• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बाबुराम-उपेन्द्र बहुमतमा पुगेपछि के होला जसपाको ‘मूभ’? 

64x64
वीरेन्द्र ओली शुक्रबार, वैशाख १७, २०७८  १७:१३
1140x725
फाइल तस्बिर।

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)को विवाद एकाएक उत्कर्षमा पुगेको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा शुरु भएको विवाद अब केन्द्रदेखि प्रदेशसम्म विस्तार भएपछि यो पार्टी फुटको संघारमा पुगेको चर्चा हुन थालेको छ। 

कुनैबेला जसपामा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)का नेता महन्थ ठाकुर, राजेन्द्र महतो, राजकिशोर यादव, अनिल झालगायत हाबी थिए। बालुवाटारसँग भइरहेका वार्ताले पनि त्यही संकेत गर्थे। प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि उनीविरुद्ध जसपा आन्दोलनमा गएपनि पूर्वराजपा पक्षकै दबदबा रहेको मानिन्थ्यो।

तर, अनौठो ढंगबाट अहिले जसपामा तत्कालीन समाजवादी पार्टीपक्षधर हाबी हुन पुगेको देखिन्छ। पूर्वसमाजवादीतर्फका बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठलगायतका नेता हाबी मात्र बनेका होइनन्, पार्टी कमिटीमा उनीहरू बहुमतमा पुगेको समेत बताइन्छ।

तत्कालीन समाजवादी पार्टीका नेताहरूलाई राजपापक्षका नेता महेन्द्रराय यादव पक्षले समेत सहयोग गरेको छ। पछिल्लो समय तत्कालीन समाजवादी पार्टीका नेताहरूले जसपाको पदाधिकारी, कार्यकारिणी समिति, केन्द्रीय समिति, संघीय संसद्को संसदीय दल र प्रदेश सभा संसदीय दलमा समेत आफूहरू बहुमतमा भएको दाबी गरेका छन्। जसपाका ५ पदाधिकारीमा बाबुराम, उपेन्द्र र अशोक राई एकढिक्का छन्। अर्कोतिर महन्थ र राजेन्द्र मात्र छन्। 

केन्द्रीय कार्यकारिणी समितिका ५१ जनामध्ये तत्कालीन समाजवादीका ३० जनाभन्दा धेरै रहेको जसपा नेता गंगानारायण श्रेष्ठले दाबी गरे। यस्तै, जसपाको प्रतिनिधि सभामा ३४ जना सांसद छन् (दुईजना निलम्बनमा परेका)। त्यसमा पनि आफ्नो बहुमत रहेको पूर्वसमाजवादी पक्षको दाबी छ। 

ठाकुरले गत वैशाख ९ गते बोलाएको आफ्नो पक्षका सांसद्को भेलामा ९ जना मात्र उपस्थित भएका थिए। त्यस उपस्थितिलाई बाबुराम–उपेन्द्र पक्षले त्यति नै सांसद् भएकाले त्योभन्दा धेरै संख्या नभएको दाबी गरेका छन्। तर, महन्थ–राजेन्द्र पक्षले काठमाडौंमा उपलब्ध सांसदको मात्रै भेला गरिएकाले त्योभन्दा धेरै सांसद आफ्नो पक्षमा भएको दाबी गरेका छन्। उनीहरूले अझै आफ्नो पक्षमा २६  सांसद भएको दाबी गर्दै आएका छन्। 

जसपाको ८०१ सदस्यीय केन्द्रीय समितिमा बाबुराम–उपेन्द्र पक्षको बहुमत रहेको योपक्षका केन्द्रीय सदस्य राजेश विद्रोहीले बताए। पार्टी एकता गर्दा तत्कालीन राजपा र समाजवादीबीच केन्द्रीय समितिमा ५०/५० प्रतिशतका आधारमा एकता गरिएको थियो। ‘पछि पार्टीमा राजपापक्षका धेरै नेता बाबुरा-उपेन्द्र पक्षसँग जोडिएपछि हाम्रो बहुमत छ’, विद्रोहीले भने, ‘पार्टीमा स्पष्ट देखिनेगरी हामी बहुमतमा छौं। आवश्यक परे देखाउन सक्छौ।’ 

