• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
‘नयाँ’ एमाले-६

जालझेल गरेर कसैलाई थन्क्याउने, कसैलाई हुक लगाएर माथि तान्ने काम नहोस् : ज्ञवाली [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शनिबार, कात्तिक २७, २०७८  २०:१९
1140x725

नेकपा (एमाले) दशौं राष्ट्रिय महाधिवेशनको तयारीमा होमिएको छ। आउँदो मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनको तयारी तीव्र बनिरहँदा महाधिवेशनबाट चयन हुने नेतृत्व, पदाधिकारी र केन्द्रीय कमिटीबारे पनि चर्चा चुलिएको छ। सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व र केन्द्रीय कमिटी चयन गरेर एकताको महाधिवेशनको सन्देश दिन जोडबल गरिरहेको एमालेले कसरी नेतृत्व चयन गर्ला? अनि एमालेभित्र हिजो माधवकुमार नेपालपक्षमा लागेका तर, नेपालले पार्टी विभाजन गर्दा साथ नदिएर एमालेमै बसेका नेताहरुको पदीय व्यवस्थापन कसरी होला? यिनै विषयमा एमाले उपाध्यक्ष युवराज ज्ञवालीसँग नेपाल लाइभका लागि बीपी अनमोलले गरेको संवाद:

दशौं राष्ट्रिय महाधिवेशन नजिकिएको छ, तपाईंलाई चाहिँ कत्तिको लागेको छ महाधिवेशन?
नेपालको कम्युनिस्ट आन्दोलनमा विधान महाधिवेशनबाट नीति र राष्ट्रिय महाधिवेशनबाट नेतृत्व छनोट गर्ने कुरा नयाँ हो। हामीले नवौं महाधिवेशनबाट यो विषय पारित गर्‍यौं र त्यसैअनुसार विधान महाधिवेशन सकेर अहिले राष्ट्रिय महाधिवेशनको तयारीमा छौं। अब राष्ट्रिय महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ। त्यसअन्तर्गत् सबै तयारी धमाधम चलिरहेको छ। खासगरी अहिले महाधिवेशनस्थलको तयारी र व्यवस्थापनको काम भइरहेको छ। देशभर प्रतिनिधि छनोटको काम पनि भइरहेको छ। महाधिवेशन प्रतिनिधि छनोट भइसकेपछि हामी महाधिवेशनका बाँकी तयारीमा लाग्छौं। अहिले नै पार्टीको नेतृत्वमा को आउने र कसरी आउने भन्ने कुराको चाहिँ कुनै तयारी भएको छैन। यो पनि समयक्रममा तयारी हुन्छ नै।

दशौं महाधिवेशनलाई एकताको महाधिवेशन भनिएको छ। वडा र पालिकाहरुमा केन्द्रकै जोडबलमा सर्वसम्मत नेतृत्व चयन गरिए। अब केन्द्रीय नेतृत्व र कमिटीमा पनि सर्वसम्मत गर्ने भनिएको छ, त्यो सम्भव होला?
अहिले नेकपा (एमाले) एउटा विशेष अवस्थामा छ। पार्टी सामान्य हिसाबले अघि बढेको छैन। पार्टी विभाजन भएको छ। पाँच दलीय गठबन्धन नेकपा (एमाले)लाई नै सिध्याउने गरी लागेको छ। एमालेलाई हराउन लाग्नुपर्छ भनेर उनीहरुले उद्घोष नै गरिसकेका छन्। त्यसले गर्दा एमालेसामु गम्भीर चुनौती छ। त्यो चुनौतीको सामना गर्नका लागि एकमात्र औषधि र उपाय भनेको नेकपा (एमाले)का सात लाखभन्दा बढी पार्टी सदस्य र नेता-कार्यकर्ता हुन्। यी सबै पार्टी सदस्य र नेता-कार्यकर्ता एकताबद्ध रुपमा अगाडि बढ्नुपर्छ। यो महाधिवेशनलाई सर्वसम्मत रुपमा निष्कर्षमा पुर्‍याउन सकियो भने नेकपा (एमाले)लाई हर कुनै चुनौतीको सामना गर्नेगरी तयार पार्न सकिन्छ।

