complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
'नयाँ' एमाले-१०

नेम्वाङका लागि दाहिने फर्किएलान् ओली?

किशोर दहाल/डिबी खड्का बुधबार, मंसिर १, २०७८  २१:०४
1140x725

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता भंग भएपछि २०७७ फागुन अन्तिमदेखि एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई आफ्नै ढंगबाट अघि बढाए। त्यसै क्रममा उनले एमालेको महाधिवेशनको मिति तोके। अध्यक्ष र महासचिव पद राखेर महाधिवेशन आयोजक कमिटी बनाए।

त्यस कमिटीको बैठकको रोचक दृश्य कतिले ख्याल गरेका होलान्? ख्याल गर्नेहरुले बैठकको अग्रभागमा अध्यक्ष ओली, उनको दायाँ संविधानसभा अध्यक्ष एवं एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र बायाँ महासचिव ईश्वर पोखरेल देखेको हुनुपर्छ। 

बैठक बस्दा ओहदाअनुसार कुर्सी मिलाएर बस्ने प्रचलन एमालेमा पनि छ। एमालेको नवौं महाधिवेशनबाट निर्वाचित कमिटी भंग भइसकेको अवस्थामा पदाधिकारीमा अध्यक्ष र महासचिव मात्रै कायम थिए। बाँकीको रोलक्रम मिलाउँदा ओली पछिका वरिष्ठ नेताका रुपमा महासचिव पोखरेल (बायाँ) सँगै नेम्वाङ (दायाँ) थिए। 

दुईपटक संविधानसभा अध्यक्ष हुँदा पार्टीको महत्त्वपूर्ण पदमा प्रतिस्पर्धा गर्न नपाएका नेम्वाङ एमालेको पदाधिकारी नभए पनि हैसियत ‘वरिष्ठ’मध्येमै रहेको सन्देश त्यो ‘सिट प्लानिङ’ले दिइरहेको थियो। समयक्रममा एमाले फेरि पुरानै अर्थात् २०७५ जेठ २ को अवस्थामा फर्कियो। त्यसरी फर्किंदा नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी पुनःस्थापित भए, पार्टी बैठकमा नेम्वाङको कुर्सी अध्यक्ष ओलीको आडबाट अलि पर सर्‍यो। तर, संसदीय दलको उपनेताको रुपमा संसद्‌मा उनी दोस्रो हैसियतमा कायम नै छन्।

यो सन्दर्भलाई एमालेका कतिपय नेताहरुले गरिरहेको विश्लेषण रोचक छ। एमालेको १०औं महाधिवेशन सम्मुखमा आइसकेको र यो महाधिवेशन मुलतः नेतृत्व चयनमा केन्द्रित रहेको पृष्ठभूमिमा भइरहेको विश्लेषण पनि रोचक छ। विश्लेषणको सार यस्तो छ– ‘नवौं महाधिवेशनबाट जितेका सबै पद खारेज गर्ने हो भने नेम्वाङ एमालेमा अध्यक्ष ओलीपछिका हैसियतका नेता हुन् भनेर त्यस अवधिमा स्वीकार गरिएको थियो। बीचमा अन्योलमा परेको त्यो स्वीकार्यताको वैधानिकता १०औं महाधिवेशनबाट दिलाउने काम हुनसक्छ।’ 

नेम्वाङ: वरिष्ठ उपाध्यक्षमा पोखरेलका चुनौती!
एमाले १०औं महाधिवेशनमा होमिएको छ। १०औं महाधिवेशनले ‘सर्वसम्मत’ नेतृत्व छान्दैछ। त्यो नेतृत्व छनोटमा अध्यक्ष ओलीका विश्वासपात्र मानिने नेम्वाङ कहाँनेर फिट होलान्? एमाले कार्यकर्तामा जिज्ञासा छ। एमालेको महाधिवेशन आयोजक कमिटीमा उनले पाएको त्यो ‘दाहिने आसन’बाट उनको आगामी स्थान अनुमान लगाउन सकिन्छ। नेम्वाङ आफैंले मुख नफोरेपनि महासचिवदेखि वरिष्ठ उपाध्यक्षसम्मका कुनै न कुनै पदमा उनलाई समायोजन गरिने चर्चा चलिरहेको छ। 