प्रदेशमा उपेन्द्र-बाबुरामको बहुमत 
सात प्रदेशमध्ये तत्कालीन जसपाको ६ प्रदेशमा मात्रै उपस्थिति छ। जसमध्ये ५ प्रदेशमा बाबुराम-उपेन्द्र पक्षको बहुमत छ भने सुदूरपश्चिम प्रदेशमा महन्थ-राजेन्द्र पक्षको बहुमत छ। प्रदेश १ मा जसपाका तीन सांसदमध्ये तीनै जना तत्कालीन समाजवादी पार्टीका हुन्। यस्तै, प्रदेश २ मा जसपाका ५५ जना सांसदमध्ये तत्कालीन समाजवादीका ३० जना छन्। बागमती प्रदेशमा प्रेम तामाङ मात्रै छन्। उनी बाबुराम पक्षका सांसद हुन्। 

Ncell 2
Ncell 2
nimb
nimb

गण्डकी प्रदेशमा २ जना सांसद भएपनि उनीहरू दुवै बाबुराम पक्षका हुन्। लुम्बिनी प्रदेशमा ६ सांसदमध्ये राजपापक्षका एक जना मात्रै छन्। जसमध्ये ४ सांसदले पार्टीको निर्देशनविपरीत मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गरेको भन्दै कारबाहीमा परेका छन्। लुम्बिनीमा हाल समाजवादी पक्षका २ जना सांसद मात्रै छन्। 

कर्णाली प्रदेशमा जसपा शून्य भएपनि सुदूरपश्चिम प्रदेशमा २ जना सांसद मात्रै छन्। दुवै महन्थ-राजेन्द्र पक्षका सांसद हुन्। 

पार्टी निर्णयमा बाबुराम पक्ष नै हाबी 
जसपाको गत चैत ५ गते कार्यकारिणी समितिको बैठक बस्ने भनिएपनि अन्तिममा स्थगित भयो। ओली सरकारलाई समर्थन गर्ने वा नगर्ने विषयलाई लिएर विवाद उत्पन्न भएपछि स्थागित भएको बैठक फेरि बस्नसकेको छैन। त्यसयता पदाधिकारी बैठक निरन्तर बसे, तर त्यसमा सहमति नभएपछि वैशाख पहिलो साता फेरि कार्यकारिणी समितिको बैठक बस्ने तयारी भयो। वैशाख दोस्रो साता हुँदासमेत कार्यकारिणी समितिको बैठक बस्न नसकेपछि वैशाख १४ गते बाबुराम-उपेन्द्र पक्षले ललितपुरमा कार्यकारिणी समितिको बैठक बोलायो।

त्यही बैठकले लुम्बिनी प्रदेश सभाका चार जना जसपा सांसदलाई कारबाही गर्ने निर्णय गरेर प्रदेश सभालाई जानकारी पठाएको थियो। कार्यकारिणी समितिको बहुमतको निर्णय पठाएलगत्तै लुम्बिनी प्रदेश सभाले निलम्बनको निर्णय गरेर वैशाख १६ गते सूचना प्रकाशन गर्‍यो। प्रदेश सभाले गरेको निर्णयमा असहमति राख्दै जसपा अध्यक्ष महन्थ ठाकुरले लुम्बिनी प्रदेशका चार सांसदलाई कुनै कारबाही नभएको भन्दै बिहीबार एक विज्ञप्ति जारी गरे। महन्थले ती सांसदलाई कारबाही नगर्न यसअघि नै प्रदेश सभा संसदीय दललाई निर्देशन पठाइसकेकाले कारबाही भएको मान्न नसकिने बताए। ठाकुरले शुक्रबार निर्वाचन आयोगमा पनि यसबारे निवेदन दिएका छन्।

एकपछि अर्को निर्णयमा बाबुराम-उपेन्द्र पक्ष हाबी हुँदै जाँदा र महन्थ–राजेन्द्र पक्ष रक्षात्मक बन्न थाल्दा अब जसपाले के गर्ला? अर्का नेता नवराज सुवेदीले प्रधानमन्त्री ओली विरुद्धको अविश्वास प्रस्तावमा जसपा उभिने नेपाल लाइभलाई बताए।

‘प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वास प्रस्ताव हप्ता दिनभित्रै दर्ता हुन्छ, त्यसमा बहुमत जसपा सांसदले हस्ताक्षर गर्छन्’, सुवेदीले भने, ‘बुहमत सांसदको समर्थनमा अविश्वास प्रस्ताव पारित पनि हुन्छ।’  

प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  १७:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्