• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस २७, २०८२ Sun, Jan 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
'नयाँ' एमाले-९

एमालेका १० नेताको समूह : महाधिवेशनको मुखमा तितरबितर

64x64
डिबी खड्का मंगलबार, कात्तिक ३०, २०७८  २०:०६
1140x725

काठमाडौं– नेकपा एमालेमा लामो समयदेखि भइरहेको गुटगत प्रतिस्पर्धा आउँदो मंसिर दोस्रो साता हुने १०औं महाधिवेशनमा देखिने छैन। वर्षौंदेखि झांगिएको गुटको एउटा हाँगाले जरा हालेपछि त्यो एमालेबाट छुट्टिएर अर्कै पार्टी बनिसकेको छ। त्यो गुटमा सक्रिय रहेर पनि अन्तिम घडीमा अर्को पार्टीमा नगएका नेताहरु एमालेमा छन्। तर, अब ती नेताहरुको सामूहिक ‘शक्ति प्रदर्शन’ हुने सम्भावना क्षीण हुँदै गएको छ। स्थायी कमिटीका १० नेतासहितका दोस्रो तहका ती नेताहरु महाधिवेशन संघारमा आइपुग्दा एकजुट देखिँदैनन्, बरु ‘तितरबितर’ जस्तो हुनपुगेका छन्। 

सत्ता र शक्तिबाट टाढिएको र सहकर्मीसँग वियोग खेपेको एमालेमा १०औं महाधिवेशलाई ‘सहमति’को महाधिवेशन बनाउने भाष्य स्थापित गर्न अध्यक्ष केपी शर्मा ओली पक्ष निकै जोडबल गरिरहेको छ। तर, एमालेको आन्तरिक संघर्षमा फरक मत राखेकाहरु भने सहमतिको नाममा बढारिने कुरामा सशंकित छन्। त्यहीकारण कोही ‘बार्गेनिङ पावर’ बलियो बनाउने योजनासहित सक्रिय छन् भने कतिपय ‘हुलमुलमा जिउ जोगाउनू’ भन्ने उक्तिलाई आत्मसाथ गर्दै अघि बढिरहेको देखिन्छ। 

हुनै छाड्यो सामूहिक सल्लाह
एमालेमा अन्तरसंघर्ष चुलिएको बेला तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालसँग रहेका १० जना प्रभावशाली नेताहरु; उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिवहरु; गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य तथा स्थायी कमिटी सदस्य; सुरेन्द्र पाण्डे, अमृत बोहरा र रघुजी पन्त १० बुँदे सहमतिपछि एमालेमै कायम रहे। उनीहरुको एमालेमै रहने निर्णयले नेपालले खोलेको नयाँ दल नेकपा (एकीकृत समाजवादी) पार्टी अपेक्षित बलियो देखिएन। तत्कालीन ‘झलनाथ–माधव’ गुटसँग रहेका प्रदेश र जिल्लास्तरका धेरै नेता यीनै १० नेतालाई हेरेर एमालेमै सक्रिय रहे। 

मंसिर दोस्रो साता हुने १०औं महाधिवेशन, त्यसपछि हुने प्रदेश, जिल्ला अधिवेशन र त्यहँ हुने (सम्भावित) निर्वाचनमा आफूहरुलाई एकता (१० नेता एक ठाउँ उभिँदाको शक्ति)को शक्तिले पार लगाउला भन्ने उनीहरुको स्वाभाविक अपेक्षा छ। तर, १०औं महाधिवेशनको संघारमा उनीहरुबीच ‘शक्ति प्रदर्शन’को रणनीति निर्माण त परको कुरा, आपसी सल्लाह समेत हुन छाडेको छ। 

त्यही समूहका एक नेता भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गर्दासमेत १० जनाको समूहमा सल्लाह गर्न आवश्यक ठानेनन्। यस्तो घोषणा गर्दा रावल अछाममा थिए। उनको उम्मेदवारी घोषणापछि १० मध्येका एक नेताले उनीसँग फोनमा कुरा गर्न खोजेका थिए। तर, रावलले ‘काठमाडौं आइसेकपछि कुरा गर्ने’ बताएर फोन राखिदिए। त्यसपछि संवाद नै हुन नसकेको ती नेता बताउँछन्। उनले भने, ‘जिल्लाका साथीहरुले तपाईंहरु १० जना एक ठाउँमा बसेर राम्रो निर्णय गर्नुहोला भन्ने प्रेसर (दबाब) दिइरहनुभएको छ। यता साथीहरु आफ्नै तालले उम्मेदवारी घोषणा गरिरहनुभएको छ।’

