• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ २, २०८२ Fri, May 16, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
'नयाँ' एमाले-८ एकताकै निरन्तरता भएकाले हाम्रो व्यवस्थापनमा अप्ठ्यारो हुँदैन : लेखराज भट्ट [अन्तर्वार्ता]
64x64
नेपाल लाइभ सोमबार, कात्तिक २९, २०७८  ०८:०१
1140x725

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आगामी मंसिर १०–१२ सम्म चितवनमा आयोजना हुँदैछ। महाधिवेशनमार्फत् सर्वसम्मत नेतृत्व चयन गर्ने एमालेको प्रयास रहँदै आएको छ। त्यसो त अहिले एमालेका नेताहरूले पार्टीलाई 'नयाँ' एमाले पनि भन्दै आएका छन्। त्यसका लागि उनीहरुले एमाले र माओवादी केन्द्रको एकता असफल भए पनि माओवादी केन्द्रका कतिपय नेताहरू एमालेतिरै बस्नु र तत्कालीन एमालेका केही नेताहरूले पार्टीलाई विभाजन गर्नुलाई सन्दर्भको रुपमा लिने गरेका छन्।

अर्कोतिर, पूर्वमाओवादी नेताहरूले पनि अहिलेको एमालेलाई नेकपाको निरन्तरताको रुपमा व्याख्या गर्दै आएका छन्। त्यसैले एमालेको आगामी नेतृत्वमा उनीहरूको व्यवस्थापनलाई पनि चासोपूर्वक हेरिएको छ। दशौं महाधिवेशनले कसरी नेतृत्व चयन गर्छ, नेताहरूको व्यवस्थापन र पूर्वमाओवादी खेमामा रहेका नेताहरूको व्यवस्थापन कसरी हुन्छ? जस्ता विषयमा नेकपा एमालेका स्थायी कमिटी सदस्य लेखराज भट्टसँग नेपाल लाइभका लागि बीपी अनमोलले गरेको कुराकानी:

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको तयारी कस्तो भइरहेको छ? 
मुख्य कुरा सिद्धिएको छ। विधान महाधिवेशन भव्यताका साथ सम्पन्न गरेका छौं। गाउँपालिका र वडा अधिवेशन सम्पन्न भएका छन्। अहिले महाधिवेशन आयोजना हुने ठाउँको चयन र व्यवस्थापनको तयारी भइरहेको छ। समितिले त्यसको काम गरिरहेको छ। प्रतिनिधि चयन प्रक्रिया देशैभर व्यवस्थित हिसाबले भएको छ। कात्तिक ३० गतेभित्र त्यसको प्रमाणीकरण गर्ने काम हुन्छ।

संगठन विभाग प्रमुख विष्णु पौडेलको नेतृत्वमा बनेको प्रतिनिधि व्यवस्थापन समितिले प्रमाणीकरण र व्यवस्थित गरेर परिचय पत्र दिने लगायतका कामहरु गर्छ। प्रतिनिधिहरुले परिचय पत्र पाइसकेपछि थप रुजु हुन्छ। त्यसका आधारमा नै महाधिवेशनमा सहभागी हुन्छन्। यो नेतृत्व चयनको महाधिवेशन हो। हामीले राजनीतिक, सांगठनिक र विधान संशोधनको काम विधान महाधिवेशनबाट गरिसकेका छौं। अब भव्यताको साथ नेतृत्व चयन गर्ने हिसाबले तयारी भइरहेको छ।

अहिलेको महाधिवेशनलाई एकताको महाधिवेशन भनिएको छ। कुन अर्थमा हो यो?
योचाहिँ के हो भने दुईवटा ठूला पार्टी माओवादी केन्द्र र नेकपा एमालेबीच एकता भएर नेकपा बन्यो। नेकपाको रुपमा त्यो पार्टी तीन वर्षसम्म रह्यो। यस बीचमा पार्टीमा अन्तरसंघर्ष भई शत्रुतापूर्ण रुप लिएर विभाजन हुन पुग्यो। अदालतले नेकपा अरुको नाम हो, एकतामा बस्न चाहन्छौं भने अर्को नाम लिएर आऊ भन्यो। एकतालाई भाँड्ने अदालत हो भनेर भन्ने निहुँ बन्यो। त्यसपछि एमाले र माओवादी केन्द्र रहे।

