काठमाडौं– सरकारले अमेरिकी सहायता परियोजना, मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता प्रतिनिधि सभाबाट अनुमोदन गर्ने भएको छ। जसका लागि आइतबार बेलुका बसेको मन्त्रिपरिषल् बैठक १२ बुँदे व्याख्यात्मक घोषणा पारित गरेको छ।
संसद् भवन नयाँ बानेश्वरमा मन्त्रिपरिषद् बैठक बसेको थियो। मन्त्रिपरिषद्ले पारित गरेका बुँदालाई आजै बस्ने प्रतिनिधि सभा बैठकबाट एमसीसीसँगै अनुमोदन गराइनेछ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोन गराउन सहमत भएपछि सरकारले प्रक्रिया अघि बढाएको हो।
यद्यपि, यी दुई दलका केही सांसदहरूले असन्तुष्टि जनाएका छन्। कतिले मतदानमा उपस्थित नहुने र उपस्थित हुँदा पनि विपक्षमा मतदान गर्ने आफ्नो पार्टीको संसदीय दललाई जानकारी गराइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।