complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
'नयाँ' एमाले–११

केपी ओलीका कमजोरी होलान्, तर एमालेको आवश्यकता ओली नै हो : ईश्वर पोखरेल [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बिहीबार, मंसिर २, २०७८  १८:४३
1140x725

नेकपा एमाले १०औं राष्ट्रिय महाधिवेशनको संघारमा छ। यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनबाट आउने नेतृत्वको विषयमा अहिले आमचासो बढिरहेको छ। तर, नेतृत्व चयनका लागि मात्रै हुँदै गरेको महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओली दोहोरिने निश्चित देखिएको भए पनि अन्य पदहरुमा दाबी विरोध सुनिँदैन। पार्टीका नेताहरुले ओली नै अध्यक्ष दोहोरिने निर्धक्कसँग भन्न सक्छन्, तर आफ्नो चाहना भन्न सक्दैनन्। दुई कार्यकाल महासचिवको जिम्मेवारी पूरा गरिसकेका ईश्वर पोखरेलसँग नेपाल लाइभले महाधिवेशनको विषयमा  गरेको कुराकानी:

दुई कार्यकाल महासचिव रहनुभयो। आफ्नो आत्ममूल्यांकन कस्तो रह्यो?
महासचिव हुँदा मैले पार्टीमा आफूले सकेको योगदान गरेँ। महासचिव भएका बेलामा मैले गरेका कामहरुको झल्को मलाई आइरहेको छ। दुई पटक भइहालेँ, अब तेस्रो पटक हुने कुरा भएन। विधानको व्यवस्था पनि त्यो होइन। रुचि पनि हुँदैन।

मैले मेरो इमान र योग्यता अनुसार काम गरेँ। इमान चुकाइनँ। मेरो योग्यता भने धेरथोर हुनसक्छ। तर, जति योग्यता छ, त्यसका साथ मैले काम गरेँ। म शीर ठाडो पारेर भन्न सक्छु, इमान र योग्यताका साथ मैले काम गरेको हो। मेरो इमानमा खोट लगाउन सकिँदैन। योग्यता त धेरथोर हुनसक्छ। व्यवस्थापकीय कुशलता धेरथोर हुनसक्छ। महासचिव हुँदा म देशका प्रायः सबै ठाउँमा पुगेको छु। सबै ठाउँमा संगठन निर्माणमा सक्रियता देखाएको छु। मेरै पालामा माधव नेपाल, झलनाथ खनाल र केपी ओली प्रधानमन्त्री हुनुभयो। माधव नेपाल प्रधानमन्त्री हुँदा मलाई गृहमन्त्री बन्न प्रस्ताव गर्नुभएको थियो। तर, मैले मानिनँ। मैले पार्टी चलाउनुपर्छ भनेँ। त्यसैले पनि म आफ्नो कामप्रति गर्व गर्छु। कुनै खेदजनक कुरा र दुःख लाग्ने कुरा गरेको छैन।