केही निश्चित व्यक्तिहरु हार्लान्, कुनैले जित्लान्। कसैले पार्टीमा केही पद पाउलान्, कसैले नपाउलान्। त्यो त्यति ठूलो कुरा होइन। तर, सत्य के हो भने यसो गर्दा पार्टी कमजोर हुन्छ।

यदि त्यसो गर्न सकिएन भने एक त पार्टी विभाजन भएको छ। त्यसमै फेरि विभिन्न अन्तरविरोधहरु सिर्जना गरियो र तिनलाई बढाउन थालियो भने त्यसले आउँदो निर्वाचनमा एमालेलाई कमजोर बनाउँछ। एमाले कमजोर हुनु भनेको अन्तत: नेपालको कम्युनिस्ट आन्दोलन कमजोर हुनु हो। त्यसो भएको हुनाले एमालेलाई हर कुनै हालतमा सुदृढ, सशक्त र एकताबद्ध पार्टीको रुपमा अगाडि बढाउनुको विकल्प छैन। पार्टीभित्र विभिन्न खालका कमीकमजोरीहरु हुन सक्छन्। तिनलाई आन्तरिक रुपमा हल गर्दै क्रमश: अगाडि बढाएर जानुपर्छ। कमीकमजोरी हटाएर, सच्याएर, सुधार गरेर जानुपर्छ। समस्या हरेक पार्टीमा हुन्छन्, एमालेमा पनि छन्। तिनलाई हल गर्दै अगाडि बढ्ने हो। तसर्थ यो महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन सर्वसम्मत नेतृत्व चयन गरेर जानुपर्छ। सकेसम्म केन्द्रीय कमिटी नै सर्वसम्मत निर्वाचित हुने प्रयत्न गर्नुपर्छ।

हुन त केन्द्रीय कमिटी २२५ जनाको हुनेछ। यति ठूलो पंक्तिलाई सर्वसम्मत बनाउन कत्तिको सम्भव होला वा नहोला भन्ने आफ्नो ठाउँमा छ। सबैले चाहने हो भने त्यो असम्भव पनि होइन। केन्द्रीय कमिटीमा आकांक्षीहरु धेरै हुन्छन्, कसरी रोक्ने भन्ने स्थिति हुन्छ भने कमसेकम पदाधिकारीहरु सर्वसम्मत चयन गर्न सक्दा राम्रो सन्देश जान्छ। त्यसले परिणाम पनि राम्रो दिन्छ। त्यसकारण यसपटक अलि फरक अवस्था छ। यही मानसिकता, सोचाइका साथ सकारात्मक दृष्टिकोणबाट सबैले चिन्तन मनन गर्नुपर्छ। पदाधिकारीमा सर्वसम्मत गर्न त्यति समस्या छ भन्ने मलाई लाग्दैन। यदि योग्यता, क्षमता र योगदानका आधारमा व्यक्तिलाई कामको जिम्मा दिने तरिकाले जाने हो भने समस्याको समाधान हुन्छ। होइन, आग्रह-पूर्वाग्रह राखेर संकीर्ण मानसिकतासाथ अगाडि बढ्न खोज्ने हो भने त्यसले अन्तिममा सबैलाई नोक्सान हुन्छ।

केही निश्चित व्यक्तिहरु हार्लान्, कुनैले जित्लान्। कसैले पार्टीमा केही पद पाउलान्, कसैले नपाउलान्। त्यो त्यति ठूलो कुरा होइन। तर, सत्य के हो भने यसो गर्दा पार्टी कमजोर हुन्छ। पार्टीमा असमझदारी पैदा हुन्छ। यद्यपि, आन्तरिक रुपमा प्रतिस्पर्धा गरेर नै असमझदारी पैदा हुने भन्ने कुरा त होइन। तर, एउटा व्यावहारिक र यथार्थ कुरा के हो भने त्यसले असमझदारी पैदा गर्छ। स्थानीय तहको निर्वाचन आउँदै छ, त्यसपछि आमनिर्वाचन हुनेछ। अगाडिका चुनौती धेरै ठूला छन्। त्यसो भएको हुनाले अहिले विशेष किसिमले सोच्नुपर्छ।

