काठमाडौं –विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा पहिलो हार बेहोरेको छ ।
चितवन राइनोजका रञ्जित कुमारले पाँच विकेट लिँदा विराटनगर किङ्सको अपराजित यात्रामा ब्रेक लागेको छ।
चितवनले दिएको १७५ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरले १६.५ ओभरमा सबै विकेट गुमाएर १२६ रन बनायो। विराटनगरका मर्चेन्ट दे लांगेले सर्वाधिक ३९ रनाए। प्रतिश जीसीले ३० र साम हेजलेट २२ रन बाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्। लोकेश बम ७, शुभम रन्जने ६, नरेन भट्ट, जर्ज मुन्से, नारायण जोशीले समान चार/ चार रन जोड्दा बसिर अहमद र सूर्य तामाङले खाता पनि नखोली पेभेलियन फर्किए।
चितवनका लागि रञ्जित कुमार अलवा कमलसिंह ऐरीले दुई, कप्तान कप्तान कुशल मल्ल सैफ जैव र सोहेल तन्विरले समान एक एक विकेट लिए।
टस हारेर ब्याटिङमा उत्रिएको चितवनले ५ विकेट गुमाएर १७४ रन बनाएको थियो। चितवनका लागि लागि रवि बोपराले ६५ रन बनाएर आउट भए भने डेविड मिलन १७, देव खनाल २७, सैफ जैव ३२, दीपक बोहरा ५ रन बनाए। कप्तान कुशल मल्लले नटआउट २० रन बनाएका थिए।
विराटनगरका लागि कप्तान सन्दीप लामिछाने र मर्चेन्ट दे लांगेले समान दुई दुई विकेट लिए भने सुभम रन्जनेले एक विकेट लिए। नेपाल प्रिमियर लिग (एनपीएल)मा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनर यसअघिका लगातार तीन खेलमा जित हात पारेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।