complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष
‘नयाँ’ एमाले–१९

एमाले महासचिवमा पौडेल र पोखरेलको दौडधुप चर्को, ओली गुटमै बन्न थाले उपगुट

64x64
नेपाल लाइभ मंगलबार, मंसिर ७, २०७८  १६:३३
1140x725

काठमाडौं– सर्वसम्मत नेतृत्व चयनका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो दुई दिनयता आफूनिकट नेताहरुसँग परामर्श गरिरहेका छन्। परामर्शको क्रममा सबभन्दा चर्को दौडधुप ओलीका सम्भावित उत्तराधिकारी अर्थात् महासचिव बन्ने र बनाउनेमा देखिएको छ। यो दौडधुप यति चर्को बनेको छ नि ओली समूहकै महासचिवका दुई दाबेदार विष्णु पौडेल र शंकर पोखरेललाई लिएर अब त्यहाँभित्र ‘उपगुट’ सिर्जना हुने अवस्था बनेको एमाले स्रोतले जनाएको छ।

अध्यक्ष ओलीले आफ्नो सम्भावित उत्तराधिकारी अर्थात् महासचिव कसलाई बनाउने भनेर मुख खोलिनसकेको अवस्थामा पौडेल र पोखरेलका पक्षमा अन्य नेताहरुले भने घुमाउरो रुपमा आफ्नो मत जाहेर गर्न थालेका छन्। 

वरिष्ठ उपाध्यक्षको समेत दाबी गरिरहेका सुवास नेम्वाङलगायतको समूहले महासचिव पौडेललाई बनाउनुपर्ने भन्दै ‘लबिइङ’ सुरु गरेको छ। पार्टी भित्रको अन्तरसंघर्षमा तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा रहेका नेताहरु पनि पौडेल नै महासचिव हुँदा सहज हुने कोणबाट चर्चा गर्न थालेका छन्।

पार्टीलाई एकीकृत ढंगले अघि बढाउन उनको ‘समन्वयकारी’ भूमिका जरुरी रहेको कोणबाट उनका पक्षमा एउटा समूह माहोल बनाउन सक्रिय भएको छ। यदि नेतृत्वका लागि निर्वाचन नै हुने अवस्था आयो भने एमालेमा समन्वयकारीको छबि बनाएका दुई नेतासहितको ‘नेम्वाङ–पौडेल गठबन्धन’ मैदानमा उत्रिन सक्ने एमाले नेताहरु बताउन थालेका छन्। 

ओली प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकारसमेत रहेका विष्णु रिमालको समूह भने शंकर पोखरेलका पक्षमा लागेको छ। पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनबाद (जबज)का व्याख्याता समेत रहेकाले उनलाई महासचिव बनाउँदा पार्टीले सही दिशा समात्ने भन्दै यो समूहले अध्यक्ष ओलीलाई दबाब दिइरहेको छ। निर्वाचन नै हुने अवस्था आयो भने वरिष्ठ उपाध्यक्षका उम्मेदवार ईश्वर पोखरेल र शंकर पोखरेल मिलेको ‘पोखरेल गठबन्धन’ मैदानमा उत्रिने सम्भावना छ।

शंकर पोखरेल
पछिल्लो समय शंकर पोखरेललाई अध्यक्ष ओलीले सँगै हिँडाइरहेका छन्। पछिल्ला केही दिनमा ओली प्रमुख अतिथि भएका प्रायः कार्यक्रममा पोखरेल पनि वक्ताका रुपमा देखिइरहेका छन्। अध्यक्ष ओलीको मात्रै होइन, राष्ट्रपति विद्यादेवी भण्डारीको पनि पोखरेलप्रति सद्‌भाव रहेको बताइन्छ। 

पोखरेल एमालेको नवौं महाधिवेशनमा उपमहासचिवमा पराजित भएका थिए। दुई जनाको लागि भएको निर्वाचनमा घनश्याम भुसाल र विष्णु पौडेल पहिलो र दोस्रो हुँदा पोखरेल तेस्रो भएका थिए।

महाधिवेशनमा पराजित हुनु र लुम्बिनी प्रदेशको सांसद/मुख्यमन्त्री हुनुले उनलाई केन्द्रीय राजनीतिबाट ओझेलमा पर्ने आकलन गरिएको थियो। तर, प्रदेशको राजनीतिक खिचातानीमा खुम्चिन उनले सधैं अस्वीकार गरिरहे। तत्कालीन नेकपादेखि अहिलेको एमालेमा देखिएका आन्तरिक विवाद मिलाउन उनी लुम्बिनीबाट तत्काल काठमाडौं आइपुग्थे। उनको सक्रियता सधैं पार्टीको केन्द्रमा रहन्थ्यो, रहिरह्यो। सामाजिक सञ्जालमा उनले अभिव्यक्त गर्ने धारणाले पनि उनको दिमागमा हरबखत संघ र पार्टी केन्द्रको राजनीति नै रहने गरेको देखिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