अहिले एमालेमा संस्थापन पक्ष, अन्तरविरोधपछि एमालेमै रहेको पंक्ति र पूर्वमाओवादी गरेर तीनवटा पंक्ति छ। पदाधिकारीमा संख्या धेरै छैन, यी तीनवटै पक्षलाई कसरी मिलाएर लैजान सकिएला?
आकांक्षी निश्चित रुपमा धेरै छन्। धेरै भए पनि नेतृत्वमा ल्याउनका लागि त्यसको निश्चित मापदण्ड हुनुपर्‍यो। आकांक्षीमध्ये पनि छनोट गर्दा सिनियरलाई हेर्नुपर्छ। क्षमता, योग्यता र योगदानलाई हेर्नुपर्छ। अहिले त पार्टीलाई कसरी एकताबद्ध गर्ने भन्ने कुरा नै महत्त्वपूर्ण छ नि। पार्टीभित्र विभिन्न विषयहरु छन्, त्यसको भावनात्मक पक्षलाई ध्यान दिनुपर्छ। पूर्वमाओवादी साथीहरु पनि तलदेखि माथिसम्म एमालेमा समाहित भएर अगाडि बढिरहनुभएको छ। दशबुँदे सहमति भनेर अगाडि बढिरहेको पंक्ति छ। यी सबै पक्षलाई ध्यानमा राख्नुपर्छ। यद्यपि, यसलाई गुटबन्दीको रुपमा, भागबण्डाको रुपमा लिन हुँदैन। एउटा पार्टीभित्रको भावनात्मक पक्ष भनेर बुझ्नुपर्छ। नेतृत्वले यसमा ध्यान दिनुपर्छ। भागबण्डा चाहिन्छ भन्ने अर्थमा मैले भनेको होइन, यी कुराहरुमा ध्यान दिनुपर्छ भन्ने हो।

Ncell 2
Ncell 2
nimb
nimb

यो पनि पढ्नुहोस्

ओलीलाई सर्वसम्मत अध्यक्ष बन्नबाट कसले रोक्ला?बिहीबार, कात्तिक २५, २०७८

योग्यता, क्षमता र योगदान गरेका पार्टी सदस्यहरुबाट चुनिएर आएका प्रतिनिधिहरुमध्येबाट धेरै लामो समयसम्म योगदान गरेका, क्षमता भएका व्यक्ति चाहिन्छ। पुरानो भएर मात्र हुँदैन, अनुभव पनि चाहिन्छ। सक्रियता र क्षमतालाई पनि ध्यान दिनुपर्छ। यी सबै ख्याल गर्नुपर्छ। पार्टीलाई आवश्यक पर्दा जिम्मेवारी पूरा गरेका, पार्टीले विभिन्न समयमा दिएका भूमिका सफल पारेका नेताहरु हुनुहुन्छ। सबै कुरा तथ्यले छर्लङ्‍ग पारेकै छ। बाँकी कुरा के हो त भन्दा कुनै आग्रह र पूर्वाग्रह नराखी निष्कर्षमा पुग्ने प्रयत्न गरियो भने पदाधिकारीमा सहमति गर्न कुनै गाह्रो कुरा हो जस्तो मलाई लाग्दैन। जालझेल, षड्‍यन्त्र गरेर कसैलाई किनारा लगाउने, कसैलाई हुक लगाएर एकैचोटी माथि पुर्‍याउने तरिकाले सोच्ने हो भने त फेरि सबथोक बिग्रिन्छ। त्यसले सबैलाई नोक्सान हुन्छ। पार्टीलाई नोक्सान हुन्छ, त्यसले आगामी चुनावमा पनि समस्या हुन्छ। यो पक्षलाई गम्भीर रुपमा लिनुपर्छ।

