काठमाडौं– नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ।
कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ।
मधेश प्रदेशका ८ जिल्लासहित १६ जिल्लाको अधिवेशन माघ १५ गतेका लागि तय गरिएको थियो। कोरोना संक्रमण घटेर जनजीवन सामान्य बनेपछि ति जिल्लाको अधिवेशनको मिति तोकिने समितिले विज्ञप्तिमार्फत् जनाएको छ।
सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, कैलाली, बाँके,अछाम र नवलपुरको अधिवेशन हुन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।