• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष
‘नयाँ’ एमाले–२१

आजको एमाले खतरनाक प्रतिगमनकारी शक्ति हो : युग पाठक [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बुधबार, मंसिर ८, २०७८  १२:३७
1140x725

नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा आयोजना हुँदैछ। विभाजनको पीडा भोगेको एमालेको यसपटकको महाधिवेशनलाई राजनीतिक वृतमा महत्त्वका साथ हेरिएको छ। राजनीतिक दल, विश्लेषक लगायतले पनि यसलाई नियालिरहेका छन्। एकताको भनिएको एमालेको महाधिवेशनबाट अबको नेतृत्व, राजनीतिक कार्यनीति कसरी अगाडि बढाउँछ, त्यो हेर्न बाँकी छ। नेकपा एमालेको अबको रणनीति लगायतका विषयमा केन्द्रित रहेर लेखक तथा विश्लेषक युग पाठकसँग नेपाल लाइभका वीरेन्द्र ओली र बीपी अनमोलले गरेको कुराकानी :

नेकपा एमालेको दशौं महाधिवेशनलाई एकता र सहमतिको महाधिवेशन भनिएको छ। यस्तो हुँदा अहिलेको एमाले वैचारिक र सांगठिनक रुपमा कहाँ छ?
एमाले लामो इतिहास पार गरेर यहाँसम्म आइपुग्दा वैचारिक रुपमा सबैभन्दा धेरै संकटग्रस्त अवस्थामा देख्छु। सांगठनिक रुपमा पटक पटकको टुटफुट र विभाजनले गर्दा सबैभन्दा बढी संकटग्रस्त पार्टीमध्ये एक हुन पुगेको छ। एमाले अध्यक्ष केपी ओली भएर यहाँसम्म आइपुग्दा प्रतिगमनकारी पार्टीको रुपमा दर्ज हुन पुगेको छ। त्यो पार्टीले आफूले आफैंलाई नभन्ने कुरा बेग्लै भयो। हामीले बाहिरबाट हेर्दा संसद् विघटनको घटना भयो। संसद पुनःस्थापनाको अवस्थासम्म आइपुग्दा एमाले र त्यसमा पनि केपी ओलीलाई स्पष्ट प्रतिगमनकारी संज्ञा दिएको छ। एमाले र केपी ओली प्रतिगमनकारी हो भन्ने आमजनताबाट लाहा छाप लागेको छ। त्यसैले एमाले सबैभन्दा धेरै संकटको अवस्थामा छ।

सांगठनिक रुपमा एमाले फुटेको छ। पहिला नेकपा थियो। त्यसपछि एमाले र माओवादी केन्द्र भएर फुट्यो। त्यसपछि माधवकुमार नेपाल, झलनाथ खनाल जस्ता सबैभन्दा वरिष्ठ नेताहरुले पार्टी फुटाएर अर्को पार्टी बनाएका छन्। एमाले फुटेर माले बन्दा भन्दा पनि अहिले खराब अवस्था छ।

एमाले यस्तो संकटमा हुनुमा संसद् विघटन मात्रै कारण हो वा अन्य धेरै कारण छन्?
वैचारिक रुपमा एमालेमा लामो समयदेखि संकट छ। माले मार्क्सवादी हुँदै एमाले भयो। त्यसपछि यो पार्टीले आफ्नो लाइन कसरी बनाउने? कसरी अगाडि जाने? भन्ने विषयमा स्पष्ट हुन सकेन। जनताको बहुदलीय जनवाद भनेर मदन भण्डारीले एउटा लाइन जस्तो बनाउनुभयो। त्यो लाइन आफैंमा स्पष्ट छैन। जबज भनेको के हो? एउटा कम्युनिस्ट पार्टी संसदीय प्रकारको व्यवस्थामा जानको लागि जबज अगाडि सारियो। कम्युनिस्ट पार्टी संसदमा जानको लागि बहुदलीय पार्टी हुने बाटो जस्तो मात्रै छ। त्योभन्दा बढी अरु केही छैन। अरु बुट्टेदार कुराहरु हुन्। सारमा संसदमा जाने भन्ने नै हो।

कम्युनिस्ट पार्टीहरुको एउटा समस्या छ। कम्युनिस्ट पार्टीहरुलाई संसदीय व्यवस्था अस्वीकार्य छ। संसदीय व्यवस्थाको विकल्पमा कस्तो व्यवस्था भनेर भन्यो भने कम्युनिस्ट पार्टीहरुले मनमा सोच्ने लेनिनको व्यवस्था मात्रै हो। अर्थात् सोभियत संघको व्यवस्था। पछिल्लो समय आएर चीनको जस्तो व्यवस्था हुने भनियो। ती दुवै भनेको सम्पूर्ण सत्तामा कम्युनिस्ट पार्टीले कब्जा जमाउने र पार्टी अन्तर्गत राज्य सत्ता चलाउन पाउने भन्ने हो। एक पार्टी सिस्टममा देश चलाउने भन्ने हो। सम्पूर्ण रुपमा त्यही 'इमानिजेसन' छ। त्यसकारण संसदीय व्यवस्थामा गएर प्रतिस्पर्धा गर्ने भन्ने बित्तिकै कसरी अघि बढ्ने भन्ने वैचारिक बाटो चाहिन्छ। हाम्रो समाज कहाँ छ? कस्ता कस्ता विशेषताहरु छन्? त्यसमा हामीले कसरी काम गर्ने हो? कसरी समाजलाई अगाडि लग्ने हो? राज्य सत्ताको कुर्सीमा बसेको दिन के गर्ने हो? के गरेमा नेपालका आमजनतालाई फाइदा गर्छ? यहाँका मजदुर, किसान, जो राज्य सत्ताको पिँधमा छन्। उनीहरुलाई कसरी माथि उठाउने भन्ने विषयमा एमालेमा स्पष्ट वैचारिक कार्यदिशा छैन।  