दश बुँदे सहमतिको जगमा एमालेमै रहेका नेताहरु पनि अहिले एक ठाउँमा छैनन्। एकापसमै मतभेद छ भन्ने सुनिन्छ, त्यस्तो हो? 
होइन, हामीले पार्टी विभाज गर्नुहुन्न भन्ने विषयमा निकै सोचेर, बुझेर नै त्यो निर्णय गरेका हौं। हामीले ठीक गरेका हौं। त्यसमा गल्ती गरिएको हो कि भन्ने हामी कसैलाई लागेको छैन। दोस्रो कुरा चाहिँ हामी एउटा पंक्ति जो पार्टी विभाजन गर्नुहुन्न भनेर लाग्यौं। हामीले गुटबन्दी गरेर बस्ने होइन भन्ने कुरामा पनि हामी प्रस्ट छौं। हाम्रो गुट हुँदैन र त्यसको कुनै छुट्टै नेता हुँदैन। यद्यपि, हाम्रा विचार र भावना छन्। त्यो एउटा कुरा हो, त्यसलाई कसैले मेटाएर मेटिँदैन। विभिन्न विषयमा हाम्रा दृष्टिकोण छन्। कैयौं दृष्टिकोण हाम्रा समान छन्। तर, कतिपय कुराहरु हाम्रै बीचमा पनि फरक हुन सक्छन्। त्यसो भएको हुनाले हामीले यसलाई गुटको रुपमा, छुट्टै समूहको रुपमा विकास गर्नु हुँदैन भन्नेमा पनि हामी प्रस्ट छौं।

अहिले विशेष अवस्था छ। पदाधिकारी सबै सर्वसम्मत गर्ने भनेको त अध्यक्षदेखि सबै सर्वसम्मत हुने नै हो। प्रतिस्पर्धा हुने भएपछि को-को उठ्ने, के मा उठ्ने भन्ने कुरा त त्यति बेला नै सम्बन्धित व्यक्तिले सोच्ने कुरा हो।

अब हामीले यो गुट र समूहको रुपमा अगाडि बढ्नु हुँदैन। हामी नेकपा (एमाले)का जिम्मेवार नेता-कार्यकर्ताको हैसियतले प्रस्तुत हुनुपर्छ। त्यसलाई व्यवहारबाटै पुष्टि गर्नुपर्छ। अरु कसैले गुटबन्दी गरेका छन् भन्दैमा हामीले पनि गुटबन्दी नै गर्नुपर्छ भन्ने छैन। पार्टीलाई विधानबमोजिम चलाउने हो। हामीले आफ्ना कुरा र विचार पार्टीमा प्रस्ट रुपमा राख्ने हो। सकेसम्म अर्को पक्षलाई कन्भिस गर्ने, नभए आफ्ना विचार कमिटीमा फरक मत छ भनेर स्थापित गर्ने। गलत छ भने समयक्रममा त्यसलाई सच्च्याउने, सही छ भने त्यसलाई प्रमाणित गर्ने। किनभने आज अस्वीकार्य भए पनि भोलि धेरैले हाम्रो कुरा स्वीकार गर्ने स्थिति आउनसक्छ। मैले सही कुरा उठाउँदा पनि आज त्यसको पक्षमा बहुमत नहोला। धेरैले नबुझ्लान् तर, कुनै दिन सबैले त्यसलाई बुझ्ने र स्वीकार गर्ने समय र परिस्थिति आउँछ। हामीले अनुकूल परिस्थितिको प्रतीक्षा गर्नुपर्छ। सही बाटोमा हिँड्न समय लाग्छ, आत्तिनु हुँदैन।