बीचका केही वर्ष औपचारिक भूमिकाको सन्दर्भमा केन्द्रीय राजनीतिबाट टाढिनुपरेको क्षतिपूर्ति समेत पोखरेलले महासचिवमा बाजी मारेर देखाउन खोजिरहेको उनी निकटस्थहरु बताउँछन्। उनी निकट एक एमाले नेताको दाबी छ, ‘ओली पक्षका विचारकका रुपमा उहाँलाई लिइन्छ। जबजलाई कार्यक्रममा सीमित नराखेर सिद्धान्त बनाउनुपर्छ भनेर उहाँले अनेरास्ववियुको अध्यक्ष हुँदा नै भन्नुभएको थियो। त्यहीबेला मदन भण्डारीले समेत उहाँलाई सम्भावना भएको नेता भन्नुभएको थियो।’

एमालेको छैटौं महाधिवेशनले जबजलाई पार्टीको मार्गदर्शक सिद्धान्तका रुपमा पारित गर्‍यो। त्यसले पोखरेललाई अझ प्रभावशाली बनायो। सातौं महाधिवेशनमा उनले अघि सारेको संविधानसभामा जानुपर्ने विचारले उनलाई चर्चित बनाएको थियो। पछि एमाले संविधानसभा स्वीकार्ने ठाउँमा पुगेपछि उनको ‘दूरदर्शिता’को प्रशंसा भयो।  

ओलीले विश्वास गरेर स्कुल विभाग उपप्रमुखसमेत बनाPपछि पोखरेलले एमालेमा कमजोर बन्दै गएको विचारमा धार लगाउन आफ्नो दाबीलाई बलियोसँग प्रस्तुत गर्ने निकटस्थहरु बताउँछन्। सधैं ओलीको साथमा रहेका पोखरेललाई ‘उत्तराधिकार’ दाबी गर्न समेत सजिलो छ।

एमालेभित्रको राजनीतिमा आफ्नो भूमिकालाई निर्णायक बनाउँदै आएकी राष्ट्रपति तथा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारी पनि पोखरेलका निम्ति सहयोगी बन्न सक्छिन्। किनकि, पोखरेलको राजनीतिक उदयदेखि नै उनलाई भण्डारीप्रति निकट नेताको रुपमा चिनिन्छ। अर्कोतिर, भण्डारीले अपनत्व महसुस गर्ने जबजप्रति पोखरेल जत्तिको प्रतिबद्ध नेता अरु छैनन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विष्णु पौडेल
एमालेको नवौं महाधिवेशनमा ओलीको प्यानलबाट विष्णु पौडेल उपमहासचिव पदमा विजयी भएका हुन्। पछि एमाले र माओवादी केन्द्रबीच एकता भयो। माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नरुचाएका ईश्वर पोखरेलको ठाउँमा महासचिवको खोजी भयो। ओली गुटबाट पार्टीमा उपमहासचिव जितेका पौडेल ओली र प्रचण्ड दुवैको आँखामा परे। बोलेर कहिल्यै कसैलाई नबिझाएका मात्रै होइन, समन्वयकारी भूमिकाका लागि अब्बल मानिने पौडेल नेकपाको महासचिव बनाइए। सचिवालय सदस्य भए। त्यस सन्दर्भमा उनले पार्टीका उपाध्यक्षहरु भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य लगायतलाई पछि पारिदिए। पार्टीका अध्यक्ष ओलीनिकट नेताहरुलाई पनि उछिने। त्यतिबेलै उनलाई नेकपाको अर्को पुस्ताको नेतृत्वको रुपमा चर्चा गरिएको थियो। नेकपा त रहेन, तर ‘नयाँ’ एमालेमा उनले त्यो चर्चालाई पुष्टि गर्न सक्छन्।

नेकपामा पाएको अवसरले उनलाई पार्टीको महासचिवको रुपमा स्थापित गरिदिएको छ। त्यो पदमा उनको परीक्षण भइसकेको छ। त्यसैले एमालेमा पनि महासचिवको जिम्मेवारी पाउन र भूमिका निर्वाह गर्न उनी सक्षम छन् भन्ने कार्यकर्तामा स्थापित भइसकेको छ।

