• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस ३, २०८२ Thu, Dec 18, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
'नयाँ' एमाले–११

केपी ओलीका कमजोरी होलान्, तर एमालेको आवश्यकता ओली नै हो : ईश्वर पोखरेल [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बिहीबार, मंसिर २, २०७८  १८:४३
1140x725

नेकपा एमाले १०औं राष्ट्रिय महाधिवेशनको संघारमा छ। यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनबाट आउने नेतृत्वको विषयमा अहिले आमचासो बढिरहेको छ। तर, नेतृत्व चयनका लागि मात्रै हुँदै गरेको महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओली दोहोरिने निश्चित देखिएको भए पनि अन्य पदहरुमा दाबी विरोध सुनिँदैन। पार्टीका नेताहरुले ओली नै अध्यक्ष दोहोरिने निर्धक्कसँग भन्न सक्छन्, तर आफ्नो चाहना भन्न सक्दैनन्। दुई कार्यकाल महासचिवको जिम्मेवारी पूरा गरिसकेका ईश्वर पोखरेलसँग नेपाल लाइभले महाधिवेशनको विषयमा  गरेको कुराकानी:

दुई कार्यकाल महासचिव रहनुभयो। आफ्नो आत्ममूल्यांकन कस्तो रह्यो?
महासचिव हुँदा मैले पार्टीमा आफूले सकेको योगदान गरेँ। महासचिव भएका बेलामा मैले गरेका कामहरुको झल्को मलाई आइरहेको छ। दुई पटक भइहालेँ, अब तेस्रो पटक हुने कुरा भएन। विधानको व्यवस्था पनि त्यो होइन। रुचि पनि हुँदैन।

मैले मेरो इमान र योग्यता अनुसार काम गरेँ। इमान चुकाइनँ। मेरो योग्यता भने धेरथोर हुनसक्छ। तर, जति योग्यता छ, त्यसका साथ मैले काम गरेँ। म शीर ठाडो पारेर भन्न सक्छु, इमान र योग्यताका साथ मैले काम गरेको हो। मेरो इमानमा खोट लगाउन सकिँदैन। योग्यता त धेरथोर हुनसक्छ। व्यवस्थापकीय कुशलता धेरथोर हुनसक्छ। महासचिव हुँदा म देशका प्रायः सबै ठाउँमा पुगेको छु। सबै ठाउँमा संगठन निर्माणमा सक्रियता देखाएको छु। मेरै पालामा माधव नेपाल, झलनाथ खनाल र केपी ओली प्रधानमन्त्री हुनुभयो। माधव नेपाल प्रधानमन्त्री हुँदा मलाई गृहमन्त्री बन्न प्रस्ताव गर्नुभएको थियो। तर, मैले मानिनँ। मैले पार्टी चलाउनुपर्छ भनेँ। त्यसैले पनि म आफ्नो कामप्रति गर्व गर्छु। कुनै खेदजनक कुरा र दुःख लाग्ने कुरा गरेको छैन।

नेकपा गठन हुँदा महसचिव बनाइनुभएन। तपाईं माओवादीसँगको एकताको पक्षमा नभएकाले त्यसो भएको भन्ने आम बुझाइ छ। त्यस्तै हो?
कतिपय प्रश्नको उत्तर भविष्यले बताउँदै जान्छ। अहिले नै सबै कुराको उत्तर किन दिइरहनु! तर, तपाईंहरुलाई जानकारी होस्, म एमाले र माओवादी मिलेर चुनाव लड्नुपर्छ भन्ने कुराको विपक्षी होइन। २०७४ सालको निर्वाचनमा म दुवै पार्टीका साझा उम्मेदवार तय गर्ने कार्यदलको संयोजक थिएँ। हामीले सहमतिमै धेरै कुरा टुंग्याएका थियौं। मेरो विमति हुन्थ्यो भने म त्यहाँ बस्दिनँ थिएँ नि। मेरो भनाइ कति मात्रै हो भने, माओवादी र एमालेबीचको एकता त राम्रो कुरा हो। कार्यकर्ताले चाहन्छन्, पार्टी एक होस्। जनताले चाहन्छन्, कम्युनिस्ट पार्टी एक होउन्। र, राजनीतिक स्थिरताका लागि जनपक्षीय शक्ति एक हुने कुरा राम्रो थियो। तर, राम्रो कुरा राम्रो तरिकाले गर्नुपर्ने, राम्रो तरिकाले भएन कि भन्ने मेरो कुरा थियो। विचारमा राम्रो ढंगले राँटो मिलाइएन कि। संगठनको मामलामा राँटो छोडियो कि। नेतृत्व निर्माण गर्ने कुरामा राँटो छाडियो कि। यस्ता कुरा मलाई परेको हो। म अहिले पनि त्यसमा कायम छु। विचारमा राँटो छाडेर, संगठनमा राँटो छाडेर, नेतृत्वको विषयमा राँटो छोडेर पार्टी एकता गर्ने कुरा होइन। काम राम्रो भए पनि तरिका राम्रो भएन भने नोक्सान हुन्छ भन्ने कुरा मलाई परेकै हो।

