काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुने दाबी गरेका छन् ।
आर्थिक वर्ष २०८३/८४ को बजेटका सन्दर्भमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् ।
आइतबार पत्रकार सम्मेलन गर्दै अर्थमन्त्रीले भने, ‘सबै घरले इन्डक्सन चुलो बाल्ने, इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ । ट्रान्सफर्मरले धान्दैन । अबको तीन चार वर्ष यो पूर्वाधार बनाउनै लाग्छ । त्यसको लगानी बढाउनमा लागि बिजुलीमा भ्याट लगायौँ ।’
स्वच्छ ऊर्जामा नेपालीहरूको पनि लगानी हुनुपर्छ भनेर भ्याट लगाएको उनको जिकिर छ । बिजुलीको भ्याट अतिरञ्जित ढङ्गले फैलाइएको उनले बताए ।
आजै प्रधानमन्त्री बालेन्द्र शाहले पनि देशभर विद्युतीय चुल्होबाट खाना पकाउन थाल्ने हो भने सबै ट्रान्सफर्मर पड्किने दाबी गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।