पार्टी कामका लागि दिनरात खट्न सक्ने क्षमता उनीसँग छ। जुन महासचिव पदका लागि आवश्यक पूर्वसर्त पनि हो। चाँडै विश्वासपात्र हुन सक्ने उनको स्वभावले नै ओलीलाई लामो समयदेखि साथ दिएका अन्य नेतालाई उछिनेर उनी निकटस्थ बन्ने पुगेका हुन्।

शक्ति कतातिर ‘सिफ्ट’ हुँदैछ भन्ने कुराको हिसाबकिताब पनि पौडेलले राम्रोसँग राख्न सक्छन्। आठौं महाधिवेशनअघि उनी माधव नेपाल पक्षमा थिए। आठौं महाधिवेशनबाट उनले शक्ति ओलीतर्फ ‘सिफ्ट’ हुँदै गएको महशुस गरे। खुलेर ओली पक्षमा लागेनन् तर, सचिव जित्दा उनी दुवै पक्षको सूचीमा रहेको चर्चा हुने गरेको छ। 

नवौं महाधिवेशनमा आइपुग्दा उनी ओलीसँग निकट भइसकेका थिए। दशौंमा ओलीको उत्तराधिकारीका रुपमा केही महिनादेखि मात्रै छुटेको महासचिव पद फेरि हत्याउन चाहन्छन्। एमालेमै रहेका तत्कालीन नेपाल पक्षलाई समेत समेटेर लैजान सक्ने खुबी उनीसँग छ। 

यस श‍ृंखलाका अन्य सामग्रीहरू पढ्नुहोस्:

  • एमाले महाधिवेशन : एक तिहाइ महिला केन्द्रीय कमिटीमा मात्र कि पदाधिकारीमा पनि?

  • अध्यक्षले हिजो बैगुनी भन्नुभयो, अब गुनी भनिराख्न जरुरी छैन : योगेश भट्टराई [अन्तर्वार्ता]

  • उपमहासचिवमा विष्ट, ज्ञवाली र पाण्डेको दाबी, सचिवमा आकांक्षीको ओइरो

  • पदाधिकारीमा महिलाको उपस्थिति एक तिहाइ पुर्‍याइन्छ भन्ने आशा गरेका छौं : पद्‌मा अर्याल [अन्तर्वार्ता]

  • अष्टलक्ष्मीलाई प्रश्न- माधव र झलनाथविनाको एमाले महाधिवेशन कस्तो होला?

  • एमाले नेताहरूमा ओलीकै आश, ओलीकै त्रास

  • एमाले उपाध्यक्षमा जम्मा पद चार, दोब्बरभन्दा बढी दाबेदार

  • केपी ओलीका कमजोरी होलान्, तर एमालेको आवश्यकता ओली नै हो : ईश्वर पोखरेल [अन्तर्वार्ता]

  • नेम्वाङका लागि दाहिने फर्किएलान् ओली?

  • एमालेका १० नेताको समूह : महाधिवेशनको मुखमा तितरबितर  

  • एकताकै निरन्तरता भएकाले हाम्रो व्यवस्थापनमा अप्ठ्यारो हुँदैन : लेखराज भट्ट [अन्तर्वार्ता]

  • को बन्ला एमालेको महासचिव?

  • कस्तो होला ‘ओली प्राधिकार’ एमाले?

  • वरिष्ठ उपाध्यक्ष : ईश्वर पोखरेललाई सिर्जना गरिएको पद!

  • एक्लै दौडेर विजेता हुने तरखरमा ओली  

  • ओलीलाई सर्वसम्मत अध्यक्ष बन्नबाट कसले रोक्ला? 

  • महाधिवेशनपछि कसरी होला माओवादी छाडेर आएका नेताहरूको व्यवस्थापन? 

  • जालझेल गरेर कसैलाई थन्क्याउने, कसैलाई हुक लगाएर माथि तान्ने काम नहोस् : ज्ञवाली [अन्तर्वार्ता]

प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  १६:३३
  • #एमाले_दशौं_राष्ट्रिय_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह बिहीबार, असोज २९, २०८३
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका बिहीबार, असोज २९, २०८३
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो बिहीबार, असोज २९, २०८३
दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली बिहीबार, असोज २९, २०८३
विपद्पछिको पुनरुत्थानमा सहयोग गर्न एडीबीलाई अर्थमन्त्री वाग्लेको आग्रह बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्