अन्तरसंघर्षमा हामी एकताको पक्षमा उभिएका थियौं। सरकार पाँच वर्ष चल्नुपर्छ भन्ने थियो। एकताको पक्षमा उभिएपछि त्यसको निरन्तरतामा रह्याैं। एउटा हिस्सा प्रचण्डको नेतृत्वमा माओवादी केन्द्रमा गए पनि ठूलो हिस्सा एकै ठाउँमा छौं। केन्द्रमा हेर्ने हो भने २०/२२ जना देखिन्छ। तर, तलसम्म हेर्ने हो भने ठूलो हिस्सा एमालेमै निरन्तर छ। माओवादी भत्किने क्रममा पनि छ। एमालेमा रहेको माधवकुमार नेपालको नेतृत्वको एउटा समूह गइसकेपछि फेरि एकताको महत्त्व र निरन्तरतामा भएकोले एकताको महाधिवेशन भनिएको हो।

सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने भनिएको छ। कसरी सम्भव हुन्छ?
यो त छलफल र संवादमा अघि बढ्छ। निर्वाचनको प्रक्रियालाई त अघि बढाइएको छ। तर पनि एकताको विशिष्ट परिस्थितिमा सहमति र छलफलका माध्यमबाट अहिलेको आवश्यकतालाई पूरा गर्ने, सबै प्रवृत्ति र सबैलाई समेटेर नेतृत्व चयनमा जानुपर्छ भनेको हो। जस्तो, देशैभर वडा र पालिका तहको अधिवेशन पनि सर्वसम्मत रुपमा नै भएको छ। केन्द्रमा निर्वाचनको प्रक्रियामा जानका लागि प्राविधिक तयारी र निर्वाचन समिति त बनेको नै छ। तर, अहिलेको परिस्थितिमा भने महाधिवेशनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नुपर्छ भन्ने नै हो।

केपी ओलीलाई निर्विकल्प अध्यक्षका रुपमा प्रस्तुत गरिएको छ। अध्यक्षदेखि पदाधिकारीसम्म नै सर्वसम्मत हुने हो?
आकांक्षा राख्ने विषय त व्यक्तिगत कुरा भयो। विशेष गरी मूल नेतृत्वको प्रश्न हो। त्यो मूल नेतृत्व भनेको विचार हो। विचार जसको हो, नेतृत्व त्यसकै हुन्छ। अहिले हेर्नुस्, विधान महाधिवेशनमा पारित भएका दस्तावेजहरु हेर्ने हो भने मुख्य नेतृत्व केपी शर्मा ओलीकै विचार पारित भएको छ। जसको विचार ऊ नै नेतृत्व हुने हाम्रो परम्परा अनुसार नै अघि बढने हो। एउटाको विचार र नेतृत्व अर्कोको गर्दा कार्यान्वयनमा जाँदैन। विचार पारित भइसकेपछि कसको नेतृत्व भन्ने कुराको आवश्यकता नै छैन भन्ने हो।

Ncell 2
Ncell 2

निर्विकल्प भन्ने भन्दा पनि विधान महाधिवेशनबाट नै हामीले मुख्य नेतृत्व चयन गरिसक्यौं। बाँकी कुरा त के हो भने इच्छा राख्ने कुरा एउटा पार्टी सदस्य, जो प्रतिनिधिको रुपमा चयन हुन्छ, उसले उम्मेदवार त हुन पाउने नै भयो। त्यसको विधि र प्रक्रियाबाट नै टुंगो लाग्छ।

नेताहरू धेरै छन्। उनीहरू सबैको व्यवस्थापन कसरी हुन्छ?
त्यो त आवश्यकतामा भर पर्छ। कसको आवश्यकता छ भन्ने कुराले निर्धारण गर्छ। महिला, जनजाति, समावेशी लगायतलाई समावेश गर्ने कुरा हो। कम्युनिस्ट पार्टी भनेकै नेताहरुको पार्टी हो। सबै पदाधिकारीमा पुग्छन् भन्ने मलाई लाग्दैन। त्यो भएर विधि चयन अनुसार सबैले अर्को महाधिवेशन नआउन्जेलसम्म स्वीकार गर्नुपर्‍यो।