नेकपा गठन हुँदा महसचिव बनाइनुभएन। तपाईं माओवादीसँगको एकताको पक्षमा नभएकाले त्यसो भएको भन्ने आम बुझाइ छ। त्यस्तै हो?
कतिपय प्रश्नको उत्तर भविष्यले बताउँदै जान्छ। अहिले नै सबै कुराको उत्तर किन दिइरहनु! तर, तपाईंहरुलाई जानकारी होस्, म एमाले र माओवादी मिलेर चुनाव लड्नुपर्छ भन्ने कुराको विपक्षी होइन। २०७४ सालको निर्वाचनमा म दुवै पार्टीका साझा उम्मेदवार तय गर्ने कार्यदलको संयोजक थिएँ। हामीले सहमतिमै धेरै कुरा टुंग्याएका थियौं। मेरो विमति हुन्थ्यो भने म त्यहाँ बस्दिनँ थिएँ नि। मेरो भनाइ कति मात्रै हो भने, माओवादी र एमालेबीचको एकता त राम्रो कुरा हो। कार्यकर्ताले चाहन्छन्, पार्टी एक होस्। जनताले चाहन्छन्, कम्युनिस्ट पार्टी एक होउन्। र, राजनीतिक स्थिरताका लागि जनपक्षीय शक्ति एक हुने कुरा राम्रो थियो। तर, राम्रो कुरा राम्रो तरिकाले गर्नुपर्ने, राम्रो तरिकाले भएन कि भन्ने मेरो कुरा थियो। विचारमा राम्रो ढंगले राँटो मिलाइएन कि। संगठनको मामलामा राँटो छोडियो कि। नेतृत्व निर्माण गर्ने कुरामा राँटो छाडियो कि। यस्ता कुरा मलाई परेको हो। म अहिले पनि त्यसमा कायम छु। विचारमा राँटो छाडेर, संगठनमा राँटो छाडेर, नेतृत्वको विषयमा राँटो छोडेर पार्टी एकता गर्ने कुरा होइन। काम राम्रो भए पनि तरिका राम्रो भएन भने नोक्सान हुन्छ भन्ने कुरा मलाई परेकै हो।

पार्टीमा तपाईंको लामो अनुभव छ। विधानले तपाईंलाई तेस्रो पटक महासचिव हुन दिँदैन। तपाईंको अनुभवलाई एमालेको अब कुन पदले उपभोग गर्न पाउला?
ठ्याक्कै तय भएको छैन। हामी सल्लाह र परामर्श गर्छौं। पार्टीमा मलाई कहाँ राख्दा उपयुक्त हुन्छु, मैले त्यही सोच्नुपर्छ। म पार्टी, आन्दोलन, देश र जनताको लागि अधिकतम उपयोग हुनुपर्छ भन्ने मान्छे हुँ। म पार्टी अध्यक्षसँग सल्लाह गर्छु, अन्य साथीहरुसँग पनि सल्लाह गर्छु।

जहाँसम्म हिजोसम्म महासचिव थियौ, अब अध्यक्ष किन भएनौ? भनेर आउने प्रश्न छ। आजको राष्ट्रिय राजनीतिले केपी ओली नै एमालेको अबको पनि अध्यक्ष हो भन्ने कुरा निर्देशित गर्‍यो। हामी त्यसलाई बुझ्छौं। किनभने, राष्ट्रिय राजनीति दुई ध्रुवमा ध्रुवीकरण भएको छ। एउटा पोलमा एमाले छ। जसको नेता केपी ओली हो। राजनीतिक स्थायित्व, राष्ट्रिय समृद्धि र विकास, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता, सामाजिक सद्भाव कायम हुनुपर्छ र अराजकता अन्त्य हुनुपर्छ, देश विकासको सपनाको अजेन्डा लिएर एमाले उभिएको छ। अर्कोतिर संविधान विपरीत, कानुन विपरीत, मूल्य मान्यता विपरीत, विचार नमिल्नेहरुको स्वार्थ प्रेरित गठबन्धन छ। 

