• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

के हो स्ट्रेस इटिङ्ग?

64x64
नेपाल लाइभ बिहीबार, मंसिर ११, २०८२  ०५:४०
1140x725

कमला गुरुङ

काठमाडौं– ‘तपाईंले एउटा कुरा याद गर्नु भएको छ?’ 

तनाव हुँदा की हामीलाई पटक्कै खान मन लाग्दैन या अत्यधिक खान पुग्छौ। त्यो बेला भोक र स्वादमा हाम्रो नियन्त्रण नै हुँदैन। भोकलाई मेटाउन भन्दा पनि भावनामा आएको उतारचढावलाई दबाउन हामी अनियन्त्रित तरिकाले खान थाल्छौ। जसलाई चिकित्सकीय भाषामा ‘स्ट्रेस इटिङ्ग’ भनिन्छ। स्ट्रेस इटिङ्गलाई कतिपयले स्ट्रेस हङ्गर, इमोस्नल हङ्गर पनि भन्ने गर्छन्।

तनावले टाउको दुख्ने, चक्कर लाग्ने, निद्रा खराब गराउने मात्र होइन। हाम्रो खाने बानीलाई पनि प्रत्यक्ष रुपमा असर पुर्याइरहेको हुन्छ। स्वास्थ्य, निद्रा र दैनिकीलाई जसरी प्रभाव पार्छ, त्यसरी नै भोक र खानपानलाई पनि तनावले नियन्त्रण गर्छ र असर पनि।

मानसिक तनाव व्यवस्थापन गर्न अनियन्त्रित र अस्वस्थकर तरिकाले गरिने खानपान नै स्ट्रेस इटिङ्ग हो। सामान्य रुपमा भन्नुपर्दा स्ट्रेस इटिङ्ग अर्थात् तनावलाई भुलाउन गरिने एक किमिमको खानपान हो। 

तनावले कसरी गराउँछ स्ट्रेस इटिङ्ग ?

नर्भिक इन्टरनेशनल अस्पतालकी कन्सल्टेण्ट साइकाइट्रिक्स डा आरती थापा कुनै पनि चुनौती, खतरा र समस्यामा शरीरले देखाउने प्रतिक्रिया तनाव हो। 

तनाब बढ्दा शरीरको ‘हाइपोथालामिक पिट्युटरी एड्रेनल’ (एचपीए) एक्सिस सक्रिय हुन्छ। र, शरीरमा ‘कार्टिसोल’ हर्मोन बढ्छ, जसले भोक पैदा गर्ने डा थापा बताउँछिन्। 

Ncell 2
Ncell 2
nimb
nimb

उनी भन्छिन्, ‘मस्तिष्क र पाचन प्रणालीबीच सम्बन्ध हुन्छ। तनाबमा कसैलाई खानै मन लाग्दैन। कसैलाई अत्यधिक खान मन लाग्छ। यो बेला मान्छेले एकछिनको आनन्दका लागि अनहेल्दी खानपान गर्छन्।’

तनावमा खाइरहने, खाना माथि नियन्त्रण नहुने र अत्यधिक  खाने (ओभर इटिङ) जस्ता बानी देखिन्छन्। डा थापाका अनुसार तनावलाई भुलाउन गरिने यस किसिमको खानपान भने अस्वस्थकर हुने गर्छ।

बढी कार्बोहाइड्रेट, चिनी, चिल्लो, मसालेदारयुक्त जंक तथा फास्टफूड खानेकुरामै मानिस आकर्षिक हुन्छ। यस किसिमको खानपानले एकछिनलाई आनन्द दिएपनि दीर्घकालमा स्वास्थ्यमा असर पुग्ने उनी बताउँछिन्। तनावमा गरिने खानपानले अपच हुने, काममा ध्यान नहुने, मुड स्वीङ्ग जस्ता समस्या आउने उनले बताइन्। 

रोक्ने कसरी ?

‘यस किसिमको अस्वस्थकर बानीलाई रोक्ने कसरी?’

