काठमाडौं – बैंकिङ कसूरमा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले उनलाई पक्राउ गरेको एसएसी शिवकुमार श्रेष्ठले जानकारी दिए।
प्रभु बैंक लिमिटेडलाई हानी नोक्सानी पुर्याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौं कर्जा प्रवाह गरी दुरुपयोग गरेको आरोप उनीमाथि छ।
उनलाई आज ललितपुरको जावलाखेल मनिमण्डलबाट पक्राउ गरिको हो।
यसअघि सोही प्रकरणमा प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचनसहित तीन जनालाई पक्राउ गरिसकेको थियो।
उनीहरूमाथि सिआइबीले बैंकिङ कसुर ऐन अनुसार म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।