• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
‘नयाँ’ एमाले–१२

एमाले उपाध्यक्षमा जम्मा पद चार, दोब्बरभन्दा बढी दाबेदार

64x64
बीपी अनमोल शुक्रबार, मंसिर ३, २०७८  १४:०२
1140x725

काठमाडौं– नेकपा एमालेले पार्टीको विधान संशोधन गरेर १ वरिष्ठ उपाध्यक्षसहित ५ जना उपाध्यक्षको व्यवस्था गरेको छ। मंसिर १०–१२ मा चितवनमा हुने एमालेको १०औं महाधिवेशनमा सहमतिका आधारमा पदाधिकारी चयन गर्दा सबैभन्दा धेरै सकस यही पदमा हुने संकेत देखिएको छ।

नवौं महाधिवेशनबाट निर्वाचित मौजुदा उपाध्यक्षहरुको फेरि पुरानै पदमा दोहोरिने चाहना, तल्लो तहबाट माथि उक्लिने आकांक्षीहरुको अपेक्षा र अर्को पार्टीबाट आएका नेताहरुको उपयुक्त व्यवस्थापन यीनै पदमा गर्नुपर्नेछ। 

महाधिवेशनको मिति नजिकिँदै गर्दा यो पदका लागि आकांक्षा राख्नेहरुको संख्या पनि बढ्दै गएको छ। ७० वर्षे उमेर हदका कारण धेरै नेताहरुको यही पद प्राप्ति अन्तिम हुने भएकाले यसपल्ट जोडबल गर्ने संकेत देखिएको छ। उपाध्यक्षका जम्मा ४ पदमा आकांक्षीको संख्या दर्जन वरपर पुग्दा सहमतिमै पदाधिकारी टुंग्याउने अध्यक्ष केपी शर्मा ओलीको चाहना पूरा हुन भने सकस पर्ने संकेत देखापरेका छन्। 

दोहोरिने चाहना र सम्भावना
नवौं महाधिवेशनबाट निर्वाचित पाँच उपाध्यक्षमध्ये एमालेमा अहिले तीन जना कायम छन्। विद्यादेवी भण्डारी राष्ट्रपति बनेपछि एमालेको प्रत्यक्ष राजनीतिबाट बाहिरिएकी छन्। अर्का उपाध्यक्ष वामदेव गौतमले उपाध्यक्ष मात्र होइन, एमाले पार्टी नै परित्याग गरिसकेका छन्। नवौं महाधिवेशनका उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य  र भीम रावल भने एमालेमै छन्।

अहिले पनि पार्टीमा कायम यी उपाध्यक्षहरुको चाहना वरिष्ठ उपाध्यक्षमा उक्लिने छ। तर, परिस्थितिले उनीहरुलाई त्यहाँ उक्लिने भर्‍याङ निर्माण गर्ने देखिदैन। माथि उक्लिने अवस्था नबनेको अवस्थामा त्यहीँ (उपाध्यक्षमै) दोहोरिने उनीहरुको चाहना छ। उपाध्यक्ष भीम रावलले भने अध्यक्षमै उम्मेदवारी दिने घोषणा गरेका छन्। कतिपयले ‘बार्गेनिङ’ भनेपनि उनी उपाध्यक्षमै फर्किने सम्भावना भने कम रहेको निकटस्थहरु बताउँछन्। 

एमालेमा सर्वशक्तिमान बनेका ओलीले रावलको आवश्यकता महशुस गर्दा वरिष्ठ उपाध्यक्षसम्म बनाउन सक्छन्। तर, अहिले त्यसको कुनै सारसंकेत देखिएको छैन। त्यसैगरी, उपाध्यक्ष युवराज ज्ञवाली पनि वरिष्ठमा बढुवा हुनका लागि प्रयास गरिरहेका छन्। त्यसो नहुँदा उनी अहिलेकै पदमा यथावत रहन खोज्नेछन्। उनलाई यथावत राख्ने सम्भावना भने ओली पक्षले कम देखेको छ। पार्टी बाहिरका लाभका पदमा व्यवस्थापन गर्नेगरी बिदा उनलाई दिनुपर्ने छलफल अध्यक्ष ओली समूहमा चलेको उनीनिकट एक नेता बताउँछन्। 

