काठमाडौं- शुक्रबार पनि नेपाल लाइभमा कोरोना भाइरससँग जोडिएका सामग्रीहरुले नै प्रथामिकता पाए। देशभर बढ्दो कोरोना संक्रमण, निषेधाज्ञाको दोस्रो दिनका गतिविधि, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले गरेका विभिन्न निर्णय प्राथमिकतासाथ प्राथमिकता पाए।
यस्तै, जनता समाजवादी पार्टी (जसपा)का बहुमत सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्तावमा समर्थन गर्न गरेको निर्णय, जसपाले कारबाही गरेका लुम्बिनी प्रदेशका चार जना सांसद त्यसविरुद्ध सर्वोच्च अदालत पुगेको विषय पनि आज अटाए। यीसँगै राजनीतिका अन्य घटनाक्रम, आर्थिक, सामाजिक र खेलकुदका विभिन्न गतिविधिले पनि प्राथमिकता पाए। शुक्रबार नेपाल लाइभमा प्रकाशित केही मुख्य समाचारहरु यसप्रकार छन्:
नेपाल-भारतका २२ नाका बन्द गरिने
सरकारले कोरोना संक्रमण रोकथामका लागि नेपाल -भारतका २२ वटा नाका बन्द गर्ने निर्णय गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० को बैठकले नेपाल र भारतबीचका ३५ नाकामध्ये २२ वटा बन्द गर्ने निर्णय गरेको हो। अब काँकडभिट्टा, जोगबनी, पशुपतिनगर, भिठ्ठामोड, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाह, झुलाघाट, कोलुघाट, गौरीफान्टा र गड्डाचौकी नाका मात्र खुला रहनेछ।
नेपाल-भारतका २२ नाका बन्द गरिने
नेपाल आएका विदेशीलाई अनिवार्य क्वारेन्टिन, नमाने डिपोट गरिने
निषेधाज्ञा जारी भएका जिल्लामा थप कडाइ गर्ने सरकारको निर्णय
निर्माण कार्य बन्द गर्ने सीसीएमसीको निर्णय, उद्योग सञ्चालनमा पनि कडाइ
सरकारले भन्यो– अब अस्पतालमा बेड उपलब्ध गराउन नसकिने भयो
कोरोना संक्रमण मुलुकको स्वास्थ्य प्रणालीले धान्न नसक्नेगरी बढेको भन्दै सरकारले अब अस्पतालहरुमा बेड उपलब्ध गराउन नसकिने अवस्था आएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै संक्रमण रोकथामका उपाय अबलम्बन गर्न सबैलाई अपील गरेको छ।
सरकारले भन्यो- अब अस्पतालमा बेड उपलब्ध गराउन नसकिने भयो
जनस्वास्थ्य विज्ञको टिप्पणी– सरकारले उपचार गर्ने दायित्वबाट हात उठाउन मिल्दैन
सरकारका मन्त्री नै कुल्चिँदै स्वास्थ्य मापदण्ड
१६ दिनमै ३६ हजार ५४६ संक्रमित : यस्तो छ वैशाख महिनाको कोरोना ग्राफ
एम्बुलेन्सलाई एकीकृत परिचालन गर्न स्वास्थ्य मन्त्रालयको अपील
निषेधाज्ञाको दोस्रो दिन : ७ तस्बिरमा काठमाडौंको सडक
उपप्रधानमन्त्री पोखरेलको अपील : कोरोना रोकथामका लागि सबै जिम्मेवार बनौं (भिडियोसहित)
निषेधाज्ञा अवधिभर सुन आयात र वितरण प्रभावित हुने
के घरमै अक्सिजन राखेर कोरोना संक्रमितको उपचार हुनसक्छ ?
