• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ १७, २०८२ Sat, Jan 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 

64x64
बीपी अनमोल सोमबार, असार १३, २०७९  १६:३९
1140x725

काठमाडौं– ‘मसिनो हिसाबले परिणामुखी काम गर्छौं। तडकभडक गर्दैनौं,’ सोमबार सपथ ग्रहणपछि नवनियुक्त श्रम, रोजगार, तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मन्त्रालयमा पदभार ग्रहण गर्दै भने। 

रोजगारी प्रवर्द्धन गर्ने विषय महत्वपूर्ण भएको भन्दै मन्त्रालयले प्राथमिकताका साथ काम गर्ने उनको प्रतिबद्धता छ। उनले आफ्नो कार्यकालभर सामाजिक सुरक्षा, रोजगारी प्रवर्द्धनलगायत श्रम क्षेत्रमा देखिएका समस्या समाधानमा केन्द्रीत हुने पनि बताए। 

नेकपा एकीकृत समाजवादीबाट मन्त्री हेरफेर भएपछि कुँवरले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गरेका हुन्। उनलाई पार्टीले शेरबहादुर देउवा नेतृत्वको मन्त्रिमण्डलमा गैरसांसदका रूपमा प्रतिनिधित्व गराएको छ। 

गत जेठ २२ मा नै पार्टी केन्द्रीय सचिवालयको बैठकले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको थियो। तर, पार्टीको आन्तरिक विवादले उक्त निर्णय तत्काल कार्यान्वयनमा आउन सकेन। निर्णय भएको २१ दिनपछि नयाँ मन्त्रीले नियुक्त हुने अवसर आइतबार प्राप्त गरे।

उनीहरूले सोमबार राष्ट्रपति कार्यालयमा सपथग्रहण पश्चात पदभार ग्रहण गरिसकेका छन्।

को हुन् मन्त्री कुँवर?
नवनियुक्त मन्त्री कुँवर सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य हुन्। उनी गत फागुन २० गतेसम्म राष्ट्रियसभा सदस्य थिए। तर, अहिले गैरसांसदका रुपमा मन्त्रिपरिषद् सदस्य बनेका हुन्। 

उनको जन्म २०२३ वैशाख २६ गते अछामको चौरपाटी गाउँपालिका–४ मा भएको हो। उनका बुवा कर्णबहादुर र आमा वसुन्धरा हुन्। उनका श्रीमती, एक छोरा र एक छोरी छन्। उनले स्नातकोत्तरसम्मको अध्ययन गरेका छन्।

कुँवरले नेकपा मालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीतिक यात्रा प्रारम्भ गरेका थिए। उनी २०४९ सालदेखि मात्र पार्टी राजनीतिमा आएका हुन्। नेकपा एमाले विभाजनपछि अहिले उनी नेकपा एकीकृत समाजवादीतर्फ लागेका छन्।

Ncell 2
Ncell 2

कुँवर पहिलो पटक २०३८ सालमा अनेरास्ववियुमा आबद्ध भएका थिए। २०४७ सालमा अनेरास्ववियु अछाम जिल्ला कमिटीको अध्यक्ष बने। त्यसबेला तत्कालीन माले र मार्क्सवादी मिलेर एमाले बनिसकेको थियो। उनी २०४९ सालमा पार्टी राजनीतिमा होमिँदा त्यही साल एमाले जिल्ला कमिटी सचिवालय सदस्यको जिम्मेवारी पाउन सफल भए।

२०५४ सालदेखि २०६२ सालसम्म जिल्ला कमिटी उपसचिव र २०६२ सालदेखि २०६६ सालसम्म जिल्ला कमिटी सचिव भए। एमालेको विधानअनुसार त्यतिबेला जिल्ला कमिटीको नेतृत्व सचिवले गर्ने गर्थे। पार्टी अध्यक्षात्मक प्रणालीमा गएपछि उनी २०६९ सालदेखि २०७५ सालसम्म जिल्ला कमिटी अध्यक्ष बने। नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य रहिसकेका उनी २०७५ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएर बनेको तत्कालीन नेकपाको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य थिए।

जिल्लाको राजनीतिमा रहेका कुँवरको संसदीय यात्रा भने २०६४ सालबाट सुरु भएको हो। शान्ति प्रक्रियाबाट संसदीय राजनीतिमा आएको तत्कालीन नेकपा माओवादीले देशभर प्रभाव जमाउँदा उनी पहिलो संविधानसभा निर्वाचनमा अछाम–१ बाट निर्वाचित भएका थिए।

उनी संघीय संसद् राष्ट्रियसभा सदस्य निर्वाचन २०७४ सालमा सुदूरपश्चिम प्रदेशबाट निर्वाचित भएका थिए। राष्ट्रिय सभा सदस्य हुँदा उनी विधायन व्यवस्थापन समिति सदस्य थिए। 