काग्रेसले २०४६ सालपछि खुला बजार अर्थनीति लादेर त्यसैलाई बोकेर हिँड्यो। कांग्रेसले बोक्ने समाजवादसँग त्यो मिल्छ कि मिल्दैन, कांग्रेसलाई पनि थाहा भएन। कांग्रेसले ल्याएको त्यो नीतिलाई एमालले जस्ताको त्यस्तै पछ्यायो। त्यही भएर शिक्षा र स्वास्थ्य क्रमशः व्यापारीकरणमा गयो। शिक्षा स्वास्थ्य जस्ता आधारभूत सेवाहरु पुँजीवादी भनिएका देशहरुले जनताको निम्ति निःशुल्क उपलब्ध गराउँछन्। ती सेवाहरुमा व्यापारीकरण हुँदा एमाले विरोधमा खडा भएन। बरु एमालेका नेताहरु त्यसको हिस्सेदार भए।

त्यसपछि २०६२/०६३ सालको जनआन्दोलनपछि माओवादीले नयाँ मुद्दा ल्याएर आयो। पञ्चायती व्यवस्थामा राजतन्त्रले एकलौटी शासन गर्‍यो। त्यसको बदलामा पार्टीहरुले लोकतन्त्र अर्थात डेमोक्रेसी स्वतन्त्र हुनुपर्‍यो भन्न थालियो। त्यसपछि प्रेस स्वतन्त्रता, लेख्न, बोल्न, प्रकाशन, प्रशारण गर्न पाउनुपर्छ भन्न थालियो। स्वतन्त्र माहोलमा राजनीतिक पार्टीहरुले काम गर्ने हो भन्न थालियो। आफ्नो शासन आफैं जनताले चलाउने भन्नेसम्म थाहा थियो। नेपाली समाज कहाँ छ? कस्तो अवस्थामा छ? यसका समस्याहरु के के हुन? भन्ने थाहा थिएन। त्यसको बहस २०४६ सालदेखि यता हुन थाल्यो। माओवादीले समाजका सबै रोगहरुलाई अजेण्डा बनाएर ल्यायो। त्यसपछि एमाले अलमलमा पर्‍यो। राज्य पूनर्संरचनामा के गर्ने हो? भन्दा मध्यधार समात्न खोज्यो। कांग्रेसले एक थोक भन्छ, माओवादीले अर्को थोक भन्छ। एमालेले बीचबीचमा छु भन्न खोजिरहयो। त्यो बीचबीचकका विषयहरु के के हुन् प्रष्ट पार्न सकेन।

Ncell 2
Ncell 2
nimb
nimb

आजसम्म आइपुग्दा केपी ओलीको नेतृत्वमा रहेको एमाले हिन्दू धर्मको वर्चस्व हुनुपर्छ भन्ने प्रकारको हिन्दूको मात्रै राज्य हुनुपर्छ भनेर बल मिच्याइँ गर्न ठाउँमा पुग्यो। संघीयता सबै समुदायको शक्ति रक्षा गर्दै आमजनताको पहुँचमा राज्य सत्तालाई लैजाने भनेको हो। केपी ओलीले सिंहदरबार मात्रै होइन, बालुवाटारमा लगेर सम्पूर्ण शक्ति केन्द्रित गर्न खोजे। त्यसले पनि नपुगेर संविधानमा संसद् विघटन गर्न पाइँदैन भनेर स्पष्ट लेखेको छ। उनले बल मिच्याइँ गरेर दुई पटक संसद विघटन गरे। आजसम्म आइपुग्दा ओली प्रतिगमनको नेता भएर निस्किए। ओली जता छन्, एमाले त्यतै छ। एमालेलाई सम्पूर्ण रुपमा ड्राइभ गरेर लगिसकेका छन्। आज एमाले खतरनाक तरिकाले प्रतिगमनकारी शक्ति हो। त्यसलाई बदल्नका निम्ति एमालेभित्र कुनै बलियो हस्तक्षेप निर्माण भएको छैन।

