• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा

64x64
लिलु डुम्रे बुधबार, फागुन ११, २०७८  २०:४५
1140x725

काठमाडौं– प्रमुख प्रतिपक्ष नेकपा एमालेलाई अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौताको पक्षमा उभ्याउन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रयत्न जारी राखेका छन्। २०७५ माघ २५ गते केपी ओली शर्मा नेतृत्वको तत्कालीन सरकारले प्रतिनिधि सभामा पेस गरेको प्रस्तावलाई उनैको समर्थनले पारित गराउने प्रधानमन्त्री देउवाको प्रयास छ। तर, त्यसले भरपर्दो आधार भने पाइसकेको छैन।

कांग्रेस एमसीसीको पक्षमा उभिँदै आएको छ। यस मुद्दामा पार्टी पनि एकढिक्का छ। तर, ऊ एक्लैले यसलाई पारित गर्न सक्ने अवस्था छैन। त्यसैले सत्ता गठबन्धनका दलहरु र प्रमुख प्रतिपक्षी दल एमालेसँग उसले संवाद अघि बढाएको हो। एमाले पक्षमा उभिँदा एमसीसी सहजै पारित हुन्छ।

सरकारमा रहँदा ओली एमसीसीको पक्षमा कडा अभिव्यक्ति दिने गर्थे। तर, बालुवाटारबाट बालकोट पुगेपछि एमसीसीबारे विगतका आफ्नै बोलीमा परिवर्तन गर्न थालेका थिए। सकेसम्म नबोल्ने, बोल्नै परे ओलीले विपक्षी देखिने भाषा प्रयोग गर्न थालेका छन्। यसरी अहिले उनी यस विषयमा रणनीतिक देखिन्छन्। एमसीसीमाथि तौलेर बोलेर आसन्न निर्वाचनमा मत बढाउने उनको अभिप्राय देखिन्छ। ओलीको रणनीति बुझेका देउवाले आफ्ना 'गोटी' पनि चालिरहेका छन्।

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को बलमा सत्तासीन भएका देउवा कांग्रेसको नेतृत्वमा रहेको पाँचदलीय गठबन्धनलाई सकेसम्म नतोड्ने पक्षमा छन्। गठबन्धन कायम राखेर ओलीलाई एमसीसीको पक्षमा ल्याउन देउवालाई सकस परिरहेको छ। परिणामतः देउवा आफैंले ओलीलाई भेट्न तथा आफ्ना दूतका रुपमा नेतालाई बालकोट पठाउने यत्न गरिरहेका छन्।

देउवाले गठबन्धनका नेताहरुसँगै समानान्तर रुपमा ओलीसँग संवाद गर्नु आसन्न निर्वाचन केन्द्रित रणनीतिसँग पनि जोडिएको छ। आसन्न स्थानीय तहको निर्वाचनका प्रमुख प्रतिस्पर्धी कांग्रेस र एमाले हुन्। कांग्रेसका धेरै नेता तथा कार्यकर्ता के कुरामा विश्वस्त छन् भने माओवादी र एकीकृत समाजवादी एमसीसीको विपक्षमा देखिए पनि ती दलले कांग्रेसको मत काट्न कठिन छ। तर, एमाले मौन बस्यो भने कांग्रेसको मत काटिन्छ। निर्वाचनमा प्रमुख प्रतिस्पर्धी दललाई कमजोर बनाउने अस्त्र प्रयोग गर्नु देउवाका लागि अस्वाभाविक होइन। त्यतिबेला, ‘एमसीसी पारित गर्ने कांग्रेस’ हो भन्दै एमाले जनतामा पुग्नेछ। जनतामा एमसीसी विरोधी भावना यसरी बढाइएको छ कि त्यसले अपजस जति कांग्रेसको भागमा पर्न सक्ने हेक्का देउवालाई छ।

Ncell 2
Ncell 2
nimb
nimb

आम जनमत एमसीसीको विपक्षमा छ। त्यहीमाथि यो 'राष्ट्रवाद'को विषय समेत बनेको छ। चुनावमा त्यसको प्रत्यक्ष लाभ उठाउने ध्याउन्नमा एमाले छ। प्रतिवाद गर्ने हैसियतमा कांग्रेस नेता र कार्यकता नहुँदा सिट बढ्ने एमालेकै हो। कांग्रेस महामन्त्री गगन थापा तत्‌क्षणको लाभहानी हेरेर पार्टीले बोली नफेर्ने बताउँछन्। ‘तत्‌क्षणको निर्वाचनमा लाभ हानी बिर्सेर भए पनि कांग्रेसले आफ्नो परिचय कायम राख्नुपर्दछ’, थापाले भने, ‘राष्ट्रिय हितको लागि कसले के भन्यो भन्ने होइन, अन्तर्राष्ट्रिय विश्वसनीयताका लागि कांग्रेस अरु पार्टी जस्तो सरकारमा बस्दा एउटा र बाहिर बस्दा अर्को, बिहान एउटा बेलुका अर्को, बालुवाटारमा एउटा खुमलटारमा अर्को बोली फेरिरहने चरित्र बोक्दैन।’ 

