सबै तस्बिर : नेपाली सेना।
काठमाडौं- धाैलागिरी हिमाल सफा गर्दा हेलिकप्टर र मानव अवशेष समेत भेटिएको छ। सफा हिमाल अभियान २०२१ अन्तर्गत फोहर संकलन गर्ने क्रममा नेपाली सेनाको टोलीले वैशाख १६ गते धाैलागिरी बेसक्याम्पबाट हेलिकप्टर र मानव अवशेष फेला पारेको हो।
उक्त हिमालको २०० मिटर दक्षिणतर्फ माउन्टेन इक्युपमेन्टसहितका २ वटा मानव अवशेष र सोही बेस क्याम्पबाट १ किलोमिटर टाढा इटाली बेस क्याम्पतर्फ ९एन–एसीआर लेखिएको हेलिकप्टरको अवशेष फेला परको नेपाली सेनाले जनाएको छ।
उक्त मानव अवशेषहरुको पहिचान खुलेको छैन। हेलिकप्टर भने एअर डाइनेस्टीको भएको पाइएको छ । उक्त हेलिकप्टर सन् २००६ मा दुर्घटना भएको जानकारी प्राप्त भएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डाले जनाएको छ।
मानव अवेशषको व्यवस्थापनका बारेमा समेत छलफल अघि बढाइएको सेनाले जनाएको छ। सगरमाथासहित ६ वटा हिमाल नेपाली सेनाको टोलीले अहिले सफा गरिरहेको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।