काठमाडौं– अमेरिकाले इरानसँग युद्ध अन्त्यका लागि सम्झौताको सुरुवाती मस्यौदा पठाएको छ । यसबारे इरानको सरकारी मिडियाले जानकारी दिएको हो ।
बीबीसी पर्शियनका अनुसार प्रस्तावमा इरान एक महिनाभित्र हर्मुज अफ स्ट्रेटमा व्यवसायिक जहाजको आवागमन युद्ध अन्त्य हुनुअघि नै बहाल गर्नुपर्ने उल्लेख छ । यसको बदलामा अमेरिका इरान नजिक राखिएका आफ्ना सैन्य बल हटाउने र नौसेनाद्वारा जारी नाकाबन्दी पनि हटाउने उल्लेख छ ।
रिपोर्टमा जहाजको मार्ग प्रवन्धनलाई लिएर इरान र ओमानबीच तालमेल स्थापित गरिने पनि बताइएको छ ।
ईरानको सुप्रिम नेशनल सेक्युरिटी काउन्सिलको सचिवालयमा विदेश नीति तथा अन्तर्राष्ट्रिय सुरक्षा मामिलाका उपनिर्देशक अल बघारी कानीले पनि इरान र ओमान मिलेर स्ट्रेट अफ हर्मुज हुँदै जहाजहरु आवतजावत गर्ने नयाँ प्रक्रियाबारे वार्ता गरिरहेको बताएका छन् ।
उनका अनुसार, “युद्ध सुरु हुनुअघिको अवस्थासँग तुलना गर्दा होर्मुज हुँदै गुजरिने सर्तहरू र प्रक्रियाहरू पूर्ण रूपमा फरक हुनेछन्।” कानीले अघि भनेका छन्, “जबसम्म सबै विषयमा सहमति बन्दैन, तबसम्म कुनै पनि विषयमा सहमति भएको मान्दैनौं।”
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।