complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष
'नयाँ एमाले'–१७

अध्यक्षले हिजो बैगुनी भन्नुभयो, अब गुनी भनिराख्न जरुरी छैन : योगेश भट्टराई [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ सोमबार, मंसिर ६, २०७८  २०:३७
1140x725

नेकपा (एमाले)को चितवनमा हुने १०औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै छ। नेतृत्व चयन सकेसम्म सर्वसम्मत गर्ने प्रयास नेताहरुले गरिरहेका छन्। तर, आकांक्षीहरुको संख्या बढ्दो रहेकाले त्यो सहज भने हुने छैन। प्रतिस्पर्धामा जाँदा पनि ओलीबाट ‘आशीर्वाद’ नपाउनेहरुलाई सकस हुनेछ। तत्कालीन नेकपामा भएको अन्तरसंघर्षबाट एमालेमै बसेका माओवादी केन्द्रका नेता र एमाले अन्तरसंघर्षमा माधव नेपालसँग जोडिएर फर्केका नेताहरुको व्यवस्थापन यो महाधिवेशनमा महत्त्वपूर्ण मानिएको छ। अध्यक्ष केपी शर्मा ओलीको उदारताको परीक्षा यहीँनेर हुनेछ। १०औं महाधिवेशनमा अध्यक्ष ओलीले उदारता नदेखाएको खण्डमा चुनौती दिनसक्ने ‘१० नेता’को समूहको अस्तित्व कायम नरहने नेताहरु बताउन थालेका छन्। तिनै १० जनामा पर्ने एमाले सचिव योगेश भट्टराई भने अब ‘१० नेताको औचित्य’ सकिएको बताउँछन्। एमाले महाधिवेशनमा केन्द्रित रहेर भट्टराईसँग नेपाल लाइभका लागि डिबी खड्काले गरेको संवादः

तपाईंहरु त दोहोरो चापमा हुनुहुन्छ होला। चितवनको जिम्मेवारी पनि पूरा गर्नुपर्ने, बालकोटको बफादारी पनि निर्वाह गर्नुपर्ने, होइन?
रमाइलो प्रश्न। हाम्रो बफादारी नेकपा एमालेप्रति हो। नेताको हिसाबले नागरिक र जनताप्रति हो। संघीय लोकतान्त्रिक व्यवस्थाप्रति हो। पार्टीभित्र पनि उत्तरदायित्व हुन्छ, एउटा पार्टीको कार्यकर्ता पार्टीप्रति जवाफदेही हुन्छ र उत्तरदायी हुन्छ। त्यस अर्थमा बफादारीको शब्द प्रयोग गरेको हो भने केही छैन। सामान्यतया नेपाली प्रचलनमा बफादारीको अर्थ अलिकति नकारात्मक सेन्समा लिइन्छ। त्यस्तो हुँदैन।

लोकतान्त्रिक पार्टीमा, आठौं महाधिवेशनदेखि नै पहल गरेर महत्त्वपूर्ण वाक्यांश राखेका छौं। पार्टीका हरेक सदस्य स्वतन्त्र र सार्वभौम छन्। पार्टीको विधानको, संगठनको मातहत स्वतन्त्रता हुन्छ। यो विगतका महाधिवेशनको निरन्तरता हो। पाँचौं महाधिवेशन कोशेढुंगा हो। मदन भण्डारीको नेतृत्वमा जनताको बहुदलीय जनवाद ल्यायौं। त्यो समय विश्वमा कम्युनिस्ट आन्दोलन प्रतीरक्षामा थियो। शोभियत संघ ढलेको थियो। पूर्वी युरोपका दर्जनौं देशमा कम्युनिस्ट सरकार ढलेको थियो। नेपालमा पनि कम्युनिस्टको भविष्य छैन भनिरहेका बेला कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रिक बनाउने काम मदन भण्डारीले गर्नुभयो।

एमालेमा आठौं र नवौं महाधिवेशन विशिष्ट छन्। त्यसले नेपाली समाजको चरित्रका बारेमा छलफल गर्‍यो। जनताको बहुदलीय जनवादलाई कार्यक्रमबाट मार्गदर्शक सिद्धान्तका रुपमा व्याख्या गरियो। शान्तिपूर्ण बाटोबाट नेपाली समाज रुपान्तरण गर्दै समाजवादसम्म पुग्ने बाटोका रुपमा अनुशरण गर्‍यौं। अहिले यो सबै कम्युनिस्ट पार्टीको साझा सिद्धान्त जस्तो बनेको छ।

