काठमाडौं। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले मंगलबार पाकिस्तान ‘ए’सँग प्रतिस्पर्धा गर्दैछ। कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजी मैदानमा हुने समूह ‘बी’को खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ।
समूह चरणमा दुई खेल खेलेको पाकिस्तान ‘ए’ दुवै खेल जित्दै चार अंकसहित तालिकाको शीर्ष स्थानमा छ। नेपालले दुईमध्ये एक खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ। नेपाल दुई अंकसहित तेस्रो स्थानमा छ।
पाकिस्तान ‘ए’को नेट रनरेट १.०९० छ भने नेपालको नेट रनरेट ऋणात्मक २.४६१ छ। त्यसैले नेपालका लागि पाकिस्तान ‘ए’विरुद्धको खेल अंकतालिकामा आफ्नो स्थिति सुधार गर्ने अवसर हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।