तिहारलगत्तै अध्यक्ष ओलीसँग उक्त समूहले सामूहिक भेट गर्ने तयारी गरेको थियो। ओलीले कात्तिक २७ गतेको प्रतिनिधि चयनपछि उनीहरुलाई भेट्ने सन्देश दिएका थिए। तर, सामूहिक रुपमा भेट्न रुचि नरहेको ओली पक्षका नेताहरु बताउँछन्। उनी भन्छन्, ‘उहाँले पहिले नै सामूहिक सौदाबाजी हुँदैन। गुटबन्दी अब चल्दैन भनेर स्पष्ट रुपमा भनिसक्नुभएको छ।’

प्रतिनिधि चयनपछि उक्त समूहका केही नेताहरुले १०औं महाधिवेशनमा आफूहरुको भूमिकालाई लिएर छलफल गर्न खोजेका छन्। स्रोतका अनुसार उपमहासचिव घनश्याम भुसालले ओलीसँगको भेटपछि आफ्नो भूमिका र दाबी तय गर्ने तयारी गरेका छन्। 

‘हुलमुलमा जिउ जोगाउन’ सक्रिय
एमालेमा १०औं महाधिवेशनलाई एकताको महाधिवेशनको उपमा दिइएको छ र त्यसकै लागि सकेसम्म सहमितमा यसलाई टुंग्याउने जोडबल छ। सहमतिको महाधिवेशन भन्दै अध्यक्षमा ओलीलाई सर्वसम्मत बनाएर त्यसपछिका पदमा उनले नै 'उचित' व्यवस्थापन गर्ने तयारी ओली पक्षको छ। त्यसका निश्चित खाका समेत उक्त पक्षले तयार गरेको छ। त्यो खाकामा हिजो नेपालस मूहमा रहेका १० नेतामध्येका केहीलाई अटाउने व्यक्तिगत रुपमा आश्वासन समेत दिइएको जानकार नेताहरु बताउँछन्।  

Ncell 2
Ncell 2

त्यसरी पद व्यवस्थापन हुन नसकेकाहरुलाई आउँदो निर्वाचन र त्यसपछि प्राप्त हुने भूमिकामा ठाउँ दिने आश्वासन दिइने ओलीनिकट नेताहरुको भनाइ छ। पार्टीमा ‘फरक मत’को खडेरी पर्ने अवस्थामा त्यसको बिउ जोगाउन पनि हुनसक्छ, ओलीले यसमा खासै रुचि देखाएका छैनन्। त्यसैले तत्कालीन नेपाल पक्षीय केही नेताहरु भने ‘हुलमुलमा जिउ जोगाउन’ सक्रिय छन्। 

१० नेतामध्ये धेरै नेताहरु ओलीलाई अध्यक्षमा चुनौती दिने घोषणा गरेका रावलसँग सहमत छैनन्। रावलको घोषणामा समर्थन गर्दा अध्यक्ष ओलीले किनारामा पार्ने डर मात्रै होइन, रावलको मनमौजी स्वभावले पनि आफूहरु छड्किन बाध्य भएको उनीहरु बताउँछन्। १० बुँदे सहमति कार्यान्वयन समितिको संयोजकबाट आफूखुशी राजीनामा दिएको विषयले दुःखेको चित्तलाई सल्लाहै नगरी अध्यक्ष उठ्ने घोषणा गरेको विषयले चुक दलेको छ। ‘बलियो आधार नसमातेर १० बुँदे कार्यान्वयनका नाममा ओलीलाई अध्यक्षमा चुनौती दिन्छु भन्नु उचित होइन,’ १० नेतामध्येका एकले भने, ‘उहाँले आवेगमा गर्ने निर्णयको भागीदार हामी पनि हुनुपर्छ भन्ने लाग्दैन।’

१० नेतामध्येका केही नेताहरुले एमाले अन्तरसंघर्षमै नेपाललाई छाडेर ‘एमाले एकता’को झन्डा समातिसकेका थिए। सचिवद्वय गोकर्ण विष्ट र योगश भट्टराईले एमालेलाई फुटाउन नहुने विचारसहित नेपाललाई छाडेको नेपालले पार्टी छाड्नुअघि नै हो। उनीहरुले त्यो अन्तरसंघर्षमा ‘मध्यमार्ग’ समातेर सहमतिको प्रयासका लागि सक्रियता देखाएका थिए। 