तपाईंसहितका पूर्वमाओवादी नेताहरूको व्यवस्थापन चाहिँ कसरी हुन्छ?
एउटा कुरा के हो भने प्राविधिक रुपले एमाले भएका छौं। हाम्रो विधान महाधिवेशनले पारित गरेको राजनीतिक र संगठनात्मक दस्तावेजले पनि यसलाई नेकपाकै निरन्तरता भनेको छ। हामी त्यही निरन्तरतामा भएकाले हामीलाई ठूलै अप्ठ्यारो होला भन्ने लाग्दैन। हामीभित्रको व्यवस्थापन कसरी भन्ने कुरा त महाधिवेशनले निर्णय गर्ला। एकताको भाव अनुसार नेतृत्वले बुझेर अघि बढ्ला भन्ने लाग्छ।

नेतृत्वसँग तपाईंहरूको कुराकानी भइसकेको हो?
हामीले नेताहरुको व्यवस्थापन लगायतका विषयमा नेतृत्वसँग छलफल गरेका छैनौं। नेतृत्वलाई अहिलेसम्म हामीले जे बुझेका छौं, जसरी सम्बोधन हुँदै आएको छ, त्यस हिसाबले पनि अहिले नेतृत्वलाई शंका गर्नुपर्ने ठाउँ छ भन्ने लाग्दैन मलाई। अहिलेसम्म नेतृत्वले कुनै विभेद नगरिकन अघि बढेको छ भने भोलिका दिनमा पनि त्यसमा ध्यान दिन्छ नि! हामी सबैले पार्टीलाई बलियो बनाएर अघि बढाउने हो। इच्छा आकांक्षा सबैको हुन्छन् तर कसको आवश्यकता कति हो भन्ने बुझेर नै नेतृत्व चयन हुन्छ।

shivam cement

shivam cement

पूर्वमाओवादी नेताहरूमा असन्तुष्टि छ र माओवादी केन्द्रसँग कतिपय नेताहरूको छलफल भइरहेको छ भन्ने पनि छ नि?
होइन। हाम्रो त्यस्तो असन्तुष्टि भन्ने छैन। हामीलाई लागेको कुरा नेतृत्वसँग स्पष्ट नै राख्छौं। आफ्ना विचार र मतहरु पार्टीभित्र नै राख्छौं। पार्टीको निर्णयलाई इमान्दारिता र अनुशासित भएर कार्यान्वयनमा जाने हो। चित बुझ्ने नबुझ्ने कुरा पार्टीमा विधि, पद्धति अनुसार नै राख्ने हो। त्यसको अर्थ पार्टी र नेृतत्वका विरुद्ध मिडिया लगायतमा बोल्ने कुरा राम्रो होइन। हामीले त्यो गर्दैनौं।

हाम्रो कुरा पार्टी एकता बलियो बनाएर सुदृढ बनाएर लैजाने भन्ने नै हो। कम्युनिस्ट आन्दोलनमा मूल नेतृत्वको वरिपरि रहेर कसरी बलियो बनाउने भन्ने नै हो। माओवादी केन्द्रमा फर्किने भन्ने त कसैले कल्पना नै गरेको छैन, वार्ता र संवाद भन्ने कुरा त परको कुरा भयो।

भनेको पूर्वपार्टीको कुनै मायामोह छैन?
अहिले त हामी नेकपाकै निरन्तरतामा छौं। एकताको पक्षमा छौं। कम्युनिस्ट आन्दोलनको धुव्रीकरण, केन्द्रीकरणको पक्षमा छौं। हामी त उहाँहरुलाई पनि यता आउनुपर्छ भन्ने पक्षधर हौं। उता जाने भन्ने कुरै भएन।

