काठमाडौँ– कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३-८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
प्रदेश सभाको बुधबारको बैठकमा प्रदेश प्रमुख यज्ञराज जोशीको उपस्थितिमा मुख्यमन्त्री यामलाल कँडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
सरकारले आगामी वर्षका लागि कृषि, स्वास्थ्य, सडक पूर्वाधार, सिँचाइ तथा खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको छ। अधिकांश कार्यक्रम विगतमा सञ्चालन हुँदै आएका योजनाको निरन्तरतामा आधारित भए पनि कार्यान्वयन सुधार र नीतिगत परिमार्जनमार्फत प्रभावकारिता बढाउने लक्ष्य राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।