पार्टीमा तपाईंको लामो अनुभव छ। विधानले तपाईंलाई तेस्रो पटक महासचिव हुन दिँदैन। तपाईंको अनुभवलाई एमालेको अब कुन पदले उपभोग गर्न पाउला?
ठ्याक्कै तय भएको छैन। हामी सल्लाह र परामर्श गर्छौं। पार्टीमा मलाई कहाँ राख्दा उपयुक्त हुन्छु, मैले त्यही सोच्नुपर्छ। म पार्टी, आन्दोलन, देश र जनताको लागि अधिकतम उपयोग हुनुपर्छ भन्ने मान्छे हुँ। म पार्टी अध्यक्षसँग सल्लाह गर्छु, अन्य साथीहरुसँग पनि सल्लाह गर्छु।

जहाँसम्म हिजोसम्म महासचिव थियौ, अब अध्यक्ष किन भएनौ? भनेर आउने प्रश्न छ। आजको राष्ट्रिय राजनीतिले केपी ओली नै एमालेको अबको पनि अध्यक्ष हो भन्ने कुरा निर्देशित गर्‍यो। हामी त्यसलाई बुझ्छौं। किनभने, राष्ट्रिय राजनीति दुई ध्रुवमा ध्रुवीकरण भएको छ। एउटा पोलमा एमाले छ। जसको नेता केपी ओली हो। राजनीतिक स्थायित्व, राष्ट्रिय समृद्धि र विकास, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता, सामाजिक सद्भाव कायम हुनुपर्छ र अराजकता अन्त्य हुनुपर्छ, देश विकासको सपनाको अजेन्डा लिएर एमाले उभिएको छ। अर्कोतिर संविधान विपरीत, कानुन विपरीत, मूल्य मान्यता विपरीत, विचार नमिल्नेहरुको स्वार्थ प्रेरित गठबन्धन छ। 

अबको महाधिवेशनबाट केपी ओली नै अध्यक्ष हुने कुरामा शंका भएन। कतिपयले आफू पनि अध्यक्षको उम्मेदवार हुने घोषणा गरिसकेको सन्दर्भमा उहाँ निर्विरोध अध्यक्ष हुनुहुन्छ कि प्रतिस्पर्धाबाट अध्यक्ष चुनिनुहुन्छ?
यसमा २ वटा उत्तर छन्। मेरो 'जनरल एजम्सन' के छ भने केपी ओली आफ्नो रहरले मात्रै होइन, अनेक जटिलतासँग जुध्दै अगाडि बढ्नुभयो, त्यसले पनि केपी ओली अहिलेको आवश्यकता हो। त्यो आवश्यकतालाई केपी ओलीले पनि बुझ्नुपर्छ, हामी सबैले पनि बुझ्नुपर्छ। केपी ओलीको कति कमजोरी छन् भन्ने नाममा अहिलेको आवश्यकतालाई नबुझ्नु बुद्धिमानी होइन। अर्को कुरा, महाधिवेशन सर्वोच्च निकाय हो। सर्वोच्च संस्था हो। त्यसलाई आफ्नो नेतृत्व चयन गर्ने अधिकार छ। त्यसमा कसैलाई 'खबरदार! तिमी उठ्न पाउँदैनौं' भन्न पाइँदैन। त्यसैले ओली अहिले एमालेको मात्रै होइन, राष्ट्रिय आवश्यकता हो। उहाँ एउटा ध्रुवको नेतृत्व भएर उभिनै पर्छ। महाधिवेशनमा योग्यता पुगेको जोकसैले उठ्छु भन्ने कुरालाई अस्वीकार गर्न पाइँदैन। तर मलाई लाग्छ, केपी ओली अध्यक्षमा उठ्नुहुन्छ। अरुले उम्मेदवारी दिनुहुन्छ होला जस्तो लाग्दैन।