फेरि एकता हुन सक्ने देखिन्छ र?
अहिले नै नहोला। हिजो त कम्युनिस्ट पार्टी एउटै थियो। विभिन्न अन्तरसंघर्ष र व्यक्तिका महत्त्वाकाक्षांहरुले गर्दा पार्टी फुट्ने गरेको थियो। जुटेका इतिहास पनि छन्। पछिल्लो चरणमा नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भयो र फेरि फुट्यो। समय लाग्ला, नेता कार्यकर्ताहरु आउने क्रम छँदैछ। विस्तारै मानिसहरुले बुझ्ने छन्। सानासाना गुट र झुण्ड बनाएर त हुँदैन। कम्युनिस्ट आन्दोलनसँग जोडिएका नेता तथा कार्यकर्ताहरु एक ठाउँमा केन्द्रिकृत हुन जरुरी छ। त्यो भनेको अहिले केपी ओलीमा नै हो केन्द्रित हुने। त्यो भइरहेको पनि छ। 

सुदूरपश्चिम प्रदेशमा तपाईं र भीम रावलबीचको टकराव के हो?
भीम रावलसँग व्यक्तिगत रुपमा मेरो कुनै पनि टकराव नै छैन। उहाँको पनि मसँग हुनुपर्ने केही कारण नै छैन। यो त पार्टीको निर्णय हो। त्यसलाई मैले कार्यान्वयन गरेको छु। अब दश बुँदे भनेको ब्रह्मवाक्य त होइन। एउटा समझदारी हो। पार्टीका दुई पक्ष सम्मिलित कार्यदलले दिएको सुझाव थियो। त्यसलाई पार्टीले सम्पत्तिको रुपमा लियो। त्यसलाई हुबहु लागू गर्ने भन्दा पनि रचनात्मक र सिर्जनात्मक रुपमा कार्यान्वयन गर्ने भन्ने हो।

सुदूरपश्चिममा त समस्या छ नि। तपाईंले बोलाएको बैठक नै रावलले अवैध भन्नुभयो। तपाईंले त्यसको प्रतिवाद पनि गर्नुभयो। विवाद त रहेछ नि?
मैले उहाँको विरोधमा बोलेको होइन। उहाँले अवैध भन्ने कुरा राख्नुभयो। पार्टीले गरेका निर्णयलाई नै अवैध भनेपछि त उहाँ कसरी वैध हुनुभयो भन्ने कुरा त आयो नि! हामीलाई त केन्द्रीय कमिटीले जे जिम्मेवारी दिएको छ, त्यसै अनुसार अघि बढेका छौं। प्रदेश कमिटीको इन्चार्जको हैसियतले, अध्यक्षको हैसियतले कर्ण थापा सबै बसेर बैठक राखेका छौं। अनि, त्यसलाई नै अवैध भनेपछि कि त केन्द्रीय कमिटीको गरेको निर्णय अवैध हो भन्नुपर्‍यो। अहिलेको केन्द्रीय कमिटी नै अवैध हो भन्नुपर्‍यो। त्यसैले उहाँले जे भन्नु भएको छ, त्यसको सही र तर्कसहितको उत्तर दिएको हो। व्यक्तिगत रुपमा उहाँलाई कुनै आक्षेप लगाउनुपर्ने, विरोध गर्नुपर्ने आवश्यकता छैन। मैले त पार्टीले दिएको जिम्मेवारी पूरा गरिरहेको छु।

हिजो नेकपा हुँदादेखि नै इन्चार्ज बनाउने विषयमा तपाईंको असन्तुष्टि थियो। त्यसैअनुसार तपाईं केपी ओलीतर्फ लाग्नुभयो। अहिले प्रदेशमा को नेता हुने भन्ने विवाद पो हो कि?
त्यो गलत हो। उहाँ इन्चार्ज हुनुहुन्थ्यो। मलाई विभागको जिम्मेवारी दिइएको थियो। मैले चित्त नबुझेको कुरा त पार्टी कमिटीमै राख्ने गरेको कुरा हो। तर, त्यतिखेर एकताको विशिष्टतामा म असन्तुष्ट हुनुपर्ने केही जरुरत थिएन। म असन्तुष्ट थिइनँ पनि। त्यो आएको विषय नै गलत हो।

