• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 

64x64
बीपी अनमोल सोमबार, असार १३, २०७९  १६:३९
1140x725

काठमाडौं– ‘मसिनो हिसाबले परिणामुखी काम गर्छौं। तडकभडक गर्दैनौं,’ सोमबार सपथ ग्रहणपछि नवनियुक्त श्रम, रोजगार, तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मन्त्रालयमा पदभार ग्रहण गर्दै भने। 

रोजगारी प्रवर्द्धन गर्ने विषय महत्वपूर्ण भएको भन्दै मन्त्रालयले प्राथमिकताका साथ काम गर्ने उनको प्रतिबद्धता छ। उनले आफ्नो कार्यकालभर सामाजिक सुरक्षा, रोजगारी प्रवर्द्धनलगायत श्रम क्षेत्रमा देखिएका समस्या समाधानमा केन्द्रीत हुने पनि बताए। 

नेकपा एकीकृत समाजवादीबाट मन्त्री हेरफेर भएपछि कुँवरले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गरेका हुन्। उनलाई पार्टीले शेरबहादुर देउवा नेतृत्वको मन्त्रिमण्डलमा गैरसांसदका रूपमा प्रतिनिधित्व गराएको छ। 

गत जेठ २२ मा नै पार्टी केन्द्रीय सचिवालयको बैठकले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको थियो। तर, पार्टीको आन्तरिक विवादले उक्त निर्णय तत्काल कार्यान्वयनमा आउन सकेन। निर्णय भएको २१ दिनपछि नयाँ मन्त्रीले नियुक्त हुने अवसर आइतबार प्राप्त गरे।

उनीहरूले सोमबार राष्ट्रपति कार्यालयमा सपथग्रहण पश्चात पदभार ग्रहण गरिसकेका छन्।

को हुन् मन्त्री कुँवर?
नवनियुक्त मन्त्री कुँवर सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य हुन्। उनी गत फागुन २० गतेसम्म राष्ट्रियसभा सदस्य थिए। तर, अहिले गैरसांसदका रुपमा मन्त्रिपरिषद् सदस्य बनेका हुन्। 

उनको जन्म २०२३ वैशाख २६ गते अछामको चौरपाटी गाउँपालिका–४ मा भएको हो। उनका बुवा कर्णबहादुर र आमा वसुन्धरा हुन्। उनका श्रीमती, एक छोरा र एक छोरी छन्। उनले स्नातकोत्तरसम्मको अध्ययन गरेका छन्।

कुँवरले नेकपा मालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीतिक यात्रा प्रारम्भ गरेका थिए। उनी २०४९ सालदेखि मात्र पार्टी राजनीतिमा आएका हुन्। नेकपा एमाले विभाजनपछि अहिले उनी नेकपा एकीकृत समाजवादीतर्फ लागेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

कुँवर पहिलो पटक २०३८ सालमा अनेरास्ववियुमा आबद्ध भएका थिए। २०४७ सालमा अनेरास्ववियु अछाम जिल्ला कमिटीको अध्यक्ष बने। त्यसबेला तत्कालीन माले र मार्क्सवादी मिलेर एमाले बनिसकेको थियो। उनी २०४९ सालमा पार्टी राजनीतिमा होमिँदा त्यही साल एमाले जिल्ला कमिटी सचिवालय सदस्यको जिम्मेवारी पाउन सफल भए।

२०५४ सालदेखि २०६२ सालसम्म जिल्ला कमिटी उपसचिव र २०६२ सालदेखि २०६६ सालसम्म जिल्ला कमिटी सचिव भए। एमालेको विधानअनुसार त्यतिबेला जिल्ला कमिटीको नेतृत्व सचिवले गर्ने गर्थे। पार्टी अध्यक्षात्मक प्रणालीमा गएपछि उनी २०६९ सालदेखि २०७५ सालसम्म जिल्ला कमिटी अध्यक्ष बने। नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य रहिसकेका उनी २०७५ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएर बनेको तत्कालीन नेकपाको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य थिए।

