• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’

64x64
लिलु डुम्रे बुधबार, माघ २६, २०७८  १९:१३
1140x725

काठमाडौं- गत स्थानीय निर्वाचनमा सबैभन्दा विवादित र चर्चामा थियो, भरतपुर महानगरपालिका। कांग्रेस र माओवादी केन्द्रबीच बनेको गठबन्धनकी साझा उम्मेदवार रेणु दाहाललाई जिताउन मतपत्र च्यातिएको कारणले सो महानगरपालिकाको निर्वाचनको अद्यापि चर्चा हुने गर्छ।

मतगणना हुँदै गर्दा दाहाल पराजित हुने स्पष्ट भएपछि माओवादीका कार्यकर्ताले मतपत्र नै च्यातिदिएका थिए। जसकारण वडा नम्बर १९ मा दोस्रोपटक मतदान भएको थियो। त्यसपछि, एमालेबाट मेयरमा उम्मेदवार बनेका देवी ज्ञवाली पराजित भए। दाहाललाई ‘धाँधली’ गरेर जितेको आरोप लाग्यो।

माओवादीले धाँधली भएको आरोप त छँदै थियो। कांग्रेस पनि सहयोगी बनेको आरोप लाग्यो। कतिसम्म भने, कांग्रेस नै बलियो रहेको सो ठाउँमा प्रचण्डकी छोरीलाई जिताउन कांग्रेस ‘सती’ गएको आरोप पनि लाग्यो।

कहिल्यै पनि विचार र सिद्धान्त मिल्न नसक्ने र तालमेल पनि प्राकृतिक नदेखिने भएकाले माओवादी केन्द्रको उम्मेदवारका लागि हँसिया हथौडामा मत खसाल्नुपरेको भन्दै कांग्रेस कार्यकर्ताले चरम असन्तुष्टि पोखेका थिए। अझै पनि पोखिरहेका छन्। अन्य पार्टीका कार्यकर्ताले पनि यस विषयलाई कांग्रेस कार्यकर्ताप्रति हाँसोको विषय बनाउने गरेका छन्।

हुन पनि माओवादी उम्मेदवार दाहाललाई सघाउन देउवाले आफ्ना उम्मेदवार दिनेश कोइरालाको उम्मेदवारी निर्वाचनको १० दिनअघि फिर्ता लिएका थिए। देउवा त्यतिमै रोकिएनन्, वैशाख २८ गते भरतपुरमा कांग्रेस र माओवादी केन्द्रद्वारा आयोजित संयुक्त आमसभालाई सम्बोधन गर्न पुगे। उनीहरु जहाजको एउटै सिटमा बसेर गएको सन्दर्भकोसमेत चर्चा भएको थियो।

आमसभामा सम्बोधन गर्दै देउवाले भनेका थिए- 'पोखरामा हाम्रो मेयरलाई उहाँ (माओवादी)हरुले सहयोग गर्नुभएको छ। यता सहयोग भएन भने उहाँ (पोखरामा) पनि गाह्रो पर्छ। भोलिका दिनमा हाम्रो सँगै जाने अठोट छ। त्यसैले जसले जे भने पनि, भड्काए पनि खासगरी नेपाली कांग्रेसका मतदाता दाजुभाइहरु म हार्दिक अनुरोध गर्न चाहन्छु, जसले जे भने पनि, संयुक्त प्यानल छ, रेणु दाहाल र पार्वती शाहको। त्यसलाई जिताउनुहोला।'

सोही सभामा सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा माओवादी केन्द्र र नेपाली कांग्रेसले नजित्ने छुट नभएको बताएका थिए। थोरै मतले जित्दा जितेको जस्तो नहुने उनको भनाइ थियो। कांग्रेसले उम्मेदवारी फिर्ता गरिदिएको कोइरालालाई सम्बोधन गर्दै उनले भनेका थिए- 'म खासगरी मेयरमा टिकट पाउनुभएका भाइ दिनेश कोइरालालाई भन्न चाहन्छु- तपाईंलाई अलिकति नमीठो पक्कै भयो होला। तर, राष्ट्रको बृहत्तर हितका निम्ति, दुई पार्टीको रणनीतिक साझेदारीका निम्ति र समग्र संविधान कार्यान्वयनको हितको निम्ति तपाईंले गरेको त्याग खेर जाँदैन।'