पछिल्लो चरणको कुरा गर्दा, पार्टी संस्थापन पक्षको कुनै गुट हुँदैन। यहाँ केपी गुट, अर्को गुट भन्ने बुझाइ छ। त्यो होइन, नवौं महाधिवेशनबाट निर्वाचित भएर आएको छ अध्यक्ष, जसले एकता गर्‍यो। फेरि पुरानै अवस्थामा आइसकेपछि एकताको निरन्तरतामा नै हामी थियौं। संस्थापन पक्ष त यतै छ नि। पार्टीले गरेको निर्णय कसरी अवैध हुन सक्छ? हिजो अन्तरसंघर्ष हुँदा उहाँहरुले जिम्मेवारी पूरा नगरेपछि पार्टीले हामीलाई जिम्मेवारी दियो। अहिले पनि निरन्तर छ। त्यसलाई हामीले अक्षरशः पालना गरेर हिँडेको हो।

तपाईं र भीम रावलबीच प्रदेशको विवाद समाधानका विषयमा कुनै छलफल नभएको हो?
हामीले तीन चारवटा बैठक उहाँकै संयोजकत्वमा बस्यौं। उहाँकै संयोजकत्वमा म, कर्ण थापा र राजेन्द्र रावल बसेर छलफल गर्‍यौं। उहाँले हुबहु रुपमा जेठ २, जेठ २ भनिरहनुभयो। त्यो हुँदा मिल्ने कुरा थिएन। कुनै व्यक्तिको प्रश्नभन्दा पनि पार्टीको नीति, विचार र सिद्धान्तसँग जोडिएको विषय थियो। उहाँले आफूले मान्दिनँ भन्नुभयो। संयोजकबाट राजीनामा पनि दिनुभयो। त्यो उहाँको पार्टीसँगको मतभेद हो, हामीसँग होइन।

अन्यत्र १० बुँदे सहमति कार्यान्वयनमा गइसकेको छ। तर, सुदूरपश्चिममा देखिएको विवाद महाधिवेशनसम्म जाँदा कायम रहे समस्या होला नि?
हामीले विधिवत रुपमा पार्टीको जिम्मेवारीलाई अगाडि बढाउँदा वडादेखि पालिकासम्मका अधिवेशन सम्पन्न भएका छन्। सहमतिमा सबै पक्षलाई समेटेर नेतृत्व दिएको छ। समस्या कहीँ पनि देखापर्दैन। त्यसको अर्थ कुनै पनि विचार र प्रवृत्तिलाई अलग राख्ने भन्ने होइन। सबैलाई मिलाएर लैजाने भन्ने हो। पार्टी सञ्चालन गर्न र एक ठाउँमा राख्न। विपरीत विचारलाई पनि समेट्न सक्नुपर्छ। प्रतिनिधि चयनको विषयलाई पनि विधि अनुसार नै अघि बढाउन भनेर हामीले निर्देशन दिइसकेका छौं। कुनै फलानोले विभिन्न मत राखेकै कारणले प्रतिनिधि हुन सकेन भन्ने प्रश्न उठ्दैन। सुदूरपश्चिममा पनि उठ्दैन, अन्यत्र पनि उठ्दैन।

अबको महाधिवेशनमा तपाईंको स्थान कहाँ हुन्छ? तयारी गरिरहनुभएको होला! 
अहिलेसम्म त्यस विषयमा मैले पनि सोचेको छैन। पार्टी नेतृत्वले अथवा पार्टी र क्षेत्रको आवश्यकतामा के जिम्मेवारी दिँदा ठीक हुन्छ र मैले के जिम्मेवारी लिँदा ठीक हुन्छ, त्यही अनुसारको जिम्मेवारी लिने कुरा हुन्छ।

पार्टीले दिएको जिम्मेवारी स्वीकार्न तयार हो तपाईं?
म जहिले पनि तयार हो। यो पार्टी र कम्युनिस्ट आन्दोलनमा लागेदेखि कहिल्यै पनि मैले मलाई यो चाहियो भनेको छैन।

