काठमाडौं। हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले मंगलबार देशभर मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल हिमाली क्षेत्रका साथै कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ।
मंगलबार दिउँसो देशभर मौसम मुख्यतया सफा रहनेछ। राति भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुने पूर्वानुमान छ। बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाका अनुसार तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु वा कुहिरो लाग्ने सम्भावना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।