काठमाडौँ - नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारी र निर्देशक मुरारी भण्डारी दुई दिन हिरासतमै रहने भएका छन् ।
उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार नियन्त्रणमा लिएको थियो ।
विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले दिएको जानकारी अनुसार आज समय अभावका कारण उनीहरूलाई हिरासतमा राखिने भएको हो ।
उनका अनुसार, अब शुक्रबार मात्रै उनीहरूको बयान र थुनछेक बहस हुनेछ । ‘आज ढिलो गरी अभियोग पत्र दायर भएको हुनाले उहाँहरूको बयान तथा थुनछेक गर्ने कार्य समय अभावले नभ्याइने हुँदा पर्सि शुक्रबारमात्रै हुनेछ,’ उनले भने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।