काठमाडौं– स्वतन्त्र सांसद महावीर पुन फेरि मन्त्री बन्ने भएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पुनलाई मन्त्री नियुक्त गर्न लागेका हुन्।
स्वतन्त्र सांसद पुन मन्त्री बनेसँगै रास्वपाको संसदमा एक सिट बढेर १ सय ८३ हुनेछ । प्रतिनिधि सभामा रास्वपाको दुई तिहाई बहुमतका लागि अब मात्र एक सिट अपुग हुनेछ ।
सुशिला कार्की नेतृत्वको चुनावी सरकारमा पनि पुन शिक्षामन्त्री थिए।
चुनावअघि (माघ ६ गते) राजीनामा दिएर उनी म्याग्दीबाट प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका थिए।
रास्वपाले चुनावमा पुनलाई समर्थन गरेको थियो।
त्यतिबेला मन्त्रीबाट राजीनामा दिँदा पुनले शिक्षा सुधारका निम्ति तयार पारिएका ३ वटा विधेयक विधायन समितिमा थन्किँदा आफूलाई ठेस लागेर राजीनामा दिएकाे बताएका थिए।
पुनकै मागअनुसार सरकारले शिक्षा मन्त्रालयलाज्ञ फुटाएर विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेको थियो।
आजै गृहमन्त्रीमा सुधन गुरुङले समेत शपथ लिँदैछन् । उनीहरूको मंगलबार अपराह्न साढे ४ बजे शपथको कार्यक्रम तय भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।