एमाले फुटको डिलतिर पुग्दा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे एमाले एकताका पक्षमा उभिएका थिए। फुटको डिलतिर पार्टी पुगेको समयमा उनको भनाइ थियो, ‘अप्ठ्यारो छ। असम्भव छ। भीरको डिलमा पुगेको गाडी ब्याक गरेर दुर्घटना टार्न सकिन्छ। मैले आशा मारेको छैन।’ एमालेको गाडी दुर्घटनाबाट त जोगिएन, तर हाम्फालेर आफूलाई ‘जोगाउने’ मध्य एक पाण्डे पनि हुन्। १०औं महाधिवेशनको व्यवस्थापन समितिको सह–संयोजक बनाएर अध्यक्ष ओलीले उनलाई त्यो ‘जोखिम’को पुरस्कार दिनसक्ने संकेत गरेका छन्।

यसैगरी अन्तरसंघर्षमा ओली पक्षका विरुद्धमा 'आगो ओकलेकी' उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले एमालेमै बसेबापत् ओलीबाट ७२ दिनको मुख्यमन्त्री उपहार पाइन्। नेपालको पहिलो महिला मुख्यमन्त्रीको ‘इतिहास बनाउने’ क्रममा बागी विचारलाई इतिहास बनाइन्। सचिव भीम आचार्यले पनि ‘एकबारको जुनीमा’ मुख्यमन्त्री बन्ने चाहना पूरा गरेर फरक विचारमा लगाम लगाएका छन्। 

सहमतिबाट पदाधिकारी तय गर्ने दाबी गरिएको १०औं महाधिवेशनमा जिम्मेवारीविहीन हुने डर राजनीतिक भविष्य भएका र एमालेमै रहेका तत्कालीन नेपाल पक्षीय नेताहरुमा देखिन्छ। त्यसैले उनीहरु अध्यक्षमा रावल वा घनश्याम भुसाल, जसले चुनौती दिए पनि सघाउने पक्षमा देखिँदैनन्। अध्यक्ष उठ्ने घोषणालाई रावलले महाधिवेशनमा कार्यान्वयन गरे भने १० नेतामध्येका उनी सम्भवतः एक्लै उक्त लाइनमा हुनेछन्। भुसालले आफूलाई अघि सार्दा खुलेर समर्थन गर्नेको संख्या सानो हुने देखिन्छ। 

मौनता, पर्ख र हेर 
कात्तिक २७ गते देशभर महाधिवेशन प्रतिनिधि छान्ने क्रम सुरु भयो। त्यसक्रममा आफूमाथि अन्याय भएको गुनासो धैरतिरबाट आइरहेको छ। फरक विचारका नाममा निषेध गर्न खोजिएको गुनासो सामाजिक सञ्जालदेखि नेताहरुको कानसम्म पुगेको छ। तर, त्यसमा १० नेताको तर्फबाट औपचारिक ‘रेस्पोन्स’ देखिँदैन। यही समूहसँग निकट एमाले केन्द्रीय सदस्यसमेत रहेका सांसद झपट रावलले सामाजिक सञ्जालमै असन्तुष्टि पोखे– ‘नेकपा एमाले कैलालीमा अधिवेशन र महाधिवेशन प्रतिनिधि छनोटमा पार्टी सत्ताको घिनलाग्दो दुरुपयोग, कार्यकर्ताको चुन्ने चुनिने सार्वभौम अधिकारको चिरहरण, जबजको उपहास।’

उक्त समूहका नेताहरु एक ठाउँ नभएका कारण यस्तो गुनासोमा मौनता साँध्नुपरेको १० नेतामध्येका एक बताउँछन्। उनको भनाइ छ, ‘कि शक्ति देखाउने आँट गर्नुपर्‍यो, नभए सहमतिमा समर्थन गर्नुपर्‍यो।’ यतिबेला आफूहरुको मौनता ‘पर्ख र हेर’का लागि भएको उनको भनाइ छ। 