अर्का मानसिक रोग विशेषज्ञ डा रितेश थापाको जवाफ छ, ‘तनावलाई व्यवस्थापन गर्न सिक्नुपर्छ। के कारणले मलाई तनाव भइरहेको छ भन्ने त्यसको कारण पत्ता लगाउनुपर्छ।’

स्ट्रेस इटिङ्ग कुनै रोग नभई तनावले निम्त्याउने बानी मात्र भएको उनी बताउँछन्। तनावका कारण निम्तिएको भोक हो या साँच्चै शारीरिक भोक हो भनेर छुट्याउन सक्नुपर्ने उनले बताए। कुनै पनि व्यक्तिले तनाव हुँदा यो दुई बीचको फरक छुट्याउन सक्ने हो भने अनावश्यक रुपमा गरिने अस्वस्थकर खानपानलाई रोक्न सकिने बताउँछन्।

उनी भन्छन्, ‘तनावको बेला अचानक भोक लागेको जस्तो महसुस हुन्छ। विशेष खालका खानाहरु जस्तै धेरै गुलियो चकलेट, चिप्स, पिच्चाहरु खान मन लाग्छ।’

तनावमा हुँद व्यक्तिले छिटो छिटो, हतार हतार खाने र खाइसकेपछि धेरैलाई आत्मग्लानी समेत हुने गरेको उनले बताए। सामान्य रुपमा भोक लाग्दा गरिने खानपानले सन्तुष्टी मिल्छ भने तनावमा खाइने खानेकुराले आत्मग्लानी हुने गरेको उनले बताए।

‘यस्तो बानीले तत्काललाइ केही आराम देला। तर यो अस्वस्थकर आराम हो। तौल बढ्ने स्वास्थ्यमा असर पुग्छ’ उनले भने। 

कुनै पनि कुराले तनाव भए हतारमा खानुभन्दा २० मिनेट पर्खेर हेर्नुपर्ने उनी सुझाउँछन्। वास्तवमै लागेको भोक भने हो २० मिनेटपछि पनि भोक लाग्छ। तर तनावले निम्त्याएको भोक हो भने त्यो सामान्यतया २० मिनेटपछि हराएर जान्छ। जसलाई ‘पज रुल’ भनिन्छ। 

कारण पत्ता लगाएर तनावको व्यवस्थापन गर्न सिक्नुपर्ने उनी बताउँछन्। सबै गर्दा पनि तनाव व्यवस्थापन नभए विज्ञको परामर्शमा उनी सुझाव दिन्छन्। 

डा आरती थापा पनि तनाव हुने बित्तिकै तनावमै रुमल्लिनु भन्दा त्यसको व्यवस्थापन गर्न सिक्नुपर्नेमा जोड दिन्छिन्। समस्याको पहिचान गर्ने, स्वीकार गर्ने, तनावलाई हटाउन योगा अनि ध्यान गर्न सकिने उनले बताइन्। 

यो सँगै साथीहरुसँग आफ्नो समस्या साटासाट गर्ने, घुम्न जाने, मनपर्ने कामहरु गर्ने गरियो भने तनाव कम गर्न सकिने उनीहरु बताउँछन्।  

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२  ०५:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देवानगन्ज घटना: प्रहरीले सार्वजनिक गर्‍यो पक्राउ परेका दुई जना, गोली चलेको विषयमा मौन
शेरबहादुर देउवाको गृहजिल्लाका ५२ वडामै भोलि काग्रे‌सले अधिवेशन गर्ने
कांग्रेसको वडा अधिवेशन प्रक्रिया जारी, ३९ जिल्लाका ३३० वडामा अधिवेशन सम्पन्न
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
देवानगन्ज घटना: प्रहरीले सार्वजनिक गर्‍यो पक्राउ परेका दुई जना, गोली चलेको विषयमा मौन शनिबार, असोज ३, २०८३
शेरबहादुर देउवाको गृहजिल्लाका ५२ वडामै भोलि काग्रे‌सले अधिवेशन गर्ने शनिबार, असोज ३, २०८३
कांग्रेसको वडा अधिवेशन प्रक्रिया जारी, ३९ जिल्लाका ३३० वडामा अधिवेशन सम्पन्न शनिबार, असोज ३, २०८३
सरकारले पत्रपत्रिका बन्द गर्न खोजेको देखियोः प्रचण्ड शनिबार, असोज ३, २०८३
तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
देवानगञ्ज गोली काण्ड: दुई जना पक्राउ, प्रहरीले गोप्य राख्यो पहिचान शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्