• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार?

64x64
लिलु डुम्रे शुक्रबार, पुस ३०, २०७८  ०९:१५
1140x725

काठमाडौं– पुस २० गते डा सुवास चन्द्र यादवले नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समिति समक्ष एउटा उजुरी दर्ता गराए। उनको उजुरी गत महाधिवेशनमा मधेसी (खुला) तर्फबाट विजयी भएका विनोद चौधरीको सम्बन्धमा थियो। पाँच जनाको लागि भएको निर्वाचनमा यादव छैटौं भएका थिए।

‘मधेसी खुल्ला पदमा निर्वाचित भएको भनिएको विनोद चौधरी नेपाली कांग्रेसमा निरन्तर १० वर्ष क्रियाशील नभएकोले निज केन्द्रीय सदस्यमा उम्मेदवार नै हुन नपाउने स्पष्टै छ’, उनले उजुरीमा माग गरेका छन्, ‘निज विनोद चौधरी अयोग्य भएकोले योग्यताक्रमको छैटौं स्थानमा रहेका निवेदक केन्द्रीय सदस्य हुने स्पष्ट छ।’

आफूमाथिको उजुरीलाई चौधरीले खण्डन गरिसकेका छन्। उनले महाधिवेशनमा निर्वाचन समितिले उम्मेदवारी दर्तापछि विधिवत रूपमा दावी विरोधको समय उपलब्ध गराएको र आफू अयोग्य भए त्यतिबेलै किन दाबी विरोध नगरिएको भनेर सोधेका छन्। यादवलक्षित उनको कटाक्ष छ- ‘आफैं सोही निर्वाचनमा उम्मेदवार हुने र विजय हुन नसकेपछि विधिसम्मत भएन भनेर रोइलो गर्नुको कुनै अर्थ छैन।‘

चौधरी पहिलो संविधानसभाको अवधिभर एमाले सभासद् रहेका थिए। सो सभा २०६९ जेठसम्म कायम रहेको थियो। उनी २०७४ मा भने कांग्रेसबाट समानुपातिक सांसद बने। उनी नेकपा एमालेबाट आएको भनेर उनलाई उम्मेदवार बन्ने बाटो खुलाइएको थियो। पूर्वमहामन्त्री डा शशांक कोइरालाले उनलाई कांग्रेस भित्र्याउन पहल गरेका थिए। कोइरालालाई गत निर्वाचनमा जिताउन चौधरी उनको चुनावी कार्यक्रममा पनि सहभागी भएका थिए। 

‘कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवार बन्नको लागि कम्तीमा १० वर्ष निरन्तर क्रियाशील सदस्य बन्नुपर्ने प्रावधान छ। महाधिवेशनको बेलामा पनि यो चर्चा चलेकै थियो। तर, चर्चामै सीमित रह्यो’, एक कांग्रेस केन्द्रीय सदस्य भन्छन्, ‘पहिलो संविधानसभामा सभासद् रहँदा पनि उहाँले आफू एमालेको तर्फबाट सभासद् रहेको भए पनि एमाले सदस्य भने नरहेको सार्वजनिक रुपमै बताउने गर्नुभएको थियो। त्यसैले उहाँलाई अर्को पार्टीबाट आएको भनेर मिलाउन पनि मिल्‍दैन। पहिलो संविधानसभा विघटन भएलगत्तै कांग्रेसको क्रियाशील सदस्य नै रहनुभएको भए पनि १० वर्ष त पुग्दैन। त्यसैले उहाँको विषय संदेहपूर्ण छ।’

यसरी विधानले रोक्दारोक्दै पार्टी संस्थापन पक्षले चौधरीलाई उम्मेदवार बनाउन चलाखीपूर्ण तरिकाले उपाय खोजी गरेको देखिन्छ। परिणामतः उनी २२०६ मतका साथ विजयी भए। डा सुवास चन्द्र यादव निर्वाचित हुन सकेनन्।

चौधरीको विषय अहिले चर्चामा छ। तर, उनी सहित थप केही केन्द्रीय सदस्यको विषयमा कांग्रेसभित्र प्रश्न उठिरहेको छ। उनीहरुलाई विधानको मापदण्ड पालना नगरी संस्थापन पक्षले बलमिच्याइँ गर्दै उम्मेदवार बन्न आधार प्रदान गरेको आरोप लागिरहेको हो।

कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २१ मा स्पष्ट रुपमा लेखिएको छ। त्यसका अतिरिक्त केही थप प्रावधान पनि छन्। जसलाई अन्य विभिन्न ठाउँमा व्याख्या गरिएको छ। जस्तो, विधानको धारा ४ (१०) (ग) मा भनिएको छ- ‘नेपाली कांग्रेस पार्टीमा कानुन बमोजिम विलय हुने राजनीतिक पार्टीका सदस्य वा भातृ संघ वा शुभेच्छुक संस्था र पार्टी प्रवेश गर्ने अन्य राजनीतिक दलका व्यक्तिलाई केन्द्रीय कार्यसमितिले नेपाली कांग्रेसको क्रियाशील सदस्यता प्रदान गर्न सक्नेछ। यसरी क्रियाशील सदस्यता प्राप्त गर्ने व्यक्तिले पार्टीको निर्वाचनमा भाग लिने वा पार्टीको कुनै पनि पदमा मनोनयन गर्ने सम्बन्धमा केन्द्रीय कार्यसमितिले निर्णय गरे बमोजिम हुनेछ।‘

Ncell 2
Ncell 2
nimb
nimb

राप्रपा त्याग गरी आएका सुनिल थापा नेतृत्वको समूह होस् वा पार्टी विलय गराएका विजयकुमार गच्छदारको समूह होस्, उनीहरुलाई यही धाराले केन्द्रीय कार्यसमिति सदस्य बन्ने योग्यता दिलाएको थियो। सभापति शेरबहादुर देउवाले धेरैलाई यही धारा अनुसार क्रियाशील सदस्यता प्रदान गरेका थिए। र, महाधिवेशनमा आफ्ना निम्ति सहयोग जुटाएका थिए। उनीहरुलाई सोही अनुसार क्रियाशील सदस्यता निरन्तरताको प्रमाणित गरिएको थियो।

प्रश्न उठेका अर्का व्यक्ति हुन्, उमेश श्रेष्ठ। उनी जनजाति (खुला)तर्फबाट केन्द्रीय सदस्यमा विजयी भएका थिए। क्रियाशील सदस्यता लिएको १० वर्षे अवधि नपुग्ने भएपछि श्रेष्ठका लागि अर्को चलाखी गरिएको थियो। कांग्रेस र कांग्रेस (प्रजातान्त्रिक) एकीकरण हुनुअघि नै उनी कांग्रेस (प्रजातान्त्रिक) मा सदस्य रहेको ‘फर्जी’ प्रमाण पेश गरेको एक केन्द्रीय सदस्य बताउँछन्। त्यही ‘प्रमाण’को आधारमा उनी उम्मेदवार बनेका थिए। उनका बारे जानकार एक केन्द्रीय सदस्यले उनी अन्य पेशा भए पनि कांग्रेस प्रजातान्त्रिकमा भने नरहेको दाबी गर्छन्। ‘अन्य मापदण्ड र योग्यताबारे जानकारी भएन’, उनले भने, ‘तर, उनी कांग्रेस प्रजातान्त्रिकको सदस्य भने थिएनन्।’

२०५९ मा शेरबहादुर देउवाले कांग्रेसलाई विभाजन गरेर कांग्रेस प्रजातान्त्रिक गठन गरेका थिए। सो पार्टी २०६४ मा पुनः नेपाली कांग्रेसमै एकीकृत भएको थियो। त्यो पार्टी कांग्रेसमा एकीकृत भएकै १४ वर्ष पुगिसकेको छ। यतिबेला कांग्रेस प्रजातान्त्रिकको आड लाग्नुमै शंका व्यक्त गर्छन्, उनी। ‘१३औं महाधिवेशनपछि पार्टी शेरबहादुर देउवाको कब्जामा छ। केन्द्रीय सदस्यको उम्मेदवार हुन विधानले नदिएकालाई पनि उठाउनु भयो’, उनी भन्छन्।

श्रेष्ठले भने आफू एघारौं महाधिवेशनदेखि नै कांग्रेसको क्रियाशील सदस्य रहेको र आफ्नो बारेमा गलत प्रचार गरिएको सार्वजनिक रुपमै बताइसकेका छन्।

केन्द्रीय सदस्यमा निर्वाचित अर्का नेता मोहन आचार्यमाथि पनि प्रश्न उठेको छ। १७५१ मत सहित केन्द्रीय सदस्य (खुलातर्फबाट)मा विजयी भएका उनले २०७२ सालमा भएको १३औं महाधिवेशन भन्दा केही समयअघि मात्रै क्रियाशील सदस्यता लिएका थिए। त्यतिबेला उनी रसुवाबाट महाधिवेशन प्रतिनिधि छानिएका थिए। क्रियाशील सदस्य हुनका लागि पाँच वर्ष पुग्नुपर्ने विधानको व्यवस्थालाई निलम्बन गरिएकै अवस्थामा उनले सदस्यता लिएर प्रतिनिधि बनेको उनको राजनीतिक यात्राबारे जानकार एक नेता बताउँछन्। १० वर्षे प्रावधान उनको हकमा पनि लागू भएन।