नेकपा एमाले एकातिर, पाँचदलीय गठबन्धन अर्कोतिर छ। आगामी चुनावमा एमालेले कसरी प्रतिस्पर्धा गर्न सक्छ?
पाँच दलीय गठबन्धन भनेको कति टिकाउ हो, कति टिक्न सक्छ र त्यसका सैद्धान्तिक र वैचारिक पक्ष कहाँ मेल खान्छन्, त्यसलाई हेर्न जरुरी छ। एमालेले लड्ने भनेको आफ्नो शक्ति, जनताप्रतिको समर्पण, त्याग र जनताको विश्वास जितेर हो। जनताको विश्वास जितेको पार्टीले जतिसुकै ठूलो गठबन्धन भए पनि भिड्न सक्छ। आगो सल्काउने भनेको सानो काँटीबाट हो। त्यसले डढेलो लगाउँछ नि।

एमाले पार्टी त मजबुत छ। नेताहरुको पार्टी हो। त्यो जनतासँग जोडिएको छ। हिजो जनताको निम्ति आवाज उठाएको छ। त्यसैगरी आफू सरकारमा हुँदा जनता, राष्ट्र र राष्ट्रियताको पक्षमा कामहरु गरेको छ। नीति योजनाहरु निर्माण गरेको छ। त्यसैले गठबन्धनबाट एमालेले आत्तिनुपर्ने अवस्था छैन।

चुनौती त छ नि हैन र?
चुनौती त हरेकमा हुन्छ। उहाँहरुलाई पनि होला। अर्को कुरा, त्यो अपवित्र गठबन्धन र असैद्धान्तिक गठबन्धन कति दिनसम्म टिक्छ भन्ने हो। त्यहाँभित्र पनि अन्तरविरोध होलान्। जनताप्रति अहिलेको सरकार कति उत्तरदायी छ? अहिले हामीलाई परमादेशको माध्यमबाट प्रतिपक्षमा पुर्‍याइएको छ। हामी त अहिले पनि जनादेश लिन जान खोज्दै थियौं, त्यसलाई रोकियो। गठबन्धनले जनताप्रति विश्वास गरेनन्। संविधान र लोकतन्त्रलाई बचाउन गरेको भनियो। अहिले हामीले तमासा देखेका छौं। संविधान र लोकतन्त्र बचाउने भन्नेहरु त अहिले सडकमा मारामार गरिरहेका छन्। त्यसैले एमालेले आत्तिनुपर्ने कहीँ पनि छैन। हामी बलियो छौं। जनताप्रति समर्पित छौं, त्याग र बलिदानी छ। एमालेसँग बलियो तागत भएकाले कसैसँग चिन्ता लिनुपर्ने अवस्था छैन।

सरकारले उपनिर्वाचन गर्ने भनिरहेको छ। गठबन्धनसँग उपनिर्वाचनमा प्रतिस्पर्धा गर्नुपर्ने होला नि तपाईंले पनि?
निश्चित रुपमा नै। प्रतिस्पर्धा होला। मलाई जनताप्रति विश्वास छ। चाहे त्यो गठबन्धनतिर भएको मतदाता होस्, चाहे अर्कोतिर। ती मतदाताले मलाई विश्वास गर्छन्। हिजो पनि विजय बनाएर पठाएका थिए। फेरि पनि त्यहाँका मतदाताले मलाई विश्वास गरेर चुनाव जिताउँछन् भन्नेमा म विश्वस्त छु।

नेकपा माओवादी केन्द्रका अध्यक्ष र एकीकृत समाजवादीका अध्यक्षले एमाले अबको चुनावमा बढारिन्छ भनिरहेका छन् नि?
हिन्दीमा भनाइ छ, के खयाली पुलाउ बनाउने भन्ने। वास्तविक पुलाउ बनाउनुपर्‍यो भने धेरै मिहिनेत लाग्छ।  त्यो सामर्थ्य, क्षमता र सिप हो कि होइन भन्ने कुरा हो। उहाँहरुले त्यो खालको सपना बुन्ने र अभिव्यक्ति दिने उहाँहरुको कुरा हो। उहाँहरुको कुरा र भनाइले एमाले कमजोर हुने कुरै भएन। अहिले उहाँहरुका पार्टी छोडेर एमालेमा कति आइरहेका छन्, त्यो समयले बताउँछ। को शून्यमा जान्छ र को कहाँ जान्छ भन्ने कुरा समय र व्यवहारले देखाउने कुरा हो।