एमालेका यसअघि हुने महाधिवेशन पनि नजिकबाट नियाल्दै आउनु भएको छ। यसअघिका महाधिवेशन र अहिलेको महाधिवेशनलाई कसरी मूल्यांकन गर्नु भएको छ? एमालेभित्रको आन्तरिक लोकतन्त्रको अभ्यास कस्तो पाउनुभएको छ?
पहिल्यै विधान महाधिवेशन गरे। माधव नेपाल र झलनाथ खनाल लगायतले अर्को पार्टी बनाएका छन्। बाँकी केपी ओलीका मान्छे छन्। विद्रोह गर्नका लागि १० अनुहार देखाइयो। त्यो १० जनालाई विधान महाधिवेशनमा चुप लगाइयो। त्यो खेमाले बोल्नै पाएन। उनका आवाज र विचार केही राख्न पाएनन्।

भीम रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल कसैले आफ्नो कुरा राख्न पाएनन्। ओलीलाई सर्वसम्मत रुपमा नेता बनाउनुपर्छ भन्न महाअधिवेशन गर्न थालिएको छ। रातारात वडा अधिवेशन हुन्छ। रातारात पालिका अधिवेशन हुन्छ। रातारात विधान अधिवेशन हुन्छ। विधान अधिवेशनमा कुनै छलफल नै हुन पाउँदैन। उनले जे लेखेर ल्याए, त्यहीँ पास गराइन्छ। अब हुने एमाले महाधिवेशन ओलीको लाहाछाप लगाउने महाधिवेशन हो। त्यो महाधिवेशनलाई महाधिवेशन पनि भन्न मिल्दैन जस्तो लाग्छ। त्यहाँ ओलीको लाह छाप नै हुने हो।

एमालेभित्र हुने यस्तो प्रकारको अभ्यासले अन्तरिक लोकतन्त्रको अवस्था कस्तो होला?
ओलीको पार्टीभित्र आन्तरिक लोकतन्त्र हुँदैन। ओलीले सरकारै चलाउँदा पनि नेकपा बलियो पार्टी बनाएकै हो नि। सरकारै चलाउँदा पनि पार्टीको लोकतन्त्र, संसदको लोकतन्त्र मानेर बसेनन्। संसदभित्र उनलाई प्रश्न उठाउन नसक्ने अवस्था भयो। यदि कसैले संसद्‌मा प्रश्न उठाउँछन् भने संसदै भत्काइदिन्छु भन्न थाले। संसद्लाई मारिदिन्छु नै भन्न थाले। पार्टीभित्र कसैले प्रश्न उठाउँछन् भने पार्टी नै भत्काइदिन्छु भन्न थाले।

पछिल्लो समय माधव नेपाल तथा झलनाथ खनालले पार्टीमा एक ठाउँमा बस्ने कोसिस गरेका हुन्। पार्टी नै फुटाए भोलि समस्या हुन्छ भन्ने बुझेका थिए। पहिला बन्दाको दुःख थाहा थियो। पार्टी फुटाएपछि कमजोर हुन्छ भन्ने अनुभूति थियो। जनताको बीचमा विश्वसनीयता कमजोर हुन्छ। चुनावमा त्यस्तो पार्टीलाई शाख जोगाउनै गाह्रो हुन्छ। जनताले पत्याउँदैन भन्ने पनि थाहा थियो। त्यसैले एमालेमै बस्न खोजेका थिए। ओली परिवर्तनका अजेण्डा उल्टाएर जाने जाने शक्ति हो। त्यो पार्टीमा लोकतन्त्रको कुनै गुन्जायसै छैन। अब महाधिवेशनपछि पनि कुनै गुन्जायस हुनेवाला छैन।

एमालेले अहिले विधान महाधिवेशन गर्‍यो। विगतका महाधिवेशनमा विचार र नेतृत्वको बहस हुने गर्थ्यो। अहिलेको विधान महाधिवेशनमा विचारदेखि लिएर राजनीतिक कार्यदिशाका विषयमा छलफल भयो भनियो। के त्यो विधान महाधिवेशनमा छलफल भयो?
विधान महाधिवेशनमा कुनै विचार कार्यदिशाको विषयमा छलफल भएन। त्यसको मैले व्याख्या गर्नुपर्दैन। तथ्यहरुले बताउँछन्। माधव नेपाल पक्ष भनेर चिनिएका तर पार्टी फुटाएर नगएका नेताहरुले कोसिस गरेका थिए। पार्टीका दजनौं बैठकहरुमा कोसिस गरे। उनीहरुलाई हरेक पटक गिज्याएर र होच्याएर 'रुल आउट' गर्न खोजियो। उनले तिमीहरुका कुनै कुरा सुन्नु छैन भन्दिए। पार्टीमा १० बुँदे भन्ने केही होइन, सकियो भन्दिए। विधान महाधिवेशनमा एउटा प्रतिवेदन लेखेर ल्याए। त्यो पनि उनका मान्छेले लेखेर ल्याए होलान्। त्यो पढेर सुनाए, सकियो। अरुले बोल्ने होइन भन्दिएर रुल आउट गरे।