मुख्य कुरा यो बेला पार्टीलाई एकताबद्ध बनाएर लैजाने हो। भाँडभैलो, अराजकता मच्चाउने हिसाबले कोही पनि जानु हुँदैन। हाम्रा कतिपय असन्तुष्टि, मतभेदलाई राख्ने ठाउँ त सडक होइन नि। राख्ने पार्टीमै हो। त्यो भनेको कमिटी बैठकमा हो। त्यसकारण हामी भोलि पनि पार्टीभित्रका कमीकमजोरीलाई करेक्सन गर्न सक्छौं। त्यस्तो गरिएन, विधान, पद्दति र अनुशासन तोडेर सडकबाट समस्याको हल गर्न खोजियो भने समस्याको हल हुँदैन, बरु बल्झिँदै जान्छ। यसले पार्टीलाई कमजोर बनाउँछ। त्यसकारण यो कुरालाई हामी सबैले गम्भीर रुपमा लिनुपर्छ। हाम्रो बीचमा अहिले न कुनै गुटबन्दी छ न कुनै फाटो।

यो पनि पढ्नुहोस्

कस्तो होला ‘ओली प्राधिकार’ एमाले?मंगलबार, कात्तिक १६, २०७८

उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालका असन्तुष्टिहरु त सार्वजनिक रुपमै आइरहेका छन् नि?
सबै कुरामा सबैको सन्तुष्टि छैन। असन्तुष्टि उहाँहरुको मात्रै होइन, अरु थुप्रैको पनि होला। दशबुँदे सहमति कार्यान्वयन गर्ने सन्दर्भमा सुदूरपश्चिममा गम्भीर समस्या रहेको छ। यो सबैलाई थाहा छ। त्यो किन मिलेन भन्ने कुरा समिक्षाको विषय छ। त्यहाँ अहिलेसम्म पनि समस्या हल भएको छैन। कतिपय जनवर्गीय संगठनमा पनि त्यो सहमति कार्यान्वयन भइसकेको छैन। यद्यपि, अधिकांश ठाउँमा यो लागू भइसकेको छ। अब महाधिवेशन पनि आइसकेकाले महाधिवेशनको तयारीमा जानुपर्ने छ। ती ठाउँमा त प्रतिनिधि छनोट पनि सहज हुने भएन। यसलाई कुन हिसाबले हेर्ने भन्नेबारे त सबैले सोच्नैपर्छ।

केपी शर्मा ओलीलाई र्निविकल्प अध्यक्ष मान्न सबै तयार भएकै कारण महाधिवेशन सर्वसम्मत हुन लागेको भनिन्छ नि?
सर्वसम्मत रुपमा पदाधिकारी चयन हुनुपर्छ भनेर मैले भनिरहँदा अध्यक्ष पनि सर्वसम्मत हुनुपर्छ भन्ने त भइहाल्यो। तर, सर्वसम्मत हुन सकेन भने त प्रतिस्पर्धा भइहाल्छ नि। प्रतिस्पर्धा हुँदा कोही जित्छ, कोही हार्छ। त्यो स्वाभाविक कुरा हो। सकेसम्म सर्वसम्मत गर्नुपर्छ भन्ने मेरो मान्यता हो। अधिकतम रुपमा त्यसका लागि प्रयत्न गर्नुपर्छ। अहिले विशेष अवस्था छ। पदाधिकारी सबै सर्वसम्मत गर्ने भनेको त अध्यक्षदेखि सबै सर्वसम्मत हुने नै हो। प्रतिस्पर्धा हुने भएपछि को-को उठ्ने, के मा उठ्ने भन्ने कुरा त त्यति बेला नै सम्बन्धित व्यक्तिले सोच्ने कुरा हो।

