोकमार्गहरूको सडक सीमा संरक्षण कार्यक्रम, २०८२ लाई सर्वाेच्च अदालतकाे उत्प्रेषण आदेशका कारण स्थगित गरिएकाे सडक डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए ।
यसअघि शनिवार हेटौडा उपमहानगरभित्र पर्ने राष्ट्रिय लोकमार्गहरुको सीमा बढाउने भन्दै डोजर चलाएर सयौँ संरचना भत्काइएको थियो । एकैदिन करिब ५०० वटा घर भत्काएकाे थियो । भत्काइएकाे घरबाट सामन निकाल्न दुई दिनकाे समय दिइएकाे उनले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।