• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शनिबार, असोज १५, २०७९  १९:२६
1140x725

‘परित्यक्त’, ‘निलोफर’ र ‘निहारिका’ जस्ता उपन्यास तथा कथा, निबन्ध, कविता लगायतका विधामा कलम चलाएका साहित्यकार हुन् प्रकाश तिवारी। लामो समयसम्म नेपाल कृषि अनुसन्धान परिषद्‌मा सरकारी जागिरे हुँदै गर्दा साहित्यलाई समेत एकसाथ बढाए तिवारीले। 

नाम जस्तै काम गरेका प्रकाश हाल सरकारी जागिरेबाट सेवानिवृत्त भएका छन्। सेवानिवृत्त भए पनि आफ्नो साहित्यिक यात्रालाई भने निरन्तरता दिँदै आएका तिवारीसँग नेपाल लाइभका भूपेन्द्र शाह ठकुरीले बडादशैंको अवसरमा गरेको साहित्यिक भलाकुसारीः

दशैंलाई कसरी सम्झिनुहुन्छ? 
सानो छँदा दशैं कहिले आउला जस्तो हुन्थ्यो । नयाँ लुगा लगाउने, मिठो-मसिनो खान पाइने भएपछि दशैंको छुट्टै मजा हुन्थ्यो सानोमा। भदौदेखि नै बुबाले नयाँ लुगा किन्नका लागि बजार लैजानुहुन्थ्यो ।

त्यतिबेला अहिलेको जस्तो रेडिमेट लुगा पाइँदैनन्थ्यो। घरमा दर्जी बोलाएर सिलाएर लगाउनुपर्थ्यो। 

दशैंमा नयाँ लुगा लगाउँदै छर-छिमेकमा तिम्रो राम्रो कि मेरो? भन्दै लुगा देखाउने गरिन्थ्यो।

अष्टमी र नवमी दुई दिन देवीको पूजा गर्ने, अष्टमीमा बलि दिने, नवमीमा कुल देउताको पूजा गर्ने र मासु खाने हाम्रो परम्परा छ। परम्परा अनुसार नै दशैं मनाइन्थ्यो। 

मावली घर टाढा भएकाले कुनै-कुनै वर्ष मात्र मावली गइन्थ्यो। मावली जाँदा बहुत रमाइलो लाग्थ्यो । दशैंमा टीका लगाउँदा त्यति बेला नोटको प्रचलन कम हुन्थ्यो। सिक्काको चलन हुन्थ्यो । टीका लगाएर चार/पाँच रुपैयाँ पाए पनि एकदमै खुसी लाग्थ्यो। अहिलेको हजारौं रुपैयाँ बराबर हुन्थ्यो होला सायद।

दशैंका बेलामा पुस्तक पढ्नु पर्छ भन्नेहरु देखिन्छन्। तपाईं चाहिँ पाठकलाई कस्ता खालका पुस्तक पढ्न सुझाव दिनुहुन्छ? 
यसमा मेरो फरक धारणा छ। मान्छे भन्नका लागि भन्छन् या पढ्नका लागि भन्छन् थाहा छैन। दशैंमा यति पुस्तक किनें र उति पुस्तक किनेँ भन्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

नेपालीको सबैभन्दा ठूलो चाड दशैं हो। कोही अमेरिकादेखि दशैं मनाउनका लागि आएका छन्। कोही भारतदेखि वा देशैभरिबाट दशैं मनाउन घर जानेको घुइँचो नै लागेको हुन्छ। मेचीदेखि महाकाली बस्ने सबैको जमघट हुने समय हो। कहिल्यै नजुट्ने, नभेटिनेहरु पनि यतिबेला जुट्ने, भेट्ने गर्छन्।

अरु बेला जे जस्तो भए पनि दशैंमा ऋण नै गरेर भए पनि मिठो-मसिनो खाने, अरुलाई खुवाउने पर्वमा आइसोलेट भएर, एउटा कुनामा बसेर किताब पढ्छन् जस्तो मलाई लाग्दैन। कुनै मान्छेसँग सम्बन्धै नराखी, सम्पर्क नै नगरी जंगलमा बसे जस्तो गरेर, गुफामा बसे जस्तो गरेर पढ्ने हो भने त छुट्टै कुरा, होइन भने मान्छे चाडबाडको बेलामा कसरी किताब पढ्ने हो? म बुझ्दिनँ। 

