काठमाडौं– हालै आएको विनाशकारी मौसमी प्रकोपका कारण श्रीलङ्का भरि करिब ८५ प्रतिशत विद्युत आपूर्ति बन्द भएको श्रीलङ्का सिलोन विद्युत बोर्ड (सिइबी) ले जनाएको छ।
सिइबीका उप–महाप्रबन्धक नोएल प्रियन्थाका अनुसार प्राकृतिक विपत्तिबाट सिर्जित क्षतिका कारण देशका झन्डै ७० लाख विद्युत उपभोक्तामध्ये ३९ लाखभन्दा बढीको सेवामा अवरोध आएको हो।
उनले अधिकांश विद्युत जडान पुनःस्थापित भइसकेको र बाँकी जडानलाई छिट्टै सञ्चालनमा ल्याउने काम भइरहेको जानकारी दिए।
सिइबीका अनुसार आपतकालीन अवस्थाका क्रममा १६ हजार ७७१ ट्रान्सफर्मर सेवा बाहिरिएका थिए। त्यसमध्ये १४ हजार ५४९ ट्रान्सफर्मर मर्मत तथा पुनस्थापना भइसकेको र बाँकी उपकरणलाई यथाशीघ्र सञ्चालनमा ल्याइने तयारी भइरहेको सिइबीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।