अबको महाधिवेशनबाट केपी ओली नै अध्यक्ष हुने कुरामा शंका भएन। कतिपयले आफू पनि अध्यक्षको उम्मेदवार हुने घोषणा गरिसकेको सन्दर्भमा उहाँ निर्विरोध अध्यक्ष हुनुहुन्छ कि प्रतिस्पर्धाबाट अध्यक्ष चुनिनुहुन्छ?
यसमा २ वटा उत्तर छन्। मेरो 'जनरल एजम्सन' के छ भने केपी ओली आफ्नो रहरले मात्रै होइन, अनेक जटिलतासँग जुध्दै अगाडि बढ्नुभयो, त्यसले पनि केपी ओली अहिलेको आवश्यकता हो। त्यो आवश्यकतालाई केपी ओलीले पनि बुझ्नुपर्छ, हामी सबैले पनि बुझ्नुपर्छ। केपी ओलीको कति कमजोरी छन् भन्ने नाममा अहिलेको आवश्यकतालाई नबुझ्नु बुद्धिमानी होइन। अर्को कुरा, महाधिवेशन सर्वोच्च निकाय हो। सर्वोच्च संस्था हो। त्यसलाई आफ्नो नेतृत्व चयन गर्ने अधिकार छ। त्यसमा कसैलाई 'खबरदार! तिमी उठ्न पाउँदैनौं' भन्न पाइँदैन। त्यसैले ओली अहिले एमालेको मात्रै होइन, राष्ट्रिय आवश्यकता हो। उहाँ एउटा ध्रुवको नेतृत्व भएर उभिनै पर्छ। महाधिवेशनमा योग्यता पुगेको जोकसैले उठ्छु भन्ने कुरालाई अस्वीकार गर्न पाइँदैन। तर मलाई लाग्छ, केपी ओली अध्यक्षमा उठ्नुहुन्छ। अरुले उम्मेदवारी दिनुहुन्छ होला जस्तो लाग्दैन।

Ncell 2
Ncell 2
nimb
nimb

सहमतिको महाधिवेशन भन्दै हुनुहुन्छ। अध्यक्षमा केपी ओली दोहोरिनेमा शंका रहेन। पदाधिकारीको व्यवस्थापन कसरी हुन्छ?
यसमा 'क्लियर' कुरा छ। हामीले विधान सर्वसम्मतिले पारित गरेका छौं। १५ जना पदाधिकारी रहने विधानको किटानी व्यवस्था हो। हामी त्यसभित्र समेटिन बाध्य छौं। त्यसका लागि हामी साथीहरु अध्यक्षसहित बसेर सल्लाह गर्छौं। विधानको व्यवस्था, आवश्यकता, योग्यता राख्ने साथीहरु, चाहना राख्ने साथीहरुको संख्याको आधारमा छलफल गर्छौं। छलफलबाटै निकास निकाल्छौं।

१० बुँदे सहमति गरेर आएका नेताहरु किनारामा पर्ने हुन् कि भन्ने चर्चा भइरहेको छ। पदाधिकारीमा व्यवस्थापन मिलाउँदा उनीहरु पनि समेटिन्छन् कि समेटिँदैनन्?
यसमा कसैले संत्रस्त हुनै पर्दैन। हामीले भनेकै छौं, पार्टीभित्र असमझदारी र समस्याहरु पैदा भए। विभिन्न नेताहरुको विभिन्न पोजिसन पनि रह्यो होला। तर, हामीले एकदम प्रष्टसित, सर्वसम्मतिले भनेका छौं, पार्टी एकताको पक्षमा रहने, विभाजनको विपक्षमा रहने, क्रियाशील हुने जोसुकै साथीहरुलाई पनि समेटेर जानुपर्छ। हाम्रो अडान त्यही हो। यो पार्टी, आन्दोलन, मुलुकको हितमा भनेको हो। हिजो कसले के गर्‍यो  भन्नेतिर जानुहुँदैन। सबैलाई समेटेर लिएर जानुपर्छ भन्ने हाम्रो कुरा छ। अर्को कुरा, विधानको जुन व्यवस्था छ, त्यसलाई हेक्का राख्नुपर्‍यो। सहमति र सल्लाहबाट हामीले निष्कर्ष निकाल्नुपर्‍यो। को–को साथी रहँदा उचित हुन्छ, त्यस विषयमा सल्लाह गर्दा निकास निस्किन्छ। हामी जुन खालको परिस्थितिमा छौं, जस्तो मानसिकतामा छौं, त्यसबाट हामीले समाधान निकाल्छौं। एमालेको लागि कुनै समस्या छैन, सहमतिबाटै हामी नेतृत्व चयन गर्छौं। खासगरी पदाधिकारीको हकमा सरसल्लाहबाट निष्कर्षमा पुग्छौं। यसको अर्थ लोकतान्त्रिक अभ्यासलाई हतोत्साहित गर्छौं भन्ने होइन। हामी सहमतिबाटै निचोडमा पुग्छौं भन्नेमा तपाईंहरु ढुक्क हुनुभए हुन्छ।

