काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा सुदूरपश्चिम रोयल्समाथि शानदार जित निकाल्दै विराटनगर किंग्स क्वालिफायरमा प्रवेश गरेको छ ।
सुदूरपश्चिमलाई ११.५ ओभरमा हराएपछि दोस्रो स्थानमा उक्लेको विराटनगरले पहिलो क्वालिफायरमा स्थान बनाएको हो। सुदूरपश्चिमले दिएको एक सय ४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमा चार विकेटको क्षतिमा भेट्टायो।
लगातार ६ खेलमा अपराजित रहेको सुदूरपश्चिमले लिग चरणको अन्तिम खेलमा आएर हार भोगेको छ।
विराटनगरका लागि ओपनरद्वय फाफ डु फ्लेसिस र साम हेजलेटले क्रमश ५० र ५१ रनको योगदान दिए। मार्टिन गुप्टिल २२ रन र बसिर अहमद ८ रनमा आउट भए। प्रतिश जिसि १३ र लोकेश बम ३ रनमा अविजित रहे।
बलिङमा सुदूरपश्चिमका लागि अविनश बोहराले २ तथा हर्मित सिंहले १ विकेट लिए।
त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो । सुदूरपश्चिमका लागि आरिफ शेखले अविजित सर्वाधिक ४५ रन बनाए । विनोद भण्डारी १५, जोश ब्राउन २४, इसान पाण्डे ३८, हर्मित सिंह ०, कप्तान दीपेन्द्रसिंह ऐरी १९ र दीपक बोहरा ३ रनमा आउट भए ।
बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । प्रतिश जिसीले दुई तथा बसिर अहमदले एक विकेट लिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।