अध्यक्षमा ओली नै दोहोरिने पक्का छ। कसैले प्रतिष्पर्धा गर्ने लोकतान्त्रिक अभ्यासको लाभ उठाउन चाहे पनि ओलीलाई अध्यक्ष हुन रोक्ने ल्याकत राख्ने छैन। एमालेमा शक्तिका केन्द्र बनिरहेका ओलीले बाँकी पदाधिकारीमा उपयुक्त पात्रको छनोट गर्नेछन्। त्यो छनोटको आधार नेताहरुको ‘वरिष्ठता’ र आफूसँगको निकटता हुनेछ। यो कोणबाट गणितीय सूत्र प्रयोग गर्ने हो भने नेम्वाङ कुनै न कुनै प्रभावशाली पदमा अवश्य देखिनेछन्। यस विषयमा नेम्वाङको प्रतिक्रिया छ, ‘भेट्न आउने र कुरा गर्ने साथीहरुले कुनै न कुनै जिम्मेवारी लिनुपर्छ भनेर सल्लाह दिइरहनुभएको छ। म अहिले आफ्नो पद भन्दा पनि पार्टीको आवश्यकतालाई केन्द्रमा राखेर काम गरिरहेको छु।’

त्यो समय ओलीको बायाँ रहेका पोखरेल वरिष्ठ उपाध्यक्षमा उक्लिने चर्चा भइरहँदा उक्त पदका लागि आन्तरिक रुपमा नेम्वाङले चुनौती दिन सक्ने आकलन हुन थालेको छ। त्यसले महासचिवबाट सहजै बढुवा हुने पोखरेलको चाहनामा ‘ब्रेक’ लगाइदिन सक्ने एक एमाले नेता बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

नेम्वाङ संविधानसभा अध्यक्षका रुपमा सफल भइसकेका छन्। मिलाएर बोल्ने स्वभावले पार्टीभित्र मात्रै होइन, बाहिर पनि स्वीकार्यता हासिल गरिसकेका नेतामा पर्छन् उनी। एमालेमा पनि उनको विषयमा असहमति राख्ने धेरै नेता छैनन्। पार्टी भित्रको अन्तरसंघर्षमा ओलीले माधवकुमार नेपाल पक्षका नेताहरुसँग वार्ता गर्ने टोलीका संयोजक नेम्वाङलाई नै बनाएका थिए। त्यसले पनि यसपल्ट नेम्वाङले पार्टीमा सक्रिय हुने रहर गर्दा ओलीले त्यति नाइँनास्ति गर्ने सम्भावना देखिँदैन।

विशेष महाधिवेशनको चर्चा र उपयुक्त पात्र
नेकपा कालमा पार्टीमा भएको अन्तरसंघर्षलाई फुटसम्म पुग्न नदिन अवलम्बन गर्नुपर्ने विभिन्न उपायमा छलफल भएको थियो। त्यहीमध्येमा एक विकल्प थियो, अध्यक्षद्वय ओली र प्रचण्ड दुवैले नेतृत्व छाडेर अर्को पुस्तालाई हस्तान्तरण गर्ने। त्यस्तो उपयुक्त पात्रको खोजी पनि भयो। नेकपा धान्ने ‘उपयुक्त पात्र’का रुपमा ओलीले नेम्वाङलाई अघि सारेको चर्चा त्यो समयमा चलेको थियो। त्यसले प्रचण्डलाई झस्काएको चर्चा थियो। एमाले कार्यालय सचिव शेरबहादुर तामाङ आफूले पनि उक्त प्रसंग सुनेको बताउँछन्। त्यो चर्चामा विश्वसनीयता रहेको उनको बुझाइ छ।