वडादेखि महाधिवेशन प्रतिनिधि छनौटसम्मका प्रक्रियामा सहमति अपनाउँदा कतिपय ठाउँमा लोकतान्त्रिक अधिकार हनन भयो। निर्वाचन हुँदा जित्थेँ भन्नेहरुलाई पनि सहमतिका नाममा रोकियो भन्ने असन्तुष्टि पनि सार्वजनिक भइरहेको छ। यसको उत्तर एमालेले कसरी दिन्छ?
यसमा उत्तर नै दिनुपर्दैन। किनभने सहमति र समझदारी गर्नुस् भनिएको हो। त्यो भएन भने प्रतिस्पर्धा गर्न पाइन्छ। कति ठाउँमा भयो नि त। झापामै भएको थियो। प्रतिस्पर्धा हुँदा प्रदेशको पूर्वमन्त्री हार्नुभयो भनेर समाचार नै आएको थियो। भरसक समझदारी गर्नुस्, अधिकतम कोसिस गर्नुस्, त्यसो हुन सकेन भने प्रतिस्पर्धा गर्ने अधिकारलाई कसले कटौती गरेको छ र? वरिष्ठहरुले रोक्ने भनेको डन्डा देखाएर रोक्ने होइन। अर्को कुरा, हामीले हेर्ने के? एउटा रुख हेर्ने कि सम्पूर्ण जंगल हेर्ने? रुख हेरेर धारणा बनाउनुहुँदैन। समग्रतामा र सम्पूर्णतामा हेर्नुपर्यो । अंश हेरेर धारणा बनाउनुहुँदैन। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मंसिर ९ गते अगाडि र मंसिर १३ गते पछाडिको एमालेमा के फरक हुन्छ?
हामी एउटा नयाँ समझदारी र नयाँ उचाइमा पुग्छौं। नयाँ समझदारीका साथ अगाडि बढ्ने संकल्प बोकेको एमाले हुनेछ। १३ गते राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका खेल्नको लागि विचारमा थप स्पष्टता, संगठन थप सुदृढ, नेतृत्वमा थप समझदारी र एकता भएको एमाले हुन्छ।

यस श‍ृंखलाका अन्य सामग्रीहरू पढ्नुहोस्:

  • नेम्वाङका लागि दाहिने फर्किएलान् ओली?

  • एमालेका १० नेताको समूह : महाधिवेशनको मुखमा तितरबितर  

  • एकताकै निरन्तरता भएकाले हाम्रो व्यवस्थापनमा अप्ठ्यारो हुँदैन : लेखराज भट्ट [अन्तर्वार्ता]

  • को बन्ला एमालेको महासचिव?

  • कस्तो होला ‘ओली प्राधिकार’ एमाले?

  • वरिष्ठ उपाध्यक्ष : ईश्वर पोखरेललाई सिर्जना गरिएको पद!

  • एक्लै दौडेर विजेता हुने तरखरमा ओली  

  • ओलीलाई सर्वसम्मत अध्यक्ष बन्नबाट कसले रोक्ला? 

  • महाधिवेशनपछि कसरी होला माओवादी छाडेर आएका नेताहरूको व्यवस्थापन? 

  • जालझेल गरेर कसैलाई थन्क्याउने, कसैलाई हुक लगाएर माथि तान्ने काम नहोस् : ज्ञवाली [अन्तर्वार्ता]

प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७८  १८:४३
  • #एमाले_दशौं_राष्ट्रिय_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह बिहीबार, असोज २९, २०८३
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका बिहीबार, असोज २९, २०८३
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो बिहीबार, असोज २९, २०८३
दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली बिहीबार, असोज २९, २०८३
विपद्पछिको पुनरुत्थानमा सहयोग गर्न एडीबीलाई अर्थमन्त्री वाग्लेको आग्रह बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्