महाधिवेशनमा सिधै अध्यक्ष घोषणा गर्न अप्ठ्यारो हुने भएपछि त्यसअघि विधान महाधिवेशन गरे। त्यसो नहुँदा ओली विचारको काउन्टरमा अर्को विचार आउन सक्थ्यो। दुवै पक्षको विचारमा छलफल हुने अवस्था हुन सक्थ्यो। त्यसपछि मात्रै नेतृत्व चयनमा जाने हुन्थ्यो। त्यसले समय पनि लिन्थ्यो। त्यसपछि वैचारिक छलफल हुने अवस्था हुन्थ्यो।

झापा विद्रोह हुँदै हिजोको माले र नेकपा एमाले भएका नेताहरू अहिले एमालेमा छैनन्। यो अवस्थामा दशौं राष्ट्रिय महाधिवेशनबाट कस्तो एमाले निर्माण होला?
त्यसको लक्षण प्रष्ट छ। झापा विद्रोहलाई पनि हामीले कसरी बुझ्न पर्छ भने त्यहाँ नजिकै भारतको नक्सालबाडी भन्ने ठाउँ छ। त्यसमा भएको आन्दोलनबाट प्रभावित भएर केही युवाहरुले वैचारिक तयारी केही नगरिकन उत्तेजित भएर गरेको आन्दोलन थियो। त्यो आन्दोलन नै कति हो भन्ने बहस हुन सक्छ। त्यहाँबाट निर्माण हुन थालेको माले पार्टीले लामो समयसम्म भूमिगत रुपमा राम्रो काम गर्ने कोसिस गरेको हो। अनि मार्क्सवादी मिलेर एमाले बनेको हो। त्यसको विरासतका केही ओली पनि हुन्। धेरैले छोडे। त्यस्तो स्थिति किन आयो भने केपी ओलीले त्यो पार्टी कब्जा गर्न खोजे। उनको सर्वसत्तावादी चरित्र कस्तो छ भने सरकारमा हुँदा पनि उनले मन्त्रीका सचिव कब्जा गर्थे। सचिवलाई बालुवाटारमा बोलाएर अलग निर्देशन दिन्थे। मन्त्री पंगु हुन्थ्यो। बालुवाटारमा सम्पूर्ण शक्ति केन्द्रित गर्ने र आफ्नो विरोधी को को छन्, तिनको जासुसी गर्न अनुसन्धान विभाग खटाउने। उनको तरिका त्यो हो। त्यो भनेको पञ्चायतमा राजाहरुको शैली हो। त्यो शैलीमा पार्टी चलाउन खोजिरहेका छन्। सरकार पनि त्यसै गरी चलाउन खोजेका थिए तर संसद विघटन सदर भएन।

अहिलेको एमालेको विचार भनेको प्रतिगमनकारी विचार हो। समाजलाई कसरी अगाडि बढाउने, समाजका समस्याको कसरी सम्बोधन गर्ने, शिक्षा पूरै निजीकरण भइसक्यो, स्वास्थ्य मानिसको पहुँचभन्दा टाढा गइसकेको छ। पचास प्रतिशत जमिन बाँजो भइसकेको छ। विस्तारैविस्तारै सबै जमिन बाँजो हुने अवस्थामा छ। किनभने किसान उन्मुलन कार्यक्तम ७०/८० वर्षदेखि चलिरहेको छ। किसानलाई नै नष्ट गर्ने हाम्रो मनोविज्ञान छ। किनभने हामीलाई त्यसै हिसाबले नै प्रशिक्षित गराएर ल्याइएको छ। आजको दिनमा नै हामी खानेकुरामा धेरै परनिर्भर भइसक्यौं। भोलि सम्पूर्ण खानेकुरामा परनिर्भर भएको दिन यो देश कहाँ र कसरी स्वाधिन रहन्छ, त्यसमा त कुनै छलफल नै भएको छैन नि। ८० लाखदेखि १ करोड मानिसहरु विदेशमा काम गर्न जान्छन्। उतै बस्छन्। यो देशमा कोही सपना देख्दैनन्। बालबालिकाहरु अलिकति हुर्किन पाएको छैन, अष्ट्रेलिया र अमेरिकाको सपना देख्छन्। जुन देशमा आम मानिस र बालबच्चाले आफ्नो भविष्यको सपना देख्दैनन्, त्यहाँ सपनाको कसरी जोहो गर्ने भन्ने छलफल नै गर्दैन, त्यस्तो पार्टीले वैचारिक वा सांगठनिक रुपमा समाजलाई नेतृत्व कसरी गर्छ? विधान महाधिवेशन गर्‍यो, त्यसमा केही पनि छैन। केपी ओलीलाई रिस उठेको मानिसलाई गाली गरेको प्रतिवेदन हो त्यो। त्यसले समाजलाई दिशानिर्देश गर्दैन।