नेम्वाङले चाहेको अवस्थामा छलाङ मारिरहेका हुन्छन्, तर कहिल्यै अरु नेताजस्तो बाहिर मुखर हुँदैनन्। आन्तरिक व्यवस्थापनमा माहिर उनका विषयमा महाधिवेशनको यो माहोलमा उतिसारो चर्चा छैन। तर, एमालेकै नेताहरु नेम्वाङले पार्टीमा सक्रिय हुन चाहेमा अनपेक्षित स्थानमा बाजी मार्ने बताउँछन्। 

एमाले अध्यक्षमा ओली निर्विकल्प छन्, निर्विरोध बन्ने प्रयास गरिरहेका छन्। तर, ओलीले पाँच वर्षअघि नै नेतृत्व हस्तान्तरण गर्नुपर्ने अवस्था आउँदा भरोसा गर्ने पात्रहरुको संख्या एमालेमा सानो हुँदै गएको छ। महाधिवेशनको चर्चा बढ्दै जाँदा ओलीले एमालेको नेतृत्व आउँदो निर्वाचनसम्म मात्रै गर्ने फरक चर्चा पनि चलिरहेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

एमालेका एक नेता भन्छन्, ‘चुनावसम्म पार्टी हाँक्ने र चुनावपछि राम्रो परिणाम आयो भने सरकार हाँक्ने, पार्टीबाट बिदा हुने, नआएमा पनि अर्को पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न सक्ने गाइँगुइँ चल्न थालेको छ। पाँच वर्ष नपुग्दै एमालेको विशेष महाधिवेशन हुन्छ भन्ने कोणबाट कुरा सुनिन थालेको छ।’

आगामी दुई वर्षभित्र पार्टी नेतृत्व हस्तान्तरण गर्दा महासचिव पोखरेल र उपनेता नेम्वाङको उमेर ७० वर्ष नाघि सक्दैन। आगामी पार्टी नेतृत्वका लागि नेम्वाङको सर्वस्वीकार्यता अझ बढाउनका लागि उनलाई उपल्लो तहको कुनै पदमा अवसर दिन सक्ने एमाले वृत्तमा चर्चा छ।

शक्तिले पछ्याउने नेम्वाङ
नेम्वाङको आकांक्षालाई लिएर कुरा गर्ने हो भने उनी आफू एमालेले आवश्यक ठानेको पदमा सक्रिय भएर सफलता हासिल गरेको सन्दर्भ उप्काउँछन्। उनको घुमाउरो प्रतिक्रिया हुन्छ, ‘पार्टीले जरुरी ठानेर दिएको जिम्मेवारीलाई मैले इन्कार गर्ने गरेको छैन। गरिएको अपेक्षाअनुसार नै काम गरेको छु।’

विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय उनले कानुन व्यवसाय अपनाएपछि सक्रिय राजनीतिमा उति चासो नदेखाएको निकटस्थहरु बताउँछन्। बरु कानुन व्यवसायीहरुको संगठन, नेपाल बार एसोसियसनमा महासचिव भएर काम गरेका उनले त्यहाँ आफ्नो प्रभाव देखाए। सो पदमा रहँदा विभिन्न प्रोजेक्ट ल्याएर कसरी काम गरियो र बारलाई प्रभावशाली बनाइयो भन्ने नेम्वाङको संस्मरण उनलाई भेटिरहनेहरुलाई कन्ठस्थ छ।

‘त्यतिबेला एउटा प्रोजेक्टमा नेम्वाङ सरले अहिलेका एमाले उपाध्यक्ष भीम रावललाई सहयोग पुगोस् भनेर ‘प्रोजेक्ट म्यानेजर’ बनाउनुभएको रहेछ। पार्टीमा अगाडि बढ्नुपर्ने समयमा उहाँले राजकीय भूमिका निर्वाह गर्नुपर्‍यो। तर, उहाँको वरिष्ठताको मापन त्यही सन्दर्भले पनि गर्छ’, नेम्वाङसँग नियमित छलफलमा रहने एक नेता सुनाउँछन्।

