• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

सन् २०१४ देखि बेपत्ता पारिएका नेपालीभाषी भुटानी मानवअधिकारकर्मी आचार्यको विषयमा चिन्ता व्यक्त

मानव अधिकार रक्षकहरूको अवस्थाबारे संयुक्त राष्ट्रसंघका ४ विशेष प्रतिवेदकहरुद्वारा २०१४ देखि बेपत्ता परिएका नेपालीभाषी भुटानी मानव अधिकारकर्मी लोकनाथ आचार्यको विषयमा चिन्ता व्यक्त गरेका छन् ।
64x64
नेपाल लाइभ शुक्रबार, असार १३, २०८२  १७:००
1140x725

नेदरल्याण्ड्स– गएको झन्डै ११ वर्षदेखि अवस्था अज्ञात रहेका नेपालीभाषी भुटानी मानव अधिकारकर्मी लोकनाथ आचार्यको विषयमा संयुक्त राष्ट्रसंघका ४ विशेष प्रतिवेदकहरुले चिन्ता व्यक्त गरेका छन्।
 
मानव अधिकार रक्षकहरू सम्बन्धी संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदक मिस म्यारी लौलरलगायतले भुटान तथा भारत सरकारलाई छुट्टाछुट्टै पत्र लेखी आचार्यको बारेमा जानकारी दिन आग्रह गरेका छन्।

नेपालीभाषी भुटानी लोकनाथ आचार्यलाई १९९० को दशकको सुरुतिर भुटानबाट निष्कासित गरिएको थियो। उनी पूर्वी नेपालस्थित भुटानी शरणार्थी शिविरमा बसी रहँदा पनि एउटा मानव अधिकारवादी संगठन 'ह्युमन राइट्स अफ अर्गनिजेशन अफ भुटान' मा सक्रिय थिए। सन् २०१४ अक्टोबर १६ मा उनी पश्चिम बंगाल, भारतमा मानव अधिकारसम्बन्धी एउटा  बैठकमा भाग लिन जाँदा पक्राउ परे। 

सादा पोशाकमा आएका रोयल भुटान प्रहरीले उनलाई पक्राउ गरेर भुटान लगेका र त्यसपछि जेलमा राखिएको अनुमान गरिएको छ।  उनको अवस्था अज्ञात छ। भुटानका प्रहरीले उनलाई अपहरणको शैलीमा पक्राउ गर्दा भारतीय प्रहरीलाई जानकारी दिएका थिए वा थिएनन् भन्ने खुलेको छैन।

आफ्नो भूमिबाट छिमेकी मुलुकको नागरिकलाई पक्राउ गरी बेपत्ता परिएको बारे भारत सरकारले अहिले सम्म कुनै टिप्पणी गरेको छैन। झन्डै ११ वर्ष पछि पनि लोकनाथकी छोरी श्रीजना आचार्य र उनको परिवारले अझै आशा मारी सकेका छैनन्। उनीहरु लोकनाथ आचार्य सुरक्षित रूपमा फर्कलान् कि भनेर दिन गनेर बसेका छन्।

भुटानमा राजनीतिक बन्दीहरूको रिहाइका लागि विश्वव्यापी अभियान चलाई रहेको गैर सरकारी संस्था (जीसीआरपीपीबी) ले  आचार्य परिवारसँग मिलेर गरेको निरन्तर अन्तर्राष्ट्रिय पैरवीका कारण भुटानमाथि विश्वव्यापी दबाब बढेको छ। यसै सन्दर्भमा मानव अधिकार रक्षकहरूको अवस्थाबारे संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदकहरुले भुटान सरकारलाई औपचारिक पत्राचार गरेका हुन्।  

उक्त पत्राचारमा निम्न विषयमा जानकारी मागिएको छः

आचार्यको भारतमा गिरफ्तारीको अवस्था र त्यसपछि भुटान ल्याइएको प्रक्रिया, उनको हालको अवस्थाको खोजीबारे सरकारको कुनै अनुसन्धान भएको छ या छैन, उनको शारीरिक र मानसिक अवस्थाको बारेमा अद्यावधिक विवरण, यदि उनी हिरासतमा छन्  भने त्यसको कानुनी आधार, र भारत लगायतका अन्य सम्भावित संलग्न देशहरूसँग समन्वय गरिएको भए त्यसबारे जानकारी।

संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदकहरुद्वारा जारी वक्तव्यमा भनिएको छ, "आचार्यलाई भुटान तथा भुटान बाहिर पनि मानव अधिकारका पक्षमा गरेका कार्यहरूको कारण लक्षित गरिएको हुनसक्छ।”