सहमति र सर्वसम्मतिको भाष्य अहिले जबर्जस्त रुपमा उठिरहेको छ। विगतमा तपाईंहरु जस्तो प्रतिस्पर्धा गर्दै हुनुहुन्थ्यो, तपाईंको पार्टीप्रतिको बफादारिता कार्यकर्ताले जाँच्थे। अहिले त नेताले बफादारिता जाँच्ने भनिएको छ। त्यसैले नेताप्रतिकै बफादारिता जरुरी होला नि?
पुँजीवादी दल र कम्युनिस्ट विचारधारामा विश्वास गर्ने दलमा संगठन निर्माण गर्ने प्रक्रियामा केही फरक छ। नेपालमा ओबामा जन्मेको भए कांग्रेस वा एमालेको महाधिवेशनमा राम्रो भाषण दिएर राष्ट्रपतिको उम्मेदवार हुनसक्ने थिएनन्। हाम्रा आफ्नै खालका सामाजिक संरचना छन्। कम्युनिस्ट पार्टी सुविचारित ढंगले संगठन निर्माण गर्छ। एमालेले सधैं निर्वाचन गरेको छैन। पाँचौं महाधिवेशनमा मनमोहन अधिकारी अध्यक्ष बन्नुभयो, मदन भण्डारी महासचिव सर्वसम्मत नै हुनुभयो। उहाँहरुलाई नेपालकै चर्चित नेताका रुपमा लिइन्छ। छैटौं महाधिवेशनमा माधव नेपाल महासचिवमा आउनुभयो, चुनाव भएन। सातौंमा फेरि माधव नेपाल महासचिव बन्नुभयो, चुनाव भएन।

हामीले आठौं महाधिवेशनदेखि चुनावको अभ्यास गरेका छौं। यसको आफ्नै अनुभव छ। पार्टीभित्र प्रतिस्पर्धा हुँदा कति नकारात्मक र कतिपय सकारात्मक छाप बनेका छन्। नकारात्मकभन्दा सकारात्मक कुरा धेरै छन्। पार्टीभित्र प्रतिस्पर्धाको संस्कृतिलाई अघि बढेको छ। त्यसले खाली नेतालाई रिझाउने मात्रै होइन, कार्यकर्तासँग निकटता बढाउनुपर्छ भन्ने महसुस गराउँछ। अध्ययनशीलता बढाउँछ। यसले व्यक्तिलाई गुणात्मक हिसाबले योग्य बनाउँछ।

सँगसँगै हाम्रो अनुभव के छ भने प्रतिस्पर्धाले पार्टीलाई माथिदेखि तलसम्म चिरा पारेको छ। गुटबन्दीलाई स्थायित्व दिएको छ। सम्बन्धलाई अन्तरविरोधयुक्त बनाएको छ। अहिले सर्वसम्मत किन जरुरी छ भने हाम्रा विरुद्ध गठबन्धन बनाइएको छ। हामीमाथि चौतर्फी आक्रमण भइरहेको छ। बाह्य शक्तिसँग लड्न आन्तरिक शक्तिको एकता अनिवार्य हुन्छ। सकेसम्म सहमतिमा जाउँ। कुन ठाउँसम्म सहमतिमा जान सकिन्छ, त्यहाँसम्म जाउँ। जहाँबाट सकिँदैन, त्यहाँबाट प्रतिस्पर्धा गरौं।

नेकपाकालमा पार्टी अध्यक्ष र प्रधानमन्त्री चलाउन असक्षम ओली तपाईंको नजरमा अहिले निर्विकल्प नेता भइसक्नुभयो। उहाँको नजरमा ‘बैगुनी केटो’बाट गुनी केटो कहिले बन्नुहोला?
त्यो आवश्यकता छैन। हिजो बैगुनी भन्नुभयो, अब गुनी भनेर सच्याउनुपर्छ भन्ने जरुरी छैन। मान्छेको मूल्यांकन र सम्बन्ध सापेक्षित हुन्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