नवौं महाधिवेशनमा त प्यानल नै बनेर दुई समूह प्रतिस्पर्धामा थिए। सर्वसम्मत भएन भने त्यसैगरी प्रतिस्पर्धा हुन सक्ने सम्भावना छ कि छैन?
सर्वसम्मत हुन नसके प्रतिस्पर्धा हुन्छ नै। हामीले त्यसका लागि भोटिङ मेसिन नै तयार गरिरहेका छौं। त्यो तयार गर्नु भनेको त प्रतिस्पर्धा हुन्छ भनेर नै हो। भोटिङ मेसिनले प्रतिस्पर्धाका लागि नै तयारी गरेको भन्ने कुरा प्रस्ट छ नि। प्रतिस्पर्धा नै गर्न पाइँदैन भन्ने जुन हल्ला छ, त्यो कुरा त भोटिङ मेसिन राख्नुले नै खण्डन गरिहाल्छ। तर, अब प्रतिस्पर्धा प्यानलगत रुपमा हुँदैन। गुटगत रुपमा हुँदैन। प्रतिस्पर्धा के हिसाबले हुन्छ भने नेकपा (एमाले)भित्रको एउटा उम्मेदवार एकजना व्यक्तिको हैसियतले प्रतिस्पर्धा हुन्छ। व्यक्ति व्यक्ति आफू उठ्न चाहेको पदमा उठ्छन्। प्रतिनिधिहरुले आफूले मन लागेका व्यक्तिलाई प्रतिनिधिले भोट हाल्छन्। बहुमत ल्याउनेले जित्छ, नल्याउने हार्छ। त्यसैले नवौं महाधिवेशनमा भएजस्तो प्यानलगत रुपमा प्रतिस्पर्धा हुँदैन।

यो पनि पढ्नुहोस्

एक्लै दौडेर विजेता हुने तरखरमा ओलीशुक्रबार, कात्तिक १९, २०७८

अब महाधिवेशनहरुमा प्यानल बनाउने र लिस्ट बाँड्ने कुरालाई प्रतिबन्ध लगाउनुपर्छ। व्यक्तिगत रुपमा कसैले भोट माग्न विभिन्न माध्यम प्रयोग गर्न सक्लान् तर, प्यानल नै बनाएर प्रतिस्पर्धामा जानु हुन्न। कतै त्यो देखिएमा प्रतिबन्ध लगाउनुपर्छ र कारबाहीको विषय बन्नुपर्छ। पार्टीभित्र अर्को पार्टी त हुँदैन नि। पार्टीभित्र व्यक्ति-व्यक्तिको प्रतिस्पर्धा हुने हो। व्यक्तिगत रुपमा नै विषय उठाउने हो। सही भए सबैले समर्थन गर्छन्, नभए आलोचना गर्छन्। निर्वाचनमा जाँदा पनि व्यक्तिगत रुपमा नै उम्मेदवारी दिने हो। प्यानल बनाउने गुट बनाउने होइन। पार्टी चलाउने तरिका नै यही हो। हामीले त्यो गर्न नसक्दा क्षति बेहोर्दै आएका छौं। सबै पार्टी सदस्यहरुमा यस्तो चिन्तन र क्षमताको विकास भयो भने साँचो अर्थमा कम्युनिस्ट पार्टी हुन्छ र समाजवादको आधार तयार हुन्छ। नत्र समाजवाद कुरामै सीमित हुन्छ। सधैँभरि गुटबन्दी गरेको छ, पार्टी विभाजन गरेको छ। कोही कता कोही कता हिँडेको छ। यस्तो तरिकाले कहीँ पुगिन्न। पार्टीभित्र लोकतान्त्रिक परिपाटी हुनुपर्छ भन्नुको अर्थ छाडा र अराजक हुनुपर्छ भन्ने होइन।