Ncell 2
Ncell 2
nimb
nimb

जीसीआरपीपीबीले यस मामिलामा संयुक्त राष्ट्रसंघको जबर्जस्ती बेपत्ता पारिएका व्यक्तिसम्बन्धी कार्यदल को पनि ध्यानाकर्षण गरेको  छ।  संयुक्त राष्ट्रसंघको  विशेष प्रक्रिया लगायतका अन्तर्राष्ट्रिय मानव अधिकार संयन्त्रसँग निरन्तर संवाद तथा दबाबद्वारा भुटान सरकारमाथि प्रभाव पार्न सकिन्छ भन्ने हाम्रो विश्वास छ। 

हामी  भुटान सरकार र महामहिम जिग्मे खेसर नाम्ग्याल वाङ्गचुकलाई अन्तर्राष्ट्रिय संवादमा सद्भावपूर्वक संलग्न भई संयुक्त राष्ट्रसंघको छानबिनमा सहयोग पुर्‍याउन र सबैका लागि मानव अधिकारको सम्मानमा प्रतिबद्धता जनाउन अग्रसर हुन आह्वान गर्दछौं ।

भुटानमा राजनीतिक बन्दीहरूको रिहाइका लागि विश्वव्यापी अभियान एक नागरिक समाज संस्था हो जसले विगत कैयौं दशकदेखि भुटानको जेलमा थुनिएका ३२ जना  राजनीतिक बन्दीहरूको रिहाइका लागि पैरवी गर्दै आएको छ।

संगठनले चार आधारस्तम्भहरू — (१) सचेतना, (२) जनएकता, (३) अन्तर्राष्ट्रिय दबाब, र (४) वार्ता — लाई मूलमन्त्रका रूपमा लिएर स्थानीय र अन्तर्राष्ट्रिय सरोकारवालाहरूसँग सहकार्य गर्दै विश्वभर मानव अधिकारको प्रवर्द्धनका लागि काम गर्दै आएको छ।

 संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदकहरुलाई सन् १९६७ मा संयुक्त राष्ट्रसंघीय मानव अधिकार आयोगले विशेष प्रक्रिया अन्तर्गत नियुक्त गरेको थियो । विशेष मानव अधिकार मुद्दाहरू निगरानी र अनुसन्धान गर्नका लागि जिम्मेवारी दिइएका यस्ता स्वतन्त्र विज्ञहरूले विश्वव्यापी रूपमा गम्भीर मानव अधिकार उल्लंघनको उपचारमा महत्त्वपूर्ण भूमिका खेल्दछन्।

राम कार्की
संस्थापक & वैश्विक समन्वयक
भुटानमा राजनीतिक बन्दीहरूको रिहाइका लागि विश्वव्यापी अभियान 
द हेग, द  नेदरल्याण्ड्स

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  १७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कर्णालीलाई हराउँदै अन्नपूर्णले जित्यो एनभीएल
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य
शिक्षामन्त्री पोखरेलको स्पष्टीकरण: दुई व्यक्तिले हल्ला गरेपछि कार्यक्रमबाट बाहिरियौं
सम्बन्धित सामग्री
भोटेकोशी बाढी : ज्यान गुमाएकाहरुको सम्झनामा लण्डनमा दीप प्रज्वलन नेपाली कल्चर सेन्टर यूकेको आयोजनामा सोमबार साँझ हन्स्लोस्थित लक्ष्मीनारायण मन्दिरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बाढीबाट प्रभावित... मंगलबार, भदौ १६, २०८३
धरौटीको असर, अमेरिकाको भिजिट भिसा पाउने नेपालीको संख्या ९६ प्रतिशतले घट्यो धरौटीको नियम लागु हुनु अगाडि जनवरीमा ८०९, डिसेम्बर २०२५ मा ७६५, नोभेम्बर २०२५ मा ७७४ र अक्टोबर २०२५ मा १००६ जना गरी मासिक औसतमा करिब... आइतबार, भदौ ७, २०८३
जापानको फुकुओकामा नेपाली महिलाको शव फेला, हत्या भएको आशंका जापानको फुकुओका सहरको मध्यभाग हुँदै बग्ने नदीमा भेटिएको शव नेपाली महिलाको भएको पुष्टि भएको छ। शुक्रबार, भदौ ५, २०८३
ताजा समाचारसबै
कर्णालीलाई हराउँदै अन्नपूर्णले जित्यो एनभीएल शनिबार, भदौ २७, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्री पोखरेलको स्पष्टीकरण: दुई व्यक्तिले हल्ला गरेपछि कार्यक्रमबाट बाहिरियौं शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
अनियन्त्रित मोटरसाइकलले दियो पाँच पैदलयात्रीलाई ठक्कर, चालकसहित ७ जना घाइते शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्