भनेको गठबन्धनको कुनै चिन्ता छैन एमालेलाई?
अहिले त एमाले एक्लै छ। तर, भोलि के हुन्छ भन्ने कुरा परिस्थितिले निर्धारण गर्ने हो। राजनीतिक परिस्थिति कस्तो आउँछ भन्ने कुरा अहिले थाहा हुँदैन। अहिले हामी आफ्नै तागतमा अघि बढ्ने नीतिमा छौं। त्यसै अनुसार कार्ययोजना बनाएर जनतासम्म जान्छौं।

तपाईंहरूले भने अनुसार नै अहिले एकताको प्रक्रियामा अरु पनि सहभागी हुँदै जाने देख्नुहुन्छ र?
हिजोको दिनमा माओवादी केन्द्रको छुट्टै कार्यदिशा भएको भए एकता नै हुने थिएन। छुट्टै सिद्धान्त, विचार र दृष्टिकोण, यो एकता त सबै मिलेर बनेको हो। माओवादी केन्द्रको छुट्टै कार्यदिशा त कुनै पनि छैन अहिले। कुन प्रक्रियाबाट सत्ता प्राप्ती हुन्छ, सामन्तवादको अन्त्य गर्न सकिन्छ भन्दा दीर्घकालीन जनयुद्ध गाउँबाट शहर घेर्ने नीति लिइएको थियो। पछि हामी शान्तिप्रक्रियाबाट आएर एकतामा आइसकेपछि एमाले र माओवादी केन्द्रको छुट्टै कार्यदिशा र सिद्धान्त छैन। कि त प्रचण्डले भन्न सक्नुपर्‍यो, मेरो छुट्टै कार्यदिशा यो हो भन्ने, नीति र समाजवादमा जाने यसरी हो भन्ने। हिजो मैले सैद्धान्तिक, राजनीतिक र वैचारिक रुपमा नै एकता गरेर गल्ती गरेँ भन्न सक्नुपर्‍यो। हिजो के देखेर एकता गर्नुभएको थियो, अहिले के भनेर पार्टी फुटाउनु भयो? त्यसको जवाफ दिन सक्नुभएको छैन। त्यो भएर हामीलाई कार्यदिशाका सवालमा केही अप्ठ्यारो छैन। विधान महाधिवेशनले जनयुद्ध, झापा विद्रोहदेखि जबजको कार्यदिशा समेटेर आएको छ। हामीलाई कुनै असहज हुने परिस्थिति नै छैन।

एउटा फरक प्रसंग सोधौं। अहिले न्यायालयमा देखिएको विवादमा दलहरू मौन छन्। एमाले पनि मौन छ, किन?
हाम्रो पार्टीका अध्यक्षले प्रष्ट रुपमा न्यायालयको सम्बन्धमा आफ्नो धारणा राखिसक्नुभएको छ। शक्ति पृथकीकरणको सिद्धान्तका विषयमा पनि व्याख्या गरिसक्नुभएको छ। अहिले न्यायालयलाई जुन अवस्थामा पुर्‍याइयो, त्यो गठबन्धनमा रहेकाहरु, न्यायपालिकामा भएका न्यायाधीश र केही सडकमा भएका कालोकोटहरुले नै हो। अहिले सडकमा आउनुपर्ने अवस्था किन आयो? हिजो त निकै चर्को थियो उहाँहरुको कि प्रतिगमन हुन थाल्यो, लोकतन्त्र र संविधान बचाउन भनिएको थियो।

अहिले के बचाउन सडकमा आउनुभएको छ? उहाँहरु कुटाकुट गरिरहनुभएको छ। त्यो तमासा कहाँबाट भएको छ? स्पष्ट छ नि। जसले हिजो दुई तिहाइको बहुमतको सरकारले जनादेश लिन जाँदै थियो, त्यसलाई परमादेशबाट हटाइयो। अहिले पनि त्यससँग जोडिएका मानिसहरु अदालतलाई द्वन्द्वको मैदान बनाउन खोजिरहेका छन्। यो विषयमा जनताले पनि राम्रोसँग बुझ्दैछ। हिजो कैयौंले भ्रम पालेका थिए होलान्, अहिले त सबैले यो के हो भन्ने बुझेका छन्। अहिले पनि न्यायालयलाई कहाँ पुर्‍याउने भन्ने खेल त्यही प्रवृत्तिले खेलिरहेको छ।