समाजसेवामा विशेष रुचि राख्ने मन्त्री कुँवर राजनीतिमा पूर्ण रुपमा लाग्नुअघि लेखा व्यावसायमा आबद्ध थिए। उनी विभिन्न आन्दोलनका क्रममा पटकपटक प्रहरी हिरासतमा बसेका छन्। 

आगामी निर्वाचनमा भीम रावलसँग प्रतिस्पर्धा! 
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनी अछाम–१ बाट एमालेको उम्मेदवार भएर निर्वाचित भएका थिए, जुन क्षेत्रमा भीम रावल चुनाव लड्थे। त्यति बेला रावल समानुपातिकबाट संविधानसभा सदस्य बनेका थिए।

२०७८ भदौ २ मा नेता माधवकुमार नेपाल नेतृत्वमा एमालेबाट विभाजित भएर नेकपा एकीकृत समाजवादी गठन भएपछि उनी त्यतै लागेपछि अब प्रत्यक्षमा उम्मेदवार बन्नसक्ने अनुमान गरिएको छ। उनलाई उम्मेदवार बनाउन नै मन्त्री बनाइएको बताइन्छ।

यदि, एमालेले रावललाई उम्मेदवार बनाए सो क्षेत्रमा यी दुई नेताको प्रतिश्पर्धा हुनेछ। २०७४ सालको संसदीय निर्वाचनमा रावल सो क्षेत्रबाट निर्वाचित भएका थिए। तर, एमाले अध्यक्ष केपी ओलीसँगको टसलका कारण एमालेले रावललाई उम्मेदवार बनाउने निश्चित चाहिँ छैन।

एमालेका झपट रावल पनि सो क्षेत्रबाट टिकटका आकांक्षी हुन्। उनी एमाले विभाजनका बेला रावललाई साथ दिँदै एमालेमै बसेका थिए। एमालेले रावललाई समानुपातिकमा राखेर बोहोरालाई टिकट दिने पनि धेरैको अनुमान छ।

उता एकीकृत समाजवादीमा मन्त्री कुँवरसँगै कुलबहादुर कुँवर पनि संभावित उम्मेदवार हुन्। नेपाली कांग्रेसबाट भने गोविन्दबहादुर शाह र भरत स्वाँर टिकटको प्रतिश्पर्धामा छन्।

प्रकाशित मिति: सोमबार, असार १३, २०७९  १६:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
काँग्रेस महामन्त्री पौडेलले थाले नीति निर्माणबारे सुझाव संकलन आगामी प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ-५ बाट काँग्रेसको तर्फबाट उम्मेदवार रहेका उनले खुला रूपमा सुझाव प्रस्तुत गर्न आग्रह गरेका हुन... शनिबार, माघ १७, २०८२
प्रधानमन्त्री बन्नेतिर मेरो ध्यान छैन: प्रचण्ड सोलु–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित निर्वाचन विशेष कार्यक्रम तथा वृहत् भेलामा सहभागी हुन जाने क्रममा सञ्चारकर्मीहरूले प्रधानमन्त... शनिबार, माघ १७, २०८२
अधुरा विकास योजनाको काम पूरा गर्ने लक्ष्यसहित निर्वाचनमा सहभागी भएको महेश बस्नेतको दाबी उनले भक्तपुरका नागरिकको आवाज र आवश्यकता केन्द्रीय तहसम्म पुर्‍याउने स्पष्ट उद्देश्यका साथ अघि बढेको उल्लेख गर्दै जनताको सेवा नै आफ्न... शनिबार, माघ १७, २०८२
ताजा समाचारसबै
बालेनलाई ओलीको कटाक्ष : बतासका खेती गरिरहेका छन् शनिबार, माघ १७, २०८२
वीरगञ्जबाट विद्युतीय सवारीसाधनको आयातमा वृद्धि शनिबार, माघ १७, २०८२
काँग्रेस महामन्त्री पौडेलले थाले नीति निर्माणबारे सुझाव संकलन शनिबार, माघ १७, २०८२
प्रधानमन्त्री बन्नेतिर मेरो ध्यान छैन: प्रचण्ड शनिबार, माघ १७, २०८२
अधुरा विकास योजनाको काम पूरा गर्ने लक्ष्यसहित निर्वाचनमा सहभागी भएको महेश बस्नेतको दाबी शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
खगेन्द्र सुनारको विवादित अभिव्यक्तिपछि रास्वपाले दियो जवाफ शुक्रबार, माघ १६, २०८२
आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, माघ १६, २०८२
अमेरिकामा रहेका नेपालीलाई कानुनविपरीत सहुलियत नलिन दूतावासको अपिल शुक्रबार, माघ १६, २०८२
काँग्रेसले विगतका सकारात्मक अभ्यास आत्मसात् गर्दै कमजोरी त्यागिसकेको गगन थापाको दाबी शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्