काठमाडौं– लंका प्रिमियर लिग (एलपीएल) २०२६ मा तीन नेपाली क्रिकेटर अनुबन्धित भएका छन् । यसपटकको ड्राफ्टमार्फत् नेपाली खेलाडीको रूपमा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल एलपीएलमा अनुबन्धित भएका हुन् ।
सोमबार भएको ड्राफ्टमार्फत सन्दीप र दीपेन्द्रलाई जाफ्ना किंग्स तथा कुशललाई कोलम्बो क्याप्सले अनुबन्ध गरेको हो ।
योसँगै सन्दीपले २० हजार तथा दीपेन्द्र र कुशलले १५ हजार अमेरिकी डलर पारिश्रमिक पाउने छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।