उपाध्यक्ष अष्टलक्ष्मी शाक्य भने त्यही पदमा दोहोरिन चाहँदा पद प्राप्त गर्ने सम्भावना शतप्रतिशत जस्तो छ। तत्कालीन एमालेको माधवकुमार नेपाल समूहकी नेता शाक्यलाई समेट्नैपर्ने दबाबमा ओली हुनेछन्। पार्टीमा योगदान, सक्रियता मात्रै होइन, पदाधिकारीमा महिलाको उपस्थिति देखाउन समेत शाक्यको उपस्थिति जरुरी छ। त्यसैले पुरानाबाट दोहोरिने पक्कापक्की भएकी उपाध्यक्ष शाक्य नै हुन्। 

बादलको दाबेदारी बलियो
एमालेलाई नेकपाकै निरन्तरता भएको दाबी अध्यक्ष ओली गरिरहन्छन्। त्यो दाबीको बलियो आधार तत्कालीन माओवादी केन्द्रबाट आएको बादल समूह हो। नेता रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापालगायतले एमाले–माओवादी एकता तुहिएपछि माओवादीको साटो एमाले नै रोजेका हुन्। अप्ठ्यारो समयमा आफूलाई साथ दिएको यो समूहको उचित व्यवस्थापन ओलीको पहिलो जिम्मेवारी हुनेछ। 

nimb
nimb
Ncell 2
Ncell 2

त्यो जिम्मेवारी बहन गर्ने क्रममा नेता बादललाई उपाध्यक्ष दिने पक्कापक्की छ। तर, नेता बादलले वरिष्ठ ताकिरहेको उक्त समूहका नेताहरु बताउँछन्। सहमति जुटाउने क्रममा त्यो प्राप्त नभए पनि उपाध्यक्षमा बादल पक्का छन्। यसमा बादल समेत ढुक्क छन्। 

बादललाई महाधिवेशन आयोजनाका लागि महत्वपूर्ण जिम्मेवारी दिएर ओलीले त्यसको संकेत दिइसकेका छन्। एमाले कार्यकर्तामाझ स्वीकार्यता बढाउन उनले बादललाई अघि सार्दै आएका हुन्। उनी आफू जाने कार्यक्रममा पनि बादललाई लिएर जाने गरेका छन्। एमालेको प्रथम विधान महाधिवेशन आयोजक कमिटीको संयोजक थिए बादल। यसैगरी दशौं राष्ट्रिय महाधिवेशन मूल आयोजक कमिटीको संयोजकको जिम्मेवारी पनि उनले पाएका छन्।

जिते–हारेका दुवैको ताक उपाध्यक्ष
नवौं महाधिवेशनमा उपाध्यक्ष, महासचिव र उपमहासचिवमा जितेकाले बढुवा भएर जाने ठाउँ उपाध्यक्ष हो। तिनै पदमा हार बेहोरेकाले पनि ताकेको पद उपाध्यक्ष नै देखिन्छ। नवौं महाधिवेशनमा उपाध्यक्ष हारेका एमाले नेताहरु लालबाबु पण्डित र किरण गुरुङ कम्तीमा यही पदमा दोहोरिने चाहना राखिरहेका छन्। 

यसैगरी, महासचिवमा ६ मतले मात्र पराजय भोगेका सुरेन्द्र पाण्डेलाई व्यवस्थापन गर्ने ठाउँ पनि उपाध्यक्ष नै हुनेछ।  किनभने, महासचिवको एक पदमा यसअघि उपमहासचिव हारेका शंकर पोखरेल र उपमहासचिव विष्णु पौडेलको दाबी छ। दुईमध्ये एकले बाजी मार्ने सम्भावना बलियो रहेको एमाले नेताहरु बताउँछन्। त्यस्तो अवस्थामा पाण्डेलाई उपाध्यक्षमा लिनुपर्ने हुन्छ।  