अब महाधिवेशन हुन्छ र केपी ओली पुनः अध्यक्ष भएर आउँछन् लाहाछाप ठोकाएर। त्यसपछि त सक्कियो। त्यहाँ घनश्याम भुसालहरुको एउटा समूह छ। त्यो समूहले चाहिँ हामी वैचारिक लडाइँ गर्दैछौं भनेर भनेका छन्। तर त्यो वैचारिक लडाइँको त कहीँ कतै केही नामो निशाना नै देखिँदैन। एकथरी फुटेर गइसके, अब त्यहीँ बसेर काम गर्नेलाई केपी ओलीका मानिसले चुँसम्म पनि गर्न दिएका छैनन्। अनि कहाँ छ त्यहाँ वैचारिक लडाइँ? एमाले भनेको वैचारिक रुपमा टाट उल्टेको र समाजलाई नेतृत्व गर्न सम्पूर्ण रुपमा असफल पार्टी हुँदैछ। त्यो हुने क्रम धेरै पहिलादेखि जारी थियो। ०६२/६३ को आन्दोलनमा केपी ओली पहिला आफैं गणतन्त्र विरोधी भएर खडा भए। पछि स्वीकार गरेका मात्रै हुन्। केपी ओलीको हातमा जसरी सत्ता सिफ्ट हुँदै गयो, त्यसरी नै एमाले समाजको विचारभन्दा पछाडि छ। अहिले फर्केर राम मन्दिरतिर पुगेको छ। उसले समाजलाई अगाडि बढाएर लैजाने क्षमता गुमाइसकेको छ। 

एमाले छोडेका माधव नेपाल र झलनाथ खनालहरूले नेकपा एकीकृत समाजवादी गठन गरेका छन्। उनीहरूले एमालेलाई दक्षिणपन्थी, यथास्थितिवादी र प्रतिगामी भनेर व्याख्या गरिरहेका छन्। यसै धारतर्फ केन्द्रित भएको हो र एमाले?
त्यसमा कुनै शंका नै छैन। अहिलेको एमाले जुन बाँकी छ, सम्पूर्ण रुपमा दक्षिणपन्थतिर हाम फालिसकेको छ।

कसरी?
वैचारिक रुपमा भन्नुहुन्छ भने भारतमा नरेन्द्र मोदी आउँदा एक प्रकारको उत्साह थियो मानिसहरुलाई। किनभने त्यहाँको कांग्रेस पार्टीले लामो समयसम्म समाजलाई अगाडि बढाउन नसकेर, 'नियोलिबरल पोलिसी' अपनाउँदै ठूल्ठूला व्यापार व्यवसाय र उद्योग भनेर व्यापक लगानी गर्‍यो। तर, आम जनताको जीवनस्तर उकास्ने र उनीहरुलाई शक्तिमान बनाउनेमा कुनै ध्यान दिएन। त्यसले भारतीय समाजमा निराशा पैदा गर्‍यो। त्यसपछि मोदीको उदय भयो। तर, त्यो निराशालाई भजाएर आएको भए पनि मोदीको त स्पष्ट विचार थियो नि त। उनको हिन्दूत्ववाला विचार थियो। खासगरी मुस्लिमलाई मानिस नै मान्दैनन्। भारतको समाज त तपाईं हामी घुम्न गयौं भने पनि डराइडराइ हिँडनुपर्ने खालको असुरक्षित भयो। गन्जालागोल भएको समाजमा परिणत भयो। भारतको उत्पादकत्व, त्यहाँको जीडीपी लगायत सारा चिज डामाडोल भयो।

भाजपा हिन्दूत्वको जुन अहंकार छ नि, त्यो अहंकारको राजनीतिलाई हाम्रो देशमा भित्र्याउन खोजिएको छ। यसमा धेरै काम भइरहेको छ। त्यसमा विभिन्न झुण्डहरु काम गरिरहेका छन्। रवीन्द्र मिश्रको पार्टी त्यसमा पुग्दैछ। कमल थापाको पञ्चायतको परम्परागत शक्ति पनि त्यहाँ छ। केपी ओलीले पनि घुमाएर एमाले पार्टीलाई मोदीको लाइनतर्फ लैजान खोजिरहेका छन्। यसो हेर्दा उनले भोटको राजनीति गरेको होला जस्तो लाग्छ। तर, कुनै पनि भोटको राजनीति खास प्रकारको विचारले निर्देशित रहेसम्म भोटको मात्रै रहँदैन। त्यो विचारले अन्तिममा समाजलाई क्षतविक्षत बनाइदिन्छ। अहिले हामी त्यही ठाउँमा छौं।

केपी ओलीको प्रतिगमनकारी विचारले यो ठाउँमा हामीलाई ल्याएर बजार्छ भनेर मैले उनी प्रधानमन्त्री भएको दिन नै भनेको हो। उनी प्रधानमन्त्री भएको दिन हामीले बुझिसकेका थियौं कि उनले बजार्छन्। उनले समृद्धि ल्याउँछु, रेल ल्याउँछु पानीजहाज ल्याउछु भनेका थिए। यस्तो मानिसले बिगार्छ भनेर आम मानिसले कसरी सोच्ने त। त्यो सोच्ने तरिका के हो भने विचार हेर्ने हो। पहिलेदेखि नै उनको प्रतिगमनकारी विचार हो।