एमालेमै रहेका आफ्नो समूहका जिल्लादेखि केन्द्रसम्मका नेताहरुको उचित व्यवस्थापनलाई लिएर आफूहरुले सामूहिक भेटघाटको तयारी गरिरहेको उनी बताउँछन्। ‘प्रतिनिधि चयन भएपछि भेट्ने कुरा भएको हो। केही दिनमा भेट हुन्छ होला,’ एक नेताले भने। 

उपाध्यक्ष रावलले अकस्मात अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरिदिँदा पनि सामूहिक भेटको ‘फलोअप’ गर्न समस्या परेको ती नेताको भनाइ छ। तीमध्ये केही नेताहरुले महाधिवेशन व्यवस्थापनको जिम्मेवारी समेत लिइरहेकाले आफू मात्रै छलफल गर्ने समय व्यवस्थापनमा समेत समस्या परेको छ।

 

यस श‍ृंखलाका अन्य सामग्रीहरू पढ्नुहोस्:

  • एकताकै निरन्तरता भएकाले हाम्रो व्यवस्थापनमा अप्ठ्यारो हुँदैन : लेखराज भट्ट [अन्तर्वार्ता]
  • को बन्ला एमालेको महासचिव?
  • कस्तो होला ‘ओली प्राधिकार’ एमाले?
  • वरिष्ठ उपाध्यक्ष : ईश्वर पोखरेललाई सिर्जना गरिएको पद!
  • एक्लै दौडेर विजेता हुने तरखरमा ओली  
  • ओलीलाई सर्वसम्मत अध्यक्ष बन्नबाट कसले रोक्ला? 
  • महाधिवेशनपछि कसरी होला माओवादी छाडेर आएका नेताहरूको व्यवस्थापन? 
  • जालझेल गरेर कसैलाई थन्क्याउने, कसैलाई हुक लगाएर माथि तान्ने काम नहोस् : ज्ञवाली [अन्तर्वार्ता]

प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  २०:०६
  • #एमाले_दशौं_राष्ट्रिय_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
रास्वपा सहमहामन्त्री आचार्यले लिए समानुपातिकको सूचीबाट नाम फिर्ता समानुपातिकतर्फ इच्छा जाहेर गर्नेहरूको संख्या बढेपछि पार्टीका विभिन्न गतिविधिमा सक्रिय हुन भन्दै उनले नाम फिर्ता लिएको एक नेताले जानक... आइतबार, पुस २७, २०८२
भृकुटीमण्डपमा कांग्रेसको विशेष महाधिवेशन (लाइभ) आज र भोलि हुने महाधिवेशनको उद्घाटन सत्र केहीबेरमा सुरु हुँदैछ । भोलि बन्दसत्र हुने बताइएको छ । आइतबार, पुस २७, २०८२
शेखरको भिडिओ सन्देश- सभापति हुने कुराले मलाई लोभ्याउँदैन, निकास ननिस्किँदासम्म लागिरहन्छु कोइरालाले आफूलाई मन्त्री वा महामन्त्री हुने लोभले विगतमा कहिल्यै आकर्षित नगरेको र सभापति वा प्रधानमन्त्री हुने कुराले पनि नलोभ्याउने... आइतबार, पुस २७, २०८२
ताजा समाचारसबै
रास्वपा सहमहामन्त्री आचार्यले लिए समानुपातिकको सूचीबाट नाम फिर्ता आइतबार, पुस २७, २०८२
भृकुटीमण्डपमा कांग्रेसको विशेष महाधिवेशन (लाइभ) आइतबार, पुस २७, २०८२
शेखरको भिडिओ सन्देश- सभापति हुने कुराले मलाई लोभ्याउँदैन, निकास ननिस्किँदासम्म लागिरहन्छु आइतबार, पुस २७, २०८२
१८ महिनाअघि त्रिशूलीमा खसेको बसको अवशेष भेटियो, खोतल्ने काम सुरु आइतबार, पुस २७, २०८२
कुलमानसँग एकता भाँडिएपछि रास्वपा समानुपातिक उम्मेदवारको अद्यावधिक सूची आयोगमा बुझाइयो आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान शनिबार, पुस २६, २०८२
रास्वपामा साधारण सदस्य नै बन्छु भनेर ठूलो पद मागेको थिइनँ : कुलमान घिसिङ शनिबार, पुस २६, २०८२
कुलमानसँग एकता भाँडिएपछि रास्वपा समानुपातिक उम्मेदवारको अद्यावधिक सूची आयोगमा बुझाइयो आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्