नेपालमा कोरोना भाइरसको दोस्रो लहर तीव्र रुपमा फैलिरहेको छ। संक्रमणको दर हरेक दिन बढ्दै गर्दा भारतमा जस्तै नेपालमा पनि अक्सिजन नपाइने हो किन भन्ने चिन्ता थपिएको छ।
दोस्रो लहरको कोरोना संक्रमणको चपेटामा रहेको भारतमा अक्सिजन सपोर्ट नपाउँदा संक्रमितको ज्यान गइरहेको अवस्थामा नेपालमा समेत मेडिकल अक्सिजनको उपलब्धताको विषयलाई लिएर चिन्ता व्यक्त गर्न थालिएको हो।
के अक्सिजन घरमा राखेर कोरोना उपचार हुन्छ? शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोलालाई हामीले यही प्रश्न गरेका छौं।
के घरमै अक्सिजन राखेर कोरोना संक्रमितको उपचार हुनसक्छ ?
जसपामा बहुमतको निर्णय- ओलीविरुद्धको अविश्वास प्रस्तावलाई समर्थन गर्ने
जनता समाजवादी पार्टी (जसपा)का बहुमत सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्तावमा समर्थन गर्ने निर्णय गरेका छन्। जसपाका १८ जना प्रतिनिधि सभा सदस्यले ओलीविरुद्धको अविश्वास प्रस्तावमा समर्थन गर्ने निर्णय गरेका हुन्।
जसपामा बहुमतको निर्णय- ओलीविरुद्धको अविश्वास प्रस्तावलाई समर्थन गर्ने
लुम्बिनी प्रदेशका चार सांसद आफ्नै पार्टीले गरेको कारबाहीविरुद्ध सर्वोच्चमा
बाबुराम-उपेन्द्र बहुमतमा पुगेपछि के होला जसपाको ‘मूभ’?
जसपाको महन्थ-राजेन्द्र पक्षको प्रतिक्रिया : सत्ता सहकार्य ओलीसँगै हुन्छ
एमालेको वडा अधिवेशन भदौ ५ र प्रदेश अधिवेशन असोज २३ मा
नेकपा एमालेले वडा अधिवेशन भदौ ५ गतेका लागि तय गरेको छ। वैशाख ६, १० र १२ गते बसेको पार्टीको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकबाट गरिएको निर्णयहरु सहित जारी अन्तरपार्टी निर्देशनमा तहगत अधिवेशनको मिति उल्लेख गरिएको छ।
एमालेको वडा अधिवेशन भदौ ५ र प्रदेश अधिवेशन असोज २३ मा
यसरी चुक्दै छन् हाम्रा दल
‘राजनीति यस्तो भयो कि जनताले अझै केही समय दुःख पाउँछन्’
कांग्रेस सभापति देउवाले भने- अविश्वासको प्रस्ताव ल्याउन बहुमत पुगेको छैन
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पक्षमा बहुमत नपुगेको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन संख्या नपुगेको उनले पुनः बताएका छन्। देउवाले आफ्नै निवास बूढानीलकण्ठमा शुक्रबार गरेको पत्रकार सम्मेलनमा भने, ‘मलाई बहुमत पुगेको छैन। बहुमत चाहिन्छ कि चाहिन्न भन्नु न।’
कांग्रेस सभापति देउवाले भने- अविश्वासको प्रस्ताव ल्याउन बहुमत पुगेको छैन
कोरोना नियन्त्रणमा सरकारको गैरजिम्मेवारी भर्त्सनायोग्य : देउवा
संसद्बाट एमसीसी पारित गर्न प्रचण्डसँग कुनै सम्झौता भएको छैन : देउवा
र, अन्त्यमा यो पनि
हिमाल सफा गर्दा भेटियो १५ वर्षअघि हराएको हेलिकप्टर, दुई मानव अवेशष समेत फेला
धौलागिरी हिमाल सफा गर्दा हेलिकप्टर र मानव अवशेष समेत भेटिएको छ। सफा हिमाल अभियान २०२१ अन्तर्गत फोहर संकलन गर्ने क्रममा नेपाली सेनाको टोलीले वैशाख १६ गते धौलागिरी बेसक्याम्पबाट हेलिकप्टर र मानव अवशेष फेला पारेको हो।
हिमाल सफा गर्दा भेटियो १५ वर्षअघि हराएको हेलिकप्टर, दुई मानव अवेशष समेत फेला
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।