हेटौंडा– सडक डिभिजन हेटौंडाले शनिबार बिहान झिसमिसेमै सडक विस्तार कार्यको सुरूवात गरेको छ ।
१५ दिनको अल्टिमेटम शुक्रबार सकिएसँगै आज बिहान ५ बजे बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौंडाले रेखाङ्कभित्र परेका संरचना भत्काउन थालेको हो ।
हेटौंडाको बुद्धचोकस्थित खाली घर भत्काउने कार्य जारी छ ।सडक विस्तारमा ५ सय सुरक्षाकर्मी र १० भन्दा धेरै डोजर परिचालन भएको छ भने १५ भन्दा बढी घर भत्किसकेका छन् ।
सडक डिभिजनले बजार क्षेत्रका अरू ठाउँमा पनि डोजर चलाउन सुरू गरिसकेका छ । ३/४ ठाउँबाट एकैपटक विस्तार कार्य सुरू गरिएको डिभिजनले जनाएको छ ।
सडक डिभिजनले गत ५ मंसिरमा महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्मको सडक सीमा २५/२५ गज (७५/७५ फिट) विस्तारका लागि भन्दै सडक सीमाभित्रका घरटहरा, संरचना हटाउन १५ दिने अल्टिमेटम दिँदै सूचना निकालेको थियो । उक्त अल्टिमेटमको अन्तिम दिन शुक्रबार थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।