समाजका सबै तहतप्कालाई इज्जत दिने भन्ने हाम्रो अन्तरिम संविधान र २०६२/६३ को आन्दोलन, माओवादी जनयुद्ध, मधेस आन्दोलन, दलित आन्दोलन, मधेसी तथा थारु आन्दोलन सबैको म्यान्डेट हो नि त। महिलाहरुको पनि आवाज त्यसमा आउनुपर्‍यो। त्यो सबैलाई जोडेर कसरी समृद्ध लोकतन्त्र बनाउने त भन्ने कुरामा पो मेहनत गर्नुपर्छ। त्यसमा तपाईंले पसिना खर्च गर्नुपर्‍यो, बुद्धि लगाउनुपर्‍यो।

त्यसमा व्यवस्थापनको तरिका विकास गर्नुपर्‍यो। त्यसमा खट्नुपर्‍यो।। तर केपी ओलीले त जेजे प्राप्त भएको छ, त्यसलाई भत्काउनुपर्छ भन्ने मानिस भए, विचारको हिसाबले। त्यसकारणले उनले आफ्नो नेकपा पार्टी पनि भत्काए, पाँच वर्षलाई पाएको दुई तिहाइको बहुमतको शक्ति भत्काए। आफ्नो पार्टी पनि भत्काए। जुन विचारको नेतृत्व गरेर भत्काए, त्यो भनेको त दक्षिणपन्थी विचार नै हो। प्रतिगमनकारी विचार हो। जसले अन्तत्वगत्वा समाजलाई पनि ध्वंस बनाएर छोडछ। त्यही भएर उनको प्रतिगामी विचारको विरुद्धमा समाजमा एकप्रकारको आन्दोलन जारी छ नि त। नत्र उनलाई रोक्न सकिँदैन थियो नि।

हिजो सत्तामा हुँदा र आज बाहिर हुँदा पनि ओली राजनीतिको केन्द्रमा कसरी घुमिरहेका छन् त?

केन्द्रमा घुमेको होइन। हामीलाई केन्द्रमा घुमेको जस्तो लागेको हो। यसो हेर्दा त राजा पनि केन्द्रमा नै भएको जस्तो लागिरहन्छ नि। त्यस्तो किन लाग्छ भने केपी ओलीको जुन शैली छ नि, बोल्ने तरिका, उनले अभिव्यक्त गर्ने कुराहरु चाहिँ एकथरी युटुबरहरुले गर्ने जस्तो छ। उनीहरुले पर्दाअघि उभिएर मनपरी गाली गर्छन्। एकदम भद्र भलाद्मी समाजलाई कसरी अगाडि लैजाने भनेर भयंकर चिन्तन गरेको कुरा टेलिभिजन अथवा युटुबमा कति शेयर हुन्छ? र गाली गलौज र मारामार गरेर प्रस्तुत गरेको कति शेयर हुन्छ? त्यसले हाम्रो समाजको मनोविज्ञान बोल्छ नि। तर त्यसले समाजलाई निर्णायक दिशाचाहिँ दिँदैन। त्यो जसरी आयो, त्यसरी बाढी आए जस्तो हो।

केपी ओलीले अहिले कहीँ बोले भने मिडियाका लागि मसला हुन्छ। मिडियाले के थाहा पाइरहेको छैन भने केपी ओलीको मसला पस्किनुभन्दा अगाडि उनको विचारले समाजलाई कसरी क्षतविक्षत बनाएर लैजादैछ। पहिला त हामीले भन्थ्यौं मात्रै र पत्याएनन्। अहिले त देखाइदिए त उनले। दुई तिहाइको शक्ति भत्काइदिए। सिंहदरबारलाई कमजोर, राज्यसत्तालाई कमजोर बनाइदिए। अदालतभित्र लफडा त्यसै भएको होइन नि। त्यो त प्रकारान्तरले भएको हो। अदालत विष्फोट भइरहेको छ, ध्वस्त भइरहेको छ। उनको पार्टी चिराचिरा परेर समाजै चिराचिरा परेको छ। त्यहाँसम्म केपी ओलीले ल्याइपुर्याजउन सक्छन् भनेर पहिले हामीले भन्दा धेरैले नबुझे पनि अहिले व्यवहारले देखाइसक्यो। त्यसकारणले उनका कुरालाई चाहिँ हासोठट्टा अथवा रमाइलो कुरा भनेर मिडियाले प्रमोट गरिरहेको छ नि। यसले भारतमा भएको जस्तो दुःख पाउने सम्भावना देखिन्छ।