शब्दले नभने पनि व्यवहारमा कहीँ कतै देखिनुपर्ला नि?
त्यसको पनि जरुरत छैन। मान्छेका सम्बन्ध सापेक्षित हुन्छन्। प्रधानमन्त्रीका रुपमा अध्यक्ष ओलीले संसद् विघटन गर्नुभयो, त्यो मलाई अहिले पनि गलत लाग्छ। यद्यपि, मेरो पार्टीले गलत भनेको छैन। पार्टीको निर्णय स्वीकारेको छु। व्यक्तिगत बुझाइमा त्यो गलत हो। मैले ओलीलाई हेर्ने दृष्टिकोण पनि सापेक्षित हुन्छ। मेरो दृष्टिमा ओली अहिले समकालीन नेताहरुमा डाइनामिक नेतृत्व हो। आफ्ना अजेण्डाहरुलाई जबर्जस्त समाजमा स्थापित गर्नसक्ने नेता हो। माससँग सहजै सञ्चार गर्नसक्ने क्षमता उहाँसँग छ। आफ्ना प्रतिद्वन्दीसँग ठाडो शिर बनाएर बोल्नसक्ने नेता हो उहाँ। जुध्नसक्ने नेता हो। उहाँका केही कमजोरी छन्। उहाँ अलि लचक भइदिएको भए, फराकिलो मन बनाएको भए, पार्टीभित्रका विविधता अनुशरण गर्न सकेको भए सरकार पनि जोगिन्थ्यो र पार्टी पनि फुट्दैनथ्यो भन्ने लाग्छ।

एकताको महाधिवेशन भनिएको छ। माओवादी केन्द्रबाट आएका नेताहरुसँगको एकता भइहाल्यो। एमाले अन्तरसंघर्षमा फरक कित्तामा उभिएका तपाईंहरुसँगको एकता हो कि होइन? 
हामी त एमाले नै भइहाल्यौं नि। हाम्रो त रगतमा एमाले छ। जिन र डीएनए एमाले हो। त्यो तहको एकताको कुरा होइन। ३० को दशकमा दुईटा धारणा निर्माण भए। एउटा झापा विद्रोहसँगै कोअर्डिनेसन केन्द्र हुँदै माले हुँदै एमाले हुँदै अगाडि आयो। अर्को चौथो महाधिवेशनको धार थियो, त्यो माओवादीसम्म पुगेको थियो। नेपालको कम्युनिस्ट आन्दोलनको एकता यी दुई धारको एकता हो।

२००६ सालमा पुष्पलालले बनाएको पार्टीको उत्तराधिकारी हामी हौं। मनमोहन अधिकारी र मदन भण्डारीको बिरासत यसैले बोकेको छ र एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को निरन्तरता पनि यही पार्टी हो। त्यस कारण यो कम्युनिस्ट पार्टीको एकीकृत पार्टी एमाले हो। त्यसलाई पुष्टि गर्नका लागि माओवादी केन्द्रबाट आएका साथीहरुको व्यवस्थापनमा कमजोरी गर्नुहुन्न। साथै, एमालेको परम्परागत बाटोबाट आएका साथीहरुमा विभिन्न विचार समूह छन्, तिनीहरुलाई पनि सम्मानजनक स्थान दिँदै एमालेलाई एकीकृत पार्टीका रुपमा स्थापित गर्ने दायित्व यो महाधिवेशनको छ। व्यक्तिगत रुपमा त्यो जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तपाईंहरु ‘१० नेता’को समूहले एमालेको आन्तरिक लोकतन्त्र मजबुत् पार्न प्रतिस्पर्धा गर्ने प्रयास गर्ने आमअपेक्षा अब निरर्थक भएको हो त?
यो पनि गतिशील हुन्छ। आज केपी ओलीलाई साथ दिइरहेका सबै नेता सधैं त्यही विचार समूहमा, त्यही हिसाबले रहनुहुन्छ कि हुँदैन? हिजोको विगत हेर्दा त्यस्तो देखिँदैन। आठौं महाधिवेशनमा केपी ओलीलाई जिताउन माधव नेपाल लाग्नुभएको हो नि। तर, नवौं महाधिवेशनमा आफैं प्रतिस्पर्धामा आउनुभयो। सम्बन्धको गतिशीलता यस्तो छ। नवौं महाधिवेशनमा ओलीलाई जिताउने निर्णायक भूमिका बामदेव गौतमको छ। तर, आज उहाँ कहाँ हुनुहुन्छ?

