काठमाडौं– नेपाली पुरुष क्रिकेट टोली एसियन गेम्समा छनोट भएको छ।
आज भएको समूह चरणको खेलमा मलेसियाले चीनलाई हराएसँगै नेपाल र मलेसिया दुवैले प्रतियोगितामा स्थान बनाएका हुन्।
दूई समूहमा विभाजन गरिएको क्वालिफायरमा समूह ‘ए’ मा नेपाल, मलेसिया, चीन र कतार थिए। कतार प्रतियोगितामा सहभागी नहुँदा नेपाल र मेलेसिया एक खेल अगावै छनोट भएका हुन्।
अब नेपाल र मलेसियाबीचको खेलपछि समूह विजेताको टुंगो लाग्नेछ। २० औं संस्करणको एसियन गेम्स सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानमा सञ्चालन हुनेछ।
आजको खेलमा मलेसियाले चीनलाई ९ विकेटले पराजित गरेको हो । पहिला ब्याटिङ गर्दै चीनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८४ रन बनाएको थियो ।
८५ रनको लक्ष्य मलेसियाले ७.५ ओभरमा मात्र १ विकेट क्षतिमा पूरा गर्यो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।