महासचिवमा प्रतिस्पर्धा गरेर झिनो मतान्तरले हारेका उनी त्यो भन्दा तल नझर्ने बताउँदै आएका छन्। एमाले अन्तरसंघर्षमा नेपालनिकट रहेका उनी पार्टी फुटाउन नहुने कुरामा दृढ रहे। त्यसपछि ओलीनिकट पुगेका उनलाई ओलीले पनि टाढा बनाउन चाहेका छैनन्।  

राष्ट्रिय महाधिवेशनको मूल आयोजक कमिटीको सह–संयोजकको जिम्मेवारीमा सक्रिय पाण्डेलाई पदाधिकारी भन्दा बाहिर राख्नु अन्याय हुने ओलीनिकटहरु नै बताउँछन्। त्यसैगरी, उपमहासचिवमा हारेका अर्का नेता रघुजी पन्त यसपल्ट उपाध्यक्षमा बढुवा हुन चाहेका छन्। ओलीलाई आफ्नो चाहना अवगत गराइसकेको उनी बताउन थालेका छन्। आफ्नो चाहनामा ओली सकारात्मक रहेको उनको बुझाइ छ। 

भए वरिष्ठ, नपाए उपाध्यक्ष 
महाधिवेशनले वरिष्ठ उपाध्यक्ष पद सिर्जना गर्दा एमालेवृत्तमा चर्चा चलेको थियो– अध्यक्ष ओलीले शक्ति हस्तान्तरणको बाटो खोले। वरिष्ठ उपाध्यक्षलाई शक्तिशाली बनाएर आफ्नो वैकल्पिक नेतृत्व निर्माण गर्ने ओलीको चाहना रहेको पनि बताइन्छ। वरिष्ठ उपाध्यक्षमा ओलीको रोजाइमा पर्न दुईजना सक्रिय छन्।

महासचिव ईश्वर पोखरेलले ताकेको पद नै त्यही हो भने एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ पार्टीमा पनि ‘उपनेता’ बन्ने दौडमा छन्। 
नेकपा एकता भंग भएपछि ओलीले घोषणा गरेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बस्दा नेम्वाङ दायाँ र महासचिव पोखरेल बायाँ थिए। त्यसले नेम्वाङ पार्टीमा ओलीको बुझाईमा आफूपछिको वरियताका लागि ‘काबिल’ रहेको संकेत गरेको थियो। त्यो समय प्राप्त उक्त वरियतालाई लिएर नेम्वाङ वरिष्ठ उपाध्यक्षको दाबेदारका रुपमा आफूलाई प्रस्तुत गरिरहेका छन्। 

संख्या ७ पुर्‍याउने चर्चा 
पद कम, आकांक्षी धेरै हुँदा सहमति गर्न सकस पर्छ नै। सकेसम्म निर्वाचन नगराउने अध्यक्ष ओलीको चाहना भएकाले असन्तुष्टहरुको संख्या घटाउन बढाउनुपर्ने पद नै हो। 

सम्भावित पदाधिकारीको सूचीमाथि छलफल चलाउने क्रममा उपाध्यक्षको संख्या बढाउनु पर्ने आवश्यकताबोध एमाले नेताहरुले गरेका छन्। उपाध्यक्ष पनि सचिव बराबर अर्थात् ७ पुर्‍याउँदा धेरैलाई समेट्न सकिन्छ भन्ने विषयमा एमालेमा पछिल्लो समय छलफल चलेको पनि छ। एमाले नेता सुवास नेम्वाङ महाधिवेशन सर्वोच्च निकाय भएकाले आवश्यकता बोध हुँदा विशेष प्रस्ताव पास गरेर पद बढाउन सक्ने बताउँछन्। 