एमालेको सोही रणनीति बुझेका देउवा उसलाई पनि एमसीसीको पक्षमा ल्याउन संवादरत छन्। कथं, एमाले एमसीसीको पक्षमा उभियो भने अपजसको भागिदार कांग्रेस मात्रै हुँदैन। दुवैले अपजस बोकेर जनतामा जाँदा आफ्नो मत नकाटिने बुझाइ कांग्रेसमा छ। अर्कोतिर, कांग्रेस-एमाले मिलेर एमसीसी पारित गरेको अवस्थामा चुनावमा जति भोट काटिन्छ, त्यो भोट एमालेको मात्रै हुने बुझाइ कांग्रेसमा छ। त्यसैले एमालेलाई नै एमसीसीको पक्षमा उभ्याउन सक्दा कांग्रेसलाई बहुआयामिक फाइदा पुग्ने विश्लेषण कांग्रेसभित्र भइरहेको छ।

एमसीसीलाई चुनावी नारा बनाउने ध्याउन्नमा एमाले छ। कार्यकर्ताले केन्द्रीय नेता तथा सांसदलाई एमसीसीको पक्षमा नउभिन दबाब दिइरहेका छन्। कार्यकर्ताको अभिमतलाई ओलीले बुझेकै छन्। एमसीसीका पक्षमा उभिँदा चुनाव जित्न मुस्किल हुने विश्लेषण गरेर नै ओलीले बोली परिवर्तन गरेका हुन्।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

मंगलबार साँझ प्रधानमन्त्री देउवालाई भेट्न पुगेका ओलीले आफ्नो पूर्वशर्त कायमै राखे। गठबन्धनभित्रबाटै असहयोग भएकाले एमसीसी अनुमोदनमा सहयोग गर्न प्रधानमन्त्रीले आग्रह गरेको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालको भनाइ छ। एमसीसीमा मौनता राखेको एमालेले भने पुरानै माग दोहोर्‍यायो। ‘पार्टीले विगत ६ महिनादेखि जायज मागहरु राखी सदनमा आवाज उठाइरहेको स्मरण गराउँदै ती मागहरु पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने कुरा पुनः स्पष्ट पार्नुभएको छ’, रिजाल भन्छन्।

आफ्नो अडानबाट पछि नहटेका ओलीलाई मनाउनका लागि देउवाले बुधबार बिहान गृहमन्त्री बालकृष्ण खाणलाई बालकोट पठाएका थिए। खाणले ओलीसँग के प्रस्ताव राखे र ओलीले के जवाफ फर्काए, खुलेको छैन।

एमालेको द्वेध चरित्रप्रति कांग्रेसमा थप शंका पैदा भएको छ। सत्तामा हुँदा एमसीसीको पक्षमा देखिएका ओली पारित गर्ने बेलामा पनि पक्षमा देखिनुपर्ने बताउँछन् कांग्रेस प्रवक्ता प्रकाशशरण महत। तत्कालीन नेकपा सरकारले संसद सचिवालयमा एमसीसी सम्झौता दर्ता गर्दा कांग्रेस पक्षमा नै रहेको महतले स्मरण गरे। संसद्‌मा दर्ता गरेको प्रस्तावलाई पारित गरिनुपर्ने निर्णय केन्द्रीय समितिबाट ओली सरकारकै समयमा गरेको उनले सुनाए। 

‘ओलीज्यूले संसद्‌मा दर्ता गरेको एमसीसी पारित गराउने पक्षमै हामी थियौँ। हामी सत्तामा हुँदा एकथरी र सत्तामा नहुँदा अर्कोथरी बोल्दैनौं। सही छ भने सत्तामा हुँदा वा नहुँदा पार्टीलाई फाइदा होस् वा नहोस्, विचार फेर्दैनौं’, महतले भने।

प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८  २०:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा एमालेबाट मधेश प्रदेश सरकारमा सहभागी चार मन्त्रीले शुक्रबार मुख्यमन्त्री यादवसमक्ष राजीनामा बुझाएका हुन्। एमालेका प्रमुख सचेतक हरिनार... शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत सरकारले प्रभावित परिवारलाई अस्थायी बसोबास र जीविकोपार्जनका लागि मासिक राहत उपलब्ध गराउनेदेखि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गर... शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस अध्यादेशभन्दा संसदको सार्वभौम मञ्चबाटै वृहत छलफल गरी कानून निर्माण गर्नु उचित हुने उनको भनाई थियो । शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना: चालकको मृत्यु, दुई जना घाइते शुक्रबार, असोज ३०, २०८३
खुर्कोटमा बस १० मिटर तल खस्यो, ९ जना घाइते शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
अर्थमन्त्री वाग्ले विदेश भ्रमणमा, कम्पनी नवीकरण र दर्ता खारेजीको म्याद थप्ने प्रस्ताव अलपत्र शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्