काठमाडौं– नेपाल क्रिकेट संघ क्यानले मंगलबारदेखि अमेरिका, स्कटल्यान्ड र नेपालबीच हुने आईसीसी विश्वकप लिग २ का लागि १५ सदस्यीय टोली घोषणा गरेको छ ।
शनिबार बेलुका क्यानले कप्तान रोहितकुमार पौडेलको कप्तानीमा टोली घोषणा गरेको हो । पहिलोपटक डा इशान पाण्डेले एक दिवसीय राष्ट्रिय टोलीमा मौका पाएका छन् ।
टोलीमा कप्तान पौडेलसँगै उपकप्तान दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आशिफ शेख, आरिफ शेख, भीम सार्की, इशान पाण्डे, गुल्शन झा, सोमपाल कामी, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी रहेका छन् ।
ए टिमबाट राम्रो फर्ममा रहेका मयान यादव र सन्दीप जोरालाई भने समेटिएको छैन । ए टिमबाट पाण्डेलाई मात्र १५ सदस्यीय टोलीमा समावेश गरिएको छ ।
यस्तो छ टिम:

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।