Ncell 2
Ncell 2

सहमतिको महाधिवेशन भन्दै हुनुहुन्छ। अध्यक्षमा केपी ओली दोहोरिनेमा शंका रहेन। पदाधिकारीको व्यवस्थापन कसरी हुन्छ?
यसमा 'क्लियर' कुरा छ। हामीले विधान सर्वसम्मतिले पारित गरेका छौं। १५ जना पदाधिकारी रहने विधानको किटानी व्यवस्था हो। हामी त्यसभित्र समेटिन बाध्य छौं। त्यसका लागि हामी साथीहरु अध्यक्षसहित बसेर सल्लाह गर्छौं। विधानको व्यवस्था, आवश्यकता, योग्यता राख्ने साथीहरु, चाहना राख्ने साथीहरुको संख्याको आधारमा छलफल गर्छौं। छलफलबाटै निकास निकाल्छौं।

१० बुँदे सहमति गरेर आएका नेताहरु किनारामा पर्ने हुन् कि भन्ने चर्चा भइरहेको छ। पदाधिकारीमा व्यवस्थापन मिलाउँदा उनीहरु पनि समेटिन्छन् कि समेटिँदैनन्?
यसमा कसैले संत्रस्त हुनै पर्दैन। हामीले भनेकै छौं, पार्टीभित्र असमझदारी र समस्याहरु पैदा भए। विभिन्न नेताहरुको विभिन्न पोजिसन पनि रह्यो होला। तर, हामीले एकदम प्रष्टसित, सर्वसम्मतिले भनेका छौं, पार्टी एकताको पक्षमा रहने, विभाजनको विपक्षमा रहने, क्रियाशील हुने जोसुकै साथीहरुलाई पनि समेटेर जानुपर्छ। हाम्रो अडान त्यही हो। यो पार्टी, आन्दोलन, मुलुकको हितमा भनेको हो। हिजो कसले के गर्‍यो  भन्नेतिर जानुहुँदैन। सबैलाई समेटेर लिएर जानुपर्छ भन्ने हाम्रो कुरा छ। अर्को कुरा, विधानको जुन व्यवस्था छ, त्यसलाई हेक्का राख्नुपर्‍यो। सहमति र सल्लाहबाट हामीले निष्कर्ष निकाल्नुपर्‍यो। को–को साथी रहँदा उचित हुन्छ, त्यस विषयमा सल्लाह गर्दा निकास निस्किन्छ। हामी जुन खालको परिस्थितिमा छौं, जस्तो मानसिकतामा छौं, त्यसबाट हामीले समाधान निकाल्छौं। एमालेको लागि कुनै समस्या छैन, सहमतिबाटै हामी नेतृत्व चयन गर्छौं। खासगरी पदाधिकारीको हकमा सरसल्लाहबाट निष्कर्षमा पुग्छौं। यसको अर्थ लोकतान्त्रिक अभ्यासलाई हतोत्साहित गर्छौं भन्ने होइन। हामी सहमतिबाटै निचोडमा पुग्छौं भन्नेमा तपाईंहरु ढुक्क हुनुभए हुन्छ।