नवौं महाधिवेशनबाट तपाईं उपाध्यक्ष निर्वाचित हुनुभएको थियो। अब दशौं महाधिवेशनमा तपाईंको उम्मेदवारी कुन पदमा हुन्छ?
मैले एक्लै तयारी गर्ने भन्ने भन्दा पनि अध्यक्षसँग यसबारे सरसल्लाह र कुराकानी भएको छैन। अन्तिममा सोच्ने कुरा त म सोचिहाल्छु, तर सरसल्लाहको आधारमा गर्नुपर्छ भन्ने लाग्छ। आठौं महाधिवेशनमा सचिव र नवौंमा उपाध्यक्ष निर्वाचित भएको हुँ। २०५६ सालदेखि निरन्तर स्थायी कमिटीमा छु। २०४६ सालदेखि लगातार केन्द्रीय कमिटीमा छु। सक्रिय र निष्ठापूर्वक काम गरिरहेको छु। पार्टी, देश र जनताप्रति निष्ठा छ। ७० वर्षको उमेर कटेपछि कार्यकारी पदमा रहनुहुन्न भन्ने मेरो दृढ मान्यता हो। ११औं महाधिवेशनबाट म कार्यकारी पदमा रहनुहुन्न भन्ने मेरो मान्यता हो। विधानमा पनि त्यो व्यवस्था छ। अब यो पाँच वर्षे कार्यकालमा सक्रिय भएर पार्टी, जनता र देशको सेवा गर्ने हो। त्यसपछि सल्लाहकार, लेखेर, पढेर वा अन्य कुनै तरिकाले सेवा गर्ने हो। म आफ्नो मान्यतामा अडिग छु। तर अहिलेको बाँकी पाँच वर्षको समयमा राम्रोसँग योगदान गरौं भन्ने हो।

यो पनि पढ्नुहोस्

वरिष्ठ उपाध्यक्ष : ईश्वर पोखरेललाई सिर्जना गरिएको पद!बुधबार, कात्तिक १७, २०७८

भन्नाले अब वरिष्ठ उपाध्यक्षमा तपाईंको तयारी हो? 
अब हेरौं के मा हुन्छ। अहिले नै यही भन्ने कुरा हुँदैन। सर्वसम्मतिमा जानुपर्दा पूरै सन्तुष्ट नभए पनि न्यूनतम सन्तुष्ट हुन्छ नै। त्यसमा चाहिँ कहाँ बसेर काम गर्ने भन्ने कुरा सबै साथीभाइ र नेताहरुसँग सरसल्लाह गरेर गर्नुपर्छ। मैले एक्लै मनलाग्दी हिसाबले हिँडेर पनि हुँदैन। अन्तिममा मैले आफ्नो निर्णय त दिनुपर्छ के गर्ने भनेर। परिस्थिति तयार हुँदा मेरो निर्णय भइहाल्छ। छलफल गर्दै जाँदा एउटा टुङ्‍गोमा पुग्छु।

सर्वसम्मत भएमा पार्टीले दिने जिम्मेवारी स्वीकार्न तपाईं तयार हो?
सम्मानपूर्वक उपयुक्त किसिमको जिम्मेवारी हुन्छ र त्यो प्रमाणित हुन्छ भने आपत्ति छैन। पार्टीले मलाई चिनेको नै छ। नचिनिएको मानिस त होइन म। के जिम्मा दिँदा पार्टीलाई फाइदा हुन्छ, मैले योगदान गर्न सक्छु भन्ने हो। अब योगदान गर्ने भनेको पाँच वर्ष हो सक्रिय रुपमा। त्यसमा सरसल्लाहमा नै गर्छु। समय आएपछि सार्वजनिक पनि गरुँला।

अध्यक्षसँग केही कुराकानी भएको छैन?
अहिले त्यसबारे कुनै कुराकानी भएको छैन। अब कुरा गरेर नै अघि बढ्ने हो। नेताहरुसँगको सल्लाहका आधारमा नै अघि बढ्ने हो।

यस श‍ृंखलाका अन्य सामग्रीहरु पढ्नुहोस्:

  • कस्तो होला ‘ओली प्राधिकार’ एमाले?
  • वरिष्ठ उपाध्यक्ष : ईश्वर पोखरेललाई सिर्जना गरिएको पद!
  • एक्लै दौडेर विजेता हुने तरखरमा ओली  
  • ओलीलाई सर्वसम्मत अध्यक्ष बन्नबाट कसले रोक्ला? 
  • महाधिवेशनपछि कसरी होला माओवादी छाडेर आएका नेताहरूको व्यवस्थापन? 

 

प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७८  २०:१९
  • #एमाले_दशौं_राष्ट्रिय_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्