माधव नेपालले पार्टी विभाजन गर्दा त्यतातिर लागेको उलेख्य संख्या नवौं महाधिवेशनमा ओली पक्षमा लागेर जितेकाहरुको छ। हामी ‘१० भाइ’ भन्ने शब्द विशिष्ट परिस्थितिको अभिव्यक्ति हो, त्यो पनि गतिशील छ। सधैं त्यस्तो नरहन सक्छ। नयाँ-नयाँ सम्बन्धहरु विकास हुँदै जान्छन्। पार्टीमा सधैं समूह बनाउनुपर्छ भन्ने हुँदैन। पार्टीमा योग्यता, क्षमता र निरन्तरताको मूल्याङ्‍कन हुन्छ। वैचारिक बहस हुँदा समूहहरु बन्छन्। ती पनि गतिशील हुन्छन्। त्यसरी बुझिएन भने गलत हुन्छ।

एमालेमा अब ‘१० भाइ’का अस्तित्व छैन, अहिलेलाई यति बुझ्दा हुन्छ?
हरेकको छ। मेरो छ, त्यसैगरी अरुको पनि छ।

दश नेताको दशतिर छ, हैन त? 
एमालेको एउटै मोर्चामा छ। हामी सबै एउटै ठाउँमा छौं, त्यहाँ तेल र पानीजस्तो छुट्टिनुपर्छ भन्ने छैन।

यस श‍ृंखलाका अन्य सामग्रीहरू पढ्नुहोस्:

  • उपमहासचिवमा विष्ट, ज्ञवाली र पाण्डेको दाबी, सचिवमा आकांक्षीको ओइरो

  • पदाधिकारीमा महिलाको उपस्थिति एक तिहाइ पुर्‍याइन्छ भन्ने आशा गरेका छौं : पद्‌मा अर्याल [अन्तर्वार्ता]

  • अष्टलक्ष्मीलाई प्रश्न- माधव र झलनाथविनाको एमाले महाधिवेशन कस्तो होला?

  • एमाले नेताहरूमा ओलीकै आश, ओलीकै त्रास

  • एमाले उपाध्यक्षमा जम्मा पद चार, दोब्बरभन्दा बढी दाबेदार

  • केपी ओलीका कमजोरी होलान्, तर एमालेको आवश्यकता ओली नै हो : ईश्वर पोखरेल [अन्तर्वार्ता]

  • नेम्वाङका लागि दाहिने फर्किएलान् ओली?

  • एमालेका १० नेताको समूह : महाधिवेशनको मुखमा तितरबितर  

  • एकताकै निरन्तरता भएकाले हाम्रो व्यवस्थापनमा अप्ठ्यारो हुँदैन : लेखराज भट्ट [अन्तर्वार्ता]

  • को बन्ला एमालेको महासचिव?

  • कस्तो होला ‘ओली प्राधिकार’ एमाले?

  • वरिष्ठ उपाध्यक्ष : ईश्वर पोखरेललाई सिर्जना गरिएको पद!

  • एक्लै दौडेर विजेता हुने तरखरमा ओली  

  • ओलीलाई सर्वसम्मत अध्यक्ष बन्नबाट कसले रोक्ला? 

  • महाधिवेशनपछि कसरी होला माओवादी छाडेर आएका नेताहरूको व्यवस्थापन? 

  • जालझेल गरेर कसैलाई थन्क्याउने, कसैलाई हुक लगाएर माथि तान्ने काम नहोस् : ज्ञवाली [अन्तर्वार्ता]

प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७८  २०:३७
  • #एमाले_दशौं_राष्ट्रिय_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह बिहीबार, असोज २९, २०८३
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका बिहीबार, असोज २९, २०८३
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो बिहीबार, असोज २९, २०८३
दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली बिहीबार, असोज २९, २०८३
विपद्पछिको पुनरुत्थानमा सहयोग गर्न एडीबीलाई अर्थमन्त्री वाग्लेको आग्रह बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्