काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को प्लेअफमा पुग्न लुम्बिनी लायन्सले १३३ रनको लक्ष्य पाएको छ।
सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुरले लुम्बिनीसामु जितका लागि १ सय ३३ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको हो।
टीयु क्रिकेट मैदानमा लुम्बिनीवविरुद्ध टस जितेर ब्याटिङ गरेको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३२ रन बनायो।
जनकपुरका लागि संगीत कोरेले बनाएको ४५ रन नै सर्वाधिक रह्यो। उनले ३८ बलमा २ चौका प्रहार गरे।
मयन यादव २७ रनमा नटआउट रहे। आशिफ शेखले २० र सञ्जय कृष्णमुर्तिले १४ रन थपे। शुभ कंसाकार ११ रन बनाउँदा शेर मल्लको बलमा बोल्ड आउट हुन पुगे।
अनिल साह ७ रन बनाउँदा रुवेन टम्पलम्यानको बलमा एलबीडब्लु धरापमा परे।
बलिङमा लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्ले दुईदुई तथा जेजे स्मिथ र रुवेन ट्रम्पलम्यानले एकएक विकेट लिए।
लुम्बिनीले आजको खेलमा जित निकाले प्लेअफमा स्थान पक्का गर्नेछ। जनकपुरको हारले प्लेअफ सम्भावना सकिनेछ। लुम्बिनी जनकपुरलाई हराउँदै प्लेअफमा स्थान पक्का गर्न चाहन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।