विधानमा भातृ संगठनमा काम गरेकाहरुलाई पनि केही सहुलियत दिइएको छ। विधानको धारा ६२ मा भनिएको छ- ‘नेपाली कांग्रेसको क्रियाशील सदस्यताको निरन्तरताको अवधि गणना गर्दा सम्बन्धित व्यक्तिले पार्टीको भातृ संघ र शुभेच्छुक संस्थाको केन्द्रीय कार्यसमितिको पदाधिकारी वा सदस्यमा पाँच वर्ष वा सोभन्दा बढी अवधि काम गरेको रहेछ भने त्यसलाई बढीमा पाँच वर्ष मानी नेपाली कांग्रेसको क्रियाशील सदस्यताको अवधिमा थप गरी गणना गरिनेछ।’

अन्य कैयौंले पनि विधानको यही प्रवाधानलाई टेकेर केन्द्रीय कार्यसमिति सदस्यको उम्मेदवार भएका थिए। तिनै मध्येकी एक हुन्, जीवन राना। ‘उहाँले पहिलो पटक क्रियाशील सदस्यता लिनुभएको भन्ने लाग्छ’, एक केन्द्रीय सदस्य भन्छन्, ‘उहाँ शिक्षक संघमा हुनुहुन्थ्यो, केके गरेर मिलाउनुभयो, उहाँलाई नै जानकारी होला।’

रानाले भने आफ्नो बारेमा बजारमा अनेक हल्ला चलेको बताइन्। थारु (महिला) बाट केन्द्रीय सदस्यमा विजयी उनले आफ्नो मापदण्ड पुगेको बताइन्। ‘म जन्मजात कांग्रेस हो। नेविसंघको राजनीति पनि गरेँ। क्रियाशील सदस्य भएको धेरै वर्ष भयो’, रानाले नेपाल लाइभसँग भनिन्, ‘मेरो विरुद्धमा नचाहिँदो हल्ला चलाएका छन्। क्रियाशील सदस्य भएको धेरै वर्ष भइसक्यो। १० वर्ष नपुगेको भन्ने नचाहिने हल्ला मात्रै हो।’ 

पार्टीको निर्वाचन गराउने दायित्व लिएको निर्वाचन समितिले दलबाट प्राप्त पत्रकै आधारमा उम्मेदवारी तय भएको जनाएको छ। निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले भने, ‘क्रियाशील सदस्यता बाँड्ने पार्टीले हो। हामीले बाँड्ने होइन। उम्मेदवार बन्ने मापदण्ड पुगेको आधार सहित पार्टीले पत्र पठाएकै आधारमा उम्मेदवार तय गरेका हौं। क्रियाशील सदस्यता लिएको दश वर्ष पुगेको पत्र पाएका थियौं’, संयोजक घिमिरेले भने, ‘उम्मेदवारको दाबी विरोधको लागि तोकिएको समयमा उजुरी नदिने तर, अहिले विरोध गर्नुको अर्थ छैन।’

क्रियाशील सदस्यता प्रमाणित गर्ने काम नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले गरेका हुन्। तर, आफूले विधानको मापदण्ड उल्लंघन नगरेको बताउँछन्, उनी। यस सम्बन्धमा राखिएको जिज्ञासामा उनले भने, ‘यो बेकार कुरा हो। सत्य कुरा होइन।’
 

प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८  ०९:१५
  • #कांग्रेस_१४औं_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
रसुवा बाढीपीडितका लागि सीएफआरडीले ल्यायो २७ टन राहत सामग्री शुक्रबार, भदौ १९, २०८३
पहिरो खसेपछि दार्चुलाको चौलानी नदी थुनिने जोखिम, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह शुक्रबार, भदौ १९, २०८३
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो शुक्रबार, भदौ १९, २०८३
सहसचिव जोशीको नेतृत्वमा बाढी प्रभावितको पुनःस्थापना गर्न समिति गठन शुक्रबार, भदौ १९, २०८३
नेपालमा विदेशी लगानीको वातावरण नभएको भन्दै एनसेलका सीईओले दिए राजीनामा शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्