उनले 'अन्टसन्ट' गरिरहेको कुराचाहिँ एउटा खास विचारले प्रेरित छ। जुन विचारले हाम्रो समाजलाई ध्वस्त बनाउनेवाला छ। त्यति चाहि बुझेर युटुबले प्रमोट गरे जस्तो हाम्रो मिडियाले पनि प्रमोट गर्न बन्द गर्नुपर्छ। उनी कहीँ केन्द्रमा छैनन्। समाजको महत्त्वपूर्ण विषयमा कहाँ छ र उनको कुरा। कहाँ केन्द्रमा आउने कुरा छ। उनले कुनै उपाय पस्केका छन्? उनको विचारले समाजलाई कहीँ अगाडि लैजाने कुरा गर्छ र? गर्दैन त। अनि उनी कहाँ केन्द्रमा भए त? अहिले महंगी बढेर आकाश छुन लागेको छ। पेट्रोलियम पदार्थको मूल्य बढेको छ। कोभिडको बेला समाजको हरेक ठाउँमा संकट आयो। त्यस्तोमा त उनको केही कुरा थिएन। उनी कसरी केन्द्रमा हुन सक्छन्? यो त मिडियालाई रमाइलो लागेर युटुबरहरुले केही मानिसलाई केन्द्रमा ल्याएको र हाम्रो मेनस्ट्रिम मिडियाले केपी ओलीलाई केन्द्रमा ल्याएकोमा केही फरक छैन।

तपाईंले भने जस्तै केपी ओली केही धार्मिक अजेन्डामा केन्द्रित भएको देखिन्छ। भोटका लागि मात्रै हो कि अरु केही पनि छ यसको कारण?
भोट बटुल्न खोजेको हो तर कुनै पनि कुरालाई अलि गम्भीर रुपले लिन जरुरी छ। पहिला जसरी मोदीको गुजरात मोडेल भनियो नि, त्यसले अहिले भारतलाई दुर्घटनामा पुर्यानइदियो भनेर हेर्न सकिन्छ। त्यो त हाम्रै अघिल्लतिर नै छ। त्यसकारण ओलीले पनि जे गरिरहेका छन्। जे बोलिरहेका छन्। त्यो खाली भोट बटुल्ने कुरा हो अथवा केही दिनको कुरा हो भनेर पन्छयाउन मिल्दैन। किनभने त्यसभित्र एउटा गम्भीर वैचारिक प्रतिगमनकारी, दक्षिणपन्थी वैचारिक लाइन लुकेको छ। त्यो लाइनले यदि सफलता पायो र अगाडि जाने मौका पायो भने जसरी अहिले झण्डैझण्डै खतम बनाएको थियो, त्यसैगरी भोलि गएर मिडियाको मुख बन्द गर्ने दिन नआउला भनेर भन्न सकिन्न। किनभने समाज कतिबेला ओरालो लाग्छ र कतिबेला ग्रिप गुमाउँछ थाहा हुँदैन। त्यही भएर केपी ओली जस्तो मानिसले के कुरा गरिरहेको छ भन्ने कुरामा चाहिँ हामीले मजाकको रुपमा मात्रै लिनुहुँदैन। उनीचाहिँ गम्भीर रुपमै दक्षिणपन्थी र समाजलाई बर्बाद बनाउने पात्र हुन भनेर बुझ्न पर्छ।

त्यसकारण उनले राममन्दिरको कुरा गरे पनि त्यसभित्रको रहस्य के छ भने अन्तिममा गएर यहाँ हिन्दू र गैरहिन्दूको बीचमा ठूलो खाडल निर्माण गर्ने, शत्रुता निर्माण गर्ने कुरा लुकेको छ। उत्पीडितहरुले हाम्रो अधिकार लामो समयदेखि हनन भयो लौ न अधिकार पाऊँ भने जस्तो हुँदैन नि यो। पहिलेदेखि शासनसत्तामा रहेको कुनै पनि समुदायले एकप्रकारले त्यो चिजलाई प्रमोट गरेर लिएर जान खोज्यो भनेदेखि त अर्कोले त्यसमा रियाक्ट गर्छ नि। त्यो भएपछि त सामाजिक विग्रह रोक्न सक्दैनन्। उत्पीडितले आवाज उठाउँदा जति चर्को आवाज उठाए पनि त्यसले ठूलो दुर्घटनामा लैजादैन। तर जुन प्रकारको राजनीति मोदीले भारतमा गरे, अहिले तालिवानले अफगानिस्तानमा गरिरहेको छ। त्यही चिज हाम्रोमा गर्न खोजिरहेका छन्। त्यसकारण यसलाई सामान्य रुपमा बुझ्न हुन्न।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पुनः एकता हुनसक्ने अवस्था देख्नुहुन्छ?
तपाईंको विचारको तहबाट हेर्नुभयो भने नहुनुपर्ने हो। तर हाम्रो देशमा समस्या के छ भने, राजनीतिक पार्टीहरुलाई कस्तो लाग्छ भने आफूले जुन विचार बोकेको छ। त्यो विचारलाई व्यवहारमा लागू गर्नका लागि बोकिएको हो भन्ने नै छैन। विचार र व्यवहार फरकफरक छ। कि त विचार छोड्नुपर्‍यो कि व्यवहार। दुइवटामा एउटा हुन्छ। विचार जस्तो व्यवहार हुनुपर्‍यो।, यदि व्यवहार अर्कै हुन्छ भने व्यवहार जस्तै विचार बनाउनुपर्‍यो। तर, हाम्रोमा उल्टो छ। विचारको कुरा एकथरी गर्दै हिँडेको छ र व्यवहारमा अर्कोथरी गर्दै हिँडेको छ। त्यो गर्दा अनौठो नलाग्ने। हिजोको माओवादी र एमाले एकता हुने आधार के हो भनेर वैचारिक रुपले खोज्नुभयो भने पाउनुहुन्न। वैचारिक आधार नै छैन।

