काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुनेछन्।
पहिलो खेलमा बिहान पौने १२ बजे जनकपुर बोल्ट्स र विराटनगर किङ्स तथा दोस्रो खेलमा अपरान्ह ४ बजे सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।
पहिलो खेल विहान पौने १२ बजेदेखि विराटनगर र जनकपुरका बीचमा हुनेछ। हालसम्म २ खेलमा २ जित निकालेको विराटनगर तेस्रो जितको खोजीमा रहनेछ भने पहिलो खेलमा पराजित भएको जनकपुर आज दोस्रो खेल खेल्दा जितको खोजीमा हुनेछ।
यस्तै आजै दोस्रो खेल कर्णाली र सुदूरपश्चिमका बीचमा अपरान्ह ४ बजेदेखि सुरु हुनेछ।
कर्णालीले २ खेल खेल्दा १ जित र १ हारको नतिजा निकालेको छ भने सुदूरपश्चिमले दुवै खेल जितेर अपराजित छ।
पहिलो संस्करण भएको एक खेलमा सुदूरपश्चिमले कर्णालीमाथि ६ विकेटको जित निकालेको थियो।
एनपीएलमा ८ खेलसकिँदा काठमाण्डु गोर्खाजले ३, जनकपुर बोल्ट्सले १ र अन्य सबै टोलीले २–२ खेल खेलिसकेका छन्। पहिलो पटक प्यारापिट र फ्लड लाइटमा खेलाइएको एनपीएलले नेपाली क्रिकेटमा नयाँ उत्साह सिर्जना गर्दा मैदानको प्रतिस्पर्धा समेत तीव्र बनिरहेको छ।
८ खेल सम्पन्न हुँदा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स अपराजित छन्।,समान ४–४ अंक जोडे पनि नेट रन रेट आधारमा विराटनगर शीर्ष स्थानमा छ। यी दुवै टोलीले काठमाण्डु गोर्खाज र पोखरा एभेन्जर्सलाई हराएका हुन्। १ खेल खेलेको जनकपुर बोल्ट्स र २ खेल खेलिसक्दा पोखरा एभेन्जर्सले कुनै खेल जितेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।