यो गठबन्धन प्रदेश सभा र प्रतिनिधि सभाको चुनावसम्म पनि टिकेन। २०७४ असोजमै माओवादी केन्द्रले एमालेसँग गठबन्धन घोषणा गर्‍यो। पछि त पार्टी एकता नै गर्‍यो। पछि एकता भत्किएर अहिले कांग्रेस र माओवादी केन्द्रसहितको पाँच दलीय सत्ता गठबन्धन चलिरहेको छ र आगामी स्थानीय निर्वाचनमा पनि चुनावी तालमेल गर्ने चर्चा छ।

Ncell 2
Ncell 2
nimb
nimb

पार्टीभित्र देखिएको आन्तरिक असन्तुष्टिलाई सम्बोधन गर्न यसपटक कांग्रेसले मेयरमा अन्य पार्टीका निम्ति सम्झौता नगर्ने संकेत देखिन्छ। प्रचण्डपुत्री दाहाललाई पुनः साझा उम्मेदवार बनाउन नहुने पक्षमा कांग्रेस छ। रेणुलाई उम्मेदवारबाट ‘रिङ आउट’ गर्न सकिए गठबन्धनबीच आफ्नो पक्षमा तालमेल गर्न सहज हुने कांग्रेसको बुझाइ छ।

रेणुले नै सोही पदमा दाबी गरेमा भने कांग्रेस फेरि दबाबमा पर्नेछ। तसर्थ, सोही पदमा रेणु नभए कांग्रेसले जित्न पनि सक्ने र गठबन्धनको सम्बन्धमा पनि दरार नआउने उसको बुझाइ छ। ‘रेणु मेयरको पदमा फेरि उठ्ने जस्तो देखिन्न। संघमा वा प्रदेश सभाको उम्मेदवार बन्नुहोला,’ कांग्रेसका एक केन्द्रीय नेता भन्छन्, ‘उहाँले दाबी नगरेपछि गठबन्धनबाट कांग्रेसको साझा उम्मेदवार हुन्छन्।’

रेणुले सोही पदमा पुनः दाबी नगर्दा कांग्रेसले एकीकृत समाजवादी र जनता समाजवादीलाई मनाउन गाह्रो छैन। गठबन्धनका पाँचै दलको समर्थनमा कांग्रेसबाट मेयरको उम्मेदवार बनाउने तयारीमा कांग्रेस छ। गठबन्धनका अन्य दलभन्दा बलियो भएकाले प्रमुख पदमा कांग्रेसले दाबी गर्नु स्वाभाविक रहेको भरतपुर महानगरका कांग्रेस सभापति चित्रसेन अधिकारी बताउँछन्। ‘गठबन्धनबाट भरतपुर महानगरको प्रमुखको उम्मेदवार कांग्रेसबाट हुने सुनेको छु,’ उनले भने।

स्थानीय तहका कांग्रेस नेता कार्यकर्ता यतिबेला पार्टी केन्द्रको निर्णयको प्रतीक्षामा छन्। गत निर्वाचनमा देखिएको असन्तुष्टिलाई सम्बोधन हुने अपेक्षा उनीहरुमा छ। २१ नम्बर वडाका अध्यक्षसमेत रहेका अधिकारी भन्छन्, ‘तालमेलका लागि केन्द्रले के निर्णय गर्छ। हामीले केन्द्रले गरेको निर्णय पछ्याउने हो।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

२०७४ सालमा खसेको मतलाई विश्लेषण गर्दा प्रमुख पदमा कांग्रेस बलियो भएको देखिन्छ। कांग्रेसबाट उपप्रमुख बनेर विजयी पार्वती शाह ठकुरीले ४७ हजार १९७ प्राप्त गरेकी थिइन्। जबकि, कांग्रेसले समर्थन गरेर विजयी भएकी माओवादी उम्मेदवार दाहालले प्रमुखमा ४३ हजार १२७ मत ल्याएकी थिइन्। ठकुरीलाई प्राप्त भएअनुसारकै मत दाहालले नपाउनुले कांग्रेसका मतदाताका सबै भोट मेयरलाई गएको देखिन्न। मेयरमा पराजित एमालेका उम्मेदवार ज्ञवालीले ४२ हजार ९२४ मत ल्याएका थिए। दाहालले झिनो अन्तरले जित निकालेकी थिइन्। प्रमुखका दुई उम्मेदवार बीचको अन्तरमात्रै २०३ थियो।

एमाले विभाजनपश्चात् कांग्रेस चितवनमा सर्वाधिक बलियो रहेको बुझाइ छ। एकीकृत समाजवादीका भरतपुर महानगरका अध्यक्ष विष्णुराज महतो जिल्लामा कांग्रेस पहिलो पार्टी बनेको बताउँछन्। ‘चितवनमा एमाले बलियो पार्टी होइन। अब कांग्रेस बलियो छ। तालमेल भयो भने नतिजा सबै गठबन्धनको पक्षमा आउँछ,’ महतोले भने।