विधान महाधिवेशनले गरेको निर्णयमा महाधिवेशनमा विशेष प्रस्ताव पास गरेर संख्या बढाउन सकिने हुनाले उपाध्यक्षको संख्या ७ पुग्नेमा धेरै नेताहरु विश्वस्त जस्तै देखिन्छन्। त्यही कारणले पनि उपाध्यक्षमा समायोजन हुन चाहनेको सूची बढ्दो क्रममा छ।  

यस श‍ृंखलाका अन्य सामग्रीहरू पढ्नुहोस्:

  • केपी ओलीका कमजोरी होलान्, तर एमालेको आवश्यकता ओली नै हो : ईश्वर पोखरेल [अन्तर्वार्ता]

  • नेम्वाङका लागि दाहिने फर्किएलान् ओली?

  • एमालेका १० नेताको समूह : महाधिवेशनको मुखमा तितरबितर  

  • एकताकै निरन्तरता भएकाले हाम्रो व्यवस्थापनमा अप्ठ्यारो हुँदैन : लेखराज भट्ट [अन्तर्वार्ता]

  • को बन्ला एमालेको महासचिव?

  • कस्तो होला ‘ओली प्राधिकार’ एमाले?

  • वरिष्ठ उपाध्यक्ष : ईश्वर पोखरेललाई सिर्जना गरिएको पद!

  • एक्लै दौडेर विजेता हुने तरखरमा ओली  

  • ओलीलाई सर्वसम्मत अध्यक्ष बन्नबाट कसले रोक्ला? 

  • महाधिवेशनपछि कसरी होला माओवादी छाडेर आएका नेताहरूको व्यवस्थापन? 

  • जालझेल गरेर कसैलाई थन्क्याउने, कसैलाई हुक लगाएर माथि तान्ने काम नहोस् : ज्ञवाली [अन्तर्वार्ता]

प्रकाशित मिति: शुक्रबार, मंसिर ३, २०७८  १४:०२
  • #एमाले_दशौं_राष्ट्रिय_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? प्रधानमन्त्री शाह मुस्ताङ जाने कार्यक्रम रहेको छ । प्रधानन्यायाधीश मनोजकुमार शर्माको पनि पोखरा बाग्लुङ हुँदै मुस्ताङ जाने कार्यक्रम... बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासले रिट जारी हुने फैसला सुनाएको हो । सर्वोच्चको यो फैसलासँगै उनी पदमुक्त भएका... बिहीबार, भदौ ४, २०८३
१० भदौमा संसद्‌मा जवाफ दिँदै प्रधानमन्त्री बालेन्द्र शाह, दोस्रोपटक जवाफ दिन लागेका प्रधानमन्त्रीको उपस्थिति विवादरहित होला त? प्रधानमन्त्री कार्यालय उच्च स्रोतका अनुसार शाहले संसदलाई उक्त दिन जवाफ दिने तयारी गरेका हुन् । सभामुख डिपी अर्याललाई पनि आफू १० गते... बिहीबार, भदौ ४, २०८३
ताजा समाचारसबै
ब्राउन सुगरसहित विराटनगरमा दुई जना पक्राउ शुक्रबार, भदौ ५, २०८३
फरार प्रतिवादी लागुऔषधसहित पोखराबाट पक्राउ शुक्रबार, भदौ ५, २०८३
पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, २ जनाको मृत्यु शुक्रबार, भदौ ५, २०८३
एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल, गत सिजनको हारको बदला लिने मौका शुक्रबार, भदौ ५, २०८३
थोरैले बढ्यो अमेरिकी डलरको मूल्य, कतिमा हुँदैछ खरिदबिक्री? शुक्रबार, भदौ ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
चेक वाउन्सको मुद्दामा जनता टेलिभिजनका अध्यक्ष विजय पाैडेल टेलिभिजन कार्यालयबाटै पक्राउ बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्