पढ्नकै लागि दशैं नै आउनुपर्छ भन्ने त छैन नि। देशका प्रधानमन्त्री र नेताहरु भन्दा बढी व्यस्त को होला र? उनीहरुले पनि त पढिरहेकै हुन्छन्। दिनमा दुई घण्टा समय निकाल्न सकिहालिन्छ नि। दिनको दुई घण्टा समय निकाल्ने हो भने महिनामा ६० घण्टा समय निस्कन्छ। एकै घण्टा निकाल्ने हो भने पनि महिनामा ३० घण्टा समय निस्कन्छ। ३० घण्टामा चार वटा किताब पढ्न सकिन्छ। त्यसैले दशैंमा मात्र पढ्न सकिने, अघिपछि पढ्न नसकिने भन्ने हुँदैन। तर म दशैंमा पढ्छु नै भन्ने साथीहरुलाई व्यक्तित्व विकास गर्ने खालका पुस्तक पढ्न सुझाव दिन्छु।

दशैंमा पढ्न चाहनेहरुका लागि रोन्डा ब्राइन्डका, नेपोलियन हिलका, डेल कार्नेगी, शिव खेरा, रवीन शर्माका व्यक्तित्व विकास गर्ने खालका पुस्तक पढ्नुहोस् भन्न चाहन्छु।

Xtrem

Xtrem

तपाईंले सरकारी जागिरे हुँदै तीन वटा उपन्यास प्रकाशन गर्नुभयो। थुप्रै कथा संग्रह तथा कविता समेत प्रकाशन गर्नुभयो। पाठकबाट कस्तो खालको प्रतिक्रिया पाउनुभयो? 
तीन वटा मेरा उपन्यास निस्किसके। चोथौं पनि प्रकाशनको तयारीमा छ। पहिलो उपन्यास परित्यक्त निकै मिहिनेत गरेर राम्रो लेखेको महसुस गर्छु। तर यसको त्यति प्रचार-प्रसार हुन सकेन। अहिले प्रचार-प्रचार र मार्केटिङको जमाना हो। प्रचार-प्रसार हुन नसक्दा बजारमा जम्न सकेन।

दोस्रो उपन्यास निलोफरले भने राम्रै चर्चा बटुल्न सफल भयो। त्यसले मलाई पाठकमाझ चिनाउन सफल भयो।

तेस्रो उपन्यास निहारिका त चर्चित नै भयो। निहारिका लेखेपछि धेरै मानिस मलाई भेट्न मेरो अफिससम्म पुग्नुभयो। कतिपयले उपन्यास साह्रै मन पर्यो भनेर इमेलबाट समेत मगाउनुभयो। दलितको सवालमा लेखेका कारण कतिपयले पिएचडीको थेसिसका लागि रिसर्चको एउटा विषय पनि बनाउनुभयो। कतिपयले फेसबुक म्यासेन्जरमा स्याबासी दिनुभयो। व्यक्तिगत भेटघाटदेखि सामाजिक सञ्जालबाट राम्रो रेस्पोन्स आयो।

निहारिकाले गुगल रेटिङमा पनि पाँचमा तीन पाएको मैले भेटाएको छु। जसले गर्दा पाठकवर्गको प्रतिक्रियाबाट म थप हौसिएको छु। मैले लेखेका किताब, कृतिहरु मन पराएको देख्दा खुसी भएको छु।

सरकारी जागिरे हुँदाहुँदै पुस्तक लेख्नका लागि कसरी समय व्यवस्थापन गर्नुभयो? 
पहिलो कुरा त चाहना हुनुपर्छ। जहाँ इच्छा, त्यहाँ उपाय भनेजस्तै इच्छाशक्ति भयो भने जे काम पूरा हुन्छ। कार्यालय समयपछि रातिको समयमा लेख्ने काम गर्थें। अनि बिदाको दिन पनि पुस्तकलाई समय दिन्थें। अनावश्यक ठाउँमा जान्नथें। कसैको निम्ता मान्न समेत गइनँ म पुस्तक लेख्ने समयमा। 