एमालेको पनि प्रधानन्यायाधीशलाई जोगाउन स्वार्थ जोडिएको छ भनिन्छ नि?
एमालेको कुनै स्वार्थ छैन, जोगाउन र राख्नका लागि। हिजो जसले गठबन्धन गरेका थिए, प्रधानन्यायाधीशसँग मिलेर सेटिङ गरेको कुरा थियो। अहिले एमालेले जोगाउनुपर्ने, बचाउनुपर्ने, चोलेन्द्रलाई संरक्षण गर्नुपर्ने के छ र? हिजो जसले सेटिङ गरे, तिनै अहिले उनका कमजोरी के छ, उनी त्यहाँ हुँदा उनीहरुलाई के घाटा हुने हो। त्यो सबै नापजोख गरेका होलान्। नभए त हिजोका कमीकमजोरी सच्चाएर न्यायालयलाई न्यायालय जस्तो बनाउनुपर्ने वातावरण बनाउनुपर्‍यो नि। हामी त न्यायपालिकाको सुधारकै पक्षमा छौं नि।

यस श‍ृंखलाका अन्य सामग्रीहरू पढ्नुहोस्:

  • को बन्ला एमालेको महासचिव?
  • कस्तो होला ‘ओली प्राधिकार’ एमाले?
  • वरिष्ठ उपाध्यक्ष : ईश्वर पोखरेललाई सिर्जना गरिएको पद!
  • एक्लै दौडेर विजेता हुने तरखरमा ओली  
  • ओलीलाई सर्वसम्मत अध्यक्ष बन्नबाट कसले रोक्ला? 
  • महाधिवेशनपछि कसरी होला माओवादी छाडेर आएका नेताहरूको व्यवस्थापन? 
  • जालझेल गरेर कसैलाई थन्क्याउने, कसैलाई हुक लगाएर माथि तान्ने काम नहोस् : ज्ञवाली [अन्तर्वार्ता]

प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८  ०८:०१
  • #एमाले_दशौं_राष्ट्रिय_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बनस्थलीबाट माइक्रोबस चोरेर धादिङ पुर्‍याउने व्यक्ति पक्राउ
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ?
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध?
सम्बन्धित सामग्री
कम्युनिष्ट पार्टी नयाँ धरातलबाट हिँड्नुपर्छ : झलनाथ खनाल निर्मल लामा स्मृति प्रतिष्ठानले आज आयोजना गरेको ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र र त्यसका चुनौतीहरू’ विषयक विचार गोष्ठीमा उनले कम्युनिष... बिहीबार, जेठ १, २०८२
यस्ता छन् मन्त्रिपरिषद्का २ बैठकका ३० निर्णय (सूचीसहित) वैशाख २५ गतेका ८ निर्णय र ३१ गतेका २२ निर्णय बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो। बिहीबार, जेठ १, २०८२
दुई-चार दिनमै नयाँ गभर्नर पाउँछौं,अब तलमाथि हुँदैन : सञ्चारमन्त्री गुरुङ मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै बिहीबार सिंहदरबारमा मन्त्री गुरुङले नेपाल राष्ट्र बैंकको गभर्नर दुई—चार दिनभित्रै नियुक्... बिहीबार, जेठ १, २०८२
ताजा समाचारसबै
बनस्थलीबाट माइक्रोबस चोरेर धादिङ पुर्‍याउने व्यक्ति पक्राउ बिहीबार, जेठ १, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
रेशम चौधरी पक्राउ प्रकरण :  विष्टलाई थप दुई दिन हिरासतमा राख्न अनुमति बिहीबार, जेठ १, २०८२
निर्मला पन्त प्रकरण : गाली बेइज्जती मुद्दामा पत्रकार भण्डारीलाई एक महिना कैद बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
मोहन बस्नेतको सांसद् पद निलम्बन बिहीबार, जेठ १, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्