नेम्वाङ आफ्नै पेशाबाट पार्टीलाई सघाउन चाहन्थे। तर, एमालेले उनलाई सांसद बनाउन चाह्यो, उनी तयार भएनन्। तत्कालीन एमाले महासचिव मदन भण्डारीले उनलाई राष्ट्रिय सभामा पुर्‍याइछाडे। परिणामतः २०४८ र २०५२ सालमा राष्ट्रिय सभा सदस्य भए। एमाले फुटेर माले बनेपछि उनी प्रतिनिधि सभाका लागि इलाम क्षेत्र नम्बर २ मा पुगेका हुन्। त्यतिबेला कांग्रेसको प्रभाव रहेको सो क्षेत्र नेम्वाङकै कारण एमालेको गढ बन्दै गएको बताइन्छ।

राजनीतिमा प्रवेश गरेदेखि नै ‘पावर’ले पछ्याएको पछ्यायै छ नेम्वाङलाई। ३० वर्षदेखि निरन्तर संसदमा रहेका उनी दुईपल्ट संविधानसभा अध्यक्ष/सभामुख र कानुनमन्त्री भइसकेका छन्।

२०३३ सालमा जेलमा ओलीलाई भेटेपछि उनीसँग निकट रहेका नेम्वाङले पार्टीका शीर्ष नेताहरुसँग लामो समय सन्तुलन राखे। एमालेमा ‘ओली दाहिना’ भएपछि कसैको केही नलाग्ने अवस्था छ अहिले। नेकपा हुँदै एमाले अन्तरसंघर्षमा पूर्णतः ओलीका लागि काँध थापेका नेम्वाङको ‘ओली दाहिने’ फर्किने विश्वास छ। उसै  पनि उनी ‘ओलीलाई २०० प्रतिशत विश्वास’ गर्छन्। 

 

यस श‍ृंखलाका अन्य सामग्रीहरू पढ्नुहोस्:

  • एमालेका १० नेताको समूह : महाधिवेशनको मुखमा तितरबितर  

  • एकताकै निरन्तरता भएकाले हाम्रो व्यवस्थापनमा अप्ठ्यारो हुँदैन : लेखराज भट्ट [अन्तर्वार्ता]

  • को बन्ला एमालेको महासचिव?

  • कस्तो होला ‘ओली प्राधिकार’ एमाले?

  • वरिष्ठ उपाध्यक्ष : ईश्वर पोखरेललाई सिर्जना गरिएको पद!

  • एक्लै दौडेर विजेता हुने तरखरमा ओली  

  • ओलीलाई सर्वसम्मत अध्यक्ष बन्नबाट कसले रोक्ला? 

  • महाधिवेशनपछि कसरी होला माओवादी छाडेर आएका नेताहरूको व्यवस्थापन? 

  • जालझेल गरेर कसैलाई थन्क्याउने, कसैलाई हुक लगाएर माथि तान्ने काम नहोस् : ज्ञवाली [अन्तर्वार्ता]

प्रकाशित मिति: बुधबार, मंसिर १, २०७८  २१:०४
  • #एमाले_दशौं_राष्ट्रिय_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणबारे पार्टीको केन्द्रीय अनुशासन आयोगलाई लिखित स्प... बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा आयोगका अध्यक्ष रामबहादुर थापामगरले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पे... बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई १८ करोड ४८ लाखभन्दा बढी राहत वितरण स्थानीय तहसँगको समन्वयमा पहिचान भएका बाढीपीडित परिवारलाई दोहोरो राहत नपर्ने गरी एकद्वार प्रणालीमार्फत रकम उपलब्ध गराइएको सरकारले जना... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह बिहीबार, असोज २९, २०८३
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका बिहीबार, असोज २९, २०८३
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो बिहीबार, असोज २९, २०८३
दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली बिहीबार, असोज २९, २०८३
विपद्पछिको पुनरुत्थानमा सहयोग गर्न एडीबीलाई अर्थमन्त्री वाग्लेको आग्रह बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्