त्यतिबेला दुईथरीले पहिले चुनावका लागि गठबन्धन गरे। पछि त्यसैलाई हामी ठूलो कम्युनिष्ट तागत बनाउछौं भनेर एकतामा परिणत गर्न खोजे। जुन कुरा छुटेको दिन देखियो। फुटेको त होइन नि त। एउटा परिपेक्ष्यमा परेको मुद्दामा अदालतको घोषणाले अलग हो भन्ने जस्तो भाषा बोल्यो। त्यसलाई सर्लक्क स्वीकार गरेर दुई पार्टी अलग भए। कति सजिलै अलग भए। जोडिएकै रहेनछन् भन्ने थाहा भयो नि त। त्यसकारण हाम्रा पार्टीहरु केका आधारमा जुट्छन् र केका आधारमा फुट्छन् भन्ने कुरा चाहिँ मूल्यांकन गर्न गाह्रो छ। त्यसकारण कुन कुन पार्टीहरु भोलि गएर मिल्लान् या नमिल्लान् भन्न सकिन्न। भोलि एमाले र माओवादी मिल्लान् वा नमिल्लान् भन्न सकिँदैन। तर वैचारिक रुपमा हेर्ने हो भने यी दुई पार्टी मिल्दैनन्। 

 

यस श‍ृंखलाका अन्य सामग्रीहरू पढ्नुहोस्:

  • नेतृत्वलाई चुनौती दिएकै कारण एमालेमा भविष्य सकिँदैन

  • एमाले महासचिवमा पौडेल र पोखरेलको दौडधुप चर्को, ओली गुटमै बन्न थाले उपगुट

  • एमाले महाधिवेशन : एक तिहाइ महिला केन्द्रीय कमिटीमा मात्र कि पदाधिकारीमा पनि?

  • अध्यक्षले हिजो बैगुनी भन्नुभयो, अब गुनी भनिराख्न जरुरी छैन : योगेश भट्टराई [अन्तर्वार्ता]

  • उपमहासचिवमा विष्ट, ज्ञवाली र पाण्डेको दाबी, सचिवमा आकांक्षीको ओइरो

  • पदाधिकारीमा महिलाको उपस्थिति एक तिहाइ पुर्‍याइन्छ भन्ने आशा गरेका छौं : पद्‌मा अर्याल [अन्तर्वार्ता]

  • अष्टलक्ष्मीलाई प्रश्न- माधव र झलनाथविनाको एमाले महाधिवेशन कस्तो होला?

  • एमाले नेताहरूमा ओलीकै आश, ओलीकै त्रास

  • एमाले उपाध्यक्षमा जम्मा पद चार, दोब्बरभन्दा बढी दाबेदार

  • केपी ओलीका कमजोरी होलान्, तर एमालेको आवश्यकता ओली नै हो : ईश्वर पोखरेल [अन्तर्वार्ता]

  • नेम्वाङका लागि दाहिने फर्किएलान् ओली?

  • एमालेका १० नेताको समूह : महाधिवेशनको मुखमा तितरबितर  

  • एकताकै निरन्तरता भएकाले हाम्रो व्यवस्थापनमा अप्ठ्यारो हुँदैन : लेखराज भट्ट [अन्तर्वार्ता]

  • को बन्ला एमालेको महासचिव?

  • कस्तो होला ‘ओली प्राधिकार’ एमाले?

  • वरिष्ठ उपाध्यक्ष : ईश्वर पोखरेललाई सिर्जना गरिएको पद!

  • एक्लै दौडेर विजेता हुने तरखरमा ओली  

  • ओलीलाई सर्वसम्मत अध्यक्ष बन्नबाट कसले रोक्ला? 

  • महाधिवेशनपछि कसरी होला माओवादी छाडेर आएका नेताहरूको व्यवस्थापन? 

  • जालझेल गरेर कसैलाई थन्क्याउने, कसैलाई हुक लगाएर माथि तान्ने काम नहोस् : ज्ञवाली [अन्तर्वार्ता]

प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  १२:३७
  • #एमाले_दशौं_राष्ट्रिय_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा
हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास काठमाडौं पठाउने तयारी
आज चार वटा संसदीय समितिको बैठक बस्दै
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा बिहीबार, भदौ १८, २०८३
हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास काठमाडौं पठाउने तयारी बिहीबार, भदौ १८, २०८३
आज चार वटा संसदीय समितिको बैठक बस्दै बिहीबार, भदौ १८, २०८३
सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने एप्पलको तयारी बिहीबार, भदौ १८, २०८३
एनभीएलको विजेताले २० लाख नगद पुरस्कार पाउने बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
सदनमा प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रचण्डको प्रश्न– ‘यहाँ आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो ?’ बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्