काठमाडौं– विश्वकप लिग २ का लागि नेपालमा रहेको अमेरिकी टोलीले आज नेपाल ‘ए’सँग अन्तिम अभ्यास खेल खेल्दैछ । अमेरिका, नेपाल ए र स्कटल्यान्डबीचको चार खेलको अभ्यास सिरिज अन्तर्गत आज अन्तिम खेल हो ।
खेल मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साढे ९ बजेदेखि सुरु हुनेछ । पहिलो खेलमा ३ विकेटले हारेको अमेरिका आज नेपाल ए लाई हराएर लिग २ मा उच्च आत्मबलका साथ उत्रिन चाहन्छ ।
यता नेपाल यसअघिका तीन अभ्यास खेलमा जित निकालेकाले अन्तिम खेल पनि जित्दै सिनियर टोलीलाई चुनौतीपूर्ण सन्देश दिन चाहन्छ ।
पहिलो खेल नेपाल र स्कटल्यान्डबीच हुँदा नेपाल ए ४५ रनले विजयी भएको थियो । यस्तै दोस्रो खेलमा अमेरिकासँग ३ विकेट र तेस्रो खेलमा फेरि स्कटल्यान्डसँग ९ रनले विजयी भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।