काठमाडौं- उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना रोकथाम र नियन्त्रणका लागि सबै जिम्मेवार बन्नुपर्ने बताएका छन्। उनले सबैको साझा प्रयासबाट मात्रै कोरोना रोकथाम सम्भव रहेको बताएका छन्।
कोरोना संक्रमणको विस्तार रोक्नलाई सरकारले निषेधाज्ञा लागू गरेको भन्दै उनले सबैले यसको पालना गर्नुपर्ने बताए। ‘फैलँदो संक्रमणलाई नियन्त्रण गर्नका लागि, संक्रमणको चेनलाई ब्रेक गर्नका लागि निषेधाज्ञा गर्ने, अनावश्यक मोबिलिटीलाई नियन्त्रण गर्ने भनेर निर्णय गरेका हौं’, पोखरेलले भने।
यसलाई कार्यान्वयन गर्नुपर्ने जरुरी रहेको उपप्रधानमन्त्री पोखरेल बताउँछन्। उनले राजनीतिक अभिप्रायले, राजनीतिक उद्देश्य पूरा गर्नका लागि निषेधाज्ञा नगरिएको समेत बताए।
‘यो आमनागरिको स्वास्थ्यको लागि र जीवन रक्षाको लागि गर्नैपर्ने काम भएकाले हामीले गरेका (निषेधाज्ञा) हौं’, उनले भने, ‘जनता आफैंपनि जिम्मेवार हुनुपर्ने, सचेत हुनुपर्ने आवश्यकता छ।’
जनताको साथ, सहयोग भएन भने यसको प्रभावकारी कार्यान्वयमा समस्या हुने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।