नयाँ दल एकीकृत समाजवादी संगठन विस्तारकै क्रममा छ। शक्ति तुलनात्मक रुपमा कमजोर रहेकाले महानगरको प्रमुख पदमा दाबी गर्ने पक्षमा एकीकृत समाजवादी देखिँदैन। महानगरका २० वटा वडामा उक्त दलले संगठन विस्तार गरिरहेको छ।

माओवादी केन्द्रले गत निर्वाचनमा भरतपुरमा मेयरसहित तीन वडाका अध्यक्ष जितेको थियो। एमालेले १९ र कांग्रेसले १० वडामा जित निकालेका थिए। माओवादी केन्द्रले आफ्नो शक्ति कमजोर नभएको जिकिर गरेको छ। तालमेल गर्दा भरतपुरमा जित निकाल्न अन्यलाई भन्दा कांग्रेसलाई सहज हुने बुझाइ माओवादी केन्द्रको पनि छ। तर, गत निर्वाचनमा भन्दा यसपटकको गठजोड बृहत् हुँदा माओवादीले आफ्नो दाबी भने छोड्ने पक्षमा छैन। वडा १३ मा माओवादी केन्द्रबाट विजयी अध्यक्ष प्रकाश दवाडी मेयरमा दाहाललाई मत दिएर कांग्रेस कार्यकर्ता बेखुसी रहेको सुन्न तयार छैनन्। ‘केहीले चित्त दुखाएका होलान्। माओवादी मेयर भएर धेरैजना खुसी नै छन्,’ दवाडी भन्छन्।

जिल्लाका आठ स्थानीय तहलाई एकमुष्ट रुपमा तालमेल गर्न उपयुक्त हुने माओवादी केन्द्रको धारणा छ। समग्रतामा तालमेल गर्दा भरतपुर मेयरमा माओवादीले दाबी गर्नु स्वाभाविक हुने दवाडीको मत छ। पूर्वाधारका क्षेत्रमा उल्लेखनीय कार्य माओवादीबाट भएको दाबी उक्त दलको छ। आफ्नो दल प्रचार गर्न कमजोर रहेकाले जस धेरै लिन नसकेको दवाडीले बताए। जिल्लामा आफ्नो दल कमजोर नरहेको उनको जिकिर छ।

गत निर्वाचनमा १३ नम्बर वडामा अध्यक्षसहित सदस्य पनि माओवादीबाट विजयी भएका थिए। वडा नम्बर २५ र २६ मा अध्यक्षमात्रै उक्त दलले जितेको थियो। फेरि पनि जित्न सकिनेमा माओवादी ढुक्क रहेका वडामा १३ र २५ हो। २६ मा जित्न नसके त्यसको पूर्ति वडा २४ बाट हुने माओवादीको दाबी छ।

गत निर्वाचनमा मेयर तथा उपमेयरमा तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी थियो। उक्त दल हाल विभाजित छ। राप्रपासँग तालमेल हुने सम्भावना एमालेको छ। बद्रीनाथ तिमिल्सिनाले मेयरमा राप्रपाबाट मेयरमा ६ हजार ८४२ मत ल्याएका थिए। सोही दलबाट रिना गुरुङले उपप्रमुखमा ७ हजार २५२ मत प्राप्त गरेकी थिइन्।

सोमबारमात्रै वैशाख ३० मा निर्वाचन हुने मिति तोकिएकाले गठबन्धनका दलबीच स्थानीय तहमा तालमेलका विषयमा छलफल गर्ने क्रम थपिने जिल्ला नेताहरुले बताएका छन्।

गत निर्वाचनमा प्राप्त मत

प्रमुख
रेणु दाहाल (नेकपा माओवादी केन्द्र) - ४३१२७ (विजयी)
देवीप्रसाद ज्ञवाली (नेकपा एमाले) - ४२९२४
बद्रीनाथ तिमिल्सिना (राष्ट्रिय प्रजातन्त्र पार्टी) - ६८४२

उपप्रमुख
पार्वती शाह ठकुरी (नेपाली कांग्रेस) - ४७१९७ (विजयी)
दिव्य शर्मा (नेकपा एमाले) - ३९५२५
रिना गुरुङ (राष्ट्रिय प्रजातन्त्र पार्टी) - ७२५२

प्रकाशित मिति: बुधबार, माघ २६, २०७८  १९:१३
  • #स्थानीय_तहको_निर्वाचन_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्