वडादेखि महाधिवेशन प्रतिनिधि छनौटसम्मका प्रक्रियामा सहमति अपनाउँदा कतिपय ठाउँमा लोकतान्त्रिक अधिकार हनन भयो। निर्वाचन हुँदा जित्थेँ भन्नेहरुलाई पनि सहमतिका नाममा रोकियो भन्ने असन्तुष्टि पनि सार्वजनिक भइरहेको छ। यसको उत्तर एमालेले कसरी दिन्छ?
यसमा उत्तर नै दिनुपर्दैन। किनभने सहमति र समझदारी गर्नुस् भनिएको हो। त्यो भएन भने प्रतिस्पर्धा गर्न पाइन्छ। कति ठाउँमा भयो नि त। झापामै भएको थियो। प्रतिस्पर्धा हुँदा प्रदेशको पूर्वमन्त्री हार्नुभयो भनेर समाचार नै आएको थियो। भरसक समझदारी गर्नुस्, अधिकतम कोसिस गर्नुस्, त्यसो हुन सकेन भने प्रतिस्पर्धा गर्ने अधिकारलाई कसले कटौती गरेको छ र? वरिष्ठहरुले रोक्ने भनेको डन्डा देखाएर रोक्ने होइन। अर्को कुरा, हामीले हेर्ने के? एउटा रुख हेर्ने कि सम्पूर्ण जंगल हेर्ने? रुख हेरेर धारणा बनाउनुहुँदैन। समग्रतामा र सम्पूर्णतामा हेर्नुपर्यो । अंश हेरेर धारणा बनाउनुहुँदैन। 

मंसिर ९ गते अगाडि र मंसिर १३ गते पछाडिको एमालेमा के फरक हुन्छ?
हामी एउटा नयाँ समझदारी र नयाँ उचाइमा पुग्छौं। नयाँ समझदारीका साथ अगाडि बढ्ने संकल्प बोकेको एमाले हुनेछ। १३ गते राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका खेल्नको लागि विचारमा थप स्पष्टता, संगठन थप सुदृढ, नेतृत्वमा थप समझदारी र एकता भएको एमाले हुन्छ।

यस श‍ृंखलाका अन्य सामग्रीहरू पढ्नुहोस्:

  • नेम्वाङका लागि दाहिने फर्किएलान् ओली?

  • एमालेका १० नेताको समूह : महाधिवेशनको मुखमा तितरबितर  

  • एकताकै निरन्तरता भएकाले हाम्रो व्यवस्थापनमा अप्ठ्यारो हुँदैन : लेखराज भट्ट [अन्तर्वार्ता]

  • को बन्ला एमालेको महासचिव?

  • कस्तो होला ‘ओली प्राधिकार’ एमाले?

  • वरिष्ठ उपाध्यक्ष : ईश्वर पोखरेललाई सिर्जना गरिएको पद!

  • एक्लै दौडेर विजेता हुने तरखरमा ओली  

  • ओलीलाई सर्वसम्मत अध्यक्ष बन्नबाट कसले रोक्ला? 

  • महाधिवेशनपछि कसरी होला माओवादी छाडेर आएका नेताहरूको व्यवस्थापन? 

  • जालझेल गरेर कसैलाई थन्क्याउने, कसैलाई हुक लगाएर माथि तान्ने काम नहोस् : ज्ञवाली [अन्तर्वार्ता]

प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७८  १८:४३
  • #एमाले_दशौं_राष्ट्रिय_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जाँचबुझ आयोगको म्याद एक महिना थप
ओलीले लिए पद तथा गोपनीयताको शपथ
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
जाँचबुझ आयोगको म्याद एक महिना थप बिहीबार, पुस ३, २०८२
ओलीले लिए पद तथा गोपनीयताको शपथ बिहीबार, पुस ३, २०८२
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी बिहीबार, पुस ३, २०८२
रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश बिहीबार, पुस ३, २०८२
एमालेको इतिहासमै कर्णालीले पायो पहिलो पदाधिकारी बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
ओलीले ३३३ मत ल्याउँदा पोखरेलले ११० मत पाए बिहीबार, पुस ३, २०८२
पोखरेल प्यानलबाट विष्ट र भट्टराई विजयी बिहीबार, पुस ३, २०८२
एमालेको चुनावी परिणाम : यस्तो बन्यो पदाधिकारी टिम बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्