जिल्लाको राजनीतिमा रहेका कुँवरको संसदीय यात्रा भने २०६४ सालबाट सुरु भएको हो। शान्ति प्रक्रियाबाट संसदीय राजनीतिमा आएको तत्कालीन नेकपा माओवादीले देशभर प्रभाव जमाउँदा उनी पहिलो संविधानसभा निर्वाचनमा अछाम–१ बाट निर्वाचित भएका थिए।

उनी संघीय संसद् राष्ट्रियसभा सदस्य निर्वाचन २०७४ सालमा सुदूरपश्चिम प्रदेशबाट निर्वाचित भएका थिए। राष्ट्रिय सभा सदस्य हुँदा उनी विधायन व्यवस्थापन समिति सदस्य थिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

समाजसेवामा विशेष रुचि राख्ने मन्त्री कुँवर राजनीतिमा पूर्ण रुपमा लाग्नुअघि लेखा व्यावसायमा आबद्ध थिए। उनी विभिन्न आन्दोलनका क्रममा पटकपटक प्रहरी हिरासतमा बसेका छन्। 

आगामी निर्वाचनमा भीम रावलसँग प्रतिस्पर्धा! 
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनी अछाम–१ बाट एमालेको उम्मेदवार भएर निर्वाचित भएका थिए, जुन क्षेत्रमा भीम रावल चुनाव लड्थे। त्यति बेला रावल समानुपातिकबाट संविधानसभा सदस्य बनेका थिए।

२०७८ भदौ २ मा नेता माधवकुमार नेपाल नेतृत्वमा एमालेबाट विभाजित भएर नेकपा एकीकृत समाजवादी गठन भएपछि उनी त्यतै लागेपछि अब प्रत्यक्षमा उम्मेदवार बन्नसक्ने अनुमान गरिएको छ। उनलाई उम्मेदवार बनाउन नै मन्त्री बनाइएको बताइन्छ।

यदि, एमालेले रावललाई उम्मेदवार बनाए सो क्षेत्रमा यी दुई नेताको प्रतिश्पर्धा हुनेछ। २०७४ सालको संसदीय निर्वाचनमा रावल सो क्षेत्रबाट निर्वाचित भएका थिए। तर, एमाले अध्यक्ष केपी ओलीसँगको टसलका कारण एमालेले रावललाई उम्मेदवार बनाउने निश्चित चाहिँ छैन।

एमालेका झपट रावल पनि सो क्षेत्रबाट टिकटका आकांक्षी हुन्। उनी एमाले विभाजनका बेला रावललाई साथ दिँदै एमालेमै बसेका थिए। एमालेले रावललाई समानुपातिकमा राखेर बोहोरालाई टिकट दिने पनि धेरैको अनुमान छ।

उता एकीकृत समाजवादीमा मन्त्री कुँवरसँगै कुलबहादुर कुँवर पनि संभावित उम्मेदवार हुन्। नेपाली कांग्रेसबाट भने गोविन्दबहादुर शाह र भरत स्वाँर टिकटको प्रतिश्पर्धामा छन्।

प्रकाशित मिति: सोमबार, असार १३, २०७९  १६:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) सातै प्रदेशका मुख्यमन्त्रीहरूले सङ्घीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रदेशको अधिकार, प्रशासनिक संरचना र स्रोतसाधन हस्तान्तरण गर... बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधवार संसदीय सुनुवाइ समितिमा आफ्नो योग्यता, अनुभव तथा कार्य योजना प्रस्तुत गर्दै उनले दुई देशबीचको सात दशक लामो ऐतिहासिक सम्बन्धलाई... बुधबार, असोज २८, २०८३
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरुले आरक्षणको आधारमा सिफारिस हुनुभएको हो ? भन्ने आरोपपछि यस्तो जवाफ दिए... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्