अहिले म फुर्सदिलो छु। अहिले दिनको चार/पाँच घण्टा लेख्ने या किताब पढ्ने गर्छु। चोथौं उपन्यास मेरो छिट्टै निस्कँदैछ। ‘त्रिशठ्ठी गड्डी’ नामक उपन्यास। 

मैले झण्डै साढे ३८ वर्ष सरकारी सेवा (नेपाल कृषि अनुसन्धान परिषद्)मा काम गरें। मेरो अनुभवमा राजनीति र कर्मचारीतन्त्रको सम्बन्ध नङ र मासुको जस्तो हुन्छ। कर्मचारीतन्त्र र राजनीति कति शुद्ध छ? कति पवित्र छ? कति विकृत छ? या कति विसंगतिपूर्ण छ? आफ्नो अनुभवको आधारमा त्यसको चित्र मैले उपन्यासमार्फत देखाउने जमर्को गरेको छु। यो उपन्यास सम्भवतः दुई महिना भित्र निस्कन्छ। 

कोबाट प्रेरित भएर साहित्य लेख्नु थाल्नुभएको हो? 
म सानैदेखि साहित्यानुरागी रहेछु। ८/१० वर्षको हुँदादेखि नै कविताहरु कोर्थें। ८ कक्षामा पढ्दा स्कुलस्तरीय प्रतिस्पर्धामा मैले कविता लेखेको सम्झना छ।

त्यसपछि जागिरमा लागें। २०३९ सालमा रमेशनाथ पाण्डे सम्पादक भएको ‘नयाँ सन्देश’ भन्ने पत्रिका निस्कन्थ्यो। पञ्चायतकालको चर्चित पत्रिका थियो त्यो। त्यसमा मुक्तक प्रकाशन हुन्थ्यो हरेक शुक्रबार। त्यतिबेला म मुक्तक पठाउँथे। मुक्तक प्रकाशित हुन्थ्यो। त्यतिबेला टुक्राटाक्री लेखिन्थ्यो। पछि आएर पुस्तक आकारमा लेख्न थालेको हुँ।

झन्पछि झन् साहित्यमा रस बढ्दै गयो। अहिले महिनामा तीन/चार वटा आर्टिकल गोरखापत्रदेखि अन्य पत्रपत्रिका र अनलाइनमा प्रकाशित भइराख्छन्। अझै पनि साहित्यमा स्पिड बढाउनुपर्छ भनेर लागिरहेको छु। 

अन्त्यमा के भन्नुहुन्छ? 
नेपालको साहित्यिक बजार नाफा उन्मुख हुँदै गइरहेको देखिन्छ। सरकारीदेखि निजी क्षेत्र सबैले नाफा खोजिरहेका छन्। साहित्यको उन्नयनका लागि खुलेका कतिपय संस्थाले पनि सही रुपमा साहित्यको भलाइ हुने काम गरेको देखिँदैन।

कतिपय सन्दर्भमा राम्रा साहित्यको सही मूल्यांकन हुन नसकिरहेको हो कि जस्तो पनि देखिन्छ। त्यसैले साहित्यको भलाइका लागि सबै क्षेत्रको चासो हुनु जरुरी छ। मिडियाकर्मीले साहित्यमा मौलाएका विकृति खोतल्नुपर्छ।

प्रकाशित मिति: शनिबार, असोज १५, २०७९  १९:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
बद्री अर्यालको ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ सार्वजनिक जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग आयोजित एक समारोहबीच दुई पुस्तकको संयुक्त विमोचन गरिएको हो । शुक्रबार, असोज १६, २०८३
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
गाजामा इजरायलको कडा चेतावनी मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा सीता गुरुङकाे उम्मेदवारी दर्ता मंगलबार, असोज २०, २०८३
वरिष्ठ उपसभापतिमा विश्वप्रकाशको उम्मेदवारी मंगलबार, असोज २०, २०८३
दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्